शनिवार, 29 मई 2010

गणतन्त्र दिवस

आजभन्दा २ बर्ष अगाडि २०६५जेष्ठ १५ गते नेपालमा राजतन्त्र समाप्त भएको घोषणा गरिएको थियो । त्यहि दिनको सम्झनामा गणतन्त्र आएको भनेर दिवस मान्ने गरेका छन् । गणतन्त्रको घोषणा गर्दै २ बर्षभित्र गणतन्त्रलाई मान्यता दिने संबिधान बनाउने भनेर संबिधान सभा पनि बनाइयो । दलहरू आपसी खिचातानी र सत्ता लिप्सामा नफसेको भए २०६७ जेष्ठ १४ मा नँया गणतन्त्रलाई संस्थापन गर्ने संबिधान बन्थ्यो । तर बन्यो १ बर्ष म्याद थप्ने काम मात्र । संबिधान बन्ने निश्चतता अझै बनेको छैन ।

२०६७ जेष्ठ १४ मा संबिधान बनाउछौ भनेर लागेका एमाले काँग्रेस र एमाओवादीहरूले यस्तो असहज स्थिति आउछ भन्ने सोचेका थिएनन् । यी दूरदर्शी पनि थीएनन् । आफ्नो खाइपाइ आएको सुबिधा संबैधानिक रूपमा समाप्त हुने भइ आत्तएका यीनीहरू रातारात गरी सहमतिको लागि सहमति गरेकाछन् । यो सहमतिले न त माधव कुमारले राजिनामा नै दिन्छन् । नत माओवादी सरकारमा गएर राष्ट्रीय सरकारको रूम नै दिन्छ । यसको लागि पुनः अर्को यस्तै खालको सहमति आवश्यक छ ।

भूतपूर्व लडाकुको ब्यस्थापन समुचित रूपमा हुने द्वन्दकालमा भए गरेका अन्याय अत्याचार जग्गा कब्जाको न्यायोचित समाधान पार्टीहरू निशस्त्रीकरणको सवाललाई कसरी समाधान गर्ने भन्ने बिषयमा यस अगाडी भए गरेका लगभग १४ वटा सहमति सहकार्यका दस्तावेजहरू कार्यन्वन मुख्य कुरा हो । संबिधानसभाको निर्वाचनले देखाएको उपस्थितीलाई पनि ध्यान दिएर समस्या समाधान गर्नुपर्नेमा दलहरू आआफ्नै स्वार्थमा लगनशील छन् । यो लगनशीलता पार्टीगत स्वार्थभन्दा माथि उठेर राष्ट्रीय स्वार्थमा लगाउन सकेमा मात्र गणतन्त्रको शिशुको उद्धार हुनेछ । यस तर्फ कसैको ध्यान नगएकोले नेपाली जनताले खुशी हुने अवस्था अन्यौलमा नै छ ।

गणतन्त्रको आजको अवस्थामा फेरी पनि सहमति सहकार्य एकता कायम रहोस । आपसी मेलमिलाप बढोस । यहि शुभकामना यस दिवसमा गरौ ।

अगाडी पढने की ? >>

गुरुवार, 27 मई 2010

गौतमबुद्धको जन्मस्थान लुम्बिनी

आज २५५४औ बुद्ध जन्मदिन ।
लुम्बिनीमा देशबिदेशबाट मानिसहरू जम्मा भएका थिए । सदा झै भाषण गरेर जन्मदिन मनाए ।
भन्न त भनिन्छ राजनैतिक अस्थिरताका कारण लुम्बिनीको बिकास भएन भनेर । बुद्धको जन्म भारतमा भएको भनेर पनि भनेको पाइएको छ । सरकारमा पसेका कम्युनिस्ट र काँग्रेसले यस बिषयमा केहि बोल्न चनाहादैनन् ।किन होला ?
सहि कुरामा बोल्न पनि डराउने किन ?  नेपालमा गौतम बुद्धको जन्म भएको हो भनेर कमाइ खाने भाडोको रूपमा रहेको लुम्विनी रहेको छ । आज भन्दा ३२ वर्ष अगाडी जनताको ११ बिघा जग्गा अधिग्रहण गरी  राजाको पञ्चायले  बनाइएको हो ।
आज गौतम बुद्धको जन्म मनाउने क्रममा मान्छेहरू जम्मा गरेर सरकारी रकमको दरुपयोग भएको छ । यस्तै किसिमले हरेक वर्ष रकमको दरूपयोग भइ रहेको छ । लुम्बिनीको नाममा अरवौको लुट मचाइरेका छन् । यो परम्परा गणतन्त्र घोषणा गरेर बनेको सरकारले पनि कायम राखेकोमा नेपाली दुःखित छन् ।

अगाडी पढने की ? >>

जताततै नेपाली अपहेलित

मेघालयबाट नेपाली खेदिएका खेदियै छन् । मदन तामाङ्ग पनि नेपाली मूलका भारतिय हुन जस्को हत्या भएको छ । अब त नेपाल भूभीमा नै पसि भारतिय प्रहरीले नेपाली मार्न थाललेको छ । नेपालको सरकार चुपचाप बसिरहेको छ मानौ बेखवर छ ।

भुटानबाट नेपाल मूलका नेपालीहरू खेदिएको दशकौ भएको छ । दुःख शास्तीको कुनै हिसाव किताब छैन । नेपालका सिमाहरूमा भारतियहरू आएर दुःख दिने क्रम रोकिएकोछैन । सरकारमा गएको एमालेको नेता के गरेर सत्तामा हालीमुहाली गर्ने हो ध्यान त्यति मै छ । जनताले कहाँ के कष्ट पाएका छन् कुनै चासो छैन् । नेपाली भएकै कारण भारत भुटान तथा अन्य देशहरूमा दुःख पाइरहेका नेपाली मूलका मानिसहरूको पक्षमा एक शब्द पनि नेपालका प्रधानमन्त्रीसँग छैन् ।

देश तथा बिदेश जँहा पनि नेपालीमा अन्याय हुनु भनेको नेपालीको मनमा चोट पुग्नु पर्ने हो तर त्यस्तो संवेदनशीलता यो गणतन्त्रवाला सरकारले महशुश गर्न सकेको छैन् । नेपाली हुनुमा गर्व गर्नुमा सरकारका मन्त्री रहेका छैनन् । सवैलाई थाहा भएकै कुरा हो कि एमाले नामक कम्युनिस्ट सत्तामा नजादैको अवस्थामा भारतको निकै जनतालाई उचालेको हुन्थ्यो । तर सत्तामा पुगेपछि यी सव बिर्सेर भारतले ज् गरे पनि केहि प्रतिक्रिया समेत दिन चाहादैन किन होला ? यसको एउटै जवाफ सत्ताको स्वादमा देश दुनिया सवैलाई बिर्सेर स्वार्थ नै हो ।

बिस्तारवादी भनेर नथाकेको एमाले किन आजकल भारतको कसैले विरोध गरेमा रिसाउछ । जनता जनार्दन मरेर विहाल भएको देख्न चाहने यो सरकारका प्रधानमन्त्री लगायतकाहरूलाई हामीले के भनेर भन्ने ?

