रविवार, 2 मई 2010

नागरीक सर्वोच्वता सरकारको राजिनामा सहमति सहकार्य एकता

नागरीक सर्वोचता भनेको के हो ? यसको आआफ्नो ब्याख्या दलहरूले गरेका छन् । एनेकपाले नागरीक सर्वोच्चता भनेको निर्वाचित प्रधानमन्त्रीले भनेको नेपाली सेनाले सहर्ष स्वीकार गर्नुपर्छ भन्ने हो भने एमालेले शुरूमा सेनालाई ष्पस्टिकरण सोध्ने र चित्तबुझ्दो नआएमा अवकाश दिने कुरामा एकमत भए पनि पछि पछि हटने काम भयो परिणाम स्वरूप पुष्पकमलको सरकार असफल भयो । २०५८ सालमा काँग्रेस एमालेले शेर बहादुर देउवाको सरकार बिरूध्द राजाको दरवारमा जसरी सरकार परिवर्तनको मागका साथ पुगेका थिए ठीक त्यसरी नै १८ दलहरू राष्ट्रपतिका दरवारमा गई प्रधानमन्त्रीले गरेको सेनापति अवकाशको सवालमा गल्ती भएको यसलाई सच्याउनु पर्ने माग गरी बिन्तीपत्र चढाए अनुसार राष्ट्रपतिले अवकाशप्राप्त सेनापतिको थमौती गरि द्वन्दको बिजारोपण गरे । जवाफमा प्रधानमन्त्रीले पदबाट राजिनामा चढाए । २ ठाँउबाट पराजित तत्कालीन एमाले नामक कम्युनिस्टका नेता माधव कुमार नेपाललाई तिनै १८ दल समेत थप ४ दललाई मिलाएर नँया सरकार बनाए । सरकार बनेका दिनदेखि लगातार बिरोधको सामना गरेको यो सरकारले देशको बजेट सिध्याउने काम बाहेक नै के गरेको छ त ? भन्न त सवैले एउटै कुरा भन्दछन् सहमति सहकार्य एकता । सहमति सहकार्य र एकताको आआफ्नै ब्याख्या गरेर मुठभेडको काम गरेका छन् । सर्वमान्य ब्याख्याको  कोशिश गरिएन ।

सरकारका प्रधानमन्त्री भन्दछन् शान्ति सुरक्षा संबिधान बन्ने वातावरणको सुनिश्चितता नभइ बिचमा नै अलपत्र छोडन मिल्दैन कुनै पनि सरकारको प्रमुखले । यस कारण यसको लागि पुःन सहकार्य सहमति र एकता गरौ । राजिनामा दिन्छु । भन्दा भन्दै पनि जनआन्दोलनका नाममा अनेकन अप्रजातान्त्रिक अमर्यादित भाषामा नाराहरू लगाइ सचेत कम्युनिस्ट कार्यकर्ताको जुलुश होइन कि अचेत मानिसहरूको भीड जम्मा गरि बाटो बाटो घुमिरहेका छन् । जनताहरू आआफनो समस्या समाधानका लागि सङ्घर्षरत छन् । उनीहरू कोहि बिरामीलाई अस्पताल पुर्र्याउने कामको लागि त कोहि आफ्नो रोजिरोटीको लागि । ब्यपारीहरू उनीहरूको डरत्रासले आआफ्ना पसल ब्यवसाय बन्द गरेका छन ।

सवै सङ्घर्ष गरिरहेका छन् । कोहि सत्ता प्राप्तीका लागि त कोहि सत्ता जोगाउनका लागि । जनता चाँहि आआफ्नो जीउज्यान जोगाउन सङ्घर्षरत छन् । सरकार चलाउनेहरू राजिनामा दिएर भए पनि समस्या समाधान गरिनु पर्दछ। जनतालाई थप पीडा नदिकन नै तत्काल समाधान गर । कि यिनलाई तह लगाएर जनतालाई सुबिधा देउ ।

कि गर राजिनामा कि तह लगाऊ आन्दोलनका नाममा जनतालाई दुःख दिनेहरूलाई ।

यससँग सम्बन्धित सामग्रीहरू पढनुहोस


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

मानिस समाजको सवैभन्दा सचेत बर्ग भएकोले (टिप्पणीहरू)आलोचनामा प्रयोग गरिने शब्दहरू सिष्ट र आलोचना गरिएको ब्यक्ति समेत प्रभाबित हुन सक्ने हुनुपर्ने हुन्छ । यस तर्फ सहभागीहरू सचेत भइ मर्यादित (भाषा) हुन अनुरोध छ साथै Massages & Comments को लागि हार्दिक धन्यवाद ।