गुरुवार, 29 अप्रैल 2010

मई दिवस र

मई दिवस १ मईलाई मान्ने चलन छ अर्थात विश्व मजदूर दिवसको रूपमा १ मई तदनुसारसार १८ बैशाखलाई मान्ने गरिन्छ । मजदूर मुक्तिका दिवसका रूपमा यसलाई आजभन्दा १०० बर्ष आगाडिबाट मान्दै आएका हुन ।

नेपालमा खास गरिकन आफूलाई कम्युनिस्ट भन्नेहरूले यसलाई मान्ने गर्दछन् । यस बर्षको मई दिवस पनि मान्ने तयारीमा यहाका राजनितीक दलहरू लागि परेका छन् ।

नेकपाको एउटा समुहले मई दिवसको अवसरमा जनप्रदर्शन गर्ने भनि देशभरिबाट ब्यापक कार्यकर्ता देशको राजधानीमा उतारिरहेको छ । यसरी जनप्रदर्शनको उध्देश्य भनेको सत्ता प्राप्ती मात्रै रहेको देखिन्छ ।

यिनीहरूको तयारी लाठा गुलेली आदि लिएर गरिने प्रदर्शनले यो शान्तिपूर्ण हुने भन्नेमा शंका हुनु स्वभाबिकै हो । नेताहरूको अभिब्यक्ति र कार्यकर्ताको उदण्डताले यो मात्र शक्ति प्रदर्शन हुनेछ भन्न मिल्दैन ।

उनीहरूले भन्ने गरेको तेस्रो आन्दोलन के उदेश्यका लागि हो त ?  कस्को बिरूध्दमा ?

सात दल र शसस्त्र बिद्रोहमा रहेको एक दल गरि मिलेर २४० बर्ष सम्म सत्तामा रहेको राजतन्त्रको   अन्त भएको छ । सत्तामा रहेका यी ८ दलहरू आपसी बेमेल झगडा घमण्ड को भन्दा के कम भन्ने भावनाले जनतालाई हुनसम्म दुःख शास्ती पुगेको छ ।

संबिधानसभाको निर्वाचन पश्चात ४ महिनासम्म सरकार बनाउन नसक्नुमा सवै दलहरू उत्तिकै जिम्मेवार छन । सरकार बनाउने ठूलो दलले अन्य दलहरूलाई विस्वासमा लिन नसक्नु मुख्य कमजोरी भएको छ । एक त उ बिद्रोही हो भने अर्कोतिर बिद्रोहकालमा भए गरेका अपराध उदण्डता कब्जा बिद्रोहीको स्वभाव आदिमा सुधार नभईरहेको सेन्य सोचमा सुधार हुनु पर्ने सहमति सहकार्य र एकताबाट काम गर्नु पर्ने प्रतिबध्दता जति हुन्छन त्यसको पालना गरिनु पर्ने भनाई र गराइमा एकरूपता नभइरहेकोले नै आज यि दलहरूमा अविस्वासको वातावरण बनेको हो । एकआपसको अस्तित्वलाई स्वीकार गरि सवैलाई विस्वासमा लिएर काम गरे देखि गणतन्त्र सस्थागत हुनेछ होइन भने……………………..

अगाडी पढने की ? >>

सोमवार, 26 अप्रैल 2010

झोले पढाइ कि बुर्जुआ शिक्षा ?

