गुरुवार, 31 दिसंबर 2009

शुभकामनाहरूः

सम्पूर्ण हाम्र पाठकहरू, शुभचिन्तकहरु र हाम्रो देशलाई माया गर्ने सम्पूर्ण देश बिदेशमा रहनुहुने नेपाली दाजूभाई दिदी बहिनीहरुमा नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना । नयाँ वर्ष २०१० आगमन सुरु हुदै छ। यसले सम्पूर्णमा सुःख शान्तीको सन्देश दिन सकोस भन्ने कामना गर्दछु ।

अगाडी पढने की ? >>

बुधवार, 30 दिसंबर 2009

हार्दिक आभार प्रकट गर्दछौ ।



हाम्री पूजनिय माताको २०६६ आश्विन २६ गते ६८ वर्षको उमेरमा असामयिक स्वर्गारोहण भएको घटना सुनी हाम्रो निवासमा आई वँहाको पार्थिव शरीरमा श्रध्दान्जली अर्पण गर्नुहुने एँव सागर जानुहुने तथा हामीमाथि पर्न आएको यस विपत्तीमा सहानुभूति प्रकट गरी समवेदना ब्यक्त गर्नु हुने सम्पूर्ण देश तथा बिदेशमा रहनु हुने बन्धु बान्धव ईष्टमित्र आफन्त जनहरूमा हार्दिक आभार प्रकट गर्दछौ ।

अगाडी पढने की ? >>

बुधवार, 23 दिसंबर 2009

सत्य तथ्य (छोटकरी समाचारको सङ्कलन)

आज २०६६.०९.१० तदनुसार २५ डिसेम्बर २००९ मा नेपाल देशभरिमा 'क्रिसमस डे' को रुपमा मनाइयो । सरकारले यस दिनलाई सार्वजनिक बिदा दिएको छ ।
यस उपलक्ष्यमा देश तथा बिदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजूभाई तथा दिदीबहिनीमा सुख शान्ती र सन्तोष प्राप्त होस भन्ने कामना गर्दछु ।

अगाडी पढने की ? >>

रविवार, 20 दिसंबर 2009

पँचायतको अन्य पछिको नेपाल

२०४६ सालको जनआन्दोलन पछि सत्तामा पुगेका काँग्रेस र कम्युनिस्टहरूमा पनि खासगरि एमालेले के के गरे भन्ने बिषयमा सबैलाई चासो हुनु स्वभाबिक नै हो । नेपाली जनताको अपार त्याग तथा कैयौ शहिदहरूको बलिदानबाट राजाको एकलौटी शासनबाट बहुदलियतामा आधारित शासन प्रणालीको शुरु भयो जुन २०१५ सालमा निर्वाचित भएका नेपाली काँग्रेसका प्रधानमन्त्री बिशेश्वर प्रसाद कोईरालालाई पदच्यूत गरि राजा महेन्द्रले लागू  गरेका थिए ।
बहुदलिय शासन पध्दती २०४६ सालको आन्दोलन पछि पुनः लागू भएपछि २०४७ सालमा नँया बहुदलियता बमोजिमको सम्बिधान बनाई लागू गरियो । २०४८ सालमा त्यहि सम्बिधान बमोजिम सँसदको निर्वाचन गराइयो जस्मा नेपाली काँग्रेसको २०५ सिट मध्ये ११४ सिट थियो । बहुमत प्राप्त नेपाली काँग्रेसले सम्बिधानतः ५ बर्षको समयावधि आफ्नै पार्टीको कलहका कारण पुरा गर्न सकेन । २०५१ सालमा प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाले मध्यावधि निर्वाचनको सिफारिस गरि राजाबाट घोषणा भयो ।
यस अवधिमा एमालेका लोकप्रिय नेता मदन कुमार भण्डारीको आफ्ना सहयोगी जीबराज आश्रित समेतसँगै आफूहरू चढेको मोटर त्रिशुलीमा षडयन्त्रपूर्ण तरिकाले गाडी चलाउने एमाले कार्यकर्ता जस्लाई एमाले कै के पी ओलीले ल्याएका थिए दूर्घटना गराइ मारियो । यस घटनाले नेपालका कम्युनिस्ट हु भन्नेहरूको दिमागमा निकै ठूलो हलचल मचायो । यस घटनापछि अमर लामालाई शङ्काको नजरबाट हेरिन थालियो भने उनी आफ्नो बचाउको लागि काँग्रेसमा सामेल भए । लगभग १० बर्षपिछ उनको पनि हत्या नै भयो । कम्युनिस्टका नेताहरू मारिएको ठाँउ दासढुङ्गाको नामबाट दासढुङ्गा घटना भनियो । अमर लामाको हत्याले दासढुङ्गाका एक मात्र साक्षीको पनि अवसान भएकोले त्यस दासढुङ्गा हत्याको भविष्यमा सत्यतथ्य खुल्ने कुराको पनि अन्त्य भयो ।
दासढुङ्गा घटनाले नेपालका कम्युनिस्ट हु भन्नेहरूलाई सोच्न बाध्य गरायो । कम्युनिस्टहरू मध्येको एउटा समुहले त्यति नै खेर २०५१ साल फागून १ गते देखि सम्बिधानसभाको चुनावको माग गरि शसस्त्र जनसङ्घर्षको घोषणा गर्र्यो ।
एकातिर शसस्त्र सङघर्ष चलिरहेको छ भने अर्कोतिर सम्सदीय राजनिति पनि चलिरहेको छ । सम्सदीय साजनिति असफलतातिर गई रहेको छ भने शसस्त्र सङघर्ष सफलता तर्फ गई रहेको छ । त्यसबेला एकातिर राजाको उपस्थिति थियो भने अर्कोतिर सम्सदीय पार्टीहरू थिए । यी दुईको बिचमा पनि एककिसिमको द्वन्द थियो । शसस्त्रयुध्दमा रहेको पक्ष समेत तीन थरिको एककिसिमको युध्द चलिरहेको थियो । एमालेले लगभग शुरुदेखि नै शसस्त्रसङघर्ष गरिरहेको पक्षलाई राजनैतिक पार्टीको रूपमा लिई रहेको थियो काँग्रेसले उनीहरूको टाउकाको मुल्य समेत तोक्न पुग्यो । तत्कालीन राजाले यी सब कुरालाई लगभग चुपचाप हेरिरहेका थिए । आमजनतामा कतिपयको दिमागमा त यो चलिरहेको शसस्त्रसङघर्ष स्वँम राजाको खेल मान्दथ्ये भने कतिपयले ज्ञानेन्द्रको खेल मान्दथ्ये । नेपाली काँग्रेसका रामचन्द्र पौडेलले त उनीहरूको हेडक्वाटर निर्मल निवासमा छ नै भने ।     
६९ सिट भएको नेकपा एमालेले काँग्रेसको आन्तरिक कलह भएको मौकामा आफ्नो पक्षमा बहुमत आउने मुल्याङ्कन गरि निर्वाचनमा जाने तयारी गर्र्यो । निर्वाचन भयो एमालेको ८८ सिटमा चुनाव जित्यो । काँग्रेसले ८३ सिट फेला पार्र्यो । स्पस्ट बहुमत कसैको पनि भएन । एमालेले   अल्पमतको सरकार बनायो । लगभग ९ महिनासम्म काम पनि गर्र्यो ।