अगाडी पढने की ? >>

रविवार, 23 मई 2010

वार्ता बैठक निश्कर्षविहीन

माओवादी-एमाले एमाले माओवादी माओवादी काँग्रेस काँग्रेस एमाले एमाले काँग्रेस काँग्रेस माओवादी वार्ता बैठक हरेक पटक निश्कर्षविहीन । सुन्दा सुन्दा पनि दिक्क । वार्तामा नै नेपाल र नेपालीले किर्तीमान कायम गरेको छ । निश्कर्षविहिनताको यो श्रृंखला कहिलेसम्ममा टुङ्गिने हो केहि थाहा छैन ।

जनतालाई माछो माछो भ्यागुतो बनाइरहेका छन् । कहिलेसम्म यो पिडा सहने हो नेपालीले । यहि मौका छोपी अनेकन ठगहरूले बिभिन्न बाहानामा अन्य उपायहरू लगाएर ठगी रहेका छन् ।

अगाडी पढने की ? >>

सरकारले ठगहरू पालेको छ

यत्रोबिधि रकम उठाएर सर्वसाधारण ठग्ने युनिटीलाई सरकारमा बस्नेहरूले सम्रक्षरण दिएर पालेकाछन् ।

अबैध काम गरेर हिजोका दिनहरूमा एउटा साधारण साइकलमा समेत हिडन नसक्नेहरू अहिले चिल्ला कारहरूमा सवार देखिन्थे । शंकाको बिषय थियो कि यी सब गतिबिधिबाट।

युनिटीका ठगहरुबाट रकम अशुल गरि सर्वसाधारण उपलब्ध गराउने काममा सरकारले तदारूक्ता देखाउन सक्नुपर्दछ ।

अगाडी पढने की ? >>

गुरुवार, 20 मई 2010

unity-life INT’L LTD ठगहरूको कम्पनी

AB119729 र AB225670 दूइवटा कार्डबाट ठगेकोले यीनिहरूलाई उम्कन दिनु हुदैन। सरकारले समयमा निगरानी राख्न नसक्नु ठूलो कमजोरी हो । अब यस कम्पनीको जायजेथा नियन्त्रण गरेर सदस्यहरूलाई शेयर सदस्यको रूपमा कयम गरेर बैंक फानान्स वा इन्सुरेन्स अस्पताल आदिमा नियमानुसार बनाउनु पर्छ ।
सरकारका धेरै कर्मचारीहरूको रकम यस्मा जम्मा छ । नियमकानून जान्ने कर्मचारीहरू यस्तो प्रलोभनमा फस्नु भनेको लाजमर्दो कुरा हो । कर्मचारी अरूभन्दा लोभिपापी भएकोले पनि यस्तो भएको हो । उनीहरूका सस्ता आकर्षणमा फस्न पुग्ने रकम देशको कुने कुनामा नहुने यसले गर्दा शङका अझ बढाएको छ ।
नेटवर्कको नामाम ठगहरूको बिगबिगी रहेको छ । यसलाई सरकारले मुकदर्शक बनेर हेर्नु हुदैन।
साथीभाईको नाममा यी ठगहरूले सबभन्दा नजीकबाट हामीलाई ठगेका छन् । मलाई ठग्ने रोमलाल गिरी हुन्। उनी पहिले कृषि बिकास बैंकमा काम गरेका थिए । त्यहिबाट हाम्रो चिनाजानी भएको हो ।

अगाडी पढने की ? >>

मंगलवार, 18 मई 2010

स्वतन्त्रता छ त ?

कम्युनिस्टहरूको स्वाभिमान हुनुको कुनै अर्थ छैन स्वतन्त्र बिचारको पनि मान्यता छैन मानौ यिनीहरू कसैका दासहरू नै हुन । अनुसाशनको नाममा यही दासता स्वीकार्नु नै उनीहरूको पार्टी जीवन हो । यसलाई कमरेडहरूले राम्रै बुझेको हुनु पर्दछ । सत्ता र शक्तिमा रहेका कमरेडहरूले फरक बिचार राख्ने कमरेडहरूलाई आफ्नो दास बनाउन पाएकोमा निकै प्रफुल्ल हुन्छन । यो कुकार्य एमालेमा मात्र होइन सवै नामधारीहरूमा हुन्छ ।

कमरेडलाई एमालेमा फरक बिचार राखेकै कारण सत्ताधारी माधव नेपालले 'सरकार बनेदेखि नै पार्टीका सूचना माओवादीसमक्ष पुर्‍याउने र सरकार ढाल्न माओवादीले बनाएका योजनामा सामेल हुनेहरूलाई छानबिन गरी कारबाही गर्नुपर्ने बताएका थिए । 'सरकार गठनकै वेलादेखि सरकार ढाल्न पार्टीको जिम्मेवार तहमा बस्ने नेताबाट प्रयास हुँदै आएको छ,' 'पार्टी समाप्त पार्न खोज्ने त्यस्ता गतिविधिको छानबिन गरी कारबाही गर्नुपर्छ ।' भन्न पुगेका छन । मानौ बामदेवको एमालेको जीवनमा कुनै भुमिका नै छैन ।

त्यसकारण यो दासतालाई के भनेर चित्त बुझाउने ? उनले तोकेर नै किटानसाथ भनिनै सके अब के को छानविन ? छानविन त पत्ता नलागेको कुरामा गर्ने होइन र ?

अगाडी पढने की ? >>

सोमवार, 17 मई 2010

मदन आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

२०५० जेठ ३ गते पोखराबाट चितवनका लागि गाडिमा सवार मदन आश्रित चितवनको दासढुङ्गामा रहस्यमय मृत्यूमा परी भौतिक शरीर त्याग गरेको आज १७ बर्ष पुग्यो । त्यसवेला भनिएको थियो टनकपुरको कारणले उनको शरीर जोखिममा पर्र्यो भनेर । आज वहाँ कै दल तथा बहुदलिय जनवादको नाममा हालिमुहाली चलिरहेको छ । हत्याका एक मात्र साक्षी अमर लामाले पनि देह त्याग गरि सकेका छन् । उनको वर्षको यसै अवसरमा बल्खुदरवारमा स्मृति सभा हुने गर्दछ । एमालेका कम्युनिस्टहरू उनको गुणगान पनि गाउने गर्दछन् ।

हत्याराहरू पत्ता लगाइ सत्यतथ्य जनसमक्ष ल्याउने काम अधुरै छ । गृह्य मन्त्री पनि भए प्रधानमन्त्री पनि भए । कहिले होला जनताको इच्छा पुरा हुने । आजकाल त यो कुरा कसैले पनि भनेको पाइदैन् । उनको गुणगान गाइन्छ हत्या गर्नेलाई लुकाइन्छ ।

यसै अवसरमा उनीहरूको सम्झनामा श्रद्धाञ्जलीका यी शब्दहरू ब्यक्त गरिएको छ ।

अगाडी पढने की ? >>

बाघ र स्याल दुवै मान्छेहरू होइनन्

मुलुकमा ‘बाघको छालामा स्याल रजाई’ भनेको ठीकै रहेछ ।  प्रधानमन्त्री बनाइएका माधव कुमारले आफूलाई बाघ भएको घोषणा गरेका छन । मुलुकमा बाघले मान्छेहरू माथि रजाइ चलाएको छ । त्यो पनि कस्तो बाघ भने स्वयघोषित ‘शालीनतायुक्त’ । ‘अरूले तपाइ भन्नु कता हो कता आफै मपाइ’ भएको नमूना होइन र ?
केहि समय पहिले उन कै दलकी एक बिद्याले आफ्नै अध्यक्षलाई ‘गद्यालाई धोएर गाँई’ नभएको गुनासो गरेकी थिइन । यसबाट पनि के प्रष्ट हुन्छ भने उनको दल पनि पशुहरूले चलाएको छ । गद्या भने पनि र गाई भने पनि दुवै पशुहरू नै हुन, अहिले माधवले भनेका बाघ वा स्याल पनि पशु जाति कै हुन । अ यी दुइ भनाइमा केहि भिन्नता चाहि छ । त्यो हो एउटा घरपालुवा जनावर जस्लाई पशु भनिन्छ भने अर्को जङ्गली जनावर । हो जङ्गली जनावरलाई सरकारले नै हेर्नका लागि चिडियाखानामा राख्ने चलन छ ।
आफूलाई ‘कम्युनिस्ट’ भन्ने गरेका छन् । कम्युनिस्टहरूले भौतिकतामा बिस्वास हुन्छ भनेर सुनिएको थियो । तर त्यसका नेताहरू बनेकाले ‘गद्यालाई धोएर गाई बनेन’ भनेर चिन्ता लिनु अचम्मको कुरा होइन र ?
जे हो यस देशमा जनावरहरूले पशुहरुले मानवजाती माथि शासनसत्ता चलाइरहेका रहेछन् । हामी जनताले यी पशुहरूलाई यी जनावरहरूलाई तह लगाउनु पर्नेमा यिनीहरूले हामी माथी शासन गरेका छन् । यसकारण त देशको बिकास नभएर बिनास तर्फ उन्मुख छ । धन्य हो ।

