शुक्रवार, 26 मार्च 2010

कम्युनिस्ट र साम्यवाद

कम्युनिस्ट र साम्यवाद १
कम्युनिस्टहरू के साम्यवादको लागि लागिरहेका छन । मार्क्सले कल्पना गरेको साम्यवादमा जेल नेल पुलिस प्रशासन सेना नभएको अवस्था हो । समाजको त्यो उच्चतम रूप हो । जँहा मानिसहरू अत्न्यन्त इमान्दार हुन्छन । जस्को कारणले मानिसहरू बैइमानीपूर्ण कार्यलाइ नियन्त्रण गर्न कुनै किसिमको सम्यन्त्र आवश्यक पर्दैन। सवै मानिसले आफ्नो योग्यता अनुसार काम गर्दछन र आवश्यकता अनुसार राज्यबाट आफ्नो आवश्यकताका कुराहरू लिन्छन ।
मार्क्सले कल्पना गरेको समाजको त्यो उच्चतम अवस्था के सम्भव छ । के हाल सत्तामा पुगेका आफूलाई कम्युनिस्ट भन्नेहरू यस दिशा तर्फ कार्य गरिरहेका छन । उनी इमान्दार कत्तिको छन त । उनीहरूले समाज माथी के बिस्वास गर्दछन । हामी सवै इमान्दार भयौ भने हामी सवै एकदम नैतिकवान भयौ भने आफ्नो काम कर्तब्य इमान्दारीतापूर्वक निर्वाह गर्यौ भने मात्र मार्क्सले कल्पना गरेको साम्यवाद हुनेछ होइन भने ।
मार्क्सले कल्पना गरेको साम्यवादी समाज बनाउछौ भनेर जनता माझ भन्दै आएका कम्युनिस्टहरू त्यस्तो समाज बनाउने भने कम्युनिस्ट पार्टी बनाएर समाजमा राजनीति गर्दैआएका कम्युनिस्टहरू के साच्चै इमान्दार छन । उनीहरू एक आपसमा पनि बिस्वास गर्न सक्दैनन् । एक आपसमा अबिस्वास छ । एकले अर्कोलाई होच्याउने चित्त नबुझे फलानोको दलाल गध्दार भन्न पछि नपर्ने आफ्नो कुरा मारे सव ठीक होइन भने सव बेठिक । यस्तो चरित्र बोकेका यी कम्युनिस्टहरूले के मार्क्सले कल्पना गरेको इमान्दारिता नैतिकताको समाज जस्लाई उनले साम्यवाद नामाकरण गरे के सम्भव छ ।
नाता गोता जातियताको नाममा जनतालाई लडाउने महिला वाल वालिका गरिव असहाय दलित जनजाती आदिवासी जस्ता जब्लजाल फिजाएर उनीहरू माथी नै यिनीहरू राजनीति गरिरहेका छन् । चुनाव गर्ने बेलामा यस्ता खालका सस्ता आवाजहरू निकाली आफ्नो पक्षमा ल्याउने काम बाहेक केहि गरेका छैनन । केहि गर्ने आशा पनि छैन ।
सत्तामा नपुग्दासम्म जमिन्दार नै हाम्रो मुख्य दुश्मन हो उसलाई मार्नुपर्छ र उसको शोषण गरेर जम्मा गरेको सम्पत्ति जनतामा बाडनु पर्छ भनेर आएका यि कम्युनिस्टहरू सत्ता पुगे पछि यी सव कुरा बिर्सेर यो त कम्युनिस्टको परानो मान्यता हो अब नँया मान्यतामा चल्नु पर्छ भनि छेपारले गर्ने कार्य गर्न थालेका छन ।
ठिक छ नँया मान्यताबाट समाजलाई अग्रदिशामा लैजाने काम भएमा राम्रै हुने हो । तर यिनीहरू एकआपसमा नै बिस्वास गर्न सक्दैनन् । गरिव जनतालाई सरकारको सेना पुलिस कर्मचारीले मार्दा पिट्दा भ्रष्टचारी गर्दा जनताको पक्षमा नउभिने जनता माथी अन्याय गर्ने फलानाले उक्साएको जनता हो भनेर उम्कने एउटै पार्टीका मन्त्री सहायक मन्त्री भएकाहरू पनि एक आपसमा समझदारी कायम गरेर जनताको काम गर्ने नगरेर आफ्नो जुँगाको लडाई गरेका छन । यस्ताहरूबाट जनताले के आशा गर्नु ।