कुनैबेला बुर्जुआ शिक्षा पढनु हुदैन, यसले सामान्तको सेवा मात्र गर्न सिकाउदछ, यसलाई बहिस्का्र गर्नुपर्दछ भनि युवाहरूलाई पढनबाट बञ्चित गराउनेहरूले आज भोली 'झोले फढाइ' भन्न थालेका छन । उनी २०४७ सालको परिवर्तन पछाडि कैयौ फटक उच्चस्थानमा समेत पुगिसकेका हुनः एमालेका प्रदीप नेपाल ।'अदूरदर्शी नेता र झोले राजनीति' नामक नँया पत्रिकाबाट।
उनको नजरमा ‘सडकपेटीमा चिया बेचेर पनि छोराछोरी बोर्डिङमा ’ पढाउनु पर्दछ । यो चाहि ‘सम्मानको जीवन’ हो । त्यसो भए सरकारी बिध्दालयमा सरकारले किन यत्रो बिधि लगानी गरेको ? सरकारी बिध्दालयमा पढने के सम्मानको जिवन होइन ।
धेरैले भन्ने गर्दछन उनले पनि दोहर्र्याएका छन ‘नेपाल प्रकृतिको एउटा यस्तो वरदान हो’ ‘जडीबुटीको व्यापार’, ‘कृषिक्षेत्रको सानो बारी स्याहार्दा पनि नेपाली जनताको समृद्धि’, गर्न चाहने हो भने हामी आफैँ फलफूल निर्यात गर्न सक्छौँ बेच्ने कुरा त हामीसँग कति छन् कति  पार्टीहरूको आर्थिक प्याकेज ? नेपाल आफ्नै सागसब्जी र आलु खाएर बाँच्न सक्छ । पशुपालनको शिक्षादीक्षालाई बलियो पार्ने हो भने दुग्धपदार्थ र मासुमा नेपाल आत्मनिर्भर बन्न सक्छ । १० वर्षमा पाँच हजार मेगावाट बिजुली उत्पादन गर्ने घोषणा गरेको नेपालमा घोषणाको मितिपछि पाँच सय किलोवाटको नयाँ योजना थालिएको छैन । ६ दर्जन नेपाली निजी उत्पादकलाई प्रेरित गरेर लोडसेडिङ न्यूनीकरण गर्ने कार्यक्रम ल्याउनुपर्ने सरकार उल्टै उत्पादकहरूलाई ठाउँ-कुठाउँ अप्ठेरोमा पार्ने काम मात्र गरिरहेको छ ।’
यस्ता कुरा गरेर नथाक्नेहरू नेपालमा धेरै भइसके सत्ताको हालीमुहालीमा पनि पुगिसके । तर जनता मात्र होइन आफ्ना सोझा निमुखा सर्वहारा कमरेडहरू आत्महत्या गरि देह त्याग गर्न बाध्य छन ।
कम्युनिस्टको नाममा क ख रा पढदा खेरि देखि यी र यस्ता कुरा सुन्नमा आएको हो । यीनीहरू सत्तामा समेत पुगिसके आफ्नो मोपमस्तीमा डुबिसके अब भन्न थालेका छन कि बोर्डिङ्ग स्कूलको फढाइ पढनु सम्मानजनक हो स्कूलको पढाइ अपमानजनक हो । कुनै बेला यीनीहरू बोर्डिङ्ग स्कूलको बिपक्षमा थिए ।
‘गर्न चाहाने हो भने’ भनेर यिनले नेपाली जनतालाई अल्सी, पापी, अक्रमण्य बनाउन चाहेका छन । कस्ले दिएन उनलाई गर्न चाहेको काम गर्नको लागि । उनलाई ठाँउमा जनताले पुर्र्याकै हो । उनले भनेकै कुरा गरून भनेर त्यहा पुर्र्याएका हुन । किन गरेनन् ? फेरि जनतालाई नै दोस दिने । पार्टीमा पनि नी माथिल्लै स्थानमा छन । अनुसाशन तोडियो भनेर अन्य कतिपयलाई पार्टी परित्याग गर्न बाध्य पार्ने सम्मका कार्वाही हुन्छ भने यँहालाई यस्तो कुरामा छुट हुन्छ । 

अगाडी पढने की ? >>

राजीनामा र सहमतिको हिसाव

पहिले राजिनामा त्यसपछि सहमति भन्ने माओवादीहरू र पहिले सहमति अनि राजिनामा भन्ने एमाले लगायतका सत्ताधारी दलहरू । यहि जुहारी चलिरहेको छ । कतिसम्म चल्ने हो जनतालाई थाहा छैन् । माओवादीको हठका कारण सत्ता छोडी सडकमा आएको र माओवादीको हठ तोडन लागि परेका माधव सरकार । कर्मचारी पिटियोस महिला बलात्कृत हुन देशमा नरसंहार होस अराजकता बढोस हत्या बढोस मन्त्रीहरू फोहोरो सफा जे बुलुन कुनै फिक्री छैन उनी आफू दुई दूई ठाँउबाट पराजित भएर पनि सत्ताको बाघडोर पाएकोमा छोडन सकिरहेका छैनन् । दुई दुई ठाँउबाट जितेकाले सत्ताको बाघडोर सम्हाल्न नपाएको पिडाले छटपटिएकाहरू खपिनसक्नु भएको होला ।

