बुधवार, 9 दिसंबर 2009

बास्तविक कम्युनिस्ट को हो ?

सांचो अर्थमा कम्युनिष्ट भनेका को हुन? कम्युनिष्टमा हुनु पर्ने गुणहरु के के हुन? बामपन्थी भनेका को हुन? कम्युनिष्ट र बामपन्थीमा फरक के छ? एवं समानता केमा छ? उग्रपन्थी भनेका को हुन? दक्षिणपन्थी भनेका को हुन? आदि प्रश्नहरु सायद सवैको मनमा उठछन् होला; नेपालमा भएका कम्युनिष्ट वा बामपन्थी नामधारी मानव समुहको ग्रुपहरु देखेर अथवा यिनिहरुका कुरा सुनेर ।
शुरु शुरुमा भनिन्थ्यो गरिब जनताको भलो गर्न कम्युनिष्टमा लाग्नु पर्दछ । किनभने कम्युनिष्ट भनेको गरिबहरुको संस्था हो । कुन कम्युनिष्ट गरिब छ, थियो होला कुनै दिन । तर आज उ करोडपति भैसकेको छ । ‘गरिबीको बटबारा गर्न कम्युनिष्ट भएको होइन’ भन्ने कुराहरु स्वंय कम्युनिष्ट भन्नेहरुले भन्दै आएका पनि छन् । राजाको शासन हुंदा राजालाई सामान्तबर्गको प्रमुख मान्दथे भने गांउको जमिन्दार त्यही राजाको प्रतिनिधि मान्दथे । ‘जमिन कस्को जोत्नेको’ भनेर पुष्पलालले निर्माण गरेको कम्युनिष्ट पार्टीले शुरुदेखि कैयो जमिनदारको बिरुध्दमा शसस्त्र, निसस्त्र आन्दोलन गरेको थियो ।
कम्युनिष्टहरुले गरिब मानिसको कल्याणको लागि उनीहरुले बल्ल बल्ल गरि जोरेको मजदुरीबाट जम्मा गरेको रकमबाट यीनीहरुलाई पालेर सेल्टर दिएर यहासम्म पुर्याएका छन् । नेता बनाएका छन् । आज तलका मान्छेहरु यीनीहरुको दिमागमा छैनन् ।छन भने यिनीहरुका आसेपासेहरु मात्र ।
तलका मानिसहरुको त कुरा छोडौ उनीहरु एक आपसमा नै आफ्नो स्वार्थ पुरा नहुने देखेमा जाई लाग्न पछि पर्दैनन् । मनमोहन बिरामी भएर चिनमा जांदा मौका छोपेर केशरजङ्गले कम्युनिष्टको नेतृत्व सत्ता कब्जा गरेको जस्ता कुराहरुदेखि लिएर एउटा कम्युनिष्ट भनाउदाले अर्को भनाउदालाई गध्दार, चोर, दलाल, उग्रपन्थी, दक्षिणपन्थी, कांग्रेसको पुच्छर, राजावादी आदि भन्ने गरेका शब्दहरुले यिनीहरुको चरित्र उदाङ्गो पारेको छ ।
१७ सालमा रायमाझीले राजाको शासन स्वीकार गरेर कम्युनिष्ट पार्टीलाई राजाबादी बनाइदिए भने ५९ सालमा माधव कुमार नेपालले राजालाई दाम राखी ढोग गरेर आफूलाई सच्चा कम्युनिष्ट बनाए । २७, २८ सालमा झापामा किसानका नाममा जमिन्दारहरु बीर मणि ढकाल, बुटन चौधरी घिसलाल राजबन्शी आदिको “एक यूनिट एक स्वार एक एक्सन” भनि हत्या गराइयो ।बदलामा उग्रपन्थी भनेर कैयौ युवाहरु सेनाको शिकार बनाइए । यसबेला उग्रबादी ब्यक्तिहत्या भनेर आलोचना गरिएको थियो भने ति आलोचना गर्नेहरुले ५२ सालमा आएर त्यस्तै खालको उग्रबादी ब्यक्तिहत्या जस्ता कामहरु १० बर्षसम्म गरे ।फरक यति हो कि उतिखेर सेना बनाउन सकेका थिएनन् भने यिनीहरुले सेना समेत बनाएर त्यहि काम गरे ।
देशमा धनि झनझन धनि भएको छ भने गरिब झनझन गरिब हुदै गएको छ । गरिबी, अन्याय, अत्याचार, अभाव, आदि जस्ताको तस्तै छ । ‘गांस बास कपास’ त यिनिहरुले भन्न पनि छोडिसके । हो केहि मान्छेहरु धनाढ्य भएकाछन् जो आफूलाई ‘गरिब बर्गको हिमायति हू’ भनेर उनीहरु कै सम्रक्षणमा यंहा आइपुगे ।
