गुरुवार, 10 दिसंबर 2009

नेपाल टेलिकम सम्बन्धी

टेलिफोनबाट चोरी गरि बिल बढी गराएको भनि करमचारीमाथि आरोप लाग्ने गरेको छ । यसमा कति सत्यता छ भन्ने कुरा कतैबाट पुष्टी हुन सकेको छैन।
हालै गोरखापत्र(२०६६ मङ्सिर २५)मा जलेश्वर कार्यालयका ग्राहकको बीलमा बढि रकम आएको र एकै किसिमका नम्बरमा त्यस्तो कल भएको भनि समाचार प्रकाशित भएको छ ।
यस बारेमा टेलिकमले स्पष्ट गराउनु जरूरी छ ।
सात महिनादेखि टेलिफोन अवरुद्ध
बझाङ/ जिल्लाको उत्तरमा अवस्थित विकट काँडा गाविस सात महिनादेखि टेलिफोन सम्पर्कविहीन छ । नेपाल टेलिकमले अवरुद्ध टेलिफोन लाइन मर्मतसम्भारमा कुनै पहल नगरेकाले गाविस सञ्चारविहीन हुन पुगेको हो ।
त्यस क्षेत्रमा टेलिकमले ०६५ भदौमा एक लाइन भी-स्याट प्रविधि जडान गरिदिएको थियो । ०१९-४६१५३२ नम्बर रहेको उक्त लाइन गत असारमा बिग्रेको र सुचारु गर्न टेलिकमलाई बारम्बार लिखित तथा मौखिक अनुरोध गर्दा पनि कुनै सुनुवाइ नभएको टेलिफोन सञ्चालक मानबहादुर बोहराले बताए ।
'टेलिफोन प्रयोग नभए पनि टेलिकमलाई न्यूनतम शुल्क बुझाउनु परिरहेको छ,' उनले भने । सिंगो गाउँमा रहेको एक लाइन टेलिफोन पनि बिग्रेपछि गाउँवासी फोन गर्न तीन-चार दिनको बाटो हिँडेर छिमेकी मेलबिसौना गाविस वा सदरमुकाममा आउन बाध्य हुनुपरेको छ ।
टेलिफोन के कारणले बिग्रेको हो भन्ने पनि यकिन हुन सकेको छैन । बझाङ टेलिकम प्रमुख चन्दनाथ जोशीले जिल्लामा सो प्रविधिबारे अनुभवी प्राविधिक नभएकाले क्षेत्रीय तथा केन्द्रीय कार्यालयमा खबर गरेको बताए ।
'उताबाट प्राविधिक पठाएपछि मात्र के भएको हो थाहा हुन्छ,' उनले भने । सदरमुकाम चैनपुरबाट सो गाविस चार दिनको दूरी तथा ३० कोस उत्तरमा रहेको छ । यो जिल्लाको सदरमुकामबाट सबैभन्दा टाढाको विकट गाविस हो । Naya Patrika
टेलिकममा ३ करोड हिनामिना
दोषीलाई उन्मुक्ति दिने प्रयास
कान्तिपुर संवाद्दाता
विराटनगर, २०६६ पुस २३ -
कार्यालयमा महसुलबापत असुली हुने २ करोड ७४ लाख रुपैयाँ हिनामीना गरी फरार भएका दुई कर्मचारीलाई चार महिना बितिसक्दा पनि प्रहरीले गिरफ्तार गरेको छैन ।
स्रोतले भने आरोपित कर्मचारीलाई उन्मुक्ति दिने प्रयास भइरहेकाले प्रहरीले गिरफ्तार गर्न चासो नदेखाएको दाबी गरेको छ ।
टेलिकम शाखामा कार्यरत काउन्टर क्यासियर प्रदीप नकर्मी र इमु श्रेष्ठले २ करोड ७४ लाख नगद हिनामिना गरी असोजमा फरार भएका हुन् । उनीहरू श्रीमान्/श्रीमती हुन् । नकर्मीले बैंकमा दाखिला गरेको किर्ते भौचार पेस गरेका थिए । उनले २०६० देखि हिनामिना गर्दै अएको ठहर भएको थियो । दुवैलाई टेलिकमले निलम्बन गरिसकेको छ ।
उक्त प्रकरणमा तत्कालीन नायब प्रबन्ध निर्देशकसमेत मुछिने भएकाले प्रहरीले उनीहरूलाई गिरफ्तार गर्न चासो नदेखाएको स्रोतको दाबी छ । 'दोषी र नायब प्रबन्ध निर्देशकसमेतलाई बचाउने प्रयास भइरहेको छ,' स्रोतले भन्यो ।
नकर्मीलाई हिनामिना गरेको रकमको ब्याजसमेत कम समयको मात्र लिइने भएको छ । 'कार्यालयले थाहा पाएको दिनदेखिको मात्र १० प्रतिशतले ब्याज लिइने भएको छ, जब कि उनले ६ वर्षअघिदेखि हिनामिना गर्दै आएका थिए,' स्रोतले भन्यो, 'लहरो तान्दा पहरो गर्जिने भएकाले ढाकछोपको प्रयास भइरहेको छ ।'
नकर्मीले १ महिनाअघि टेलीकमको खातामा १ करोड रुपैयाँ बुझाएका छन् । 'आजभोलिमा ८४ लाख जम्मा हुँदै छ,' प्रमुख जिल्ला अधिकारी शशिशेखर श्रेष्ठले भने, 'अरू बाँकी पनि चाँडै उठ्नेवाला छ ।'
अख्तियार अनुसन्धान आयोगले नकर्मी र उनको परिवारका नाममा रहेको जग्गा रोक्का गरिएकामा किस्ताबन्दीमा फुक्का गर्न प्रजिअलाई आदेश दिएको छ । सम्पूर्ण जग्गा रोक्का गर्दा रकम असुली नहुने भएकाले किस्ताबन्दीमा फुकुवा गर्न लागिएको श्रेष्ठले बताए ।
यससँग सम्बन्धित सामग्रीहरू पढनुहोस


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

मानिस समाजको सवैभन्दा सचेत बर्ग भएकोले (टिप्पणीहरू)आलोचनामा प्रयोग गरिने शब्दहरू सिष्ट र आलोचना गरिएको ब्यक्ति समेत प्रभाबित हुन सक्ने हुनुपर्ने हुन्छ । यस तर्फ सहभागीहरू सचेत भइ मर्यादित (भाषा) हुन अनुरोध छ साथै Massages & Comments को लागि हार्दिक धन्यवाद ।