शनिवार, 27 फ़रवरी 2010

होली पर्वको शुभकामना

यस पर्वलाई मित्रताको पर्वको रूपमा मनाऊ सभ्यता र सुसस्कृतिको परिचय दिऊ यहि नै शुभकामना सम्पूर्ण होलीप्रेमीहरूमा ।

अगाडी पढने की ? >>

शुक्रवार, 26 फ़रवरी 2010

सङ्घियताको सवालः भाषा वा भूभाग दुवै होइन

२०६२।६३ को आन्दोलन पछि संघियताको चर्चा चलिरहेको छ । यो देशलाई १४ अञ्चल ७५ जिल्ला ४००० गाबिस र त्यतिकै वडाहरूमा चिनिएको नेपाल अब संघहरूमा बाडिन्छन् । एक देशलाई प्रशासनिक कामकाजलाई सरलिकरण गर्न शान्तिसुरक्षा कायम गर्न आदि आदि कारणबाट ससाना ईकाईमा देशको भूभागलाई छुट्टयाइन्छ होला ।

यसरी अलग अलग गर्नुको अर्थ देशको बिकास नै हो । बिकास देशको प्रत्येक भागमा बराबर पुगोस भनेर नै एउटा देशलाई ससाना अचल जिल्ला गाँऊ प्रान्त क्षेत्र आदिमा प्रशासनिक बिभाजन गरिन्छ । यो बिभाजनको आधार के हुन सक्दछ त ।
मुलुकमा अहिले कतै जातियताको नाममा प्रान्तहरू बनाइदैछ त कतै एक मधेशको कुरा गरिदैछ । मधेश पहाड तराई र जातियताको आधारमा यो मुलुकको प्रशासनिक बिभाजन उपयुक्त छैन ।
केहि दिन यता ब्रहामणहरू जागेका छन् । जातको नाममा राज्यको नामाकरण गरि एककिसिमले बिभाजन गरेको जस्तो देखिएको र जातिगत आधारमा देशलाई संधियतामा लैजानु कतिसम्म उचित अनुचित हो त्यसबारे निकै चर्चा छ । के हो त यो जात भनेको
सामान्यतया एउटा निश्चित भाषा बोल्ने मानव समुदायलाई जात भन्न सकिन्छ । यसलाई कुनै भूभागसँग जोडेर हेर्न सकिन्छ त सकिन्न होला । पहिले पहिले सायद कुनै भूभागमा कुनै जात बिशेषको बसोबास थियो होला तर आजको दुनियामा कुनै भूभागमा खास जात बिशेषको क्षेत्र भन्न उपयुक्त हुदैन । जातको हिसाव किताव भूभागसँग होईन भाषासँग जोडेर हेर्दा राम्रो हुन्छ होला ।
पक्कै पनि यस मुलुकलाई प्रशासनिक बिभाजन गरि बिकासको लहर गाँउ गाँउसम्म पुर्र्याउनुपर्दछ । योजना र अवसर राजधानी र ठुला शहर बजारमा केन्द्रित गरिनुहुदैन । यो प्रशासनिक बिभाजनको आधार के हुन सक्दछ त भाषा वा भूभागको आधार बिभाजन गरेर अन्य भाषा वा भूभागमाथि अन्याय गर्नुहुदैन ।
सवै जाति सवै भाषा तथा भूभागको बिकास निर्माण हुने गरि बैज्ञानिक बिभाजन गरिनु पर्दछ । जँहा सवै भेषभूषाका मानिसहरूले समान अवसरको सदुपयोग गर्न सकुन ।
४ वर्ण ३६ जातको साझा फूलवारी भनेर भनिन्थ्यो । अहिले यो जातको सङ्ख्या १०० भन्दा बढि हुन गएको छ । एउटै जातमा पनि तलमाथीको भेदभाव छ ।
मानिस ठूलो जातले हुदैन भनेर लक्ष्मी प्रसाद देवकोटा असल ज्ञान दिएकै हुन । यस्तो भए ता पनि आज पनि जातको भेदभाव कायमै छ ।
कम्युनिस्ट तथा काँग्रेसले पनि जातभातको बखेडाबाट उम्कन चाहान्छन् । सैदान्तिक रूपमा उनीहरू मानिसको जात हुदैन सवै एक हो । स्त्री र पुरूष दुई शारिरीक भिन्नता नै मुख्य कुरा हो ।
मानिस मानिसमा समानता छ त्यसैले नै मानिसले मानिसलाई मानिस हो भनेर चिन्दछ । त्यस्तै असमानताहरू पनि छन् । असमानताले नै एक मानिसलाई अर्को मानिससँग फरक तुल्याएको छ । एकले अर्कोलाई चिनजान गर्न सक्दछ । यदि यो असमानता नभइदिएको भए के हुन्थ्यो होला एकछिन कल्पना गरौ त । तपाई जस्तै मान्छे सवै भईदिएको भए कसरी पहिचान हुन्छ ।
एउटै जात बिशेषमा पनि भूभाग अनुसार भाषाको भिन्नता पाइन्छ । तराईका मानिसहरू पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मको भेषभूषालाई हेर्ने हो भने लगभग एककिसिमको छ । भोजपुर भक्तपुर काठमाण्डौ पाल्पा प्यूठानका नेवारहरू जात एउटै भए पनि उनीहरूले भाषा पनि एउटै भएता पनि भिन्नता पाइन्छ । यस्तै हरेक मानव समुदायको भाषामा केहि न केहि भिन्नता रहेकै छ ।
यसकारण बन्न लागेको गणतन्त्र नेपालको सम्बिधानमा सङ्घियताको सम्रचना भाषा वा भूभागलाई मूख्य आधार बनाएर वा भनौ जातियताको आधार गर्नु हुदैन । सवै जातजाति भाषाभाषी भूभागको साझा फूलवारीको रूपमा यसको चित्तबुझ्दो बिभाजन होस । यो बिभाजनले देशको आर्थिक बिकास निर्माण गरोस । आपसी एकता अझ बलियो बनाओस । सांस्कृतिक रूपमा पनि देश अझ धनि होस । देशको प्रशासनिक राजनीतिक बिकास निर्माणका कामको लागि देशलाई ससाना इकाइमा बिभाजन गर्नैपर्छ ।