अगाडी पढने की ? >>

गुरुवार, 17 दिसंबर 2009

'कम्युनिस्ट' हरूको बोली

कम्युनिस्टहरुले बेला बेलामा बोल्ने बोलीहरूलाई यसमा छोटकरीमा यसमा राखिने छ। यसले कम्युनिस्टको वारेमा के हो रहेछ भन्ने वारेमा जानकारी हुनसक्दछ ।नेपालका कम्युनिस्टहरू कति छन त भन्ने बिषयमा जानकारी गराउनु पनि आवश्यक छ ।
कम्युनिस्ट शक्तिसंग काँग्रेसीहरू परिचित थिएनन् भने उनीहरू किन ३० बर्षसम्म ‘आलु’ खाएर हिडेका त । २०३६ सालमा प्रजातन्त्र आउन नसक्नुको कारण पनि नेपाली काँग्रेस नै हो ।
-मनमोहन अधिकारी । अध्यक्ष्य नेकपा एमाले ।
अब ७५ जिल्लामा बामपन्थीहरूको बहुमत भएपछि काँग्रेस देशै छोडेर जानेछ । अब केही दिनमा नेपाली काँग्रेसलाई खोज्न भारत जानुपर्छ । भारेभुरेसंग लड्नु छैन आफूभन्दा ठूलो नेपाली काँग्रेसलाई पछारेर देखानुछ ।
-नेकपा एमाले महासचिव मदन भण्डारी ।
मैनाली द्वयले आफूलाई दरवारको दूत भनिएकोमा औपचारिक रूपमा त इन्कार गर्नु हुन्छ तर अनौपचारिक रूपमा को कस्को दूत र मीत हो त्यो कुरा एक न एक दिन पार्टीलाई अवगत भइहाल्ने कुरा हो ।
-पोलिटब्यूरो सदस्य नेकपा एमाले झलनाथ खनाल ।
माले नेताहररूमा घमण्ड दम्भ र अहँको पराकाष्ठा छ । कम्युनिस्ट मन्त्रीहरू पनि मत्ता हात्ती जस्ता भएका छन् । कम्युनिस्टहरूमा हुनुपर्ने आचरण उनीहरूमा छैन । बाममोर्चा फुट्नुमा उनिहरूको मनपरीतन्त्रको प्रमुख भूमिका छ ।
-तुलसीलाल अमात्य ।(२०४७ साल फागून ३ गते)
हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, कम्युनिस्ट आन्दोलनकै एकजना वरिष्ठ नेता कमरेड केपी शर्मा ओलीलाई कांग्रेसमा प्रवेश गर्दै हुनुहुन्छ भन्ने कुरा जति झुटा हो, त्यो भन्दा हजार गुना झुटा कुरा 'बामदेव माओवादीमा जाँदै छ' भन्ने हो ।
‘शरीर एमाले, मन माओवादी’, ‘एमाले भएर माओवादीको सेवा पुर्‍याउने’ र ‘वरिष्ठ नेता भएर माओवादी कहाँ सूचना पुर्‍याउने’ जस्ता आरोप लगाइन्छ । ती सबै आरोपलाई मैले एउटा कानबाट सुनेर अर्को कानबाट उडाउने काम गरेँ, त्यसको प्रतिक्रियामा मैले केही पनि बोलिनँ । पार्टीभित्र माओवादी आन्दोलनलाई हामीले एउटा समस्या देख्यौँ, त्यसलाई समाधान गर्ने दृष्टिकोण र उपायमा हामीबीच मतभिन्नता हुनु स्वाभाविक हो ।
-बामदेव गौतम
'म माओवादी नबिग्रोस् भन्ने चाहन्छु, उसलाई सपार्न लागिरहने छु','सधैँ केटाकेटी पाराले चले माओवादी सिद्धिन्छ ।' नेकपाएमाले नेता के पी ओलीले भने ।(२०६६।०९।०४)

