शुक्रवार, 7 मई 2010

शान्ति र्‍यालीको सन्देश

आज २०६७ बैशाख २४ गते एमाओवादीले आमहडताल गरेको ६ठौ दिन । शान्ति र संविधानको सुनिश्चतताको लागि दलहरू बिच एकता सहकार्य सहमति कै लागि चालु आमहडताल गरिएको वा गराइएको बताइएको छ । यो हडतालले भने झन झन पछि भिडन्तको रूप लेला भन्ने चिन्ता सवैतिर थपिएको छ । प्रतिकारका आवाजहरू पनि आउन थालेका छन् ।
शान्तिपूर्ण भनिएको यस आन्दोलनमा लाठाहरू प्रदर्शनले अशान्त बनाएकव छ । किनभने लाठाहरू पनि एककिसिमका हतायारहरू नै हुन । प्ले कार्ड, कालो पट्टी, कालो झण्डा, मौन जुलुश, धर्ना, जुलुश, घेराउ, आदि बिना हातहतियार गरिनु पर्दछ र मात्र शान्तपूर्ण मान्न सकिन्छ । अरूले मानुन कि  नमानुन, वहाँहरू शान्तिपूर्ण भनेकै भरमा ‘हो’ भनेर भन्नु कतिसम्म उपर्युक्त हुन्छ त? सायद यहि कारणले नै होला प्रतिकारमा उत्रनेले पनि लाठा, खुकुरी, खुँडा लिएर देखा परेका ।
सरकारमा बस्नेहरूमा पनि खास गरिकन एमाले र काँग्रेसले सहमति सहकार्य एकता सडकबाट होइन कि संसदबाट वा सहमतिबाट हुनु पर्दछ भनेको छ । आन्दोलन शुरू भएदेखि धेरैपटक सडक छोडेर वार्तामा आउन भनेको पनि छ । प्रधानमन्त्री भएकाले म बाधक बन्दिन, सहमति भएमा भनेर कुर्सीमा बसिरहे कै छन् ।
सरकार र बिपक्षमा रहेकाहरूको यो राजिनामा वा आन्दोलन बन्द गर्ने र सहमति सहकार्य र एकताका साथ आगामी कार्यक्रममा लाग्ने कुरामा सहमति नभइ आआफनै अडानमा कायम छन ।
नागरीकहरू यीनीहरूका क्रियाकलाप देखि दिक्क छन । यहि दिक्दारीका कारण आजका दिनमा शान्तिको माग सहित कुर्सीको लागि नागरीकलाई दुःख नदेऊ! सरकार र बिपक्षले आआफ्नो हठ त्याग! दुवै मान्य हुने साझा बिन्दु पैलाऊ! राजिनामा र आन्दोलन बन्द एकै पटक गर! आदि आव्हान गर्दै शान्ति र्र्यालीको आयोजना देशैभरि गरिएको छ ।
एमाओवादीका नेताहरूले यस आन्दोलनलाई सरकारले गराएको भनेर गलत मुल्याङ्कन गरेको छ । संभ्रान्त ब्याक्तिहरूको आन्दोलन भनेको छ । शान्ति संविधानको चाहाना उनीहरूलाई झै अरूलाई हुनु स्वभाविक होइन र ?
सहमति भनेको सहमति गर्नेहरू बिचको देनदेनमा सहमत हुनु हो । माओवादीको मान्यतामा अन्य दलले सहमत हुनु वा अन्य दलहरूको मान्यतामा माओवादी सहमत हुनु होइन । सहमति गर्नेहरू बिच सवैले आआफ्ना मान्यताहरूमा केहि न केहि छोडनु पर्दछ र अन्य दलका मान्यता मान्नुपर्दछ । सवभन्दा महत्वपूर्ण कुरा त सहमति गरिएका कुरा कार्यन्वयन गरिनु हो । सहमति सम्झौता गर्दै जाने लागू गर्दै नगर्ने गर्दा आपसी विस्वासमा सङ्कट आउछ । अहिले आएको सङ्कट यहि नै हो जस्तो लाग्दछ । यो इमान्दारिता पूर्वक हटाउन सक्नु पर्दछ । यसमा नै सवैका कल्याण हुन्छ । आम नेपालीको चाहाना यहि नै हो ।     
यससँग सम्बन्धित सामग्रीहरू पढनुहोस


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

मानिस समाजको सवैभन्दा सचेत बर्ग भएकोले (टिप्पणीहरू)आलोचनामा प्रयोग गरिने शब्दहरू सिष्ट र आलोचना गरिएको ब्यक्ति समेत प्रभाबित हुन सक्ने हुनुपर्ने हुन्छ । यस तर्फ सहभागीहरू सचेत भइ मर्यादित (भाषा) हुन अनुरोध छ साथै Massages & Comments को लागि हार्दिक धन्यवाद ।