कम्युनिष्टको बारेमा !

नेपालमा कम्यूनिस्टहरू बढेकाछन् । यसको मुख्य कारण यहा बढिरहेको गरीबी अभाव हो। कम्यूनिस्टहरूले लगाउने गरेका सस्ता खालका नाराहरू भाषणहरूले गरिब असहाय जनताको मन छल्न सक्नु नै यिनीहरू बढनुको कारण हो। कतिपयलाई भ्रम पनि हुन सक्द्छ कि कम्यूनिस्टहरू साच्चै नै जनता प्रति जिम्मेदार भएकै कारण उनीहरू लोकप्रिय भएका हुन भनेर।
जनवाद जनजिविका रोजगारी भारतको बिरोध अमेरिकाको बिरोध आदिले गर्दा जनतामा एक किसिमको भ्रम फेलाइएको छ। कम्यूनिस्टहरूले जनताको भलो गर्दछन भन्ने भ्रम मेटाउन अझ पर्खिनु नै पर्दछ। किनभने जनता अझ गरिब छन्। जनता गरिब भएकै कारणले उनीहरू आफ्नो जिवनस्तर उकास्न चाहान्छन्। तर कम्यूनिस्टहरू आफू तिनै जनतालाई झूठ बोलेर आफूहरू मार्क्सवादी सामान्त हुन चाहान्छन्। मार्क्सको नाम भजाएर जनतालाई छलकपट गरि ठाटेर जूठ छलकपट गरि आफूलाई सामान्तकै समकक्षी तुल्याउन चाहान्छन्।
जोगी हुनलाई कसैले राजनिति गरेको होइन भन्ने उनीहरूको बहुदलिय मार्क्सवादीय परिभाषा बनाइसकेका छन्। जनतालाई जोगी बनाउदै आफू र आफ्ना नाता गोता सानवानलाई सत्ता भत्ता भोग गराउदै लैजाने उनीहरू मुख्य कार्य नै भएको छ। रोमानियमाका चाउचेस्कु पनि कम्युनिस्ट नै थिए। संसारमा यस्ता धेरै कम्यूनिस्टहरू छन् जो गरीक जनताको रगत माथी महल बनाएर बसेका थिए छन र हुनेछन्। 

अगाडी पढने की ? >>