कम्युनिष्ट भनेको आफ्नो बिरोधीको हत्या गर्ने, बिरोध सहन नसक्नेहरुको समुह त होइन । एउटै समुहमा पनि आफ्नो स्वार्थ पुरा नभएको खण्डमा बाधक माथि जाइलाग्ने। एउटा समुहसंग मतभेद भइ अलग बस्दा अथवा अर्को समुहसंग आबध्द हुदा ज्यान समेत गुमाउन पुगेका कैयौ उदाहरणहरु छन यी कम्युनिष्टहरुका । को हुन सच्चा कम्युनिष्ट? के हो कम्युनिष्म? के हो मार्क्सवाद? के हो लेनिनवाद? के हो माओवाद? कस्को के कुरामा बिस्वास गर्ने ।
एउटा देशमा एउटा मात्र कम्युनिष्ट पार्टी हुन्छ भन्ने यिनीहरु नै हुन ।अन्य जो छन तिनीहरु यिनीहरुको दृष्टिकोणमा गैर कम्युनिष्ट हुन या भनौ उग्रवादी हुन अथवा दक्षिणपन्थी ।वा भनौ कसैका दलाल ।
आफू मात्र कम्युनिष्ट अरु सबै उनीहरुका शत्रु ।सामान्य कुरामा पनि विवाद गर्ने, अरुको कुराको विरोध गर्ने ।आफ्नो विरोध गर्नेलाई सच्चा कम्युनिष्ट होइन, यो खतम भयो, यो राजाको भक्त भयो, कांग्रेसको पुच्छर हो, भारतको दलाल हो, अमेरीको एजेन्ट हो, कुहेको फर्सी हो आदि तथानाम नामाकरण गरि आफ्नो दर्रि्रता देखाउन पछि नपर्ने नेपालका कम्युनिष्ट भनाउदाहरुले सारा जिवन जनतालाई मुर्ख बनाएर जनता कै काखमा हुर्के आज मन्त्री र प्रधानमन्त्री बनेका छन । यिनी काठमाण्डौको फोहोरो हर्न गाडी चढेर हिडे रे मानौ अर्कै लोकबाट आएका हुन, उनीहरुले कहिल्यै यस्तो फोहार देखेका थिएनन् ।धन्य हो आफूलाई जनताको पक्ष पोशक भन्नेहरु।
हत्या, हिंसा, आतंक, आफ्नो बिरोध गर्नेलाइ देखिनसहने, अरुको बिचारमा सहमत नहुने, ससाना बखेडा झिकेर झैझगडा गर्ने, आफू मात्र ठीक अरु सबै बेठीक, कामको परिणाम हेरेर राम्रो आएमा आफूले गरेको नराम्रो आएमा अरुले भनि आम मानिसको अगाडी झूठ बाहेक केही नबोल्नेहरुको जमात नै कम्युनिष्टको नामाकरण गरेका नवसामान्तको जमात नै त आजका सच्चा कम्युनिष्टहरु हुन कि त?
नेपाल कम्युनिष्टहरुको उर्वरा भुमि हो किनभने यंहा प्रसस्त संख्यामा गरिब, असहाय, निमुखा, मानिसहरु छन् । यस्ता खालका मानिसहरुलाई ‘हाम्रो यस्तो अवस्था हुनुमा देशका शोषक बर्ग, जमिन्दार बर्गले परापुर्व काल देखि शोषण गरेकोले हो, यिनीहरुलाई मास्न पर्छ, यिनीहरुको जमिन खोस्न पर्छ, कब्जा गर्न पर्छ’ भनेर उनीहरुको “जनचेतना” उकासेर हामी कम्युनिष्ट पार्टीका हौ, हामीले कल्याण गरि दिन्छौ भन्दै आएका छन् ।यसै भनेर कम्युनिष्ट बनेका हुन बनाएका हुन ।फेरि पनि बनाउदैछन् ।
साच्चै को जनकल्याणकारी काम गरेर देशको बिकास निर्माणको काम गर्नु पर्ने हो । यो महत्पूर्ण काम कसले गर्ने हो ।अझसम्म कुनै निधो छैन ।जस्ले यस्ता काम गरेर जनताको वास्तविक रुपमा मन जित्न सक्दछ त्यही नै यो मुलुकको सच्चा कम्युनिष्ट भन्नुहोस अथवा कांग्रेस अथवा अन्य कोहि हुनसक्दछ जस्तो लाग्दछ ।
यससँग सम्बन्धित सामग्रीहरू पढनुहोस


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

मानिस समाजको सवैभन्दा सचेत बर्ग भएकोले (टिप्पणीहरू)आलोचनामा प्रयोग गरिने शब्दहरू सिष्ट र आलोचना गरिएको ब्यक्ति समेत प्रभाबित हुन सक्ने हुनुपर्ने हुन्छ । यस तर्फ सहभागीहरू सचेत भइ मर्यादित (भाषा) हुन अनुरोध छ साथै Massages & Comments को लागि हार्दिक धन्यवाद ।