अगाडी पढने की ? >>

रविवार, 16 मई 2010

उद्योगी व्यवसायीहरू दोहोरो मारमा

सत्तासीन एमाले काँग्रेस र सत्ताहीन एमाओवादीको दोहोरो चपेटामा मुलुकका उद्धोगी ब्यवसायीहरू परेका छन् । हडताल आमहडताल हुन नदिनको लागि शान्ति सुरक्षाको लागि उनीहरूले मुलुकका राजनीतिक दलहरूलाई एकजुट गराएर सहमतिमा ल्याउन खोजेको पाइन्छ । तर आआफ्नो हठमा जकडिएका यी दलहरू मुलुकको लागि केहि त्याग गर्न सकिरहेका छैनन्।

उल्टो यिनीहरूले उद्धोग ब्यवसायीहरूलाई तथानाम दोष थुपारी रहेका छन् । एकाथरीले चन्दा दिएर पालेको आरोप लगाएको छ मानौ उनीहरूले कहिल्यै यी उद्धोगी ब्यावपारीसँग चन्दा लिएका छैनन् । चन्दा लिन कोहि भन्दा कोहि कम छैनन् । मात्र फरक के मा छ भने शैलीमा फरक छ । माग्ने तरिकामा फरक छ । सबैले मागेरै आफ्नो दुनो सोज्याएका छन् । त्यस्तै बाटो बन्द शहर बन्द पसल बन्द भयो भने जनताले नै दुःख पाउने हो । उद्धोगी ब्यापारीले नै दुःख खेप्ने हो । आन्दोलन नगरौ वार्ताबाट समस्या समाधान गरौ भन्दा उद्धोगी ब्यावसायीहरू सुकिला र खाइलागेकाहरू भनेर जनतालाई उचाल्ने काम भएको छ ।

रोजगारी दिने उद्धोगी ब्यवसायीहरू नै हुन । रोजगारी सृजनाका लागि धेरै नै उद्धोगहरू स्थापना तथा सञ्चालन हुन सकेमा मात्र रोजगारीका अवसरहरू नागरीकले पाउदछन् । यसकव लागि पनि शान्ति अनिवार्य छ । सरकारमा बस्नेहरूले यसलाई बुझ्न नसक्दा जनताले सधै दुःख पाउनु बाहेक अरूथोक पाउदैनन् । यव दुःखबाट मुक्ति दिलाउनु सरकारको कर्तब्य हो । यसको लागि ठोस कार्य गर्न सकिदैन भने सरकारमा बसिरहनु हुदैन । तुरून्त निकास दिएर अर्को विकल्पको खोजी हुनुपर्दछ ।

अगाडी पढने की ? >>

सत्ता कब्जाको राजनिति

कम्युनिस्टहरू सत्ता कब्जा गरि जनताको गाँस बास कपालको समस्या समाधान गर्ने भनि सपना बाडेर नथाकिरहेको अवस्थामा सत्तामा पुगेका छन् । एक किसिमले सत्ता उनीहरू कै हातमा छ । उनीहरूले जनताको कल्याणका कामहरू गर्न चाहेमा गर्न सक्दछन् । यस्तो अवस्थामा पनि फेरि सत्ता कब्जाका कुरा गरिरहेका छन् । के हो यो सत्ता कब्जा भनेको ?

एमालेले सत्ता कब्जाको सपना २०४७ साल पछाडीबाट देख्न छोडेको हो । त्यसपछाडी सायद सत्ता कब्जा भन्ने शब्दहरू उनीहरूका दिमागबाट नै हराएको पाइन्छ । त्यसभन्दा अगाडी सत्ता कब्जाका नाऊमा मुलुकका अनेकौ भागमा कब्जा कायम गर्ने काम नभएको चाहि होइन । त्यहि काम आजका एमाओवादीले गरेका छन् । आजका एमाओवादीका मान्छे (कम्युनिस्ट) हरू त्यतिखेरको कब्जाको बिरोधमा थिए । एमालेले पहिले पहिले गर्दै आएको कब्जाको खेती २०५२ साल पछाडी यी एमाओवादीहरूले सम्हाल्दै आएका छन् । हालका एमाओवादीका कम्युनिस्टहरूले गर्दे आएकाको बिरोधमा उभिने काम एमालेका कम्युनिस्टहरूले सम्हाल्दै आएका छन् ।

के हो त यो सत्ता कब्जा भनेको ? सत्तामा पुगेका कम्युनिस्टहरूले सत्ता कब्जा भनेको के हो त ? हाल नेपालमा एमाले एमाओवादी र काँग्रेस नै सत्तामा छन् । हो हिजोको अवस्थामा प्रचण्ड थिए त माधव छन् भोलीका दिनहरूमा मानौ काँग्रेसको कोहि होला । के यसो हुँदा कसैलाई किन आपत्ती ? आज सत्ता कब्जाको कुरा गर्नेहरूले के अन्यहरूलाई समाप्त पारेर मात्र आफ्नो जनताको उन्नती गर्ने काम गर्न सक्दछन् नत्र सक्दैनन् ।

माधव नेपालले भने जस्तै वहाँहरूले सत्ता कब्जा गर्ने जुन सपना जनतामा बाडनु भएको थियो अब सम्भव छैन भनेर "धम्की र सत्ता कब्जाको राजनीति त्यागिदिनु” भयो, र अब जनतालाई र एमाओवादीलाई समेत भन्न थाल्नु भएको छ “नेपालमा सत्ता कब्जा सम्भव छैन ।“ वहाँले सत्ता हाम्रो हातमा छ, हामी मिलेर देशको उन्नती गरौ भन्न सक्नु भएन । किन ?

अगाडी पढने की ? >>

शनिवार, 15 मई 2010

सहमति टाढाको कुरा

सत्तासीन कम्युनिस्टहरू र सत्ताहीन कम्युनिस्टहरूको आपसी बेमेलका कारण नेपाली जनताले दुःख पाउने दिनहरू झन पछि झन बढदै गएका छन् । सहमति एकता र सहकार्य नेपाली जनतालाई मुर्ख बनाउने कुरा मात्र भएका छन् ।

म्रधानमन्त्री भएको एमालेको माधव नेपाल तथा सत्ता त्यागेको एमाओवादीको प्रचण्ड अब दुवै उदण्ड भएर लागेकाले जनताले निराशा बाहेक कुनै कुराको आशा बाँकी छैन ।

स्वच्छ छविको प्रमाणित हुन दरवार पुगेका माधव नेपाल संबिधान सभाको निर्वाचनमा एकभन्दा बढि ठाँउबाट हारेको होइन कि पराजय भएका अवस्थामा चिठ्ठा परेको जस्तै हात लागेको यो कुर्सी छोडन निकै गाह्रो परिरहेको छ ।

नागरीक समाज बुध्दीजिवि कलाकार ब्यापारीहरूलाई आफ्नो पक्षमा बोले ठीक नबोले बेठीक भन्ने यिनीहरूको वास्तविक अनुहार के होला । कस्तो होला । एउटाले सुकिला र खाइलाग्दा भन्ने अर्कोले सर्पलाई दुध ख्वाएर पाल्ने भनेर तिनै नागरीक समाज बुध्दीजिवि कलाकार ब्यापारीहरूलाई माथि खनिने रीस पोख्ने ठाँउ नपाएकाले यस्तो आवेशमा आएको हुन सक्दछ ।

नेपाली जनताले देशमा मिलेर शान्ति सुरक्षा बिकास निकास देऊ पो भनेका हुन । यस्तो कुरामा पनि राजनिति गरेर दोष तिनै माथि थोपर्ने नालायक काम गरेका छन् ।

शान्तप्रेमी जनतालाई दोष नदेऊ।बुध्दी विवेकको प्रयोग गर । यहि नै तिमीहरूलाई नेपाली जनताले भनेका छन् । अन्यथा नसोच । 

