रविवार, 12 जून 2011

भरियाहरू को को हुन त

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले माओवादीप्रति उदार भए एमाले समाप्त हुने बताएका छन् । एमाले बरिष्ठ नेता नेपालले माओवादीको भरिया नहुन...
1.        एमाले सिध्याए यो कुरा साँचो हो। तर कस्ले भन्ने बिषयमा बिवाद हुन सक्दछ। स्पष्ट नीति स्पष्ट दृष्टिकोण नै नभएको कारणले एमाले सिध्एको हो।कहिले काँग्रेसको भरिया त कहिले माओवादीको भरिया। अरूलाई भरिया बनाउने दाउमा रहेको एमाले आफै भरिया बनेर बिश्वमा चकित पारेकोछ।
2.    पहिला पहिला पुच्छर भने भन्थ्ये। कहिले पुषेपलाललाई त कहिले मनमोहनलाई।पुच्छर भन्दा भनदै आफू नै कसैको पु्छर भएको महशुश गरेर होला नँया शब्दको थालनी गरेको भरिया भनेर। भरिया पनि त मान्छै नै हो। सबै मान्छेहरू माधव नेपाल जस्तै करिष्ठ त हुदैनन् नि। कि कसो?
3.    एमाले भरियाहरूको कम्पनी हो कि। भरियाहरू पनि त मानिस नै होइनन् र? भूमिगतकालमा तिनै भरियाहरू कहाँ पनि कैयो दिनसम्म सेल्टर बनाएर बस्नु भएको कमरेडले बिर्सनु भो कि क्या हो। भरियाहरुको के बुद्धि हुदैन बिबेक हुदैन मन मष्तिस्क हुदैन ज्ञान ध्यान हुदैन कि। पहिले पहिले कम्युनिस्ट पार्टी भनेको हेपाहा मजदुर किसान ज्यामी भरिया समाजका तल्लो वर्ग पिल्सिएका वर्गहरूको हो भनेको सुनेको थिए। कमरेडले यी कुरा बिर्सनु भयो कि कसो ?
Top of Form
Bottom of Form

अगाडी पढने की ? >>