रविवार, 14 फ़रवरी 2010

कम्युनिज्मवारेमा केही शब्दार्थ

एउटा कम्युनिस्ट हुँ भन्नेले अर्को कम्युनिस्ट हुँ भन्नेलाई लगाउने गरेका आरोप प्रत्यारोपहरूको शब्द अर्थ परिभाषालाई यँहा उल्लेख गर्न खोजिएको छ ।
संशोधनवाद: आफूलाई शुध्द मार्क्सवादी भन्नेहरूले अन्य कम्युनिस्ट हुँ भन्नेहरूलाई संशोधनवादी भन्ने गर्दछन् । उनीहरूका अनुसार संशोधनवाद भनेको मार्क्सवादको मार्क्सवादी सिध्दान्तको तोडमरोड गरि विकृत रूपमा लिनु पूंजिपति सामान्तहरूलाई बचाऊ गर्ने गरि सिध्दान्तलाई सुधार गरि यहि नै मार्क्सवाद हो भनि ब्यख्या गर्नुलाई नै संशोधनवाद भन्ने गर्दछन् । यसलाई सुधारवाद अथवा सुधारवादी पनि भनेको पाइन्छ ।
वामपंथी कम्युनिज्म या दुस्साहसवाद (उग्रवाद): कम्युनिस्टहरूले एकले अर्कोलाई लगाउने गरेको आरोपमा उग्रवाद पनि हो । उग्रवाद अनुसार ब्यक्ति आफ्नो वास्तविक शक्ति भन्दा बढि साहस गर्नु जमिन्दारको जग्गा कब्जा गर्नुपर्दछ धनि गरिवहरूलाई शोषण गरेर नै धनि भएका हुन त्यैसैले उनीहरूले जम्मा गरेको सम्पत्ती कब्जा गर्नुपर्दछ जग्गा जमिन किसानहरूलाई बाँडनु पर्दछ । नेपालको सन्दर्भमा पञ्चायती शासकहरूले हालको एमाले मध्येको एउटा ग्रुपलाई उग्रवादी भनेर कैयौँ युवाहरूलाई हत्या गरेको थियो भने २०५१ साल पछाडि माओवादीलाई काँग्रेस एमालेले उग्रवादीको आरोप लगाईरहेका छन् ।
साम्यवादः मार्क्स एङ्गेल्सका अनुसार साम्यवाद भनेको समाजको त्यो अवस्था हो जँहा मानिसहरू नैतिकवान हुन्छन् । आफ्नो काम आफैले स्वचालित रूपमा आफ्नो कर्तब्य सम्झेर गर्दछन् । कसैले कसैलाई अन्याय अत्यचार गर्दैन् । त्यस्तो अवस्थामा राज्य भन्ने नै हुदैन । सेना, प्रहरी, जेल, बन्दुक, गोली, हतियार आदि आवश्यक पर्दैन । योग्यता अनुसारको काम सवैले गर्दछन काम अनुसारको जीवन जिउनका लागि आवश्यक कुराहरू आपसी समझदारीमा बाँडेर लिनुपर्दछ भन्ने मान्यताका आधारमा साम्यवादको कल्पना गरिएको हो । मार्क्स, एङ्गेल्स, लेनिन, स्टालिन, माओ लगायत विश्वका लगभग सवै देशमा साम्यवादको कल्पनालाई अपनाउन खोजिएको थियो छ हुनेछ । तर कल्पनानुसार हुने हो वा होइन यो चाँहि अनिस्चित छ ।
साम्यवादमा नै पुग्ने ईच्छाका साथ विश्वका कम्युनिस्टहरूले मार्क्सवादमा नँया नँया कुराहरू जोडदै गएकाछन् । नेपालमा पनि कसैले बहुदलिय जनवाद त कसैले प्रचण्डपथ भनेर जोडेका छन् । जस्ले जे जोडे पनि पुग्ने ठाँउ साम्यवाद नै हो । तर कहिले ? २५० बर्ष भन्दाबढि भयो होला मार्क्सले सिध्दान्त प्रतिपादन गरेको ।
यससँग सम्बन्धित सामग्रीहरू पढनुहोस


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

मानिस समाजको सवैभन्दा सचेत बर्ग भएकोले (टिप्पणीहरू)आलोचनामा प्रयोग गरिने शब्दहरू सिष्ट र आलोचना गरिएको ब्यक्ति समेत प्रभाबित हुन सक्ने हुनुपर्ने हुन्छ । यस तर्फ सहभागीहरू सचेत भइ मर्यादित (भाषा) हुन अनुरोध छ साथै Massages & Comments को लागि हार्दिक धन्यवाद ।