अगाडी पढने की ? >>

शुक्रवार, 14 मई 2010

असुरक्षित जीवनः मार्ने धम्की आयो

कान्तीपुरमा ‘माओवादीका जिल्ला सदस्यद्वारा पत्रकारलाई ज्यान लिने धम्की’ नामक समाचार बिश्लेषण सायद सबैले पढेका होलान । मैले पनि यो कुरा पढे र थाहा पाएकि मा्ने धम्की आएछ । कारण के रहेछ भने पत्रकारले ‘मजदुरका नाममा उठाउँदै खाँदै’ (सायद रकम)  गरेको समाचार प्रकाशन गरेछन् । समाचार गलत थियो भने खण्डन आउनु पर्ने हो । तर खण्डन होइन कि ‘धम्की’ आएछ त्यो पनि कस्तो भने मार्ने ।  मानौ मार्ने बाहेक अरू जानेका नै छैनन् ।
“कम्युनिस्ट, क्रान्तिकारी” हुनका लागि के कसैको ज्यान लिनु पर्दछ । के कसैको ज्यान लिइएन भने त्यो ‘क्रान्तिकारी’ होइदैन, ‘कम्युनिस्ट’ होइदैन । जनयुध्दको नाममा धेरैले अनाहकमा ज्यान गुमाइसकेका थिए भने उनीहरू शान्ति प्रक्रिया आइसकेपछि पनि ज्यान गुमाउने क्रम रोकिएको छैन । यो कहिलेसम्ममा रोकिन्छ । यसको जवाफ हालमा प्रचण्डले तथा उनको एमाओवादीले दिनु पर्दछ । जवाफ मात्र होइन उनले यो कुकर्मलाई समयमा नै सच्याउनु पर्दछ । होइन भने जनता मार्ने कार्यकर्ताले कुनै दिन प्रचण्ड तथा अरूहरूलाई पनि तारो बनाउन सक्दछन् ।
हत्या हिंसा आतंक धम्की चन्दा करकाप जवर्जस्ती  नै “मार्क्सवाद” हो भने यि कम्युनिस्टहरूलाई तिरस्कार गर्नु बाहेक नेपाली जनताको अगाडी अरू केहि उपाय छैन, होइन भने यिनीहरू सवैले  जनता सताउने, चन्दाको नाममा हत्या हिंसा जवर्जस्ती गर्ने काम जुनकुनै बाहानामा पनि गरिनु हुदैन ।
सत्ता नपाउन्जेल ‘सत्ता प्राप्त गर्नका लागि’ भन्ने सत्तामा पुगेपछि अब के का लागि यस्ता क्रियाकलाप हुन्छ त ? सत्तामा पुगेपछि गरिब जनताको सबकुछ ठीक पार्छौ भन्नेहरूले अहिले पनि गरिब जनताको  कुनै काम नगरि खाली तिनै गरिबहरूलाई सताउने काम भइरहेको छ । कति दिनसम्म यिनको झूठलाई पत्याइरहने ?  आफूलाई ‘कम्युनिस्ट’, ‘गरिबको पक्षधर’, ‘सर्वहारावादी’ भन्नेहरुले सोच्ने बेला आएन र? 

अगाडी पढने की ? >>

मंगलवार, 11 मई 2010

फेरि मन्त्रीले कर्मचारी कुटे ।

अफताव आलम नाम गरेको माधव कुमारको मन्त्रीले एक उच्च पदस्त कर्मचारीलाई कुटे र नेपालको एक किर्तीमान कायम गरेछन् ।
यस भन्दा अगाडीका किर्तिमानलाई तोडदै उनले यो काम अघि बढाएका छन् । यस नेपाल मन्त्रीमण्डलमा यस्तै खालका नालायकहरूको बाहुल्यता छ । यिनीहरूबाट जनताले आश नै के गर्न सक्दछ र ?

अगाडी पढने की ? >>

सोमवार, 10 मई 2010

उद्योगी-व्यवसायीलाई हप्कीदप्की

"माओवादी कार्यकर्तालाई जागिर दिने, आन्दोलनमा चन्दा दिने, भात खुवाउने अनि सहमति र सुरक्षा सरकारसँग माग्ने ?" प्रधानमन्त्री माधवकुमार नेपाल । माधव कुमारका कार्यकर्तालाई पनि सायद उधमीहरूले जागिर दिने आन्दोलनमा सम्मेलनमा पार्टीलाई बिभिन्न बाहानामा चन्दा दिने भूमिगत कालमा सायद जनताका घरमा नै भात खाएकै होलान । त्यतिखेर सायद सुरक्षा पनि तिनै जनताले गरेका थिए होलान । किन बिर्सेको ती दिनहरू ?
आज सत्ताको मात लागे जस्तो छ तीनै जनतालाई हप्कीदप्की गर्ने ।
हप्काएर के शान्ति हुन्छ ? यहि हो एमाले प्रधानमन्त्रीको काम कर्तब्य ? जनतामुखी हुने भनेको होइन र ? के उधमीहरू जनता होइनन् ।
चन्दा के एमालेले मागेको छैन र ? हरेक काम काजमा चन्दा । फरक यति होला कि कोहि अलि जवर्जस्ती त कोही संबैधानिक तरिकाबाट । सत्तामा हुनेले संबैधानिक तरिका र नहुने तथा नहुदा असंबैधानिक तरिकाबाट । यिनका भातृहरूलाई पनि उत्तिकै चन्दा दिनु नै पर्छ नदिए के हुने हो थाहा हुदैन । चन्दाको लागि कोहि भन्दा कोहि कम छैन । यसको बहानामा कसैले कसैलाई हप्काउनुको कुनै अर्थ छैन । जनतालाई जँहाबाट पनि शास्ती बाहेक केहि प्राप्त भएको छैन । जुन जोगी आए पनि कानै चिरेको भनेको एकदमै ठीकै हो ।

अगाडी पढने की ? >>

शनिवार, 8 मई 2010

शान्ति र्र्यालीको गलत ब्याख्या

मुलुकका शान्तिप्रेमी ब्यक्तिहरूद्वारा आयोजना गरिएको देशब्यापी शान्ति र्र्यालीको गलत अर्थ लगाइएको छ । आमहडतालको बिरोधमा अथवा सरकारको समर्थन नगरिइएको यो शान्ति र्र्याली दुवै पक्षले आफ्नो पक्षमा ब्याख्या गरेका छन् । वास्तवमा चालु रहेको आमहडतालले जनताको जनताको जीवन झन पछि झन कष्टकर बन्दै गएको थियो । यस्तो अवस्थामा गणतन्त्रवादी शक्तिहरू एकआपसमा मिलेर सत्ता चलाउन भन्ने मान्यता सवैको रहेको छ । तर यो नभइरहेकोमा सवैतिर चिन्ताको बिषय भएको छ । यी सव कुराको सन्दर्भमा नै देशका उध्दोगी ब्यपारी बुध्दीजिवी कलाकार आदि प्रबुध्द बर्गले सवैले मिलेर यस गणतन्त्रलाई स्थापित गर देशमा बिध्यमान समस्याहरू समाधान गर भनेर सरकारको समर्थन वा भनौ आमहडतालको बिरोधमा यो र्र्याली थिएन ।

तर सरकारमा बस्नेहरूले तथा आमहडतालमा बस्नेहरू दुवैले यसलाई आआफ्नो इच्छा अनुसार ब्याख्या गरेर पुःन एकअर्कालाई होच्याउने काम हुन थालेको छ । सरकारी पक्षले यसलाई आफ्नो बिजय र आमहडताल गर्नेहरूको पराजयको रूपमा लिनु र आमहडतालका पक्षधरले आफ्नो बिरोधमा र्र्याली निकाली सरकारको सहयोगी बनेको आरोप लगाउनु ।

आमहडताल फिर्ता पछाडि देशमा सहजस्थिति बन्ला भन्ने कल्पना सायद कल्पना मात्र हुनेछ जस्तो लागिरहेको छ । यसलाई बिजय र पराजय ठान्नु दुरभाग्य हो । सहमति सहकार्य एकताको बाधक यो प्रबृतिलाई आआफ्नो  दिमागबाट हटाउन सकेमा मात्र देशको कल्याण हुनेछ ।