अगाडी पढने की ? >>

रविवार, 14 फ़रवरी 2010

ए निगेटिभ र बी पोजेटिभ भनेको के होला ?

सबैको रगत उस्तै हो भने पनि चिकित्सा विज्ञानमा मानव शरीरमा पाइने रगत एक अर्कामा ठ्याक्कै मिल्दैन । रगतको रातो रक्तकोषमा पाइने प्रोटिनमा हुने फरकले गर्दा यस्तो हुन्छ । रक्त समुहको वर्गीकरण गर्दा ABO System सवैभन्दा महत्वपूर्ण हो र यस अनुसार मानव रगत A, B, AB तथा O समुह हुन्छ । ब्यक्तिको रगत जुन समुहको हुन्छ, त्यसैको नाम दिइन्छ । त्यसै गरी प्रसुति सेवामा Rh (Rhesus) हुनु नहुनु महत्वपूर्णा हुन्छ । रक्त प्रकारमा Rh factor छ भने त्यसलाई Rh­­­­­+ve (Rh Positive) र छैन भने Rh-ve (Rh Negative) भनिन्छ । मानौं कसैको रगत A समुहको छ र Rh factor छैन भने त्यसलाई A-ve (A Negative)भनिन्छ । त्यसैगरी B समुहको छ र Rh factor छ भने B+ve (B Positive) भन्ने गरिन्छ ।

अगाडी पढने की ? >>

प्रेम दिवसको सन्दर्भमा

प्रेम भनेर यस दिवस मनाउने चलन सायद हाम्रो परम्परा होइन होला । जे भए पनि हाम्रो नेपाल र हामी नेपालीमा यस दिनको निकै चलन चलिसकेको छ खास गरिकन पढेलेखेका शहरिया युवा पिढीमा ।
यो संसार एक किसिमको प्रेममा नै अडिरहेको छ जस्तो लाग्दछ। बुवा आमा दाज्यू भाई दिदि बहिनी छरछिमेकी साथीभाई इष्टमित्र परिवारमा एकआपसमा माया प्रेम हुन्छ । आत्मियता हुन्छ।
आजभोली हामीकँहा चलेको राजनितिक कुसँस्कारले हामीबिचको प्रेम प्रेम नरहेर शत्रुतामा परिणत भएको पनि देखिन लागेको छ । प्रेम दिवसले हामी सवैलाइ मित्रताको सन्देश दिन सफल होस यहि शुभकामना ।