अगाडी पढने की ? >>

रविवार, 13 दिसंबर 2009

हाम्रो साहित्य सँसार

जनताको जीवनको ब्याख्या गर्न सक्ने गरि साहित्यको सिर्जना गर्नु पर्दछ।

अगाडी पढने की ? >>

शुक्रवार, 11 दिसंबर 2009

महिला हक, अधिकार र सुरक्षाका कुरा

विगत तीन महिनाभित्र नेपालका ३ जना महिला बिषयलाई लिएर निकै चर्चा चलेको छ । ति महिलाहरुमा सुन्तली धामी, करिमा वेगम र टीका बिष्ट हुन । पेशाको हिसाबले तिनै जना अलग अलग ठाँउमा छन । महिला हक अधिकार र सुरक्षाको हिसाबले यिनीहरू चर्चा रहेकाछन् ।
सुन्तली धामी एक महिला प्रहरी हुन । जसलाई आफूसंग कार्यरत अन्य हाकिमहरूले मासुमा लठ्ठयाउने बिष खुवाई सामुहिक बतात्कार गरे भनेर उपचार गराउदै छन । पिडकहरू खुलेआम वर्दी मै कार्यरत छन् । गृहयमन्त्री उनलाई ‘चरित्रहिन’ हुन भन्दछन् । चरित्रहिनको अर्थ के हो? चरित्रहिनले पुलिसमा काम पाउने? नपाउने के हो? चरित्रहिन भन्ने कुरा कसरी मापन गर्ने? के भए चरित्रहिन हुने? के नभए चरित्रवान हुने? के महिला भएकै कारणले उनी चरित्रहिन हुन पुगेकी हुन? कि महिला मात्र चरित्रहिन किन हुन्छन? उनलाई बलात्कार गर्ने पुरूष चरित्रवान रे? कसरी भए होलान? कम्युनिस्टहरू त मन्त्री नहुदा निकै महिला, हक, अधिकारको कुरा गरेर तिनै महिलाहरूलाई ‘जागरण’ गराउदै हिडथे; मन्त्री भएपछि ति महिलाहरू ‘चरित्रहिन’ हुन पुगेछन् । किन यस्तो भए होला? कि कम्युनिस्टहरू नै ‘चरित्रहिन’ भएर त होइन?
अर्को यस्तै महिला कै कुरा छ उनी भने शक्तिशाली हुन मन्त्री हुन। उनले सरकारको कर्मचारीलाई चार चटकन चडकाइन। किन? आफ्नो सम्मान नगरेकोले अनि आरोप लगाइन ‘शान्ति सुरक्षा पनि राम्रो छैन’ भनेर । कँहा, कँहा शान्ति सुरक्षा बिग्रेको छ? कँहा कसरी शान्ति सुरक्षा ब्यवस्थित गर्नुपर्छ? निर्देशन दिने हो कि चार चटकन चढकाए भनेर त्यसलाई बहादुरीका साथ लिने? कम्युनिस्टका प्रधानमन्त्रीले कुनै कारवाही नगर्नु भनेर कारवाही गर्ने निकायलाई भन्ने? के उनी प्रधानमन्त्री नभएको भए कति जना सोझा जनतालाई ‘जागरण’ गराएर आन्दोलनको आँधिबेहरी नै ल्याउथे होला?
तेस्रो नम्बर की महिला हुन टिका बिष्ट । उनलाई नकावधारीले दिउँसै लगभग मारेर छोडे । किन यसो गरे? फरक बिचार राख्ने जो कोहि पनि अपमानको जिवन जिउनु पर्छ कि? कि कम्युनिस्टहरूले फरक बिचार ‘मन एकातिर तन अर्कोतिर’ भन्दै मार्ने हो? होइन भने हत्याका श्रृखलाहरू एकपछि अर्को गर्दै बढने किन बढिरहेको छ त? फरक बिचारले पनि उचित ठाँउ पाउने, उनीहरूको पनि सम्मान हुने, हत्या, हिंसा, अपमानको संस्कृतिको अन्त्य हुन्छ त?
गृहयमन्त्रीले आफ्नो गृहयमन्त्रालयलाई प्रयोग गरेर के माथि उल्लिखित महिलाहरु सम्बन्धी अपराधको न्यायोचित छिनोफानो गर्न सक्दछन् ? पिडितलाई न्याय दिलाउन सक्दछन? आफ्नो मातहतको मन्त्रालयकी महिला कर्मचारी सुन्तली धामी माथी भएको सामुहिक बलात्कारको घटनालाई उनी केहि गर्न चाहादैनन् । उल्टो ‘चरित्रहिन’ को आरोप लगाउदछन । के चरित्रहिनलाई जवर्जस्ती गर्न पाइन्छ? यसको न्यायोचित छानविन गर्नुको बदलामा उनी अर्की महिला माथी अन्याय गर्न पुगेकाछन । अपमानजनक काजफिर्ता गरिएको छ । करिमा वेगमलाई कारवाहीको त कुरा छोडौ, पिडितलाई नै सरूवा गरिएको छ । किन यसो गरियो? जनतालाई जानकारी दिनु आवश्यक ठान्दैनन् किनभने कम्युनिस्टको नजरमा जनता भनेका उनीहरूका ‘दास’ हुन उनीहरूले भनेको मान्ने, होइन भने मार्ने!
यस्तो अवस्थामा के टिका बिष्टलाई आक्रमण गर्नेले सजाय पाउन सक्छ? नकाव नै नलगाएका अपराधी त खुलेआम घुमिरहेकाछन भने नकाव लगाउनेलाई के, कसरी, कुन आधारमा समाउने, छानविन गर्ने? कुनै आशा गर्ने ठाँउ छ त?

