बुधवार, 9 दिसंबर 2009

कब्जा

“सामन्त तथा दलाल नोकरशाही पुँजीपति वर्गको राज्यसत्ता शान्तिपूर्ण र वैधानिक तरिकाबाट कब्जा गरेर यिनीहरूको हैसियत समाप्त गरी नेपालको राष्ट्रिय स्वतन्त्रता अखण्डता र सार्वभौम सत्ताको रक्षा गर्नु हो ।“
यँहा निर प्रयोग गरिएको कब्जा शब्दले बैधानिक शब्दको खिल्ली उडाएको छ । बैधानिक तरिकाबाट गरिने हरेक काम “कब्जा” हुन सक्दैन । कब्जा त जबर्जस्ती हुने कुरा हो । माथिको वाक्यमा कब्जाको सट्टा हस्तान्त्रण उपयुक्त हुन सक्दछ ।
कम्युनिष्टहरूले खेत कस्को जोत्नेको घर कस्को पोत्नेको जमिन्दार वर्ग गाँउका किसानहरूको शोषण गरि जमिन्दार भएको हो त्यसैले जमिन्दारको जमिन खोसेर किसानलाई बाडनुपर्छ भन्ने मान्यताका आधारमा गरिने कृयाकलाप अन्तरगत जमिन्दारको जग्गामा किसानलाई बसाल्ने काम नै कब्जाको अर्थमा लिन सकिन्छ । खासगरिकन कम्युनिष्टहरुले प्रचलनमा ल्याएको शब्दको बास्तविक अर्थ शोषित बर्गले शोषक बर्गको सम्पत्ति जबर्जस्ती खोस्नु पर्छ शोषक बर्गको अधिनायकत्वको ठाँउमा शोषित गरिब किसान बर्गको अधिनायकत्व कायम गर्नु पर्ने मर्क्सवादीय चिन्तनका आभारमा कब्जा गर्ने भन्ने शैलिको बिकास भएको हो ।
यिनै मान्यताहरू आम जनतामा जनचेतना उकास्ने जागरण गराउने नाउमा कम्युनिस्टहरू विगत कालमा गाउ गाउमा गई किसानहरूलाई जागरण गराएका थिए । आज कतिपयले भन्न थालेका छन कि जमिन्दारको सम्पत्ति कब्जा गर्ने होइन किनेर लिनुपर्छ सित्तैमा लिनुहुदैन। यस्ता कुराले उनीहरुले वसगतमा गर्दै आएका बाचाबन्धन झुठ सवित हुन पुगिराखेका छन ।
केहि कम्युनिस्टहरू पुरानै मान्यतामा छन। केहि भने नँया मान्यताका नाममा आफूले पहिले जनताका माझ गरेका बाचाबन्धन तोडदै छन् । आपूहरूको नेतृत्वको सरकार बन्दा पनि गरिव जनताको कल्याण हुने काम नगरि जनताबाट उठाएको कर र बिदेशीको सामु भिख मागेर ल्याएको रकम दुरपयोग गरि महँगा महँगा गाडीमा चढने सरकारी सम्पत्तिको चरम दुरपयोग गर्ने कार्य गरिरहेका छन् ।
यससँग सम्बन्धित सामग्रीहरू पढनुहोस


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

मानिस समाजको सवैभन्दा सचेत बर्ग भएकोले (टिप्पणीहरू)आलोचनामा प्रयोग गरिने शब्दहरू सिष्ट र आलोचना गरिएको ब्यक्ति समेत प्रभाबित हुन सक्ने हुनुपर्ने हुन्छ । यस तर्फ सहभागीहरू सचेत भइ मर्यादित (भाषा) हुन अनुरोध छ साथै Massages & Comments को लागि हार्दिक धन्यवाद ।