अगाडी पढने की ? >>

शुक्रवार, 7 मई 2010

स्वागत योग्य कदम

सहमति सहकार्य र एकता कै आधारमा राज्यत्ता सञ्चालन गर्दै नेपालको गणतन्त्रामक संविधानको निर्माण गरि देशमा शान्ति सुब्यवस्था कायम गर्नु पर्ने अवस्थामा आपसी अविस्वास शंका सत्ताको खिचातानी आदिबाट अशान्ती भइ रहेकोमा एमाओवादीले ६ दिनदेख सञ्चालन गरेको आमहडताल फिर्ता गरि नेपाली नागरीकको आवाजलाई ध्यान दिएकोमा हार्दिक धन्यवाद छ ।

यसलाई सरकारमा बस्नेहरूले आफ्नो सफलता ठानेर कुकार्य नगरून भन्ने सुभेच्क्षा पनि तमाम नागरीकले राखेका छन् । सरकारमा बस्नेहरू कै कुकार्य कै कारण समयमा शान्ति कायम हुन सकेन । देश अशान्त बन्यो । सहमति सहकार्य र एकता बिरोधी भएकै कारण प्रचण्डले सरकार छोडनु पर्र्यो । फेरि पनि यसलाई अपनाउन सकिएन भने शान्ति संविधान र जनतामुखी कार्य नहने नै हुन्छ ।

सरकार असफल भएको छ । सफल हुनको लागि देशमा शान्ति सुब्यवस्या कायम गर्न माओवादी लडाकाहरूको समुचित ब्यस्थापन मिलाउन सहकार्य सहमति र एकता नै अन्तिम अस्त्र हो । यसलाई त्याग गरिनु हुदैन । यसलाई अपनाउन सकियन भने जुन कुनै सरकार भइ पनि असफलता नै नेपाली नागरीकले भोग्नु पर्ने छ । त्यसकारण सफलताको लागि एमाओवादीले जारी आमहडताल त्याग गरी आएको अवस्थालाई सदुपयोग गरिनुपर्दछ ।

अगाडी पढने की ? >>

शान्ति र्‍यालीको सन्देश

आज २०६७ बैशाख २४ गते एमाओवादीले आमहडताल गरेको ६ठौ दिन । शान्ति र संविधानको सुनिश्चतताको लागि दलहरू बिच एकता सहकार्य सहमति कै लागि चालु आमहडताल गरिएको वा गराइएको बताइएको छ । यो हडतालले भने झन झन पछि भिडन्तको रूप लेला भन्ने चिन्ता सवैतिर थपिएको छ । प्रतिकारका आवाजहरू पनि आउन थालेका छन् ।
शान्तिपूर्ण भनिएको यस आन्दोलनमा लाठाहरू प्रदर्शनले अशान्त बनाएकव छ । किनभने लाठाहरू पनि एककिसिमका हतायारहरू नै हुन । प्ले कार्ड, कालो पट्टी, कालो झण्डा, मौन जुलुश, धर्ना, जुलुश, घेराउ, आदि बिना हातहतियार गरिनु पर्दछ र मात्र शान्तपूर्ण मान्न सकिन्छ । अरूले मानुन कि  नमानुन, वहाँहरू शान्तिपूर्ण भनेकै भरमा ‘हो’ भनेर भन्नु कतिसम्म उपर्युक्त हुन्छ त? सायद यहि कारणले नै होला प्रतिकारमा उत्रनेले पनि लाठा, खुकुरी, खुँडा लिएर देखा परेका ।
सरकारमा बस्नेहरूमा पनि खास गरिकन एमाले र काँग्रेसले सहमति सहकार्य एकता सडकबाट होइन कि संसदबाट वा सहमतिबाट हुनु पर्दछ भनेको छ । आन्दोलन शुरू भएदेखि धेरैपटक सडक छोडेर वार्तामा आउन भनेको पनि छ । प्रधानमन्त्री भएकाले म बाधक बन्दिन, सहमति भएमा भनेर कुर्सीमा बसिरहे कै छन् ।
सरकार र बिपक्षमा रहेकाहरूको यो राजिनामा वा आन्दोलन बन्द गर्ने र सहमति सहकार्य र एकताका साथ आगामी कार्यक्रममा लाग्ने कुरामा सहमति नभइ आआफनै अडानमा कायम छन ।
नागरीकहरू यीनीहरूका क्रियाकलाप देखि दिक्क छन । यहि दिक्दारीका कारण आजका दिनमा शान्तिको माग सहित कुर्सीको लागि नागरीकलाई दुःख नदेऊ! सरकार र बिपक्षले आआफ्नो हठ त्याग! दुवै मान्य हुने साझा बिन्दु पैलाऊ! राजिनामा र आन्दोलन बन्द एकै पटक गर! आदि आव्हान गर्दै शान्ति र्र्यालीको आयोजना देशैभरि गरिएको छ ।
एमाओवादीका नेताहरूले यस आन्दोलनलाई सरकारले गराएको भनेर गलत मुल्याङ्कन गरेको छ । संभ्रान्त ब्याक्तिहरूको आन्दोलन भनेको छ । शान्ति संविधानको चाहाना उनीहरूलाई झै अरूलाई हुनु स्वभाविक होइन र ?
सहमति भनेको सहमति गर्नेहरू बिचको देनदेनमा सहमत हुनु हो । माओवादीको मान्यतामा अन्य दलले सहमत हुनु वा अन्य दलहरूको मान्यतामा माओवादी सहमत हुनु होइन । सहमति गर्नेहरू बिच सवैले आआफ्ना मान्यताहरूमा केहि न केहि छोडनु पर्दछ र अन्य दलका मान्यता मान्नुपर्दछ । सवभन्दा महत्वपूर्ण कुरा त सहमति गरिएका कुरा कार्यन्वयन गरिनु हो । सहमति सम्झौता गर्दै जाने लागू गर्दै नगर्ने गर्दा आपसी विस्वासमा सङ्कट आउछ । अहिले आएको सङ्कट यहि नै हो जस्तो लाग्दछ । यो इमान्दारिता पूर्वक हटाउन सक्नु पर्दछ । यसमा नै सवैका कल्याण हुन्छ । आम नेपालीको चाहाना यहि नै हो ।     

अगाडी पढने की ? >>

गुरुवार, 6 मई 2010

मुलुकमा आमहडताल हावाहुरी र चट्याङ्गबाट क्षति

मुलुकमा आम हढताल चलिरहेको छ । कार्यलयहरू प्रायः बन्द नै छन । कर्मचारीहरू आउछन हाजिर गर्दछन दिन बिताउन धौ धौ हुन्छ । यहि क्रम चलिरहेको छ । बजार बनेद गराउनेहरू कहिले साइकलमा त कहिले पैदल घुमिरहेका छन् । भैरहवामा यहि क्रम छ ।

बन्दको मारमा परेका भैरहवाबासीलाई हिजो राती आएको हावाहुरी सँगैको चट्याङ्गले थप पीडा दिएको छ । इलेक्ट्रीकल तथा इलेक्ट्रोनिक्सका सामानहरू नोक्सान भएका छन् । समयमा मर्मत कार्य हुन सकेको छैन् । यो थप पीडाको रूपमा छ ।

यसै बिच चट्याङ्गबाट टिकुली गढमा एक इटाभट्टका २ मजदूर चट्याङ्गका कारण ज्यान गुमाएका छन् ।

आन्दोलन चलिरहेङ्को छ । आजदेखि प्रतिकार पनि शुरू भएको छ । आनेदोलनकारीले आइलाग्ने माथि जाइलाग्ने निर्णय गरेको समाचार आएको छ । यसले यो प्रष्ट हुन्छ कि मुलुक ठूलो दुर्घटना तर्फ गइरहेको छ । भिडन्त हुदैछ । यस अवस्थामा सरकार तथा दलहरू रमिते बनेर नबसौ ।