अगाडी पढने की ? >>

गुरुवार, 10 दिसंबर 2009

अराजनितिक नाराको कुसंस्कृति

पत्रकार टिका बिष्टलाई सांघातिक आक्रमण गरि मरणासन्न तुल्याएको खबर सुनेर स्तब्त पार्र्यो । उनको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै आक्रमणकारी अपराधीहरू पत्ता लगाई तुरून्त गरी कारवाही गरियोस भन्ने कामना गर्दै देशमा परम्पराको रूपमा चलेको गलत राजनितिक कुसंस्कारको सबैले बेलैमा सच्याउनु आवश्यक भएको महशुश गर्नुपर्दछ ।
विगत कालमा पनि यस्ता खालका नाराहरू लागे कै हो । 'फलानो चोर, देश छोड' , 'आर्यघाटले के भन्छ, फलानोलाई ले भन्छ' , 'कोशी गण्डकी बेच्ने' ,'देशद्रोही' , 'दलाल' , 'गध्दार' , 'फलानोको पुच्छर' ,'मन एकातिर शरीर अर्कोतिर' आदि आरोप प्रत्यारोप खासगरि आफूलाई 'कम्युनिस्ट' भन्नेहरूले लगाउने गरेकाछन् ।
यस्तै नारा घन्काउने होडमा रूकुममा माओवादीले 'फलानो चोर, देश छोड' , 'फलानोको सिन्दुर खोई, फलानो तेरो पोई' भन्ने जस्ता अराजनितिक नारा लगाएकोमा पत्रकार टिकाले 'किन चाहियो माओवादीलाई फलानोको सिन्दुर' यहि टिपोटलाई निँहू बनाएर आक्रमण गरी पत्रकारको हत्या प्रयास भएको हो भने देशमा धेरै नराम्रो परम्पराको बिकास भएको भन्नै पर्छ। नेताहरूले बेलैमा यस्ता खालका कुपरम्परा, कुसंस्कारलाई हटाउन सकेनै भने बिकृतिले समाजलाई गलत बाटोमा लैजान्छ। त्यो बाटोले अन्ततोगत्वा आफैलाई नसिध्द्याउला भन्न सकिन्न । त्यसकारण बेलैमा सजग हुनु आवक्कयक छ ।
कसैको बिरोध गर्नु प्रजातान्त्रिक अधिकार हो, प्रजातान्त्रिक अधिकारको सदुपयोग गर्नुपर्दछ न कि दुरूपयोग । अराजनितिक नारा लगाएर कसैको ब्यक्तिगत मामलामा चरित्रसंग खेलवाड गर्नु प्रजातन्त्रको नै चरम दुरूपयोग हो । आफ्नो अधिकारको सदुपयोग अर्काको अधिकारको अन्त्य गरेर गरिने कार्य एक शोषण नै हो, अत्यचार हो, अन्याय हो, त्यो सहेर बस्ने कुरा हुन सक्दैन ।

