शुक्रवार, 26 मार्च 2010

कम्युनिस्ट र साम्यवाद

कम्युनिस्ट र साम्यवाद १
कम्युनिस्टहरू के साम्यवादको लागि लागिरहेका छन । मार्क्सले कल्पना गरेको साम्यवादमा जेल नेल पुलिस प्रशासन सेना नभएको अवस्था हो । समाजको त्यो उच्चतम रूप हो । जँहा मानिसहरू अत्न्यन्त इमान्दार हुन्छन । जस्को कारणले मानिसहरू बैइमानीपूर्ण कार्यलाइ नियन्त्रण गर्न कुनै किसिमको सम्यन्त्र आवश्यक पर्दैन। सवै मानिसले आफ्नो योग्यता अनुसार काम गर्दछन र आवश्यकता अनुसार राज्यबाट आफ्नो आवश्यकताका कुराहरू लिन्छन ।
मार्क्सले कल्पना गरेको समाजको त्यो उच्चतम अवस्था के सम्भव छ । के हाल सत्तामा पुगेका आफूलाई कम्युनिस्ट भन्नेहरू यस दिशा तर्फ कार्य गरिरहेका छन । उनी इमान्दार कत्तिको छन त । उनीहरूले समाज माथी के बिस्वास गर्दछन । हामी सवै इमान्दार भयौ भने हामी सवै एकदम नैतिकवान भयौ भने आफ्नो काम कर्तब्य इमान्दारीतापूर्वक निर्वाह गर्यौ भने मात्र मार्क्सले कल्पना गरेको साम्यवाद हुनेछ होइन भने ।
मार्क्सले कल्पना गरेको साम्यवादी समाज बनाउछौ भनेर जनता माझ भन्दै आएका कम्युनिस्टहरू त्यस्तो समाज बनाउने भने कम्युनिस्ट पार्टी बनाएर समाजमा राजनीति गर्दैआएका कम्युनिस्टहरू के साच्चै इमान्दार छन । उनीहरू एक आपसमा पनि बिस्वास गर्न सक्दैनन् । एक आपसमा अबिस्वास छ । एकले अर्कोलाई होच्याउने चित्त नबुझे फलानोको दलाल गध्दार भन्न पछि नपर्ने आफ्नो कुरा मारे सव ठीक होइन भने सव बेठिक । यस्तो चरित्र बोकेका यी कम्युनिस्टहरूले के मार्क्सले कल्पना गरेको इमान्दारिता नैतिकताको समाज जस्लाई उनले साम्यवाद नामाकरण गरे के सम्भव छ ।
नाता गोता जातियताको नाममा जनतालाई लडाउने महिला वाल वालिका गरिव असहाय दलित जनजाती आदिवासी जस्ता जब्लजाल फिजाएर उनीहरू माथी नै यिनीहरू राजनीति गरिरहेका छन् । चुनाव गर्ने बेलामा यस्ता खालका सस्ता आवाजहरू निकाली आफ्नो पक्षमा ल्याउने काम बाहेक केहि गरेका छैनन । केहि गर्ने आशा पनि छैन ।
सत्तामा नपुग्दासम्म जमिन्दार नै हाम्रो मुख्य दुश्मन हो उसलाई मार्नुपर्छ र उसको शोषण गरेर जम्मा गरेको सम्पत्ति जनतामा बाडनु पर्छ भनेर आएका यि कम्युनिस्टहरू सत्ता पुगे पछि यी सव कुरा बिर्सेर यो त कम्युनिस्टको परानो मान्यता हो अब नँया मान्यतामा चल्नु पर्छ भनि छेपारले गर्ने कार्य गर्न थालेका छन ।
ठिक छ नँया मान्यताबाट समाजलाई अग्रदिशामा लैजाने काम भएमा राम्रै हुने हो । तर यिनीहरू एकआपसमा नै बिस्वास गर्न सक्दैनन् । गरिव जनतालाई सरकारको सेना पुलिस कर्मचारीले मार्दा पिट्दा भ्रष्टचारी गर्दा जनताको पक्षमा नउभिने जनता माथी अन्याय गर्ने फलानाले उक्साएको जनता हो भनेर उम्कने एउटै पार्टीका मन्त्री सहायक मन्त्री भएकाहरू पनि एक आपसमा समझदारी कायम गरेर जनताको काम गर्ने नगरेर आफ्नो जुँगाको लडाई गरेका छन । यस्ताहरूबाट जनताले के आशा गर्नु ।
कम्युनिस्ट र साम्यवाद २
कम्युनिस्टको वारेमा साम्यवादी वामपन्थी आदि शब्दावली प्रयोग गरेको पाइएको छ । मार्क्सको उदयपछि नै विश्वमा कम्युनिस्टको चर्चा परिचर्चा हुन थालेको हो । कम्युनिस्ट र साम्यवादी भन्नु फरक कुराहरू हुन । भन्ने गरिन्छ कि साम्यवादी समाज भनेको राज्य विहिन समाजको परिकल्पना हो । जँहा राज्यको उपस्थित हुदैन । सेना पुलिस प्रशासन जेल नेल हतियार आदि नभएको अवस्था हो । कम्युनिस्टहरूलाई साम्यवादी पनि भनेको पाइएको छ । कम्युनिस्टहरूले साम्यवादी समाजको निर्माणका लागि लागि परेकोले नै अन्यहरूले उनीहरूलाई साम्यवादी भनिएको होला । यस्तो भएता पनि साम्यवादी भनेको कम्युनिस्टहरूको शासन प्रणाली चाहि होइन भन्न सकिन्छ किनभने साम्यवादी समाज भनेको पार्टी विहिन राज्य विहिन समाजको अवस्था भएकोले कुनै पार्टीको शासन ब्यवस्था हो भन्न सकिने अवस्था छैन । बरू साम्यवादी समाजको निर्माण नै हुन्छ हुदैन यो नै शङ्काको कुरा हुन सक्छ । किनभने साम्यवादी समाजमा आपसी मित्रता इमान्दारीता उच्च नैतिकता एक आपसमा विस्वास आदि जस्ता सदगुण राजनीतिकहरूमा हुनु जरूरी छ । यस्तो भयो भने मात्र त कम्युनिस्टहरूले भनेको जस्तो साम्यवादी समाजको बिकास हुन सक्दछ ।
नेपालका कम्युनिस्टहरूको कुरा गर्ने हो भने यीनीहरूले साम्यवादी समाजको निर्माण गर्दछन भन्ने कुरामा विस्वास गर्न सक्ने आधारहरू केहि पनि छैनन् । यिनीहरू एक आपसमा झैझगडा अविस्वास खुट्टा ताना तान ससाना निँहुमा ठूलो समस्या बनाएर जनतालाई ढाटदै आएका छन् । एकआपसमा मिलेर जानपनि सक्दैनन् । आफूमात्र सहि अरू सवै गलत भन्ने चलन यिनीहरूको पुरानो नै हो । साम्यवादी समाजको परिकलपनामा नै कम्युनिस्टहरूले आफ्नो भबिष्य देखेका हुन भने यिनीहरूले आफ्नो चरित्रमा सुधार गर्नु पर्दछ । एक आपसमा विस्वास इमान्दारीताको बिकास उच्च नैतिकता झूठ जालझेल नगर्ने सच्चा ब्यक्तिको रूपमा आफूलाई स्थापित गर्नु पर्दछ । साम्यवादको स्थापना गर्ने संस्थाले त्यसका सदस्यहरूले पक्कै पनि साम्यवादी समाजमा हुने भनिएका चरित्रहरू आजैदखि देखाउन सकेभने तमाम जनताले विस्वास गर्न सक्दछन कि यिनीहरू साम्यवादी समाज बनाउदछन भनेर । होइन भने यिनीहरूको काम पनि अन्यहरूको जस्तै झुठ बेइमानी जालझेल हो भन्ने बुझ्न बाध्य हुनेछन ।