कम्युनिस्टहरू एकआपसमा चरित्रहत्या गर्नेदेखि ब्यक्तिहत्यासम्म गर्न पछि नपरेको इतिहास छ । आफ्नो बिचारदेखि टाढा भएका आफ्नो बिचारमा सहमत हुन नसक्ने आफ्नो बिचार नमान्नेहरूलाई कम्युनिस्ट नै भएता पनि मार्क्सवाद प्रति आश्थावान भएतापनि उनीहरू माथि जाइलाग्नु उनीहरूको क्रान्तिकारीता हो । के माओवादी के एमाले सवै यस रोगले ग्रस्त छन् । यो अज्ञात रोगबाट कुनै पनि कम्युनिस्टहरू मुक्त छैनन् ।

मुलुकमा झाडापखालाले सयौ मानिसहरूको जताततै दुर्घटनाले मानिसको ज्यान लिइरहेको छ । जनताहरू गाँसबासकपासको समस्याले पीडित छन् । एकातिर यस्तो स्थिति छ भने हामी देश बनाउछौ नँया नेपाल बनाउछौ बिकास गर्दछौ जनतालाई सुख शान्ती सुरक्षा दिन्छौ भन्नेहरू स्वयं रोगी छन् । यो मुलुक रोगीहरूको देश भएको छ ।

आफ्ना कमरेडले पिडा सहन नसकि आफूलाई हत्या गरेका छन् उनीहरू भने सत्ताको खेलमा रमाइरहेका छन् । गरिव निमुखा सर्वहाराको नाममा धेरै गरिवहरूले ज्यान गुमाउनु परेको छ । गरिव कमरेडका समान्य समस्याहरू पनि समाधान हुन सकेका छैनन् । २०५२ सालमा टाढाबाठा कमरेडहरूले सुकुम्वासीको नामाम जग्गा हात पारे भने सोझा कमरेडहरू त्यो पनि गर्न जानेनन् । गरिवको पिडा पिडा नै रह्यो । अहिले पिडामा थोरै भएपनि महलमपट्टी लगाउन पाइने आसमा कमरेडको ढोका चहार्दा अपमान तिरस्कार अपहेलना बाहेक केहि पाउन सकेनन् । फरस्वरूप उनको अगाडी बाँकी नै के रह्यो र ?

सत्ता जोगाउन उनलाई कस्तो आपत परेको छ त्यो समस्या नबुझ्ने कमरेडले आफ्नो समस्या देखाउने ? यो कस्तो अनुशासनहीन बानीबेहोरा ! पार्टीको नेताको नेतृत्वमा बनेको सरकारको समर्थन पो गर्नु पर्ने समस्या ल्याएर अलमल्याउने ? त्यो पनि ब्यक्तिगत । राष्ट्रको होइन ।

सायद यिनै कारणले होला कहिले कमरेड माधव कँहा त कहिले कमरेड केपी कँहा त कहिले कमरेड भिम कँहा धाउदा धाउदै २ महिना बित्यो । यति धेरै धाउने कमरेडलाई एकपटक हकारेमा झापा पुग्दछन होला भन्ने मनसायले कमरेड भिमले हकारे । हकारेको भोलि शुभबिहानीमा उनले देह त्याग गरे । यो पनि सत्ताको लागि योगदान नै भयो किनभने अब त उनी यो समस्या लिएर आउदैनन् नि ।

कम्युनिस्ट गरिवहरूको लागि होइन धनिमानी कै लाग हो । टाठाबाठा फटाहा कै लागि हो । सोझा निमुखाको लागि होइन । यो कुरा यसले प्रष्ट पारेको छैन र ?     

अगाडी पढने की ? >>

रविवार, 25 अप्रैल 2010

माधव कुमारले प्रचण्डलाई नमान्ने

वर्तमान प्रधानमन्त्री भएका माधव कुमारले प्रचण्डको बिकल्पमा कुरा गरेका छन् । उनले प्रचण्डलाई भावि प्रधानमन्त्री मान्न तयार छैनन् । सिध्दान्तत दुवैले आफूलाई अबल दर्जाको कम्युनिस्ट ठान्दछन् । तर पनि एक अर्कालाई देखि सहनन्नन् । वनमा एउटा बाघको क्षेत्रमा अर्को बाघ आउदैन रे आई हाले उनीहरूमा झगडा हुन्छ लडाई गर्दछन रे । यी कम्युनिस्टहरूले आफूलाई त्यहि बाघको दर्जामा पुर्र्याउने कार्य गरिरहेका छन जस्तो छ । यसबाट हामी जनताहरू साह्रै दिकेक छौ ।