अगाडी पढने की ? >>

नेपाल टेलिकम सम्बन्धी

टेलिफोनबाट चोरी गरि बिल बढी गराएको भनि करमचारीमाथि आरोप लाग्ने गरेको छ । यसमा कति सत्यता छ भन्ने कुरा कतैबाट पुष्टी हुन सकेको छैन।
हालै गोरखापत्र(२०६६ मङ्सिर २५)मा जलेश्वर कार्यालयका ग्राहकको बीलमा बढि रकम आएको र एकै किसिमका नम्बरमा त्यस्तो कल भएको भनि समाचार प्रकाशित भएको छ ।
यस बारेमा टेलिकमले स्पष्ट गराउनु जरूरी छ ।
सात महिनादेखि टेलिफोन अवरुद्ध
बझाङ/ जिल्लाको उत्तरमा अवस्थित विकट काँडा गाविस सात महिनादेखि टेलिफोन सम्पर्कविहीन छ । नेपाल टेलिकमले अवरुद्ध टेलिफोन लाइन मर्मतसम्भारमा कुनै पहल नगरेकाले गाविस सञ्चारविहीन हुन पुगेको हो ।
त्यस क्षेत्रमा टेलिकमले ०६५ भदौमा एक लाइन भी-स्याट प्रविधि जडान गरिदिएको थियो । ०१९-४६१५३२ नम्बर रहेको उक्त लाइन गत असारमा बिग्रेको र सुचारु गर्न टेलिकमलाई बारम्बार लिखित तथा मौखिक अनुरोध गर्दा पनि कुनै सुनुवाइ नभएको टेलिफोन सञ्चालक मानबहादुर बोहराले बताए ।
'टेलिफोन प्रयोग नभए पनि टेलिकमलाई न्यूनतम शुल्क बुझाउनु परिरहेको छ,' उनले भने । सिंगो गाउँमा रहेको एक लाइन टेलिफोन पनि बिग्रेपछि गाउँवासी फोन गर्न तीन-चार दिनको बाटो हिँडेर छिमेकी मेलबिसौना गाविस वा सदरमुकाममा आउन बाध्य हुनुपरेको छ ।
टेलिफोन के कारणले बिग्रेको हो भन्ने पनि यकिन हुन सकेको छैन । बझाङ टेलिकम प्रमुख चन्दनाथ जोशीले जिल्लामा सो प्रविधिबारे अनुभवी प्राविधिक नभएकाले क्षेत्रीय तथा केन्द्रीय कार्यालयमा खबर गरेको बताए ।
'उताबाट प्राविधिक पठाएपछि मात्र के भएको हो थाहा हुन्छ,' उनले भने । सदरमुकाम चैनपुरबाट सो गाविस चार दिनको दूरी तथा ३० कोस उत्तरमा रहेको छ । यो जिल्लाको सदरमुकामबाट सबैभन्दा टाढाको विकट गाविस हो । Naya Patrika
टेलिकममा ३ करोड हिनामिना
दोषीलाई उन्मुक्ति दिने प्रयास
कान्तिपुर संवाद्दाता
विराटनगर, २०६६ पुस २३ -
कार्यालयमा महसुलबापत असुली हुने २ करोड ७४ लाख रुपैयाँ हिनामीना गरी फरार भएका दुई कर्मचारीलाई चार महिना बितिसक्दा पनि प्रहरीले गिरफ्तार गरेको छैन ।
स्रोतले भने आरोपित कर्मचारीलाई उन्मुक्ति दिने प्रयास भइरहेकाले प्रहरीले गिरफ्तार गर्न चासो नदेखाएको दाबी गरेको छ ।
टेलिकम शाखामा कार्यरत काउन्टर क्यासियर प्रदीप नकर्मी र इमु श्रेष्ठले २ करोड ७४ लाख नगद हिनामिना गरी असोजमा फरार भएका हुन् । उनीहरू श्रीमान्/श्रीमती हुन् । नकर्मीले बैंकमा दाखिला गरेको किर्ते भौचार पेस गरेका थिए । उनले २०६० देखि हिनामिना गर्दै अएको ठहर भएको थियो । दुवैलाई टेलिकमले निलम्बन गरिसकेको छ ।
उक्त प्रकरणमा तत्कालीन नायब प्रबन्ध निर्देशकसमेत मुछिने भएकाले प्रहरीले उनीहरूलाई गिरफ्तार गर्न चासो नदेखाएको स्रोतको दाबी छ । 'दोषी र नायब प्रबन्ध निर्देशकसमेतलाई बचाउने प्रयास भइरहेको छ,' स्रोतले भन्यो ।
नकर्मीलाई हिनामिना गरेको रकमको ब्याजसमेत कम समयको मात्र लिइने भएको छ । 'कार्यालयले थाहा पाएको दिनदेखिको मात्र १० प्रतिशतले ब्याज लिइने भएको छ, जब कि उनले ६ वर्षअघिदेखि हिनामिना गर्दै आएका थिए,' स्रोतले भन्यो, 'लहरो तान्दा पहरो गर्जिने भएकाले ढाकछोपको प्रयास भइरहेको छ ।'
नकर्मीले १ महिनाअघि टेलीकमको खातामा १ करोड रुपैयाँ बुझाएका छन् । 'आजभोलिमा ८४ लाख जम्मा हुँदै छ,' प्रमुख जिल्ला अधिकारी शशिशेखर श्रेष्ठले भने, 'अरू बाँकी पनि चाँडै उठ्नेवाला छ ।'
अख्तियार अनुसन्धान आयोगले नकर्मी र उनको परिवारका नाममा रहेको जग्गा रोक्का गरिएकामा किस्ताबन्दीमा फुक्का गर्न प्रजिअलाई आदेश दिएको छ । सम्पूर्ण जग्गा रोक्का गर्दा रकम असुली नहुने भएकाले किस्ताबन्दीमा फुकुवा गर्न लागिएको श्रेष्ठले बताए ।