अगाडी पढने की ? >>

बुधवार, 24 मार्च 2010

कानू सान्याल प्रति श्रध्दाञ्जली

उनको आत्माले शान्ति पाओस! हार्दिक श्रध्दाञ्जली ।

 clip_image001कानू सान्याल एक मार्क्सवादी लेनिनवादी नेता थिए । उनी भारतको नक्सलवाडी जिल्लामा जमिन्दारको बिरूध्द आन्दोलन गरेर आएका थिए । भारतको गणतन्त्र सरकारले उनका साथी चारू मजुमदारलाइ मारेका थिए । पछिल्लो समयमा उनी बिरामी भइ सहाराहिन हुन पुगेका थिए होलान सायद यही कारणले उनले ७८ बर्षको उमेरमा आफूलाई हत्या गरे । यो दुखद् समाचारले हामीलाई दुखित बनाएको छ । एउटा मार्क्सवादीले जीवनदेखि हार मानेर आफूलाई हत्या गर्ने सम्मको अवस्थामा आई पुग्नुले बाँकी मार्क्सवादीलाई आफ्नो जीवन शैली र बिचारमा केहि त्रुट्टी छ कि ? भौतिकतामा बढि बिश्वास गर्ने कम्युनिस्टहरूलाई आफू स्वयंलाई हत्या गर्नुले दुनियाका कम्युनिस्टहरू आफ्नो ब्यवहार गलत छ यसलाई सुधार्नु पर्छ भन्ने सन्देश त दिन खोजेका होइनन उनले ।
'नक्सलादवाद' शब्द माथि उनको घोर आपत्ती थियो किनभने नक्सलवाडीमा जुन आन्दोलन भयो त्यो एउटा ठाँउको नाम थियो; त्यो कुनै वाद थिएन यदि वादको खोजी गर्ने हो भने त्यहा मार्क्सवाद, लेनिनवाद र माओत्सेतुङ्ग थियो । रूसमा क्रान्ति भएको थियो कसैले त्यसलाई रूसीवाद भनेन ? रूसीवादी पनि भनेन । त्यसैले नक्सलादवाडीमा जुन आन्दोलन भयो त्यो नक्सलादवादी होइन कि मार्क्सवादी लेनिनवादी माओत्सेतुङ्ग बिचारले भएको आन्दोलन थियो ।

अगाडी पढने की ? >>

मंगलवार, 23 मार्च 2010

वर्तमान सङक्रमण कालिन नेपालको राजनीति बारेमा

'प्राज्ञिक विध्दार्थी परिषद् नेपालको आह्वान' नामक एक पर्चा चिन्तन, मनन, तथा अध्ययनको लागि प्राप्त भइकोले त्यसलाई जस्ताको तस्तै  (चिन्तन, मनन, तथा अध्ययनको लागि)  यँहा प्रस्तुत छः
वर्तमान समयमा जातिय, भाषिक, क्षेत्रिय, धार्मिक, सम्प्रदायगत आदि आधारमा ध्रुविकरण गराउने कार्य तीब्र रूपमा भइरहेको छ । अहिले आदिबासी, जनजातीका नाममा, भाषिक अधिकारका नाममा, राज्यको पुनःसंरचनाका नाममा र धर्मनिरपेक्षताका नाममा अनेक स्तर र रूप रङ्गका आन्दोलन सङ्घर्ष र बिद्रोह चलिरहेका छन् । अर्थात नेपालमा घृणाको खेती भइरहेको प्रष्टै छ । अझ जिम्मेवार पार्टीहरू स्वयं नै जातिय स्वायत्त राज्यको घोषणा गर्नमा सलंग्न हुनुले झनै सामाजिक सद्भाव बिग्रने र देश गृहयुध्दमा प्रवेश गर्न सक्ने सम्भावना बढदै गइरहेको संकेत स्पष्टरूपले देखिन थालेको छ ।
यस स्थितिमा दलगत राजनीतिक स्वार्थ भन्दा माथी रहेर राष्ट्रिय हितका लागि ब्यक्ति निर्माणका माध्यमद्वारा असल यूवा नेतृत्वको विकास गर्ने कार्यमा कटिबध्द प्राज्ञिक बिध्दार्थी परिषद् नेपाल आम यूवा बिध्दार्थी, शिक्षक, बुध्दिजीवि, नेतृत्वपंक्ति एंव सर्वसाधारण जनताहरूमा देशलाई विखण्डन र विभाजनको दलदलमा फस्नबाट जोगाउनका लागि निम्न बिषयहरूमा ध्यान दिँदै यसलाई जनस्तरमा ब्यापक बहस, चर्चा र छलफलको बिषय बनाई राष्ट्रको बृहत्तर हितमा आ-आफ्नो स्तरबाट जनजागरण अभियान सञ्चालन गर्नु हुन हार्दिक आह्वान गर्दछ ।
• सवैको सामूहिक प्रयास र त्यागले बल्ल तल्ल हासिल गरेको लोकतन्त्रलाई गुम्न नदिन आ-आफ्नो स्थानबाट यसको रक्षाको लागि सबै एक जुट भई अगाडि बढौ ।
• संघीय प्रणालीको संरचना जातीय आधारमा हुनु हुदैन ।
• जातीय स्वायत्त राज्य घोषणा राष्ट्रहित विपरित छ ।
• जातीय आधारमा स्वायत्त राज्य घोषणाले हाम्रा प्राचीन तथा गौरवमय धरोहरलाई कमजोर बनाउनुका साथै मुलुकको परम्परागत सामाजिक संरचना सांस्कृतिक र जातीय सद्भाव एंव सहिष्णुताको संस्कारलाई तहस नहस पारेको छ । यस्ता घोषणाहरूलाई भोली संविधान मार्फत् संस्थागत गरिएको खण्डमा देश बिखण्डनमा जाने निश्चित प्राय छ ।
• जातीय सवालमा तुच्छ राजनीतिक स्वार्थ एंव जातीय संकीर्णताको घेराभन्दा परै रहेर इमान्दारीपूर्वक राष्ट्रको चिन्तन गरौ ।
• सस्तो लोकप्रियताका लागि उठाइएका यस्ता नाराहरूका जालमा यूवा विध्दार्थी, शिक्षक, विध्दतवर्ग र समाजका बुध्दीजीवीहरूलाई नफँस्न आग्रह गर्दछौ । साथै यी सबै शाब्दिक भ्रमजाल मात्र हुन ।
• आफ्नो इतिहास मेटाउने काम नगरी बरू इतिहासबाट त्रुटि भएका केहि बिषयहरूबाट पाठ सिकी भविष्यमा गौरवमय इतिहास बनाउनका लागि लोकतन्त्रको सदुपयोग गर्दै यसलाई संस्थागत गरौ ।
• जातीयता र भेदभावको नाममा धर्म परिवर्तन गर्नु दीर्घकालमा राष्ट्रियता र राष्ट्र परिवर्तन गर्नु हो । धर्मान्तरण भने कै राष्ट्रान्तरण हो ।
• सीमित पार्टीगत स्वार्थभन्दा माथि उठी राष्ट्रिय स्वार्थरूपी चिन्तन सहित निर्धारित समयमै संविधान निर्माण गर्न दबाब दिऔ र लोकतन्त्रलाई बलियो बनाऔ ।
• प्रेस स्तन्त्रता र पत्रकारको सुरक्षाको प्रत्याभूति दिलाउन सरकार एंव राजनीतिक दललाई दबाब दिऔ । साथै पत्रकारलाई निर्भिक निडर एंव स्वतन्त्र रूपमा समाचार संकलन गर्ने वातावरणको निर्माण गरी समाजमा निष्पक्ष समाचार सम्प्रेषण गर्ने कार्यलाई प्रोत्साहन दिऔ ।
• अधिनायकवाद निरंकुशता र कुनै पनि किसिमको एकतन्त्री शासन लादन खोज्ने र गैरकानूनी क्रियाकलाप तथा कानूनलाई आफ्नो हातमा लिने प्रवृतिको खुलेर बिरोध गरौ ।
• संगठित र मजबुत नेपालमा नै हामी सबैको भबिष्य सुरक्षित छ ।
राष्ट्रियता स्वाधीनता आफ्नो अस्तित्व तथा स्वाभिमानलाई जोगाइ राख्न सस्ता लोकप्रिय नाराहरूका पछि नलाग्न सम्पूर्ण देशभक्त, राष्ट्रवादी र न्याप्रेमी आम जनसमुदायहरूमा सजग रहनु हुन अनुरोध गर्दछौ ।
जनजागरण अभियान समिति प्राज्ञिक बिध्दार्थी परिषद् नेपाल
ईमेलः youthstudent@yahoo.com