आन्दोलनकारीको तर्फबाट दुध पानी फोहोर जस्तै किसानहरूको माग अनुसार हरियो तरकारीको गाडीलाई पनि चल्न दिने तथा बजार साँझ ६ दखि ८ बजेसम्म खुल्दै आएकोमा अब ६ देखि १० सम्म चल्ने ब्यवस्था मिलाइएकोमा आन्दोलनकारीहरूलाई धन्यवाद दिनु पर्दछ ।

यस आन्दोलनले छिटो भन्दा छिटो सहमति सहकार्यको लागि दलहरूलाई तयार गराओस । जनताले शान्तिको अनुभुति पाउन । कसैले पनि हठ लिएर देशलाई भिडन्तमा नपुर्र्याउन । छिटो संविधान लेख्ने र जनतालाई पुःन अध्ययनका लागि पठाउने काम गरून । यसको लागि सरकार बनाएकाहरूले पनि ध्यान दिनु राम्रो हुनेछ । 

जनतालाई सर्वोपरी ठानी काम गरेमा सवथोक ठीक हुनेछ । यसको लागि पार्टीगत तथा ब्यक्तिगत स्वार्थ नै बाधक बनेको छ । यसलाई त्याग गर्न सकौ । यसैमा देश र जनताको कल्याण हुनेछ ।

अगाडी पढने की ? >>

बुधवार, 5 मई 2010

वामदेव र माओवादी एकै -सत्ताधारी एमाले

एमालेले वामदेवलाई एमालेभित्रको प्रतिपक्षको ब्यवहार गरिरहेको छ भन्ने कुरा नौलो होइन । एकै मञ्चमा बस्दा समेत मन एकातिर तन अर्कोतिर भनेर प्रधानमन्त्री बनाइएका माधवले भनेर उनको अपमान गरेका छन । उनी अपमानित भएर नै होला उनले प्रधानमन्त्रीले राजिनामा दिएर वर्तमान समस्याको निकास दिनु उपर्युक्त हुन्छ भन्ने कुरा इमेल मार्फत पठाउनु पर्र्यो ।
यहि कुरालाई एमाले मन्त्रीहरूले उनलाई फेरि ‘अयोग्य र नालायक’ भनेकाछन्' । अरू सवै बेठीक म मात्रै ठीक भन्ने रोगले ग्रस्त यी कम्युनिस्ट नामधारीहरू हुन जस्ले सारा दुनियालाई बेइमान अयोग्य नालायक काम नलाग्ने भनेर भन्दछ । एमालेका यस्तै ‘अयोग्य र नालायक’ हरू हालको संविधानिभामा ९२ जना छन् ।
“जोगी हुनको लागि कम्युनिस्ट भएको होइन” भन्ने गुरूमन्त्रका साथ कार्यकर्ताबाट लेवी उठाएर पजेरो आरोहण गर्नेले सामान्य कार्यकर्ताको सामान्य जीवनयापनको सवालमा “मेरो खल्तीमा समाधान छैन भनेर हकार्ने र ज्यान दिने” कामलाई “उनीहरूको आपसी बेमेलको कारणले” भनेर उल्टो लासमाथि राजनीति गर्नेसम्मको कुकाम गरे ।
बर्तमान समस्याको समाधान कसरी हुन्छ अथवा हुनुपर्छ भन्नेमा सवैले आआफ्नो बिचार दिनु स्वभाबिक छ । वामदेवलाई इमेल प्रयोग गर्नु पर्ने बाध्यता यिनै सत्ताधारी कमरेडहरू गराएका हुन ।
सवैले भन्दछन कुनै एक दलले समस्या समाधान गर्न सक्दैन तर निकास दिन कोहि पनि तयार छैन । यिनीहरूले भन्ने गरेको सहमति सहकार्य एकता कुर्सी जोगाउने खेलको लागि नै गरिएको छ । जोगी नहुनका लागि सत्तामा रहिरहनका लागि हो । सत्ताधारी कमरेडहरू जनतालाई नमरून्जेल शोषण गरिरहनु होस ।

अगाडी पढने की ? >>

मंगलवार, 4 मई 2010

लाज लाग्ने भाषा, कुसंस्कार, अराजनीतिकता के भन्ने ?

‘नागरिक समाजको अगुवा भन्न लाज लाग्दैन रु माओवाद्यको नेता भएर राजनीति गर, गाली गरे। यस्ता गली गर्ने मान्छे नागरिक सजमाको अगुवा भन्न सुहाउदैन। गदा दिक्षित ।’ ab on 04/05/2010 09:13:43

माथिको बाक्यांश नँया प्रत्रिकामा डा. सुन्दरमणि दीक्षितले लेखेको एउटालाई खरानीमा रमाउने प्रधानमन्त्री नामक लेखमा प्रतिक्रिया दिने क्रममा पढेको हुं ।

ठीक छ यो लेख मन परेन उनले आफ्नो नाम समेत लेख्न लाज मानेर होला लेखेका छैनन् । आफैलाई लाज लाग्ने गरी किन बोल्नु, लेख्नु । लेख्ने बोल्ने सभ्यताको अभाव प्रष्ठ देखिन्छ ।

यो मुलुकमा सत्ता नजानुन्जेल ‘चोर देश छोड’, ‘फनालाको दलाल’, ‘फनाकाको सिन्दुर खोइ फनालो तेरो पोइ’ देखि लिएर तथानाम असभ्य अराजनीतिक अमर्यादित गालिगलौज छाडापन आफूलाइ सबभन्दा सचेत ठान्ने यिनै कम्युनिस्टहरूले परम्परादेखि गर्दै आएका हुन यसलाई छोडन सकेका छैनन् । यसैको थप नमूना माथीको बाक्यांश हो । यो प्रतिक्रिया लेख्ने कुन स्तरको को हो केहि थाहा छैन । यो कुरा पक्का छ कि उ वर्तमान प्रधानमन्त्रीको पक्का भक्त चाहि हो । जस्ले सभ्यताका शब्दहरू भेठाउन सकेन ।

माधव सरकारले वितेका १० महिनामा फोहरा शब्द बोल्ने दोस शब्दकोशलाई थोपर्ने  आफू मातहतका कर्मचारी पिटने असभ्य र अराजनीतिकहरूलाई जम्मा गरि बनाएको भजनकण्डली हो । त्यसमा पनि कतिले काम पाएका छन त कतिले बिना काम नै मन्त्री भएको खबर बेला कुबेला सुन्नमा आएकै छ ।

हामीले कहिले सभ्यता सुस्कृत सिक्छौ होला । हामी कहिले प्रजातन्त्रवादी हुन्छौ होला । आफ्नो भावना ब्यक्त गर्दा अर्कालाई चोट नपुगोस । किन हामीलाई सभ्यता मन नपरेको होला ?

अगाडी पढने की ? >>

सोमवार, 3 मई 2010

सच्चा कम्युनिस्ट को ?

सवै नेता कार्यकर्ता आपसी मुठभेडमा लागिरहेको वर्तमान अवस्थामा आपसी मुठभेड त्यागी देश निर्माणमा लाग्न प्रेरित गर्नेहरू नै वास्तवमा सच्चा देशभक्त मान्न सकिन्छ । यसै सन्दर्भमा एमालेका वरिष्ठ उपाध्यक्ष कमरेड वामदेव गौतमले आफ्नै दलको नेता माधव कुमारले राजिनामा दिएर यो चालु भइ रहेको मुठभेडको अन्त्य गर्ने काममा सहयोग गर्न उपर्युक्त हुने बिचार ब्यक्त भएको छ । सच्चा देशभन्क्त राजनेताले आफ्नो र पार्टीको स्वार्थ हेर्दैन उस्ले देश र जनताको लागि सोच्दछ । एमाले पार्टीभित्र प्रधानमन्त्रीको राजिनामाको माग सहित पृथक शैलिबाट जनता र देशको हितको लागि आवाज बुलन्द गर्ने यो स्वाभिमानी समुह राष्ट्र र जनता प्रति ईमान्दार र बफादर रहेको प्रमाण हो । यसरि नै हरेक पार्टीका देशभक्त जनप्रेमी नेपालीहरुले आफ्नो राष्ट्र र जन्ताको स्वाभिमानको रक्षा गर्न सिक्नु पर्छ । देशको शान्ति र सम्बिधानलाई बिदेशीको बन्धक बनाउने काम गर्नु हुदैन ।