अगाडी पढने की ? >>

महिलाको सम्बन्धमा

नेपालमा कम्युनिस्टको प्रधानमन्त्री र गृहमन्त्री समेत भएको र आफूलाई पक्का 'कम्युनिस्ट' भन्ने दलित, महिला, पिछडा, सुकुम्बासी, मेहनतकस जनताको हिमायती भन्नेले अछाम (जो गृहमन्त्रीको गृहिजल्ला पनि हो)मा आफ्नै प्रहरी कर्मचारीबाट बतात्कृत महिलाको पिडाको न्यायोचित काम नगरेर उल्टो अर्की महिला कर्मचारी पार्वती थापा माथी अन्याय गर्न पुगे । जनतालाई सहि सुचना दिन पनि चाहेनन् ।
त्यस्तै कैलालीको डुँडेझारीमा सुकुम्बासी जनतालाई पुलिस लगाई नरसँहार गरे । महिला केटा केटीको चिलविल पारे । कम्युनिस्टको मन्त्रीले गर्ने यो भन्दा नाकाम के हुन सक्दछ र?
देशका बिभिन्न ठाँउहरूमा महिला माथी बतात्कार बोक्सीको आरोपमा अमानविय कार्य गर्ने अनि उल्टो पिडितलाई नै गाँउ निकाला गर्ने जस्ता कृयाकलापमा गृहमन्त्रीले खै ध्यान दिएको?

अगाडी पढने की ? >>

बुधवार, 9 दिसंबर 2009

कब्जा

“सामन्त तथा दलाल नोकरशाही पुँजीपति वर्गको राज्यसत्ता शान्तिपूर्ण र वैधानिक तरिकाबाट कब्जा गरेर यिनीहरूको हैसियत समाप्त गरी नेपालको राष्ट्रिय स्वतन्त्रता अखण्डता र सार्वभौम सत्ताको रक्षा गर्नु हो ।“
यँहा निर प्रयोग गरिएको कब्जा शब्दले बैधानिक शब्दको खिल्ली उडाएको छ । बैधानिक तरिकाबाट गरिने हरेक काम “कब्जा” हुन सक्दैन । कब्जा त जबर्जस्ती हुने कुरा हो । माथिको वाक्यमा कब्जाको सट्टा हस्तान्त्रण उपयुक्त हुन सक्दछ ।
कम्युनिष्टहरूले खेत कस्को जोत्नेको घर कस्को पोत्नेको जमिन्दार वर्ग गाँउका किसानहरूको शोषण गरि जमिन्दार भएको हो त्यसैले जमिन्दारको जमिन खोसेर किसानलाई बाडनुपर्छ भन्ने मान्यताका आधारमा गरिने कृयाकलाप अन्तरगत जमिन्दारको जग्गामा किसानलाई बसाल्ने काम नै कब्जाको अर्थमा लिन सकिन्छ । खासगरिकन कम्युनिष्टहरुले प्रचलनमा ल्याएको शब्दको बास्तविक अर्थ शोषित बर्गले शोषक बर्गको सम्पत्ति जबर्जस्ती खोस्नु पर्छ शोषक बर्गको अधिनायकत्वको ठाँउमा शोषित गरिब किसान बर्गको अधिनायकत्व कायम गर्नु पर्ने मर्क्सवादीय चिन्तनका आभारमा कब्जा गर्ने भन्ने शैलिको बिकास भएको हो ।
यिनै मान्यताहरू आम जनतामा जनचेतना उकास्ने जागरण गराउने नाउमा कम्युनिस्टहरू विगत कालमा गाउ गाउमा गई किसानहरूलाई जागरण गराएका थिए । आज कतिपयले भन्न थालेका छन कि जमिन्दारको सम्पत्ति कब्जा गर्ने होइन किनेर लिनुपर्छ सित्तैमा लिनुहुदैन। यस्ता कुराले उनीहरुले वसगतमा गर्दै आएका बाचाबन्धन झुठ सवित हुन पुगिराखेका छन ।
केहि कम्युनिस्टहरू पुरानै मान्यतामा छन। केहि भने नँया मान्यताका नाममा आफूले पहिले जनताका माझ गरेका बाचाबन्धन तोडदै छन् । आपूहरूको नेतृत्वको सरकार बन्दा पनि गरिव जनताको कल्याण हुने काम नगरि जनताबाट उठाएको कर र बिदेशीको सामु भिख मागेर ल्याएको रकम दुरपयोग गरि महँगा महँगा गाडीमा चढने सरकारी सम्पत्तिको चरम दुरपयोग गर्ने कार्य गरिरहेका छन् ।