अगाडी पढने की ? >>

सोमवार, 22 मार्च 2010

सूचीः


अगाडी पढने की ? >>

शनिवार, 20 मार्च 2010

हार्दिक श्रध्दाञ्जली


भूतपूर्व प्रधानमन्त्री स्वर्गीय श्री गिरिजा प्रसाद कोइरालाको ८६ (बि.स‌. १९८१-२०६६ ) वर्षको उमेरमा, मुलुकमा शुरू भएको शान्ति प्रकृयालाई भावि सन्तानको जिम्मेवारीमा छोडी, यस सँसारबाट स्वर्गारोहण हुनुभएकोमा, यस शोकको घडीलाई शक्तीमा कदली, सच्चा देशभक्तीपूर्ण भावनाले काम गरौ, यही नै वँहा प्रतिको सच्चा हृदयले श्रध्दाञ्जली अर्पण गरेको हुनेछ भन्ने कामनाका साथ वहाँ प्रति हर्दिक श्रध्दाञ्जली अर्पण गर्दछौ ।

स्वर्गीय गिरिजा प्रसाद कोइराला प्रति हार्दिक श्रध्दाञ्जली
स्वर्गीय गिरिजा प्रसाद कोइरालाको ६० बर्षे राजनीतिक जिवनका महत्वपूर्ण घटनाहरूमा पछिला दिनहरू निकै महत्वपूर्ण छन । मेलमिलापको निति लिएर वीपी कोइराला निर्वासन त्यागी देशमा प्रवेश गरे यता कम्युनिस्ट प्रति शंकाको नजरबाट हेरिरहेकाले 'माले, मशाले, मण्डले' एकै हुन भनि घृर्णा गर्ने संबैधानिक राजतन्त्रका पक्षपाति काँग्रेस र नेता गिरिजा प्रसाद कोइराला राजा बिरेन्द्रको बंशनास हुने गरि भएको हत्याको प्रत्यक्ष अनुभव गरेका तत्कालिन अवस्थाका प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई नँया राजाको माघ १९ २०६१ सालको सत्ता आफ्नो हातमा लिने कदम पछाडी संबैधानिक राजतन्त्रको बिरूध्दमा गणतन्त्रको पक्षमा उभिन बाध्य तुल्यायो । यिनको जिवनको महत्वपूर्ण घटना मध्येको सर्वाधिक महत्वका घटना हुन ।


मेलमिलापको निति अनुसार राजासँग राष्ट्रियताको सवालमा मिलेर जाने थियो । तर राजा बिरेन्द्रको हत्या पछिका दिनहरू काँग्रेसको मेलमिलापलाई सहयोग हुने किसिमबाट नभएर पार्टीहरू लत्याउने खालका गतिबिधिका राजाबाट भएकाले देशका अन्य खास गरि कम्युनिस्टहरूसँग मेलमिलाप हुन गयो । यहि मेलमिलापको कारणबाट २४० बर्षसम्म शासन गरेको शाह बंशिय राजतन्त्र यस मुलुकबाट शासन सत्ता छोडनु पर्र्यो ।

२०६२ मार्गमा भएको १० बर्षे शशस्त्र युध्द गरिरहेको नेपालको एक कम्युनिस्टको एउटा समुहसँग १२ बुँदे सहमति गरि २०६२।६३ को सम्युक्त जनआन्दोलन शुरू गरेपछि यिनको हरेक शब्द सहमति एकता र सहकार्य हुन गएको थियो । सहमति एकता र सहकार्यबाट हरेक काम गरौ भन्दा भन्दै सम्बिधानसभाको निर्वाचनबाट बनेको सभाले नँया सम्बिधान बनाउन नपाउदै उनको २०६६ चैत्र ७ शनिवारका दिनमा स्वर्गारोहण भयो ।