कम्युनिस्ट र साम्यवाद २
कम्युनिस्टको वारेमा साम्यवादी वामपन्थी आदि शब्दावली प्रयोग गरेको पाइएको छ । मार्क्सको उदयपछि नै विश्वमा कम्युनिस्टको चर्चा परिचर्चा हुन थालेको हो । कम्युनिस्ट र साम्यवादी भन्नु फरक कुराहरू हुन । भन्ने गरिन्छ कि साम्यवादी समाज भनेको राज्य विहिन समाजको परिकल्पना हो । जँहा राज्यको उपस्थित हुदैन । सेना पुलिस प्रशासन जेल नेल हतियार आदि नभएको अवस्था हो । कम्युनिस्टहरूलाई साम्यवादी पनि भनेको पाइएको छ । कम्युनिस्टहरूले साम्यवादी समाजको निर्माणका लागि लागि परेकोले नै अन्यहरूले उनीहरूलाई साम्यवादी भनिएको होला । यस्तो भएता पनि साम्यवादी भनेको कम्युनिस्टहरूको शासन प्रणाली चाहि होइन भन्न सकिन्छ किनभने साम्यवादी समाज भनेको पार्टी विहिन राज्य विहिन समाजको अवस्था भएकोले कुनै पार्टीको शासन ब्यवस्था हो भन्न सकिने अवस्था छैन । बरू साम्यवादी समाजको निर्माण नै हुन्छ हुदैन यो नै शङ्काको कुरा हुन सक्छ । किनभने साम्यवादी समाजमा आपसी मित्रता इमान्दारीता उच्च नैतिकता एक आपसमा विस्वास आदि जस्ता सदगुण राजनीतिकहरूमा हुनु जरूरी छ । यस्तो भयो भने मात्र त कम्युनिस्टहरूले भनेको जस्तो साम्यवादी समाजको बिकास हुन सक्दछ ।
नेपालका कम्युनिस्टहरूको कुरा गर्ने हो भने यीनीहरूले साम्यवादी समाजको निर्माण गर्दछन भन्ने कुरामा विस्वास गर्न सक्ने आधारहरू केहि पनि छैनन् । यिनीहरू एक आपसमा झैझगडा अविस्वास खुट्टा ताना तान ससाना निँहुमा ठूलो समस्या बनाएर जनतालाई ढाटदै आएका छन् । एकआपसमा मिलेर जानपनि सक्दैनन् । आफूमात्र सहि अरू सवै गलत भन्ने चलन यिनीहरूको पुरानो नै हो । साम्यवादी समाजको परिकलपनामा नै कम्युनिस्टहरूले आफ्नो भबिष्य देखेका हुन भने यिनीहरूले आफ्नो चरित्रमा सुधार गर्नु पर्दछ । एक आपसमा विस्वास इमान्दारीताको बिकास उच्च नैतिकता झूठ जालझेल नगर्ने सच्चा ब्यक्तिको रूपमा आफूलाई स्थापित गर्नु पर्दछ । साम्यवादको स्थापना गर्ने संस्थाले त्यसका सदस्यहरूले पक्कै पनि साम्यवादी समाजमा हुने भनिएका चरित्रहरू आजैदखि देखाउन सकेभने तमाम जनताले विस्वास गर्न सक्दछन कि यिनीहरू साम्यवादी समाज बनाउदछन भनेर । होइन भने यिनीहरूको काम पनि अन्यहरूको जस्तै झुठ बेइमानी जालझेल हो भन्ने बुझ्न बाध्य हुनेछन ।
यससँग सम्बन्धित सामग्रीहरू पढनुहोस


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

मानिस समाजको सवैभन्दा सचेत बर्ग भएकोले (टिप्पणीहरू)आलोचनामा प्रयोग गरिने शब्दहरू सिष्ट र आलोचना गरिएको ब्यक्ति समेत प्रभाबित हुन सक्ने हुनुपर्ने हुन्छ । यस तर्फ सहभागीहरू सचेत भइ मर्यादित (भाषा) हुन अनुरोध छ साथै Massages & Comments को लागि हार्दिक धन्यवाद ।