अगाडी पढने की ? >>

बास्तविक कम्युनिस्ट को हो ?

सांचो अर्थमा कम्युनिष्ट भनेका को हुन? कम्युनिष्टमा हुनु पर्ने गुणहरु के के हुन? बामपन्थी भनेका को हुन? कम्युनिष्ट र बामपन्थीमा फरक के छ? एवं समानता केमा छ? उग्रपन्थी भनेका को हुन? दक्षिणपन्थी भनेका को हुन? आदि प्रश्नहरु सायद सवैको मनमा उठछन् होला; नेपालमा भएका कम्युनिष्ट वा बामपन्थी नामधारी मानव समुहको ग्रुपहरु देखेर अथवा यिनिहरुका कुरा सुनेर ।
शुरु शुरुमा भनिन्थ्यो गरिब जनताको भलो गर्न कम्युनिष्टमा लाग्नु पर्दछ । किनभने कम्युनिष्ट भनेको गरिबहरुको संस्था हो । कुन कम्युनिष्ट गरिब छ, थियो होला कुनै दिन । तर आज उ करोडपति भैसकेको छ । ‘गरिबीको बटबारा गर्न कम्युनिष्ट भएको होइन’ भन्ने कुराहरु स्वंय कम्युनिष्ट भन्नेहरुले भन्दै आएका पनि छन् । राजाको शासन हुंदा राजालाई सामान्तबर्गको प्रमुख मान्दथे भने गांउको जमिन्दार त्यही राजाको प्रतिनिधि मान्दथे । ‘जमिन कस्को जोत्नेको’ भनेर पुष्पलालले निर्माण गरेको कम्युनिष्ट पार्टीले शुरुदेखि कैयो जमिनदारको बिरुध्दमा शसस्त्र, निसस्त्र आन्दोलन गरेको थियो ।
कम्युनिष्टहरुले गरिब मानिसको कल्याणको लागि उनीहरुले बल्ल बल्ल गरि जोरेको मजदुरीबाट जम्मा गरेको रकमबाट यीनीहरुलाई पालेर सेल्टर दिएर यहासम्म पुर्याएका छन् । नेता बनाएका छन् । आज तलका मान्छेहरु यीनीहरुको दिमागमा छैनन् ।छन भने यिनीहरुका आसेपासेहरु मात्र ।
तलका मानिसहरुको त कुरा छोडौ उनीहरु एक आपसमा नै आफ्नो स्वार्थ पुरा नहुने देखेमा जाई लाग्न पछि पर्दैनन् । मनमोहन बिरामी भएर चिनमा जांदा मौका छोपेर केशरजङ्गले कम्युनिष्टको नेतृत्व सत्ता कब्जा गरेको जस्ता कुराहरुदेखि लिएर एउटा कम्युनिष्ट भनाउदाले अर्को भनाउदालाई गध्दार, चोर, दलाल, उग्रपन्थी, दक्षिणपन्थी, कांग्रेसको पुच्छर, राजावादी आदि भन्ने गरेका शब्दहरुले यिनीहरुको चरित्र उदाङ्गो पारेको छ ।
१७ सालमा रायमाझीले राजाको शासन स्वीकार गरेर कम्युनिष्ट पार्टीलाई राजाबादी बनाइदिए भने ५९ सालमा माधव कुमार नेपालले राजालाई दाम राखी ढोग गरेर आफूलाई सच्चा कम्युनिष्ट बनाए । २७, २८ सालमा झापामा किसानका नाममा जमिन्दारहरु बीर मणि ढकाल, बुटन चौधरी घिसलाल राजबन्शी आदिको “एक यूनिट एक स्वार एक एक्सन” भनि हत्या गराइयो ।बदलामा उग्रपन्थी भनेर कैयौ युवाहरु सेनाको शिकार बनाइए । यसबेला उग्रबादी ब्यक्तिहत्या भनेर आलोचना गरिएको थियो भने ति आलोचना गर्नेहरुले ५२ सालमा आएर त्यस्तै खालको उग्रबादी ब्यक्तिहत्या जस्ता कामहरु १० बर्षसम्म गरे ।फरक यति हो कि उतिखेर सेना बनाउन सकेका थिएनन् भने यिनीहरुले सेना समेत बनाएर त्यहि काम गरे ।
देशमा धनि झनझन धनि भएको छ भने गरिब झनझन गरिब हुदै गएको छ । गरिबी, अन्याय, अत्याचार, अभाव, आदि जस्ताको तस्तै छ । ‘गांस बास कपास’ त यिनिहरुले भन्न पनि छोडिसके । हो केहि मान्छेहरु धनाढ्य भएकाछन् जो आफूलाई ‘गरिब बर्गको हिमायति हू’ भनेर उनीहरु कै सम्रक्षणमा यंहा आइपुगे ।