स्वर्गीय गिरिजा प्रसाद कोइरालाले सहमति, एकता र सहकार्यको सन्देश भावि पिढिलाई दिएर यस सँसार छोडेका छन । हामी सवै सहमति, एकता र सहकार्यबाट नै नेपालको बिकास निर्माण गर्दै नँया नेपाल बनाउनु पर्छ । वहाँले बाँकी राखी गएका कामहरू यथासम्भव शिघ्र सम्पन्न गरेर जानुमा नै वहाँ प्रतिको वास्तविक रूपमा श्रन्ध्दाञ्ली हुन जानेछ ।

सहमति एकता र सहकार्यको लागि पार्टीगत राजनितिभन्दा माथि उठेर देशको लागि नँया नेपालको लागि सबै केहि न केहि त्याग गर्नै पर्छ । यस्तो त्याग गर्न सक्यो भने पक्कै पनि हामी बिच सहमति एकता र सहकार्य हुन सक्दछ । नेपालका सबै जसो राजनितिक पार्टीहरूले यस घडीमा आफ्नो हठ घमण्ड छोडी त्याग तपस्या गरी सहमति एकता र सहकार्य अपनाउनेछन नँया नेपाल बनाउने छन । यस्तो भावनाका साथ काम गर्र्यो भने मात्र स्वर्गीय गिरिजा प्रसाद कोइरालाको आत्माले शान्ती पाउने छ । हामी सबैको सदबुध्दी आओस । स्वर्गीय आत्माले शान्ती पाउन ।  

अगाडी पढने की ? >>

बुधवार, 17 मार्च 2010

लुम्बिनी

भारतको हेपाहा बिस्तारवादी प्रबृतिका कारण सिध्दार्थ गौतम बुध्दको जन्मस्थानको वारेमा वारम्वार खिचलो झिकेर सँसारलाई भ्रमित पारेको छ भने नेपालीको आत्मसम्मानमा हस्तक्षेप गरेको छ । लाचारी सरकार भने चुपचाप बसेको छ । नेपाल भारत अभिन्न मित्र भएर पनि भारतले नेपाललाई नेपाली जनताको मित्रवत ब्यहारलाई सधै धोका दिदै आएको छ । हो बुध्द नेपालमा जन्मेर भारत हुँदै सारा सँसार पुगे । जस्ते नेपालको इज्जत बढाए । बुध्द नेपालमा जन्मेका भएतापनि सँसारका बुध्द मार्गीका प्रिय भए । यसैले नै नेपालको छवि सँसार सामु उच्च रह्यो । बुधेदको सम्बन्धमा भारतले गलत सूचना दिएर नेपालीलाई झिस्काइरहेकवमा आपत्ती छ । यसमा सबै नेपाली सचेत हुनै पर्छ । यति मात्र होइन नेपालको हरेक मामलामा भारत हस्तक्षेपकारी भुमिका खेल्न चाहान्छ ।नेपाललाई उसको उपनिवेस भएको देख्न चाहान्छ । इतिहासदेखिका तमाम घटनाहरू यसका साक्षी छन । यसको पुनरावृति मात्र हो यो लुम्बिनीको सवाल ।

अगाडी पढने की ? >>

नेपाल तथा भारत सरकारबीच सम्पन्न शारदा बाँध टनकपुर बाँध तथा पाचेश्वर परियोजनासमेत महाकाली नदीको सन्धि