उसले उसलाई नमान्नु एकल काटे भएर हिडनु भनेको दुवैलाई नोक्सानीको कुरा हो । यसले देशमा राम्रो गर्ने लक्षण होइन । शान्तिपूर्ण राजनीति गर्ने वाचाबन्धनका साथ राजनीतिक दलहरू बिच एकता पश्चात २४० बर्ष पुरानो सत्तासीन राजतन्त्र समाप्त भएको हो । यसलाई कसैले आफ्नो मात्र योगदान सम्झनु मुर्खता मात्र हुनेछ महत्वपूर्ण कुरा त राजतन्त्र बिरोधी सवैको एकता नै हो ।

अबको अवस्था भनेको एकताबध्द भएर यस उपलब्धीको रक्षार्थ कार्य गर्नु नै हो । सवैको अस्तित्व सवै स्वीकार गरि एकताबध्द भएर काम गर्नुको विकल्प छैन । हाम्रन नेता तथा कम्युनिस्टहरूले आफूलाई वनको बाघ सम्झनु नै वर्तमान अवस्थाको दुर्भभाग्य हो ।

साम्यवाद जँहा पार्टी राज्यब्यवस्था सैनिक हतियार आदि विहिन समाजको परिकल्पना गरि समाजलाई त्यो अवस्थासम्म पुर्र्याउने लक्षका साथ काम गर्ने कम्युनिस्टहरूले आजैदखि आफूलाई सुधार्नु आवश्यक छ । उनीहरू पार्टीगत राजनीतिभन्दा माथी उठेर समाजलाई साच्चै साम्यवादी बनाउन तर्फ लाग्नु पर्छ । तब मात्र उनीहरू साच्चै साम्यवादी समाज बनाउदछन् । भन्ने कुरामा विस्वास गर्न सकिन्छ होइन भने कम्युनिस्टहरूको साम्यवादको परिकल्पना ठाट जाल झेल झूठ ठगीमात्र हुनेछ ।   

अगाडी पढने की ? >>

शुक्रवार, 23 अप्रैल 2010

आज बैशाख ११ गते लोकतन्त्र दिवस ?

२०६३ साल बैशाख ११ गते तत्कालिन राजा ज्ञानेन्द्रले दलहरूले ड्राफ्ट गरि दिएको बक्तब्य दलहरूको भनाइमा कमा पनि नबिगारी संशोधन नगरि पढेको दिन । यस दिनलाई त्यसपछि सत्ता सम्हालेका दलहरूले लोकतन्त्रको दिन भनेर भन्न थालेकँ हुन । आज २०६३ सालको त्यहि दिन हो ।
नेपालमा प्रजातन्त्रको नाममा लोकतन्त्रको नाममा अहिले आएर गणतन्त्रको नाममा समेत दिवस मनाएर कर्मचारी लगायतकालाई बिदा दिने गरेका छन् । यहि सार्वजनिक बिदा गरेर नै दिवस उनीहरूको दिमागमा धुमधामसँग मनाएको अर्थ लगाउदछन् ।
यी यस्ता दिवसले जनताको मन छुने काम गरेको फाइएको छैन । यस्ले मुलुकलाई थप पिडा मात्र दिएको छ । कहिले प्रजातन्त्र त कहिले लोकतन्त्र त कहिले गणतन्त्र शास्ती मात्र भोग्न बाध्य छौ हामी जनताहरू ।
मार्क्सवादका नाममा समाजवादका नाममा जनतालाई पिडा मात्र दिएर नेपालका दलहरूले आफ्नो अयोग्यता राम्रोसँग देखायका छन् ।गाँसवासकपास भन्ने कुरा यिनीहरूले भन्न छोडेका छन् । शिक्षा स्वास्थ्य रोजगारी पनि यिनीहरूको शब्दकोशबाट हटिसकेको छ । छलकपट जालझेल तानातान हानाहान यिनीहरूका दैनिक क्रियाकलाप हुदैगएका छन् ।
नेपालमा साच्चै प्रजातन्त्र आएको भए लोकतन्त्रको लागि पुःन लडनु पर्दैनथ्यो होला । लोकतन्त्र साँचो अर्थमा भएको भए गणतन्त्रको घोषणा नै किन हुनु पर्दथ्यो । जनतालाई प्रजातन्त्र लोकतन्त्र गणतन्त्र भन्दा पहिला गाँसवासकपास चाहियो खान चाहियो लाउन चाहियो बस्ने बाँस चाहियो । जाजरकोटमा आज पनि जनताहरू पखालाले ज्यान गुमाउन बाध्य छन् । सिमानामा आज पनि जनताहरू असुरक्षित छन् । दिनदिनै हत्या हिँसा बढिरहेको छ । यि कुराको ग्यारन्टी भयमात्र प्रजातन्त्र लोकतन्त्र गणतन्त्रको अर्थ हुन्छ । यसको औचित्य हुन्छ । जनताको लागि जँहा सुरक्षा हुन्छ शान्ती हुन्छ जँहा गाँसवासकपासको ब्यवस्था हुन्छ त्यहि नै उनीहरूको लागि प्रजातन्त्र लोकतन्त्र गणतन्त्र हुन्छ ।
त्यैसैले नेपालमा प्रजातन्त्र लोकतन्त्र गणतन्त्र नभइ भ्रमतन्त्र छ । यहि भ्रमदिवस मनाइरहेका छन् । दलहरू भ्रान्ती छरिरहेका छन् । जनता दिक्क छन् । फेरि के को बहानामा आन्दोलन गर्ने हो भनेर ।  जय हो भ्रान्तितन्त्र ! 

