गुरुवार, 22 अप्रैल 2010

बल्खु दरवारअगाडी कमरेड डिकेन्द्रले सत्ताधारी कमरेडलाई लाल सलाम चढाए ।

मिति २०६७ बैशाख ४ गते तदनुसार २०१० अप्रैल १७ का शुभबिहानीमा एमाले नाकम नेपालको एक सत्ताधारी कम्युनिस्टका इमान्दार, छलकपट नभएका सोझा, सर्वहारा, जिल्लास्तर भन्दा माथी लान योग्यता नभएका कमरेड डिकेन्द्र राजवंशीले बल्खु दरवार अगाडी 'सायद यस्तै कामको लागि लगाइएको आरूको बोटमा' पासो लगाइ झुण्डिएर आफ्ना 'चिनजाने'का कमरेडहरूलाई 'शुभबिहानीको लाल सलाम' चढाएका छन् ।
उनी लगभग २ महिनादेखि बल्खु दरवारमा बस्ने कमरेड केपी र माधवको चाकडी गर्ने गरिरहेका रहेछन् । कमरेडहरूले कहिले यता त कहिले यता घुमाइरहेका रहेछन् । घुमाउने क्रममा शुक्रवारको दिन गृहयमन्त्री बनेका कमरेड कँहा पठाएछन् । कमरेडले 'यस्तो आन्दोलन सवैले गर्दछन्; मैले पनि गरेकै हो र पो त म यँहासम्म आइपुगे । आन्दोलन गर्दैमा केहि हुदैन । यस्तो आन्दोलन गर्नेलाई मेरो खल्तीमा केहि पनि हुदैन' भन्ने आशयको अभिब्यक्तिका साथ हकारे पछि 'श्रमिकवर्गको मुक्तिको सिद्धान्त; सादा जीवन उच्च विचारको आदर्श; सामूहिक हितको संकल्पलाई मानेर जिवनभर सेवामा समर्पित कमरेड डिकेन्द्र राजवंशीले सायद 'सवै कुरा झुठमात्र रहेछ' भन्ने मान्यताका साथ सन्देश सारा दुनियामा पुर्र्याउन ति मान्यता परित्याग गर्दै आफूलाई यस दुनियामा रहनुको कुनै उपयोगिता छैन भन्ने ठहर्र्याए ।
आजका दिनसम्म कसैले उनलाई श्रध्दाका शब्द पनि लेखेको, बोलेको पाइएको छैन । बदलामा उनको लासमा 'घरायसी झगडाका कारण, बाबु छोरा बिच कुरा नमिल्दा, उनले यस्तो आरूको बोट, पासो र एकाबिहानैको मरण रोजे' भनेर राजनिति पो गरेको पाइएको छ ।
उनीहरूले चाहेको भए के उनलाई सहयोग गर्न सक्दैन थ्ये; कहिले यता त कहिले यता दौडाउन आवश्यक थियो । उनलाई दुःख, शास्ती दिनका लागि नै यस्तो आलटाल गरे । सत्ता बचाउन राष्ट्रको अरबौ खर्च गरेका कमरेडहरूले आफ्ना सिधा, सोझा, इमान्दार मानिसहरूलाई 'कमरेड'को नाता जोडदै वली चढान समेत पछि नपरेको यसले सन्देश दिइरहेको छ । 
यससँग सम्बन्धित सामग्रीहरू पढनुहोस


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

मानिस समाजको सवैभन्दा सचेत बर्ग भएकोले (टिप्पणीहरू)आलोचनामा प्रयोग गरिने शब्दहरू सिष्ट र आलोचना गरिएको ब्यक्ति समेत प्रभाबित हुन सक्ने हुनुपर्ने हुन्छ । यस तर्फ सहभागीहरू सचेत भइ मर्यादित (भाषा) हुन अनुरोध छ साथै Massages & Comments को लागि हार्दिक धन्यवाद ।