श्री ५ को सरकार नेपाल तथा भारत सरकार यसपछि पक्षहरु भनिएको
जलस्रोतको विकासमा सहयोगको लागि मैत्री तथा घनिष्ठ छिमेकीपनको आपसी सम्बन्ध प्रवर्ध्दन तथा सुदृढ गर्ने प्रतिवद्धता पुनः पुष्टि गर्दै,
महाकाली नदीको अधिकांश भाग दुई मुलुकबीचको सीमानदी भएको कुरा स्वीकार गर्दै,
महाकाली नदीको पानी तथा यसको उपयोग सम्बन्धमा पक्षहरुको दायित्व तथा तदनुरुपका अधिकार एवम् कर्तव्यहरुको परिभाषा गर्न समान साझेदारीको आधारमा एक सन्धि सम्पन्न हुनु वान्छनीय भएको महशुस गर्दै
सन् १९२० मा आदानप्रदान भएका पत्रहरुद्वारा दुबै पक्षहरुले महाकाली नदीमा शारदा बाँधको निर्माणको लागि सम्झौता व्यवस्था सम्पन्न गरेका र सोही व्यवस्थाअनुसार नेपालको सो बाँधबाट केही पानी प्राप्त गर्ने गरेको कुराको उल्लेख गर्दै,
भारतले महाकाली नदीमा बनाएको टनकपुर बाँधको पूर्वी एफ्लक्स बण्डको एक अंश नेपाली इलाकाको जिमुवामा रहेको तथा सो बाँधको समिपवर्ती जलासयको सम्बन्धमा संयुक्त आयोगमा सम्वत् २०४८ साल मङ्सिर १८-१९ तदनुसार डिसेम्बर ४-५ १९९१ मा लिइएका निर्णयहरु तथा भारतका प्रधानमन्त्रीको नेपाल भ्रमणका अवशरमा सम्वत् २०४९ साल कार्तिक ५ तदनुसार अक्टोबर २१, १९९२ का दिन जारी गरिएको संयुक्त विज्ञप्तिको संस्मरण गर्दै,
महाकाली नदीमा कार्यान्वयन गरिने पाचेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवदेन दुबै पक्षको संयुक्तरुपमा तयार गरिएको कुरा उल्लेख गर्दै,
पक्षहरु देहायबमोजिम सहमत भएका छन् :
धारा-१
१. नेपाललाई शारदा बाँधबाट वर्षायाममा १५ मे देखि १५ अक्टोवरसम्म २८/३५ घनमिटर प्रतिसेकेण्ड १००० क्यूसेक तथा सुक्खायाममा १६ अक्टोवरदेखि १४ मे सम्म ४।२५ घनमिटर प्रतिसेकेण्ड १५० पानी प्राप्त गर्ने अधिकार हुनेछ ।
२. भारतले नदी पर्यावरणीय पद्दती इकोसिस्टम कायम राख्न तथा संरक्षण गर्न शारदा बाँधभन्दा तल महाकाली नदीमा १० घनमिटर प्रतिसेकेण्ड ३५० क्यूसेक पानीको प्रवाह कायम राख्नेछ ।
३. कुनै कारणबाट शारदाबाँध निष्क्रिय भएको अवस्थामाः
क. नेपाललाई यस सन्धिको धारा २ को प्रकरण २ मा उल्लिखित हेड रेगुलेटरको प्रयोग गरी यस धारको प्रकरण १ मा उल्लिखित पानी प्राप्त गर्ने अधिकार हुनेछ । यसरी पानी प्राप्त गर्ने अधिकार धारा २ को प्रकरण २ बमोजिम नेपाललाई प्राप्त हुने पानीमा थप हुनेछ ।
ख. भारतले टनकपुर विद्युतकेन्द्रको टेलरेसबाट शारदा बाँधभन्दा तल यस धाराको प्रकरण २ बमोजिम नदीको प्रवाह कायम राख्नेछ ।
धारा-२
संयुक्त आयोगमा मिति २०४८ साल मङ्सिर १८-१९ गते तदनुसार डिसेम्बर ४-५ १९९१ मा लिइएका निर्णयहरु तथा भारतका प्रधानमन्त्रीको नेपाल भ्रमणको अवशरमा २०४९ साल कार्तिक ५ गते तदनुसार अक्टोबर २१ १९९२ मा जारी गरिएको संयुक्त विज्ञप्तिल निरन्तरता दिँदै दुबै पक्षहरु देहायबमोजिम गर्न सहमत भएका छन :
१. टनकपुर बाँधको पूर्वी एफ्लक्स बण्डको निर्माण गर्नको लागि तथा सो बण्ड नेपाली भूमिको इएल २५० मिटर उच्चस्थलमा जोड्नको लागि महेन्द्रनगर नगरपालिका क्षेत्रस्थित जिमुवा गाउँमा नेपाली इलाकाको करिब ५७७ मिटर लम्बाई करिब २।९ हेक्टर क्षेत्र भूमि तथा सीमाक्षेत्रका दुबैतिरका दसगजा नो म्यान्स ल्याण्ड भूमिका केही अङ्श प्रयोग गर्न दिन नेपालले सहमति दिएको छ । त्यसरी प्रयोग गर्नका लागि सहमति दिइएको नेपाली भूमि तथा सो भूमिको पश्चिमतर्फ रहेको जलासयभित्र पर्ने नेपाल-भारत सीमासम्मको भूमि करिब ९ हेक्टर तथा सो क्षेत्रमा रहेका प्राकृतिक स्रोत सम्पदाहरु नेपालको अविछिन्न सार्वभौमता तथा नियन्त्रण अन्तर्गत रहनेछन् र नेपाल तत्सम्बन्धी सबै आनुषङ्गिक एटेण्डेण्ट अधिकारहरुको प्रयोग गर्न स्वतन्त्र रहनेछ ।
२. जिमुवामा त्यसरी निर्माण गरिएको टनकपुर बाँधको पूर्वी एफ्लक्स बण्डको बदलामा नेपाललाई्र देहायको अधिकार हुनेछः
क. यो सन्धि लागु भएको मितिदेखि वर्षायाममा १५ मे देखि १५ अक्टोबरसम्म २८।३५ घनमिटर प्रतिसेकेण्ड १००० क्यूसेक पानी तथा सुख्खायाममा १६ अक्टोबरदेखि १४ मेसम्म ८।५० घनमिटर प्रतिसेकेण्ड ३०० क्यूसेक पानीको प्राप्ति । यस प्रयोजनको लागि तथा सन्धिको धारा १ को प्रयोजनको लागि टनकपुर बाँधको बायाँ अण्डरस्लुइस नजिकै हेडरेगुलेटर वा हेडरेगुलेटरहरु तथा नेपाल-भारत सीमासम्म आवश्यक क्षमताका नहरहरुसमेत भारतले निर्माण गर्नेछ । त्यस्ता हेडरेगुलेटर वा हेडरेगुलेटरहरु तथा नहरहरुको साचालन संयुक्तरुपमा गरिनेछन
ख. यो सन्धि लागु भएको मितिदेखि नियमितरुपमा वर्षेनी निशुल्क ७ करोड किलोवाट घण्टा युनिट विद्युत प्राप्ति । यस प्रयोजनको लागि भारतले टनकपुर विद्युत केन्द्र जसको हाल ९० प्रतिशत निश्चित वार्षिक प्रवाहमा वार्षिक ४४ करोड ८४ लाख किलोवाट जडान क्षमता छ देखि नेपाल-भारत सीमासम्म १३२ किलोभोल्टको प्रशारण लाईनको निर्माण गर्नेछ ।
३. टनकपुर बाँधको माथिल्लो भागमा पाचेश्वर बहुउद्देश्यीय आयोजना लगायत कुनै जलासयुक्त आयोजना वा आयोजनाहरुको विकास गर्ने समयमा टनकपुर बाँधमा देहायका व्यवस्थाहरु गरिनेछन्:
क. नेपाललाई थप पानी उपलब्ध गराउनको लागि नेपाल-भारत सीमासम्म आवश्यकताअनुसार थप हेडरेगुलेटर तथा नहरहरुको साचालन संयुक्तरुपमा गरिनेछन् ।
ख. महाकाली नदीको पानीको मात्रामा बृद्धि गरिएको मितिदेखि नेपालले टनकपुर विद्युत केन्द्रबाट उत्पादन हुने थप विद्युतको आधा भाग बराबरको थप विद्युत नियमितरुपमा प्राप्त गर्नेछ र त्यस्तो थप विद्युत उत्पादनको लागि टनकपुर विद्युत केन्द्रको अतिरिक्त साचालन खर्चको आधा भाग तथा आवश्यक भएमा थप पुँजी लगानीको आधा हिस्सा बेहोर्नेछ ।
धारा-३
दुई देशबीचको सीमा बनाउने महाकाली नदीको भागमा पाचेश्वर बहुउद्देश्यीय आयोजना यसपछि आयोजना भनिएको निर्माण गरिने भएकोले महाकाली नदीको पानीमा आ-आºना विद्यमान उपभोग्य उपयोगमा प्रतिकूल असर नपर्ने गरी महाकाली नदीको पानीको उपयोगमा पक्षहरुको समान हक रहेको कुरामा दुबै पक्ष माजुर गर्दछन् । तसर्थ दुबैपक्षबाट संयुक्तरुपमा तयार भइरहेको विस्तृत आयोजना प्रतिवेदनअनुसार महाकाली नदीमा आयोजना कार्यान्वित गर्न दुबै पक्षहरु माजुर गर्दछन् । आयोजनाको डिजाइन तथा कार्यान्वयन देहायका सिद्धान्तहरुको आधारमा हुनेछः
१. पक्षहरुबीच सहमति भएअनुसार अधिकतम् कूल खुद लाभ प्राप्त गर्ने उद्देश्यले आयोजनाको डिजाइन गरिनेछ । आयोजनाको विकासबाट विद्युत सिँचाइ बाढी नियन्त्रण आदिका रुपमा दुबै पक्षलाई प्राप्त हुने सम्पूर्ण लाभको मूल्याङ्कन गरिनेछ ।
२. महाकाली नदीका दुबै किनारामा समान क्षमताका विद्युत केन्द्रहरुको निर्माणसमेत प्रस्तुत आयोजनालाई एकीकृत आयोजनाको रुपमा कार्यान्वित गरिने वा गर्न लगाइनेछ । दुबै विद्युत केन्द्रहरुको साचालन एकीकृत तबरमा गरिनेछ र उत्पादन गरिएको कूल विद्युत पक्षहरुबीच बराबर बाँडफाँड गरिनेछ ।
