शनिवार, 29 मई 2010

गणतन्त्र दिवस

आजभन्दा २ बर्ष अगाडि २०६५जेष्ठ १५ गते नेपालमा राजतन्त्र समाप्त भएको घोषणा गरिएको थियो । त्यहि दिनको सम्झनामा गणतन्त्र आएको भनेर दिवस मान्ने गरेका छन् । गणतन्त्रको घोषणा गर्दै २ बर्षभित्र गणतन्त्रलाई मान्यता दिने संबिधान बनाउने भनेर संबिधान सभा पनि बनाइयो । दलहरू आपसी खिचातानी र सत्ता लिप्सामा नफसेको भए २०६७ जेष्ठ १४ मा नँया गणतन्त्रलाई संस्थापन गर्ने संबिधान बन्थ्यो । तर बन्यो १ बर्ष म्याद थप्ने काम मात्र । संबिधान बन्ने निश्चतता अझै बनेको छैन ।

२०६७ जेष्ठ १४ मा संबिधान बनाउछौ भनेर लागेका एमाले काँग्रेस र एमाओवादीहरूले यस्तो असहज स्थिति आउछ भन्ने सोचेका थिएनन् । यी दूरदर्शी पनि थीएनन् । आफ्नो खाइपाइ आएको सुबिधा संबैधानिक रूपमा समाप्त हुने भइ आत्तएका यीनीहरू रातारात गरी सहमतिको लागि सहमति गरेकाछन् । यो सहमतिले न त माधव कुमारले राजिनामा नै दिन्छन् । नत माओवादी सरकारमा गएर राष्ट्रीय सरकारको रूम नै दिन्छ । यसको लागि पुनः अर्को यस्तै खालको सहमति आवश्यक छ ।

भूतपूर्व लडाकुको ब्यस्थापन समुचित रूपमा हुने द्वन्दकालमा भए गरेका अन्याय अत्याचार जग्गा कब्जाको न्यायोचित समाधान पार्टीहरू निशस्त्रीकरणको सवाललाई कसरी समाधान गर्ने भन्ने बिषयमा यस अगाडी भए गरेका लगभग १४ वटा सहमति सहकार्यका दस्तावेजहरू कार्यन्वन मुख्य कुरा हो । संबिधानसभाको निर्वाचनले देखाएको उपस्थितीलाई पनि ध्यान दिएर समस्या समाधान गर्नुपर्नेमा दलहरू आआफ्नै स्वार्थमा लगनशील छन् । यो लगनशीलता पार्टीगत स्वार्थभन्दा माथि उठेर राष्ट्रीय स्वार्थमा लगाउन सकेमा मात्र गणतन्त्रको शिशुको उद्धार हुनेछ । यस तर्फ कसैको ध्यान नगएकोले नेपाली जनताले खुशी हुने अवस्था अन्यौलमा नै छ ।

गणतन्त्रको आजको अवस्थामा फेरी पनि सहमति सहकार्य एकता कायम रहोस । आपसी मेलमिलाप बढोस । यहि शुभकामना यस दिवसमा गरौ ।

यससँग सम्बन्धित सामग्रीहरू पढनुहोस


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

मानिस समाजको सवैभन्दा सचेत बर्ग भएकोले (टिप्पणीहरू)आलोचनामा प्रयोग गरिने शब्दहरू सिष्ट र आलोचना गरिएको ब्यक्ति समेत प्रभाबित हुन सक्ने हुनुपर्ने हुन्छ । यस तर्फ सहभागीहरू सचेत भइ मर्यादित (भाषा) हुन अनुरोध छ साथै Massages & Comments को लागि हार्दिक धन्यवाद ।