अगाडी पढने की ? >>

सेनाका जर्नेल र एमाले युवाबीच गोप्य वार्ता

सेनाका जर्नेल र एमाले युवाबीच गोप्य वार्ता भन्ने समाचार नँया प्रत्रिकामा प्रकाशित भएको रहेछ। देशमा माधव नेपाल र बिध्याले नरसंहार गरेके छन् प्रजातन्त्र लोकतन्त्र गणतन्त्र जे भन्नुहोस को नाममा नरसंहार गरेकै छन रकमको दुरूपयोग भएकैछ । शान्ती सुब्यवस्था कहि कतै राम्रो छ भन्न सकिने अवस्था छैन । एमालेका मन्त्रीहरूले के सेनालाई यस खालका काममा लगाइरहेका छैनन् भन्ने आधार केछ त
सेनाको सङ्गठन भनेको सरकारको सङ्गठन नै होइन र । सरकारले सेनाका मान्छेहरू भैटेर नभएर भातृहरूलाई लगाउनुको अर्थ के हुन सक्दछ त । के उनीहरूले आफ्नो स्वविवेकले यसो गरे होलान। के एमालेमा स्वविवेक प्रयोग गर्ने स्वतन्तत्रा छ त । उनीहरूहो अनुसाशनको बिधानमा स्वविवेकको कुनै स्थान छ त । किन लगाए नेताले भातृलाई सेनाको ‌‌‌‌‌। त्यो पनि अझ गोप्य रे ।
मुलुकमा रक्तपात चलेकै छ । यसलाई रोक्न नसकिरहेको अवस्था छ । अब सेनासङ्ग मिलेर थप रक्तपात गर्ने हिसावकितावमा एमालेकाहरू लागेको त होइन ।
अपराध रोक्न दक्षिणतिरको सिमानामा केहि ब्यवस्था गर्नैपर्छ भन्ने कुरा यिनीहरू सत्तामा नजादा त निकै भन्ने गर्थे तर सत्तामा पुगे पछि इमान जवान नै सव बिर्सेर आफ्ना पुराना कार्यकर्ता समेत बिर्सेर मार्क्सवाद लेनिनवाद सर्वहाराक्रान्ती मुक्ती स्वतन्तत्रा धन दौलत नै सवथोक मानेर सिध्दान्तलाई कमाइ खाने गरिखाने भ्रमको भाडो बनाएको त होइन।