३. आयोजनाको लागत पक्षहरुलाई प्राप्त हुने लाभको अनुपातमा पक्षहरुबाट त्यस्तो विद्युतको परिमाण तथा सोको मूल्य पक्षहरुबीच परस्पर माजुर भएबमोजिम हुनेछ ।
धारा-४
नेपाली इलाकाको दोधारा नदी क्षेत्रको सिँचाइको लागि भारतले १० घनमिटर प्रतिसेकेण्ड ३५० क्यूसेक पानी उपलब्ध गराउनेछ । तत्सम्बन्धी प्राविधिक तथा अन्य विस्तृत कुराहरु एकआपसमा तय गरिनेछ ।
धारा-५
१. महाकाली नदीको पानीको उपयोगमा नेपालको पानीको आवश्यकतालाई प्राथमिकता दिइनेछ ।
२. दुबै पक्षले यो सन्धि तथा पक्षहरुबीच यसपछि हुने कुनै सम्झौतामा व्यवस्था भएबमोजिम महाकाली नदीको पानीको आ-आºनो हिस्सा टनकपुरबाँध वा परस्परमा माजुर गरिएका अन्य स्थानबाट लिन पाउनेछन् ।
धारा-६
यस सम्झौतामा उल्लेख भएका आयोजनाबाहेक सीमानदी रहेको भागको महाकाली नदीमा विकास गरिने कुनैपनि आयोजनाको डिजाइन एवम् कार्यान्वयन यस सन्धिद्वारा स्थापित सिद्धान्तहरु अनुसार पक्षहरुबीच सम्झौताबमोजिम गरिनेछन् ।
धारा-७
महाकाली नदीको पानीको प्रवाह र सतहलाई कायम राख्नको लागि पक्षहरुबीच हुने सम्झौताबमोजिम बाहेक प्रत्येक पक्षले महाकाली नदीको प्राकृतिक प्रवाह तथा सतहमा प्रतिकूल प्रभाव पर्ने गरी यसको पानीको उपयोग नगर्ने वा नरोक्ने वा अन्यत्र नपठाउने दायित्व लिएको छ । तर यस व्यवस्थाले महाकाली नदीका दुबै किनारा छेउमा बसोबास गर्ने स्थानीय समुदायको पाचेश्वरमा औषत वार्षिक प्रवाहको पाँच (५) प्रतिशतमा नबढ्ने गरी महाकाली नदीको पानीको उपयोग गर्न बाँधा पुर्र्याउनेछैन ।
धारा-८
यस सन्धिको धारा-७ को प्रावधानमा प्रतिकूल असर नपार्ने गरी महाकाली नदीको सहायक नदीहरुमा प्रत्येक पक्षले आफ्नो इलाकामा एक्लैले कुनै कार्यको योजना सर्वेक्षण विकास तथा साचालन गर्न यस सन्धिले बाँधा पुर्र्याउनेछैन ।
धारा-९
१. महाकाली नदी आयोग यसपछि आयोग भनिएको रहनेछ । आयोग समानता परस्पर तथा कुनै पक्षलाई हानी नपुर्र्याउने सिद्धान्तबाट मार्गदर्शित हुनेछ ।
२. आयोगको गठन दुबै पक्षको समान सङ्ख्याका प्रतिनिधिहरुबाट हुनेछ ।
३. आयोगका कार्यहरु अन्य कुराको अतिरिक्त देहायका हुनेछन्:
क. सन्धिद्वारा व्यवस्था गरिएका सम्पूर्ण सङ्रचनाहरुको सम्बन्धमा जानकारी लिने र आवश्यक भएमा निरीक्षण गर्ने तथा सन्धिका प्रावधानहरु कार्यान्वित गर्न आवश्यक हुने कदमहरु चाल्न दुबै पक्षलाई सिफारिस गर्ने ,
ख. यस सन्धिमा उल्लेख गरिए तथा व्यवस्था भएबमोजिम महाकाली नदीको सङ्रक्षण तथा उपयोगको लागि दुबै पक्षलाई सिफारिस गर्नॆ
ग. आयोजनाको दक्ष मूल्याङ्कन गर्ने तथा सोको सिफारिस गर्ने
घ. यस सन्धिको कार्यान्वयनबाट उत्पन्न हुने कार्ययोजनाहरुको समन्वय तथा अनुगमन गर्ने र
ङ. यस सन्धिको व्याख्या तथा कार्यान्वयन सम्बन्धमा पक्षहरुबीच उत्पन्न हुने कुनैपनि मतभिन्नताको छानबिन गर्ने ।
४. आयोगको खर्च समानरुपले दुबै पक्षबाट बेहोरिनेछ ।
५. यस धाराका प्रकरण १ र २ अनुसार आयोगको गठन हुने बित्तिकै आयोगले आफ्नो कार्यविधि नियमावलीको तर्जुमा गर्नेछ र सो नियमावली पक्षहरु समक्ष सहमतिको लागि पेश गर्नेछ ।
६. आयोगको क्षेत्राधिकार रहेको विषयहरुमा सोझै एक अर्कासँग सम्पर्क राखी समाधान गर्ने आआफ्नो अधिकारलाई दुबै पक्षहरुले सुरक्षित राख्नेछन् ।
धारा-१०
महाकाली नदीको दुबै पक्षको परस्पर लाभको लागि पाचेश्वर बहुउद्देश्यीय आयोजनालगायत नयाँ आयोजनाहरुको विकास कार्यान्वयन तथा साचालनको लागि दुबै पक्षहरुले आयोजनापिच्छे संयुक्त निकाय वा निकायहरु गठन गर्न सक्नेछन् ।
धारा-११
१. आयोगले पक्षहरुबीचको मत भिन्नताबारे यसलाई सुम्पिएको तीन महिनाभित्र छानबिन गरी यस सन्धिको धारा ९ अनुसार आफ्नो राय सिफारिस गर्न नसकेमा वा आयोगको सिफारिशसित कुनै पक्ष असहमत भएमा विवाद उत्पन्न भएको मानिनेछ र त्यसपछि त्यस्तो विवाद मध्यस्थसमक्ष निर्णयार्थ पेश गरिनेछ । यसो गर्दा कुनैपनि पक्षले अर्को पक्षलाई तीन ३ महिनाको पूर्वसूचना दिनुपर्नेछ ।
२. मध्यस्थता तीन मध्यस्थहरुबाट गठन भएको न्यायाधीकरणबाट गरिनेछ । एक मध्यस्थलाई नेपालले र एक मध्यस्थलाई भारतले मनोनित गर्नेछन् । तर कुनैपनि मुलुकले आआफ्ना नागरिकहरुलाई मनोनित गर्ने छैन । तेस्रो मध्यस्थ संयुक्तरुपमा दुबै पक्षबाट नियुक्त हुनेछ जसले न्यायाधीकरणको सदस्यको हैषियतले न्यायाधीकरणको अध्यक्षता गर्नेछ । तेस्रो मध्यस्थ नियुक्त गर्ने सम्बन्धमा प्रस्ताव प्राप्त भएको नब्बे ९० दिनभित्र पक्षहरु तेस्रो मध्यस्थउपर सहमत हुन नसकेको अवस्थामा हेगस्थित मध्यस्थतासम्बन्धी स्थायी अदालतका महासचिवसमक्ष कुनैपनि पक्षले त्यस्तो मध्यस्थ नियुक्तिको लागि अनुरोध गर्न सक्नेछ र त्यसरी मध्यस्थ नियुक्त हुने व्यक्ति यी दुई मुलुकको नागरिक हुनेछैन ।
३. मध्यस्थताको कार्यविधि मध्यस्थतासम्बन्धी न्यायाधीकरणले निर्धारण गर्नेछ र बहुसङ्ख्यक मध्यस्थहरुको निर्णय न्यायाधीकरणको फैसला हुनेछ । मध्यस्थतासम्बन्धी न्यायाधीकरणको काम कारवाही अङ्ग्रेजी भाषामा गरिनेछ र त्यस्तो न्यायाधीकरणको फैसला लिखितरुपमा हुनेछ । दुबै पक्षले यस फैसलालाई अन्तिम निर्णायक तथा बन्धनकारी फैसलाको रुपमा स्वीकार गर्नेछन् ।
४. मध्यस्थताको स्थान मध्यस्थतासम्बन्धी न्यायाधीकरणको प्रशासनिक सहयोग तथा मध्यस्थहरुको पारिश्रमिक र खर्चसम्बन्धी व्यवस्थाहरु पक्षहरुबीच आदानप्रदान हुने पत्रबाट यस सन्धिअन्तर्गत उत्पन्न हुने मतभिन्नताको समाधानको लागि वैकल्पिक कार्यविधि माजुर गर्न पनि सक्नेछन् ।
धारा-१२
१. यो सन्धि सम्पन्न भएपछि शारदाबाँध तथा टनकपुरबाँधबाट महाकाली नदीको पानीको उपयोग गर्ने सम्बन्धमा पक्षहरुबीच यसअघि भएका समझदारीहरु यस सन्धिबाट विस्थापित भएका मानिनेछन् ।
२. यस सन्धिको अनुमोदन गर्नुपर्नेछ र अनुमोदनका लिखतहरु आदानप्रदान भएको मितिदेखि यो लागु हुनेछ । यो सन्धि लागु भएको मितिले पचहत्तर (७५) वर्षको अवधिको लागि बहाल रहनेछ ।
३. यो सन्धि दुबै पक्षबाट दश (१०) वर्षको अन्तरालमा वा कुनै पक्षले चाहेको अवस्थामा सोभन्दा अगाडि नै पुनरावलोकन गरिनेछ र आवश्यक भएमा पक्षहरुले सन्धिमा संसोधन गर्न सक्नेछन् ।
४. यस सन्धिका प्रावधानहरु कार्यान्वित गर्न पक्षहरुबाट आवश्यक भएबमोजिम सम्झौताहरु गरिनेछन् ।
यसको प्रमाणस्वरुप पक्षहरुका आ-आफ्ना अधिकारप्राप्त प्रतिनिधिहरुले यस सन्धिको अङ्ग्रेजी नेपाली र हिन्दी भाषाका दुई-दुई सक्कल प्रतिहरुमा दुबै प्रतिहरु समानरुपले प्रामाणिक हुने गरी हस्ताक्षर गरी आ-आफ्ना निशानाछाप लगाएका छन् ।
सम्वत् २०५२ साल माघ २९ गते तदनुसार १९९६ फेब्रुअरी १२ तारिखका दिन नयाँ दिल्ली भारतमा सम्पन्न गरियो ।
……………………                                                                      ………………………