अगाडी पढने की ? >>

कम्युनिज्मवारेमा केही शब्दार्थ

एउटा कम्युनिस्ट हुँ भन्नेले अर्को कम्युनिस्ट हुँ भन्नेलाई लगाउने गरेका आरोप प्रत्यारोपहरूको शब्द अर्थ परिभाषालाई यँहा उल्लेख गर्न खोजिएको छ ।
संशोधनवाद: आफूलाई शुध्द मार्क्सवादी भन्नेहरूले अन्य कम्युनिस्ट हुँ भन्नेहरूलाई संशोधनवादी भन्ने गर्दछन् । उनीहरूका अनुसार संशोधनवाद भनेको मार्क्सवादको मार्क्सवादी सिध्दान्तको तोडमरोड गरि विकृत रूपमा लिनु पूंजिपति सामान्तहरूलाई बचाऊ गर्ने गरि सिध्दान्तलाई सुधार गरि यहि नै मार्क्सवाद हो भनि ब्यख्या गर्नुलाई नै संशोधनवाद भन्ने गर्दछन् । यसलाई सुधारवाद अथवा सुधारवादी पनि भनेको पाइन्छ ।
वामपंथी कम्युनिज्म या दुस्साहसवाद (उग्रवाद): कम्युनिस्टहरूले एकले अर्कोलाई लगाउने गरेको आरोपमा उग्रवाद पनि हो । उग्रवाद अनुसार ब्यक्ति आफ्नो वास्तविक शक्ति भन्दा बढि साहस गर्नु जमिन्दारको जग्गा कब्जा गर्नुपर्दछ धनि गरिवहरूलाई शोषण गरेर नै धनि भएका हुन त्यैसैले उनीहरूले जम्मा गरेको सम्पत्ती कब्जा गर्नुपर्दछ जग्गा जमिन किसानहरूलाई बाँडनु पर्दछ । नेपालको सन्दर्भमा पञ्चायती शासकहरूले हालको एमाले मध्येको एउटा ग्रुपलाई उग्रवादी भनेर कैयौँ युवाहरूलाई हत्या गरेको थियो भने २०५१ साल पछाडि माओवादीलाई काँग्रेस एमालेले उग्रवादीको आरोप लगाईरहेका छन् ।
साम्यवादः मार्क्स एङ्गेल्सका अनुसार साम्यवाद भनेको समाजको त्यो अवस्था हो जँहा मानिसहरू नैतिकवान हुन्छन् । आफ्नो काम आफैले स्वचालित रूपमा आफ्नो कर्तब्य सम्झेर गर्दछन् । कसैले कसैलाई अन्याय अत्यचार गर्दैन् । त्यस्तो अवस्थामा राज्य भन्ने नै हुदैन । सेना, प्रहरी, जेल, बन्दुक, गोली, हतियार आदि आवश्यक पर्दैन । योग्यता अनुसारको काम सवैले गर्दछन काम अनुसारको जीवन जिउनका लागि आवश्यक कुराहरू आपसी समझदारीमा बाँडेर लिनुपर्दछ भन्ने मान्यताका आधारमा साम्यवादको कल्पना गरिएको हो । मार्क्स, एङ्गेल्स, लेनिन, स्टालिन, माओ लगायत विश्वका लगभग सवै देशमा साम्यवादको कल्पनालाई अपनाउन खोजिएको थियो छ हुनेछ । तर कल्पनानुसार हुने हो वा होइन यो चाँहि अनिस्चित छ ।
साम्यवादमा नै पुग्ने ईच्छाका साथ विश्वका कम्युनिस्टहरूले मार्क्सवादमा नँया नँया कुराहरू जोडदै गएकाछन् । नेपालमा पनि कसैले बहुदलिय जनवाद त कसैले प्रचण्डपथ भनेर जोडेका छन् । जस्ले जे जोडे पनि पुग्ने ठाँउ साम्यवाद नै हो । तर कहिले ? २५० बर्ष भन्दाबढि भयो होला मार्क्सले सिध्दान्त प्रतिपादन गरेको ।

अगाडी पढने की ? >>

शनिवार, 13 फ़रवरी 2010

परिवर्तन तालिकाः

१ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।
२ १ धार्नी =२ किलो ३९२ ग्राम ।
३ १ पाऊ =१९९ ग्राम ।
४ १ तोला =११.६६३८ ग्राम ।
५ १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।
६ १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।
७ १ इन्च =२.५४ सेन्टिमिटर ।
८ १ गज =९१.४ सेन्टिमिटर ।
९ १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।
१० १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।
११ १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।
१२ १ माना =५६८ मिलिलिटर
१३ १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।
१४ १ आना =३४२.२५ वर्गफूट ।
१५ १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।
१६ १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।
१७ १ एकड =७.९५ रोपनी ।
१८ १ कठ्ठा =२० धुर ।
१९ १ माइल =१.६१ किलोमिटर ।
२० १ क्यूफिट =६.२३ पाथी
२१ १ ब्यारेल =१४२ लिटर ।
२२ १ ग्यालेन =४.५४३५९ लिटर ।
कति नाप बराबर कति जग्गा
१ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।
२ ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)।
३ ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना) १८.५*१८.५ (फूट)।
४ १६ आना =५४७६ (वर्गफूट) १ (रोपनी) ७४*७४ (फूट)।
५ १।४ धुर =४५.५६२५ (वर्गफूट) ६.७५*६.७५ (फूट)।
६ १ धुर =१८२.२५ (वर्गफूट) १३.५*१३.५ (फूट)।
७ २० धुर =३६४५ (वर्गफूट), १ (कठ्ठा) ५४*६७.५ (फूट)।
८ २० कठ्ठा =७२९०० (वर्गफूट), १ (विघा) २७०*२७० (फूट) ८१*८१ (मीटर) ।
९ १ हेक्टर =११११०९.९९ (वर्गफूट) । १.५२ (विघा) १००*१०० (मीटर) । २.०३ (रोपनी) । ३३३.३३*३३३.३३ (फूट) ।