अगाडी पढने की ? >>

गुरुवार, 22 अप्रैल 2010

बल्खु दरवारअगाडी कमरेड डिकेन्द्रले सत्ताधारी कमरेडलाई लाल सलाम चढाए ।

मिति २०६७ बैशाख ४ गते तदनुसार २०१० अप्रैल १७ का शुभबिहानीमा एमाले नाकम नेपालको एक सत्ताधारी कम्युनिस्टका इमान्दार, छलकपट नभएका सोझा, सर्वहारा, जिल्लास्तर भन्दा माथी लान योग्यता नभएका कमरेड डिकेन्द्र राजवंशीले बल्खु दरवार अगाडी 'सायद यस्तै कामको लागि लगाइएको आरूको बोटमा' पासो लगाइ झुण्डिएर आफ्ना 'चिनजाने'का कमरेडहरूलाई 'शुभबिहानीको लाल सलाम' चढाएका छन् ।
उनी लगभग २ महिनादेखि बल्खु दरवारमा बस्ने कमरेड केपी र माधवको चाकडी गर्ने गरिरहेका रहेछन् । कमरेडहरूले कहिले यता त कहिले यता घुमाइरहेका रहेछन् । घुमाउने क्रममा शुक्रवारको दिन गृहयमन्त्री बनेका कमरेड कँहा पठाएछन् । कमरेडले 'यस्तो आन्दोलन सवैले गर्दछन्; मैले पनि गरेकै हो र पो त म यँहासम्म आइपुगे । आन्दोलन गर्दैमा केहि हुदैन । यस्तो आन्दोलन गर्नेलाई मेरो खल्तीमा केहि पनि हुदैन' भन्ने आशयको अभिब्यक्तिका साथ हकारे पछि 'श्रमिकवर्गको मुक्तिको सिद्धान्त; सादा जीवन उच्च विचारको आदर्श; सामूहिक हितको संकल्पलाई मानेर जिवनभर सेवामा समर्पित कमरेड डिकेन्द्र राजवंशीले सायद 'सवै कुरा झुठमात्र रहेछ' भन्ने मान्यताका साथ सन्देश सारा दुनियामा पुर्र्याउन ति मान्यता परित्याग गर्दै आफूलाई यस दुनियामा रहनुको कुनै उपयोगिता छैन भन्ने ठहर्र्याए ।
आजका दिनसम्म कसैले उनलाई श्रध्दाका शब्द पनि लेखेको, बोलेको पाइएको छैन । बदलामा उनको लासमा 'घरायसी झगडाका कारण, बाबु छोरा बिच कुरा नमिल्दा, उनले यस्तो आरूको बोट, पासो र एकाबिहानैको मरण रोजे' भनेर राजनिति पो गरेको पाइएको छ ।
उनीहरूले चाहेको भए के उनलाई सहयोग गर्न सक्दैन थ्ये; कहिले यता त कहिले यता दौडाउन आवश्यक थियो । उनलाई दुःख, शास्ती दिनका लागि नै यस्तो आलटाल गरे । सत्ता बचाउन राष्ट्रको अरबौ खर्च गरेका कमरेडहरूले आफ्ना सिधा, सोझा, इमान्दार मानिसहरूलाई 'कमरेड'को नाता जोडदै वली चढान समेत पछि नपरेको यसले सन्देश दिइरहेको छ । 

अगाडी पढने की ? >>

शुक्रवार, 9 अप्रैल 2010

गरीब देशका कर्मचारीलाई नयाँ बर्षमा ६ दिन बिदा !

एउटा देशमा नयाँ बर्षको उपलक्ष्यमा कति दिन विदा दिइन्छ होला ? नेपाल यस्तो देश बनेको छ जहाँ नयाँ बर्षकालागिमात्र राज्यले बार्षिक ६ दिन बिदा दिन थालेको छ ।
बैशाख १ गते देखि सुरु हुने बिक्रम सम्बत्को नयाँ बर्षलाईमात्र होइन, विभिन्न जाति, जनजातिले मान्ने गरेको नयाँ बर्षलाई समेत सरकारले विदा दिन थालेपछि सरकारी कर्मचारीहरुले नयाँ बर्षकालागिमात्र बार्षिक ६ दिन विदा पाउन थालेका छन् । जव नयाँ बर्षकै लागिमात्र ६ दिन विदा राज्यले दिन्छ, त्यो देशका कर्मचारीले बर्षदिनमा कति काम गर्दा होलान् ?

  1. बैशाख १ गते नव बर्षारम्भको बिदा १ दिन
  2. शेर्पाहरुको नयाँ बर्ष ल्होसारमा विदा १ दिन
  3. गुरुङ्गहरुको नयाँ बर्ष ल्होसारमा विदा १ दिन
  4. लामाहरुको नयाँ बर्ष ल्होसारमा विदा १ दिन
  5. नेवारहरुको नयाँ बर्ष भिन्तुना विदा १ दिन
  6. किराँतहरुको नयाँ बर्ष उँभौलीमा विदा १ दिन