शेरबहादुर देउवा                                                                             पी.भी नरिसंह राव

प्रधानमन्त्री                                                                                     प्रधानमन्त्री

श्री ५ को सरकार नेपाल                                                               भारत सरकार







अगाडी पढने की ? >>

मंगलवार, 16 मार्च 2010

शाहि सेना हाल नेपाली सेनाबाट फेरी अर्को अपराध

पहिले पहिले जस्तै फेरि पनि गणतान्त्रिक सरकारको सेनाले नेपाली गरीव मजदूर महिला दलित असहाय निहत्या मानिसहरूको ज्यान लिएको छ । सुर्लेत र बर्दीयाको सिमानामा दलित ३ जनाको हत्या गरेर सेनाले आफ्नो वास्तविक अनुहार छर्लङ्ग पारेकोछ । गणतन्त्रको नाममा स्थापित जनताको रगतबाट बनेको सरकारमा रहेकाहरूले यस्लाई पूर्व पञ्चहरूले पहिले पहिले कम्युनिस्टहरूलाई तथा काँग्रेसहरूलाई जङ्गलमा लगेर मार्ने गरेका थिए त्यसरी नै आज नेपाली जनताले मारिनु परेको छ । सरकारले यसलाई ढाकछोप गरेर उल्टो ति नेपाली गरीवहरूलाई दोषी देखनउदैछ । सेनाले यस्ताखालका हत्या खास गरी गरीव महिला माथि गर्नाले उनीहरूले नियन्त्रणमा लिई वलत्कार गरी हत्या गरेको जस्तो प्रकृतिको यस कामले गणतन्त्र पनि नेपाली गरीवहरूका लागि अफापिसध्द भएको छ । धनिहरू जङ्गल जादैनन । जङ्गल जाने भनेको गरीवीले आक्रान्त मानिसहरू नै हुन । गरीवको उन्नती बिकास गर्छु भन्नेले सरकारमा बसेर उनीहरूको हत्या गर्नु हत्या गर्ने सेनालाई सम्रक्षण गर्नुले गरीवीको कहि पनि उपकार गर्ने संस्था छैन न त कुनै दल वा पार्टी नै छ भन्ने कुरा यसबाट स्पट भएन र ?
महिलाको नाममा महिलाद्वारा नै नरसँहार
महिला हक अधिकारको कुरा गरेर नथाक्ने यी कम्युनिस्टहरू आफू मन्त्री भएर तिनै महिलाको हत्या गर्ने जस्तो जधन्य अपराध गरेर त्यो पनि स्वयं महिला मन्त्रीले मानौ उनी महिला नै होइनन् । नेपाल एउटा गरिब देश हो । यहाँ प्रसस्त गरिबहरू बिहान के खाने साँझको झाक के टार्ने भन्ने समस्याले झेलि रहेको छ । यहि गरिवीको कारण उनीहरू जङ्गलमा जाने गर्छन केहि भोक टार्नको लागि । तिनै गरिब माथी यँहाका कम्युनिस्टहरू सेनालाई प्रयोग गरेर नरसँहार गर्ने गर्दछन । गरिब महिला दलित जनजातीको नाममा तिनै गरिब महिला दलितलाई नै ढाल बनाएर यनीहरू कै शोषण गरेका छन । विध्दा एउटी महिला हुन ।तर यनले आफु जस्तै महिलाको हत्या सिकारी महिला भनेर गरेकी छन । आफु कम्युनिस्ट राजनीति गर्दा सायद यस्तै गरिब दलित महिलाको घरमा सेल्टर बनाएर कैयौ रात बिताएकी थिइन होला । आज यनले यी सब बिर्सेकी छन सत्ताको उन्मादले ।

