सोमवार, 3 मई 2010

कर्मचारीले दलको झण्डा बोकेपछि

२०४७ सालपछिको बहुदलियतामा नेपालका कर्मचारीले कोहि काँग्रेस त कोहि माले एमालेको झण्डा बोक्न थालेका हुन । हरेक जसो कार्यमा यी जनताको रकमबाट तलब भत्ता बुझ्नेहरू दलको झण्डा बोकेर उपस्थित हुने गर्दथे । नेताहरू यी सब देखेर आफ्नो पक्षमा उनीहरू यसरी खुलेर लागेकोमा खुशी नै हुन्थे । उनीहरूले यिनीहरूलाई कार्यालयको काम गर्नुहोस । जनताको काम गर्नुहोस । यसैमा दलको भविष्य छ । कर्मचारीहरू यसरी आउनुहुदैन भनेर कसैले भनेको पाइएन । यहि क्रम चल्यो निरन्तर । एउटाले सरकार बनाउथ्यो अर्कोले काम नगर्न शुरू हुन्थ्यो । काम गरे पनि कुन दलको हो पहिला त्यो पहिचाहन गरि मात्र काम अगाडी बढ्थ्यो ।

कर्मचारीलाई यसरी राजनितिक खिचातानीमा प्रयोग गर्नु कतिसम्म उपर्युक्त हो । कसैले जनपक्षिय भएर सोच्न सकेको छैन । यूनियनको नाममा राजनिती पनि उत्तिकै छ । सोझा कर्मचारीहरूको लागि कुनै दलमा नलागेकाहरूको लागि कसैले केहि गर्ने छैनन् ।

यो रोग गणतन्त्र नामक २०६२।६३ को परिवर्तन पछी झन मौलाएर आएको छ । दुई दलमा हुने खिचातानी अब तिन दलमा सरेको छ । कतिपय कर्मचारीलाई दलको झण्डा बोक्न भ्याइ नभ्याइ छ । उत्कृष्ट ठहरिएका कर्मचारी हरेक दिन दलको खटनपटनमा छन् ।

देशका राजनितिक दलहरू कस्तो खालको कर्मचारी ब्यवस्था स्थापना गर्न खोजेका हुन त्यो पनि स्पष्ट छैन । आदर्शको रूपमा त उनीहरू स्वच्छ निष्पक्ष इमान्दार जनताको काम प्रति जवाफदेहिता लगनशील पारदर्शी कर्मचारी प्रशासनको वकालत गरेको पाइन्छ । यो सव झूठ सावित भइसकेको छ । यस प्रति नेताहरूको के सोच्ने सम्मको फुर्सत छ त ?

यससँग सम्बन्धित सामग्रीहरू पढनुहोस


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

मानिस समाजको सवैभन्दा सचेत बर्ग भएकोले (टिप्पणीहरू)आलोचनामा प्रयोग गरिने शब्दहरू सिष्ट र आलोचना गरिएको ब्यक्ति समेत प्रभाबित हुन सक्ने हुनुपर्ने हुन्छ । यस तर्फ सहभागीहरू सचेत भइ मर्यादित (भाषा) हुन अनुरोध छ साथै Massages & Comments को लागि हार्दिक धन्यवाद ।