कम्युनिष्ट भनेको आफ्नो बिरोधीको हत्या गर्ने, बिरोध सहन नसक्नेहरुको समुह त होइन । एउटै समुहमा पनि आफ्नो स्वार्थ पुरा नभएको खण्डमा बाधक माथि जाइलाग्ने। एउटा समुहसंग मतभेद भइ अलग बस्दा अथवा अर्को समुहसंग आबध्द हुदा ज्यान समेत गुमाउन पुगेका कैयौ उदाहरणहरु छन यी कम्युनिष्टहरुका । को हुन सच्चा कम्युनिष्ट? के हो कम्युनिष्म? के हो मार्क्सवाद? के हो लेनिनवाद? के हो माओवाद? कस्को के कुरामा बिस्वास गर्ने ।
एउटा देशमा एउटा मात्र कम्युनिष्ट पार्टी हुन्छ भन्ने यिनीहरु नै हुन ।अन्य जो छन तिनीहरु यिनीहरुको दृष्टिकोणमा गैर कम्युनिष्ट हुन या भनौ उग्रवादी हुन अथवा दक्षिणपन्थी ।वा भनौ कसैका दलाल ।
आफू मात्र कम्युनिष्ट अरु सबै उनीहरुका शत्रु ।सामान्य कुरामा पनि विवाद गर्ने, अरुको कुराको विरोध गर्ने ।आफ्नो विरोध गर्नेलाई सच्चा कम्युनिष्ट होइन, यो खतम भयो, यो राजाको भक्त भयो, कांग्रेसको पुच्छर हो, भारतको दलाल हो, अमेरीको एजेन्ट हो, कुहेको फर्सी हो आदि तथानाम नामाकरण गरि आफ्नो दर्रि्रता देखाउन पछि नपर्ने नेपालका कम्युनिष्ट भनाउदाहरुले सारा जिवन जनतालाई मुर्ख बनाएर जनता कै काखमा हुर्के आज मन्त्री र प्रधानमन्त्री बनेका छन । यिनी काठमाण्डौको फोहोरो हर्न गाडी चढेर हिडे रे मानौ अर्कै लोकबाट आएका हुन, उनीहरुले कहिल्यै यस्तो फोहार देखेका थिएनन् ।धन्य हो आफूलाई जनताको पक्ष पोशक भन्नेहरु।
हत्या, हिंसा, आतंक, आफ्नो बिरोध गर्नेलाइ देखिनसहने, अरुको बिचारमा सहमत नहुने, ससाना बखेडा झिकेर झैझगडा गर्ने, आफू मात्र ठीक अरु सबै बेठीक, कामको परिणाम हेरेर राम्रो आएमा आफूले गरेको नराम्रो आएमा अरुले भनि आम मानिसको अगाडी झूठ बाहेक केही नबोल्नेहरुको जमात नै कम्युनिष्टको नामाकरण गरेका नवसामान्तको जमात नै त आजका सच्चा कम्युनिष्टहरु हुन कि त?
नेपाल कम्युनिष्टहरुको उर्वरा भुमि हो किनभने यंहा प्रसस्त संख्यामा गरिब, असहाय, निमुखा, मानिसहरु छन् । यस्ता खालका मानिसहरुलाई ‘हाम्रो यस्तो अवस्था हुनुमा देशका शोषक बर्ग, जमिन्दार बर्गले परापुर्व काल देखि शोषण गरेकोले हो, यिनीहरुलाई मास्न पर्छ, यिनीहरुको जमिन खोस्न पर्छ, कब्जा गर्न पर्छ’ भनेर उनीहरुको “जनचेतना” उकासेर हामी कम्युनिष्ट पार्टीका हौ, हामीले कल्याण गरि दिन्छौ भन्दै आएका छन् ।यसै भनेर कम्युनिष्ट बनेका हुन बनाएका हुन ।फेरि पनि बनाउदैछन् ।
साच्चै को जनकल्याणकारी काम गरेर देशको बिकास निर्माणको काम गर्नु पर्ने हो । यो महत्पूर्ण काम कसले गर्ने हो ।अझसम्म कुनै निधो छैन ।जस्ले यस्ता काम गरेर जनताको वास्तविक रुपमा मन जित्न सक्दछ त्यही नै यो मुलुकको सच्चा कम्युनिष्ट भन्नुहोस अथवा कांग्रेस अथवा अन्य कोहि हुनसक्दछ जस्तो लाग्दछ ।

अगाडी पढने की ? >>