शनिवार, 3 अप्रैल 2010

युएमएलमा अलपत्र भएकाहरूः

पहिलो कुरा त वहाँ (प्रदिप नेपाल) ले 'आफूलाई एमालेभित्र अहिलेको राजनीतिक अलपत्रताको स्थानमा बस्नुपर्ने भनेर आफू एमालेभित्र चित्तबुझ्दो ठाँउ नपाएर वा भनौ भने जस्तो नभएर यस खालको जानकारी गराउनु भएको छ । जानकारीको लागि धन्यवाद । मलाई लाग्छ प्रदीप नेपाल एमालेको ठूलो नै मान्छे हो । अरू कतिपयले अनुसाशन तोडेको आरोपमा आफ्नो पार्टी नै त्याग्नु परेको उदाहरण यहा उल्लेख गर्नु आवश्यक ठान्दिन । अनावश्यक लम्वाई मात्र हुनेछ । त्यस्तोले यस्तो ‘अलपत्रता’ को कुरा निकाल्नु हास्यास्पद मात्र हो कि ?
अर्को कुरा छ साम्यवादको । मैले बुझेको साम्यवाद भनेको वहाँले भने जस्तै ‘निरन्तर परिवर्तित भइरहने प्रक्रियाबाट समाज, त्यो ठाँउमा पुग्नेछ, जहाँ न कुनै राजनीतिक पार्टी रहन्छन न कुनै सरकार । सरकार नभएपछि राज्यका सीमाहरू (सेना, पुलिस, जेल, नेल, हतियार, तेरो, मेरो, त, म, सानो, ठूलो ) भत्किन्छन र एउटा समुन्नत समाजको निर्माण भएको हुनेछ भन्ने मार्क्सले गरेको कल्पना नै हो । यस अनुसार हुनको लागि हरेक अत्यन्त अनुसाशित, इमान्दार, नैतिकवान, जिम्मेवार, विस्वासी हुनु आवश्यक छ । तब मात्र यो कल्पना साकार हुन सक्दछ ।
तेस्रो कुरा यो साम्यवाद अथवा साम्यवादी समाजको प्राप्तीका लागि कम्युनिस्ट पार्टी बनाउनु पर्ने आवश्यकता छ भन्ने कुरा । कम्युनबाट कम्युनिस्ट भएको हो । पेरिस कम्युन नै कम्युनिस्ट पार्टीको जननी हो । मार्क्स एंगेलेसले यही पेरिस कम्युनलाई आधार बनाएर कम्युनिस्ट पार्टीको घोषणापत्र लेखेर कम्युनिस्ट पार्टीको निर्माण गर्ने सैध्दान्तिक आधार तयार गरेका हुन । साम्यवादको कल्पना लिएर अगाडि आएको यस्तो संस्थामा आपसी बिस्वास, इमान्दारीता, उच्च नैतिकता आदि सदगुण हुनु पर्थ्यो; शुरूदेखि नै शङ्का, अबिस्वास, घृर्णा, आफूमात्र ठिक अरू बेठिक, एउटै पार्टी, एउटै सिध्दान्त बोकेकाहरू पनि आपसमा ससाना बहानामा बैरभाव राख्ने, झिना मसिना विवाद झिकेर आफ्नो तर्क पुष्टी गर्ने, नभए गध्दार, बदमास, फलानाको पुच्छर दलाल आदि भनेर नँया पिढिलाई मार्क्सवाद सिकाउने यिनै कम्युनिस्टहरू नै साम्यवाद ल्याउने भनेर नेपालमा २००७ साल देखि नै लागिरहेका छन् ।
चौथो कुरा हो ‘नेपालका धेरै बुध्दीजीवीले कम्युनिस्ट पार्टी चिनेकै छैनन्’ नचिनेकै कारणाले उनीहरूले ‘साम्यवादलाई कम्युनिस्ट पार्टीको शासन भनेका रहेछन’ । कम्युनिस्ट पार्टीलाई चिन्ने क्रममा ‘स्वयं बहुसंख्यक कम्युनिस्ट नेतासमेत अलमलमा छन्’ भन्ने कुराले ‘म ठिक, अरू सवै बेठिक’ भन्ने कम्युनिस्टहरूको चारिकत्रिकता प्रष्टयाएको छ, होइन र?
पाँचौ कुरा हो हतियारको । भौतिकवाद, बर्ग सङ्गघर्ष, द्वन्दवाद, शोषण, शोषण विहिन समाज जस्ता शब्दावलीहरू सायद मार्क्सवादको उदयपछि मात्र भन्न थालिएका होला । सर्वहारा वर्गको उन्मुक्तिका लागि सर्वहारा वर्ग पक्षधरहरू जम्मा भएर शोषकको बिरूध्दमा क्रियाकलाप गर्नका लागि बनाइएको संघ नै कम्युनिस्ट पार्टी हुन सक्दछ । त्यसले आफ्नो मुक्तिको लागि हातहतियार भएको सत्ताधारी वर्गसंग लडनको लागि हतियार नै उठाउनु पर्छ भन्ने मान्यता नेपालका सत्ताधारी कम्युनिस्टहरूको नजरमा पुरानो मान्यता हुन पुगेको छ । त्यसैले उनीहरू विना हिचकिहाट भन्दछन ‘ज्यानमारा बन्दुक कांग्रेसले पनि उठाएकै हो, माओवादीले पनि उठाएकै हो’ सत्य कुरा लुकाउने पनि गरिन्छ। हामीले पनि सर्वहारा वर्गको उन्मुक्ति कै लागि हतियार उठाएका थियौ भन्न ‘लाज’ मान्दैछन् । सत्यता लुकाउन चाहान्छन् । कस्लाई थाहा छैन र ? झापा आन्दोलनको वारेमा । २०२७।२८ साल देखि लगातार हतियार लिएर हिडेकाहरू आज सत्तामा पुगेका छन् । हो सत्ता बाहिर हुँदा जस्तो हतियार उठाउने कुरा नगरी देश निर्माण, बिकास, सिर्जनाका भाषा तथा ब्यवहार गर्नुपर्ने हो । त्यो पनि नगरी झूठको खेति गरि जनतालाई भ्रमजालमा फसाएका छन ।
अन्तिम कुरा प्रजातान्त्रिक समाजवाद र समाजवादी प्रजातन्त्रको । पहिलो नेपाली काँग्रेसको र दोस्रो नेकपाएमालेको । आफू ठिक अरू बेठिक । आफ्नो वादलाई जिन्दावाद अरूको वादलाई मुर्दावाद । ठिकै भनेका छन ‘शोषणविहीन समाजको भाषण यो दुनियाँमा कसले गरेको छैन र ?’ अरू जे गरेको छ ठिक त्यहि आफूले पनि गरेकोमा प्रष्ट पारेका छन । यो सम्म सत्य बोलेकोमा धन्यवाद ।
यससँग सम्बन्धित सामग्रीहरू पढनुहोस


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

मानिस समाजको सवैभन्दा सचेत बर्ग भएकोले (टिप्पणीहरू)आलोचनामा प्रयोग गरिने शब्दहरू सिष्ट र आलोचना गरिएको ब्यक्ति समेत प्रभाबित हुन सक्ने हुनुपर्ने हुन्छ । यस तर्फ सहभागीहरू सचेत भइ मर्यादित (भाषा) हुन अनुरोध छ साथै Massages & Comments को लागि हार्दिक धन्यवाद ।