कमरेड वामदेवले यो आफ्नो बिचारलाई दलमा जोडदारले राख्नु पर्दछ । प्रधानमन्त्री बनाइएका माधव कुमारले पनि आफूलाई पार्टीगत तथा ब्यक्तिगत स्वार्थभन्दा माथी उठाएर समस्याको निकास दिनुमा नै उपर्युक्त हुनेछ ।

एमाओवादीहरूले घमण्ड त्याग गरि जनताले ब्यक्त गरेको सवभन्दा ठूलो दलको भुमिका निर्वाह गर्न नै उपर्युक्त हुन्छ । एमाओवादीले बिचार पुर्र्याउने कुरा के हो भने स्पष्ट बहुमत नभएको वरतमान अवस्थामा कुनै पनस काम एक्लै हुन सक्दैन । त्यसो भएकोले जुनकुनै काम पनि सहमति सहकार्य र एकताबाट नै गर्नु पर्छ । एमाओवादीले सहि जनताको पक्षमा काम गरे पनि अन्य सहयोगी दलसँग आवश्यक परामर्श भएन भने त्यो काम असफल हुन्छ । यसकारण आपसी छलफल सहमति सहकार्य हुन जरूरी छ ।

पार्टी, राज्य, सरकार, सेना, प्रहरी, हात हतियार नै नभएको, स्वचालित समाजको, त्यो उच्चतम अवस्था जसलाई साम्यवादी समाज भनेका छन को परिकल्पना गर्ने कार्ल मार्क्सका अनुयायी मान्ने कम्युनिस्टहरू अहिल्यै देखि नै पार्टीगत स्वार्थ ब्यक्तिगत स्वार्थ भन्दा माथी उठेर देशको उन्नतीका लागि समाजको बिकासका लागि साम्यवादी समाजको स्थापनार्थ इमान्दारीका साथ लगनशील भएर लाग्नु पर्ने हो त्यो भइ रहेको छैन । साँचो अर्थमा कम्युनिस्ट उनी नै हुन जसले पार्टीगत स्वार्थ ब्यक्तिगत स्वार्थ त्यागी समाजलाइ सर्वोपरी ठान्दछन् ।

अगाडी पढने की ? >>

कर्मचारीले दलको झण्डा बोकेपछि

२०४७ सालपछिको बहुदलियतामा नेपालका कर्मचारीले कोहि काँग्रेस त कोहि माले एमालेको झण्डा बोक्न थालेका हुन । हरेक जसो कार्यमा यी जनताको रकमबाट तलब भत्ता बुझ्नेहरू दलको झण्डा बोकेर उपस्थित हुने गर्दथे । नेताहरू यी सब देखेर आफ्नो पक्षमा उनीहरू यसरी खुलेर लागेकोमा खुशी नै हुन्थे । उनीहरूले यिनीहरूलाई कार्यालयको काम गर्नुहोस । जनताको काम गर्नुहोस । यसैमा दलको भविष्य छ । कर्मचारीहरू यसरी आउनुहुदैन भनेर कसैले भनेको पाइएन । यहि क्रम चल्यो निरन्तर । एउटाले सरकार बनाउथ्यो अर्कोले काम नगर्न शुरू हुन्थ्यो । काम गरे पनि कुन दलको हो पहिला त्यो पहिचाहन गरि मात्र काम अगाडी बढ्थ्यो ।

कर्मचारीलाई यसरी राजनितिक खिचातानीमा प्रयोग गर्नु कतिसम्म उपर्युक्त हो । कसैले जनपक्षिय भएर सोच्न सकेको छैन । यूनियनको नाममा राजनिती पनि उत्तिकै छ । सोझा कर्मचारीहरूको लागि कुनै दलमा नलागेकाहरूको लागि कसैले केहि गर्ने छैनन् ।

यो रोग गणतन्त्र नामक २०६२।६३ को परिवर्तन पछी झन मौलाएर आएको छ । दुई दलमा हुने खिचातानी अब तिन दलमा सरेको छ । कतिपय कर्मचारीलाई दलको झण्डा बोक्न भ्याइ नभ्याइ छ । उत्कृष्ट ठहरिएका कर्मचारी हरेक दिन दलको खटनपटनमा छन् ।

देशका राजनितिक दलहरू कस्तो खालको कर्मचारी ब्यवस्था स्थापना गर्न खोजेका हुन त्यो पनि स्पष्ट छैन । आदर्शको रूपमा त उनीहरू स्वच्छ निष्पक्ष इमान्दार जनताको काम प्रति जवाफदेहिता लगनशील पारदर्शी कर्मचारी प्रशासनको वकालत गरेको पाइन्छ । यो सव झूठ सावित भइसकेको छ । यस प्रति नेताहरूको के सोच्ने सम्मको फुर्सत छ त ?

अगाडी पढने की ? >>

रविवार, 2 मई 2010

आन्दोलन र कर्मचारीहरू

आन्दोलनका नाममा कार्यलयमा काम गर्नु पर्ने कर्मचारीहरू कुनै पार्टीको झण्डा बोकेर सडकमा देखिनु कतिसम्म उचित अनुचित के हो यो बिषयमा स्वयं देशका राजनितीक पार्टीहरूले बोल्नु पर्ने हो । किन यस्तो भइ रहेछ ।

भैरहवाको बुध्दचोकमा यस्तै कर्मचा्रीहरूले दलको झण्डा बोकेर बाटो छेकिरहेका देखिन्थे । के काँग्रेस के कम्युनिस्ट के एमाले के एमाओवादी सवैका आआफ्ना कार्यकर्ता उनीहरूले आयोजना गर्ने कार्यकर्ममा खटाउने गरेका छन् । जनताको सेवा गर्न जनताबाट उठाएको राजस्वबाट तलवभत्ता बुझ्ने यी कर्मचा्रीहरू दलको झण्डा बोक्नु कति सम्म ठीक ?

सहमति सहका्र्य र एकताको कुरा गर्नेहरूले यस बारेमा पनि जनतामुखी भएर कर्मचारीलाइ दलको झण्डा बोक्न लगाउने कुराको बिपक्षमा उभिउन भन्ने के आशा गर्न सकिन्छ ? 

अगाडी पढने की ? >>

नाराहरूः

कि गर राजिनामा कि तह लगाऊ आन्दोलनको नाममा जनतालाई शास्ती दिनेहरूलाई ।
कि गर राम्रो काम कि राम्रो काम गर्नेलाई छोड ।
जुङ्गाको लडाई नलड बरू जुङ्गा फालिदेऊ ।
आन्दोलनकारीहरू एकजुट होऊ प्रतिगमनकारीसँग मिलेर नहिड ।
देश बनाऊ नबिगार ।
ब्यक्तिबादी चिन्तन त्याग ।
कम्युनिस्ट होऊ भने पार्टीगत स्वार्थ भन्दा माथी उठेर मार्क्सको परिकल्पना बमोजिमको साम्यवादी समाजको निर्माणमा आजै देखि लाग।
होइन भने झूठको खेति नगर ।
 