अगाडी पढने की ? >>

रविवार, 14 मार्च 2010

असुरक्षित (जोखिम) यात्रा

(via nagariknews.com) न पेसन्जरले नै आफ्नो कर्तब्य सम्झन्छ न त गाडी चालकले नै न त सरकारी निकायले । यस्तो अवस्थामा यात्रा गर्दा के हुन्छ होला । नेपालमा यो सब हेर्ने के कुनै निकाय छ ?
एउटा बाइकमा ६ जना परिवारका सदस्यहरू सवार छन् भगवानले रक्षा गरून ।
हेर्नुहोस स्कूलका बिध्दार्थीहरूलाई सवारीभाडा लिएर पनि यस्तो असुरक्षित तरिकाले यात्रा गराइरहेकोछ ।

सार्वजनिक यातायातको यो अवस्थाले कतिसम्म यातना भोगिरहेकाछन त ? उपभोक्ताहरूले ।

अगाडी पढने की ? >>

शनिवार, 13 मार्च 2010

आउदो जेठ १४ गते सम्बिधान नआए के हुन्छ ?

गणातन्त्र उल्लेख गरि आउदो जेठ १४ २०६७ सालमा सम्बिधान घोषढा गर्ने भनेर भन्न थालेको लगभग २ बर्ष हुनेवाला छ । सम्बिधान दिन नसक्ने प्रवल सम्भावना छ । यसै बिच सम्बिधान आउन नसके के हुन्छ त भनि चर्चा समेत चल्न थालेको छ । आखिर भएको नै के थियो र अब हुन्छ न के । सरकारी तथा गैरसरकारी हत्या आतङक चलिरहेकै छ । यसमा सरकारमा बस्नेहरूले कमि आएको सुधार भएको भनेतापनि वास्तविक रूपमा जनताले सुख शान्ति पाएका छैनन् । हुँदा हुँदा मान्छे मर्ने अथवा मार्ने जस्ता घटनाहरू मन्त्रीहरूको नजरमा सामान्य हुन पुगेका छन । को मान्छे मर्र्यो भने असामान्य घटना हुन्छ त शान्ति सुरक्षा कायम गर्ने प्रहरी नै हत्यामा सामेल भएका रिपोर्टहरू आउदा समेत गृह्यमन्त्रीले सामान्य रूपमा लिन्छन ।
अहिले आएर नेताहरू सम्बिधान बनाउने नबनाउने के गर्ने भन्ने टुङ्गोमा पुग्न सकेका छैनन् तर पनि बनाउने भन्न चाहि छोडेका छैनन् । नेपाली जनता छिटो भन्दा छिटो सम्बिधान चाहान्छन् ।
यो सङक्रमणको अवधि छोट्याउनु जरूरी छ । सङक्रमणकालमा अनेक तत्वहरू चलखेल गरिरहेका छन । जति जति यस्तो अवधि बढछ त्यति नै अपराधिक गतिविधी पनि बढछ । यस कारण पनि यो अवधि घटाउन आवश्यक छ ।

अगाडी पढने की ? >>

रविवार, 7 मार्च 2010

अन्तराष्ट्रिय नारी दिवस

०८ मार्चलाई विश्वले अन्तराष्ट्रिय नारी दिवसको रूपमा मान्दै आएको १०० बर्ष पुगेको छ । नारीहरू पनि पुरूष समान हुन समान कामको समान ज्याला मतदानमा अधिकार आदि समानताका मान्यताहरू बोकेका नारी आन्दोलनले उठाउदै आएका बिषयहरू हुन ।
हाम्रो मुलुकमा नारीले नारीलाई नै अन्याय गरेका प्रसस्त उदाहरणहरू छन् । कतिपय नारीपक्षधर नेतृहरू नारी माथी पुरूषले अन्याय गरेको छ भन्ने भ्रममा परेको पाइन्छ । हो नारी माथी पुरूषले अन्याय गरेको छ । विवेक गुमाएको छ । यो काममा एउटी नारी माथी पुरूषलाई अन्याय गर्न सहयोग गर्ने भुमिका अर्की नारीले नै गरेकी हुन्छे । उसले म जस्तै नारी हो उसलाई परेको दुःख मलाई जस्तै नै हो भन्ने सोच नभई सहयोगी बन्छे । एउटि नारी माथी सौता बनेर आउने । महिलालाई यौनब्यवसायमा लगाउने काम कतिपय ठाँउमा नारीहरूले नै गरेको पाइन्छ ।
नारी दिवसको यस अवसरमा नारी तथा पुरूष यस्ता कुकर्म गर्नेहरूलाई सहि बाटोमा ल्याउने उनीहरूलाई सजाय गर्ने काममा सफलता मिलोस हामी सफल होऊ यहि नै शुभकामना ।

अगाडी पढने की ? >>

गुरुवार, 4 मार्च 2010

जमिम हत्यामा प्रहरीको सङ्गलग्नता ?

२०६६माघ२४ लाजिम्पाटको र्र्याडिशन होटल नजिकै अज्ञात समुहको गोली प्रहारबाट स्पेसटाइमका अध्यक्ष जमिम शाहको मृत्यू भएको थियो। जमिम शाहको हत्यामा पुलिसका मान्छे सङ्गलग्न भएको भन्ने समाचार आईरहेको छ । के यो साँचो हो ?  साच्चै हो भने पुलिस प्रशासनबाट यस्तो काम हुनु भनेको जनताको सुरक्षा नहुनु नै हो ।
शान्तिसुरक्षाको मुख्य जिम्मेबार प्रहरी नै पत्रकारको हत्या गर्दै हिडने नागरीकलाई सुरक्षा दिनु पर्नेमा हत्यामा सरिक हुने जस्ता काम कुराले उनीहरू प्रतिको विस्वास गर्ने आधार नै गुमेको छ ।
देशमा जे जति अशान्ति हत्या आतङ्क भई रहेको छ ति सवैमा पुलिसको अङलग्नता छैन भन्ने आधार नै रहेन किनभने राजधानीमा भएको यो घटनामा स्वय प्रहररुको मान्छे छ भन्नुले अन्यत्र हुने यस्तै घटनामा प्रहरीको सङलग्नता छैन भन्न मिल्छ र ?

अगाडी पढने की ? >>