मंगलवार, 23 मार्च 2010

वर्तमान सङक्रमण कालिन नेपालको राजनीति बारेमा

'प्राज्ञिक विध्दार्थी परिषद् नेपालको आह्वान' नामक एक पर्चा चिन्तन, मनन, तथा अध्ययनको लागि प्राप्त भइकोले त्यसलाई जस्ताको तस्तै  (चिन्तन, मनन, तथा अध्ययनको लागि)  यँहा प्रस्तुत छः
वर्तमान समयमा जातिय, भाषिक, क्षेत्रिय, धार्मिक, सम्प्रदायगत आदि आधारमा ध्रुविकरण गराउने कार्य तीब्र रूपमा भइरहेको छ । अहिले आदिबासी, जनजातीका नाममा, भाषिक अधिकारका नाममा, राज्यको पुनःसंरचनाका नाममा र धर्मनिरपेक्षताका नाममा अनेक स्तर र रूप रङ्गका आन्दोलन सङ्घर्ष र बिद्रोह चलिरहेका छन् । अर्थात नेपालमा घृणाको खेती भइरहेको प्रष्टै छ । अझ जिम्मेवार पार्टीहरू स्वयं नै जातिय स्वायत्त राज्यको घोषणा गर्नमा सलंग्न हुनुले झनै सामाजिक सद्भाव बिग्रने र देश गृहयुध्दमा प्रवेश गर्न सक्ने सम्भावना बढदै गइरहेको संकेत स्पष्टरूपले देखिन थालेको छ ।
यस स्थितिमा दलगत राजनीतिक स्वार्थ भन्दा माथी रहेर राष्ट्रिय हितका लागि ब्यक्ति निर्माणका माध्यमद्वारा असल यूवा नेतृत्वको विकास गर्ने कार्यमा कटिबध्द प्राज्ञिक बिध्दार्थी परिषद् नेपाल आम यूवा बिध्दार्थी, शिक्षक, बुध्दिजीवि, नेतृत्वपंक्ति एंव सर्वसाधारण जनताहरूमा देशलाई विखण्डन र विभाजनको दलदलमा फस्नबाट जोगाउनका लागि निम्न बिषयहरूमा ध्यान दिँदै यसलाई जनस्तरमा ब्यापक बहस, चर्चा र छलफलको बिषय बनाई राष्ट्रको बृहत्तर हितमा आ-आफ्नो स्तरबाट जनजागरण अभियान सञ्चालन गर्नु हुन हार्दिक आह्वान गर्दछ ।
• सवैको सामूहिक प्रयास र त्यागले बल्ल तल्ल हासिल गरेको लोकतन्त्रलाई गुम्न नदिन आ-आफ्नो स्थानबाट यसको रक्षाको लागि सबै एक जुट भई अगाडि बढौ ।
• संघीय प्रणालीको संरचना जातीय आधारमा हुनु हुदैन ।
• जातीय स्वायत्त राज्य घोषणा राष्ट्रहित विपरित छ ।
• जातीय आधारमा स्वायत्त राज्य घोषणाले हाम्रा प्राचीन तथा गौरवमय धरोहरलाई कमजोर बनाउनुका साथै मुलुकको परम्परागत सामाजिक संरचना सांस्कृतिक र जातीय सद्भाव एंव सहिष्णुताको संस्कारलाई तहस नहस पारेको छ । यस्ता घोषणाहरूलाई भोली संविधान मार्फत् संस्थागत गरिएको खण्डमा देश बिखण्डनमा जाने निश्चित प्राय छ ।
• जातीय सवालमा तुच्छ राजनीतिक स्वार्थ एंव जातीय संकीर्णताको घेराभन्दा परै रहेर इमान्दारीपूर्वक राष्ट्रको चिन्तन गरौ ।
• सस्तो लोकप्रियताका लागि उठाइएका यस्ता नाराहरूका जालमा यूवा विध्दार्थी, शिक्षक, विध्दतवर्ग र समाजका बुध्दीजीवीहरूलाई नफँस्न आग्रह गर्दछौ । साथै यी सबै शाब्दिक भ्रमजाल मात्र हुन ।
• आफ्नो इतिहास मेटाउने काम नगरी बरू इतिहासबाट त्रुटि भएका केहि बिषयहरूबाट पाठ सिकी भविष्यमा गौरवमय इतिहास बनाउनका लागि लोकतन्त्रको सदुपयोग गर्दै यसलाई संस्थागत गरौ ।
• जातीयता र भेदभावको नाममा धर्म परिवर्तन गर्नु दीर्घकालमा राष्ट्रियता र राष्ट्र परिवर्तन गर्नु हो । धर्मान्तरण भने कै राष्ट्रान्तरण हो ।
• सीमित पार्टीगत स्वार्थभन्दा माथि उठी राष्ट्रिय स्वार्थरूपी चिन्तन सहित निर्धारित समयमै संविधान निर्माण गर्न दबाब दिऔ र लोकतन्त्रलाई बलियो बनाऔ ।
• प्रेस स्तन्त्रता र पत्रकारको सुरक्षाको प्रत्याभूति दिलाउन सरकार एंव राजनीतिक दललाई दबाब दिऔ । साथै पत्रकारलाई निर्भिक निडर एंव स्वतन्त्र रूपमा समाचार संकलन गर्ने वातावरणको निर्माण गरी समाजमा निष्पक्ष समाचार सम्प्रेषण गर्ने कार्यलाई प्रोत्साहन दिऔ ।
• अधिनायकवाद निरंकुशता र कुनै पनि किसिमको एकतन्त्री शासन लादन खोज्ने र गैरकानूनी क्रियाकलाप तथा कानूनलाई आफ्नो हातमा लिने प्रवृतिको खुलेर बिरोध गरौ ।
• संगठित र मजबुत नेपालमा नै हामी सबैको भबिष्य सुरक्षित छ ।
राष्ट्रियता स्वाधीनता आफ्नो अस्तित्व तथा स्वाभिमानलाई जोगाइ राख्न सस्ता लोकप्रिय नाराहरूका पछि नलाग्न सम्पूर्ण देशभक्त, राष्ट्रवादी र न्याप्रेमी आम जनसमुदायहरूमा सजग रहनु हुन अनुरोध गर्दछौ ।
जनजागरण अभियान समिति प्राज्ञिक बिध्दार्थी परिषद् नेपाल
ईमेलः youthstudent@yahoo.com
यससँग सम्बन्धित सामग्रीहरू पढनुहोस


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

मानिस समाजको सवैभन्दा सचेत बर्ग भएकोले (टिप्पणीहरू)आलोचनामा प्रयोग गरिने शब्दहरू सिष्ट र आलोचना गरिएको ब्यक्ति समेत प्रभाबित हुन सक्ने हुनुपर्ने हुन्छ । यस तर्फ सहभागीहरू सचेत भइ मर्यादित (भाषा) हुन अनुरोध छ साथै Massages & Comments को लागि हार्दिक धन्यवाद ।