अगाडी पढने की ? >>

नागरीक सर्वोच्वता सरकारको राजिनामा सहमति सहकार्य एकता

नागरीक सर्वोचता भनेको के हो ? यसको आआफ्नो ब्याख्या दलहरूले गरेका छन् । एनेकपाले नागरीक सर्वोच्चता भनेको निर्वाचित प्रधानमन्त्रीले भनेको नेपाली सेनाले सहर्ष स्वीकार गर्नुपर्छ भन्ने हो भने एमालेले शुरूमा सेनालाई ष्पस्टिकरण सोध्ने र चित्तबुझ्दो नआएमा अवकाश दिने कुरामा एकमत भए पनि पछि पछि हटने काम भयो परिणाम स्वरूप पुष्पकमलको सरकार असफल भयो । २०५८ सालमा काँग्रेस एमालेले शेर बहादुर देउवाको सरकार बिरूध्द राजाको दरवारमा जसरी सरकार परिवर्तनको मागका साथ पुगेका थिए ठीक त्यसरी नै १८ दलहरू राष्ट्रपतिका दरवारमा गई प्रधानमन्त्रीले गरेको सेनापति अवकाशको सवालमा गल्ती भएको यसलाई सच्याउनु पर्ने माग गरी बिन्तीपत्र चढाए अनुसार राष्ट्रपतिले अवकाशप्राप्त सेनापतिको थमौती गरि द्वन्दको बिजारोपण गरे । जवाफमा प्रधानमन्त्रीले पदबाट राजिनामा चढाए । २ ठाँउबाट पराजित तत्कालीन एमाले नामक कम्युनिस्टका नेता माधव कुमार नेपाललाई तिनै १८ दल समेत थप ४ दललाई मिलाएर नँया सरकार बनाए । सरकार बनेका दिनदेखि लगातार बिरोधको सामना गरेको यो सरकारले देशको बजेट सिध्याउने काम बाहेक नै के गरेको छ त ? भन्न त सवैले एउटै कुरा भन्दछन् सहमति सहकार्य एकता । सहमति सहकार्य र एकताको आआफ्नै ब्याख्या गरेर मुठभेडको काम गरेका छन् । सर्वमान्य ब्याख्याको  कोशिश गरिएन ।

सरकारका प्रधानमन्त्री भन्दछन् शान्ति सुरक्षा संबिधान बन्ने वातावरणको सुनिश्चितता नभइ बिचमा नै अलपत्र छोडन मिल्दैन कुनै पनि सरकारको प्रमुखले । यस कारण यसको लागि पुःन सहकार्य सहमति र एकता गरौ । राजिनामा दिन्छु । भन्दा भन्दै पनि जनआन्दोलनका नाममा अनेकन अप्रजातान्त्रिक अमर्यादित भाषामा नाराहरू लगाइ सचेत कम्युनिस्ट कार्यकर्ताको जुलुश होइन कि अचेत मानिसहरूको भीड जम्मा गरि बाटो बाटो घुमिरहेका छन् । जनताहरू आआफनो समस्या समाधानका लागि सङ्घर्षरत छन् । उनीहरू कोहि बिरामीलाई अस्पताल पुर्र्याउने कामको लागि त कोहि आफ्नो रोजिरोटीको लागि । ब्यपारीहरू उनीहरूको डरत्रासले आआफ्ना पसल ब्यवसाय बन्द गरेका छन ।

सवै सङ्घर्ष गरिरहेका छन् । कोहि सत्ता प्राप्तीका लागि त कोहि सत्ता जोगाउनका लागि । जनता चाँहि आआफ्नो जीउज्यान जोगाउन सङ्घर्षरत छन् । सरकार चलाउनेहरू राजिनामा दिएर भए पनि समस्या समाधान गरिनु पर्दछ। जनतालाई थप पीडा नदिकन नै तत्काल समाधान गर । कि यिनलाई तह लगाएर जनतालाई सुबिधा देउ ।

कि गर राजिनामा कि तह लगाऊ आन्दोलनका नाममा जनतालाई दुःख दिनेहरूलाई ।

अगाडी पढने की ? >>

कुसस्कार अराजनितिक चरित्र

कम्युनिष्ट कार्यकर्ता समाजको सभैभन्दा सचेत बर्ग भएकोले आलोचनामा प्रयोग गरिने शब्द सिष्ट र आलोचना गरिएको ब्यक्ति समेत प्रभाबित हुन सक्ने हुनुपर्ने हो । नेपालका कम्युनिस्टहरूले यसलाई पच्छ्याउन सकेका छैनन् । माले एमाले तथा अबका माओवादीहरू यसलाई आफ्नो अनुकेल मात्र ब्याख्या गर्न चाहान्छन् । भन्न त भन्छन हामी कम्युनिस्टहरू समाजका सबभन्दा सचेत ठान्दछन् । तर यो उनीहरूको मात्र तर्क हो । त्यसो त काँग्रेसहरू पनि आफूलाई सबभन्दा सचेत भन्न पाउछन् । अरू कसैले उनीहरूलाई तिमीहरू समाजका सबभन्दा बुध्दीजिवी सचेत इमान्दार लगनशील जनता प्रति जवाफदेही छौ त भनेको होइन र छैन ।
कमरेडहरु साच्चै कम्युनिष्ट समाजको सचेत बर्ग हो त? त्यसो भए ब्यक्तिगत लाञ्छना र अझ बिना कारण ब्यक्तिगत चरित्रहत्या को प्रयोग कम्युनिष्टको लागि सुहाउने कुरा हो त? पक्कै होइन होला। अझ नेपाल जस्तो देशमा नारीमाथीको गलतब्द प्रयोग के उचित र क्रान्तिकारिता हो त? आर्यघाटका कुरा या फलानो चोर भन्ने कुरा त्यति गहिरो शब्द होइन तर बिद्या तेरो सिन्दुर खोइ फल्नो मान्छे तेरो पोइ भनेर किट्नु के क्रान्तिकारिता हो? बिना प्रमाण हाबादारी बोल्नु के प्रगतिशिल हुनु हो? अनि सुजाता कोइराला भारत तिर पोइल जा भन्ने अधिकार कसले दियो? होला सुजाता र बिद्या खराब होलान तर उनिहरुलाइ गालि गर्न सभ्य शब्द थिएनन र? अनि किन मानबताको निकृष्ट तहमा पुगेर नारा भट्याइयो कमरेडहरू?
कम्युनिस्टको नाममा देश बेचेवा राष्ट्रीयता बिरोधी कोशी गणडकी नदीनाला बेच्ने भनेर काँग्रेसलाई माले एमालेले भनेरै सत्तामा पुगेको हो । सत्तमा पुगेर उनीहरूले पनि टनकपुर बेचे अर्थात भारतलाई सुम्पे। त्यतिमात्र होइन भारतको इमान्दार आज्ञाकारी भएर आफ्नो पहिचाहन दिईरहेका छन् । असल मित्रको पहिचाहन दिने त ठिकै हो तर…………………।
भन्नुहोला भिडमा जे पनि हुन्छ भनेर। तर समाजका सभैभन्दा सचेत ब्यक्तिले यस्तो असभ्यहरूको भिड किन जम्मा गरियो ? कम्युनिष्ट पार्टीको कार्यकर्ता हुदैमा कम्युनिष्ट भइदैन । कम्युनिष्ट बन्न उच्च क्रान्तीकारी नैतिकता र संस्कारको आबस्यकता पर्छ। मनमा जे आयो त्यहि बोलेर क्रान्तिकारी भइदैन ।

अगाडी पढने की ? >>

भनाइ र गराइ एकरूपता कायम गरौ पार्टीगत स्वार्थभन्दा माथि उठेर आउ

मुलुकमा जारी अराजकताको अन्त्य गर्न असफल सरकार सत्तामा बसेर मुठभेड गरि रहेको छ । सवैजसोले आफ्नो घमण्ड त्याग्न नसेकेको अवस्थामा यो अवस्था आएको हो । जनता यस अवस्थाले जनता दिक्क छन् । शान्ति सुब्यवस्था कायम गर्न नसक्ने सरकारको प्रधानमन्त्रीले राजिनामा दिएर भए पनि निकास ल्याउनु बुध्दिमानी हुनेछ ।

एमालेका उपाध्यक्ष कमरेड बामदेव गौतम लगायतले देशलाइ मुठभेडबाट जोगाउने उदेश्यका साथ प्रधानमन्त्रीको राजिनामा माग गरि पार्टीगत स्वार्थभन्दा माथि उठेकोले यो स्वागतयोग्य कदम हो ।

सवै नेताहरू यस्तै त्यागी भावनाले अगाडी आएमा देशमा उन्नती हुने छ । माओवादी पनि आफ्नो घमण्ड त्याग गरि आपसी समझदारी कायम गरि जिम्मेवारी पुरा गर्नु पर्नेमा नगरेको पाइएकोले यसो नगरीएमा राम्रो हुनेछ ।

अगाडी पढने की ? >>