अगाडी पढने की ? >>

रविवार, 7 फ़रवरी 2010

स्पेसटाइमका अध्यक्ष जमिम शाहको गोली प्रहारबाट मृत्यू

काठमाडौं, २४ माघ लाजिम्पाटको र्र्याडिशन होटल नजिकै अज्ञात समुहको गोली प्रहारबाट स्पेसटाइमका अध्यक्ष जमिम शाहको मृत्यू भएको छ। जमिम शाह आफ्ना गाडी चालक मथुरामान मालाकारका साथ आफनो गाडीमा गईरहेको बेला उक्त आक्रमण भएको थियो। यस घट्नामा उनका गाडी चालक मथुरामान मालाकार समेत घाईते भएका छन।
आक्रमणको केही क्षणमा नै गीली लागेका जमिम शाहलाई शिक्षण अस्पताल पुर्याईएको थियो। उपचारको क्रममा उनको मृत्यू भएको छ। चालक मथुरामान मालाकारको उपचार भईरहेको छ।
उक्त घट्नामा आक्रमणकारीहरुले मा्टरसाईकलको प्रयोग गरेको जानकारी प्रापत भएको छ।

अगाडी पढने की ? >>

शुक्रवार, 5 फ़रवरी 2010

नँया नेपाल

कम्युनिस्ट र काँग्रेसहरूले 'नँया नेपाल' भन्न थालेको धेरै नै भयो । 'नँया नेपाल' बनाउने भनेर सयौ कार्यकर्ताहरूलाई भ्रम बाडेका थिए । आज उनीहरू सत्तामा पुगिसकेका छन् । सत्ताको स्वाद चाख्न थालेको पनि कैयौ बर्ष भई सकेको छ । हामीले देखेको 'नँया नेपाल' के हो त ?
केहि नेताहरूको नामसँग स्तम्भको नाम राखिएको छ, जस्तै: वीपी कोईराला, पुष्पलाल, गणेशमान, मनमोहन आदि । यिनैका नामबाट सडकहरूको नामाकरण गरिएको छ । पार्कहरूको नाम पनि गरिएको छ । पहिले राजाहरूको नामबाट यस्ता नामहरू राखिएको थियो भने अहिले यिनै नेताहरूका नामबाट बदलिएको छ । कँहि 'गणतान्त्रिक चोक' त 'गणतान्त्रिक हल' । साना ठाँउहरू पनि छोडिएको छैन भेटाएसम्म ।
'नँया नेपालमा' नँया कुरा के देखियो त ?
घुस, चाकडी, चाप्लुसी, बेईमानी, कसैलाई काखा त कसैलाई पाखा यी सब पुरानै बानी ब्यहोराहरू हुन । फरक के मा छ त ? पहिलेकाले यिनीहरू लगायत सोझा नेपालीलाई पाखा लगाउथे भने यिनले यिनको सम्पर्कमा नआउने एकदमै सोझा, निमुखा, गरिव नेपालीलाई पाखा लगाएका छन । जनताबाट उठाएको कर र बिदेशी कँहा गएर भिख मागेर ल्याएको रकम यिनले आफ्ना आसेपासेहरूलाई बाँडेर, आफ्ना कार्यकर्ता  भनाउदाहरूलाई पोसेर सिध्याएका छन् । के यहि हो 'नँया नेपाल'
जनताको आँखामा छारो हाल्न यिनिहरू कोहि भन्दा कम छैनन् । पञ्चायतीले, काँग्रेस र कम्युनिस्टहरूले निकै धेरै आश्वासनहरू बाडेका थिए अहिले 'आश्वासन' को ठाँउ 'प्रतिबध्दता' ले लिएको छ । के फरक छ 'आश्वासन' र 'प्रतिबध्दता' मा उस्तै होइन र ?

अगाडी पढने की ? >>