नेपाल बहुजाती बहु भाषी बहुसंस्कृति भएको मुलुक हो । यहा हरेक जात जातीका आआफ्नै रीतिरिवाज परम्परा संस्कृति छ । यस्तै किसिमले आआफ्नै नँया वर्ष मान्ने चलन पनि छ । जजस्को नँया वर्ष पर्छ त्यो समुदायका मानिसहरूलाई यस किसिमको नव वर्षारम्भको विदा दिनु उपयुक्त हुने छ । सवैलाई विदा दिदा राज्यलाई नोक्सान हुन्छ भने नव वर्ष नभएकाहरूले बाध्यतावश मान्नु पर्ने कँहाको चलन हो त? गणतान्त्रिक वा प्रजातान्त्रिक वा संसदवादी वा राजावादी वा कम्यसनिस्टहरूको । जनतालाई देश बिकासलाई के यी बिदाले फाइदा पुर्र्याएको छ ? गरिव देशमा बर्षेनी यति धेरै विदा हुन्छ त्यसमा पनि नँया वर्ष थपिदिँदा त्यो देश कसरी उँभो लाग्छ ?

त्यसैले

  1. एउटा समुदायको चाड र पर्वबारे अर्को समुदायकालाई थाहा हुँदैन । जव उनीहरु आफ्नो समस्या लिएर सरकारी कार्यालयमा जान्छन् त्यहाँ गएरमात्र उनीहरुले थाहा पाउँछन् कि आज फलानोको समुदायको चाड र पर्व परेकोले सार्वजनिक विदा छ भनेर ।
  2. एउटा समुदायको चाड पर्व वा नयाँ बर्ष मनाउन सबै कर्मचारीलाई विदा दिने सरकारी नीतिबाट एउटाको चाड वा नयाँ बर्ष अर्का समुदायका कर्मचारीलेपनि मान्नै पर्ने भन्ने अर्थ लाग्छ । त्यसैले
  3. जुन समुदायको चाड वा नयाँ बर्ष परेको हो तिनै समुदायका कर्मचारीलाई मात्र विदा दिनुपर्ने निति बनाएमा यो समस्या टर्ने थियो साथै देश बिकासमा पनि टेवा पुग्ने थियो ।

अगाडी पढने की ? >>

नव वर्षारम्भको शुभकामना !

सदा झै २०६६ साल वित्न थालेको छ । २०६६ साल कति बडो राम्रो पनि भएको होला । धेरैलाई यो अनिष्ठ नै भयो । २०६६ सालले हामीलाई बिदा गर्दै छ र २०६७ सालले स्वागत गर्न तम्सिरहेको छ । यस अवसरमा सम्पूर्ण देश बिदेशमा रहनु हुने शुभचिन्तक ईष्टमित्र दाज्यू भाई दिदि बहिनी र सम्पूर्ण नेपालीमा शुख शान्ति समुन्नतीको कामना गर्दै २०६७ सालले नँया जोस जाँगर र उत्साह थपोस भन्ने कामना गर्दै हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

अगाडी पढने की ? >>

गुरुवार, 8 अप्रैल 2010

फोरमद्वारा बन्द

बन्द जस्ले गरायपनि हुने नेपालमा आज र भोलिका दिन फोरमले बन्द गराएकोमा रूपन्देहीको भैरहवा आसपासका क्षेत्रमा यसको सामान्य प्रभाव परेको छ । आज पहिलो दिन खासै अप्रिय घटना भएको जानकारीमा आएको छैन । सरकारी पुलिसहरू भैरहवाको बुध्दचोकमा जम्मा भएका छन ।
यात्रीहरू रिक्सामा ओहोरदोहोर गरेका छन । भारतमा काम गरि घर फर्किएका नेपालीहरूले अत्यन्तै शास्ती खेप्नु परेको छ । सुनौली नाकाबाट अत्यधिक यात्रीको आवागमन हुने क्षेत्र हो ।
बन्द बन्दै गरौ भन्नेहरू यस्तो बन्द सत्ता नपाउदा गर्ने गर्दछन । हालको बन्द पनि नेपाली जनताले सत्ता नपाएकोले भएको भन्ने ठानेकाछन । सत्ता यस्तो शक्ति भयो जस्ले जनतालाई सुख हैन दुःख दिने चिजबस्तु भयो । सत्ताका लागि मरिमेटने यिनीहरू र सत्ताधारीहरू एउटै वारीका मुलाहरू हुन । यिनबाट जनताले भ्रमित हुन वेकार छ ।
आज २०६६।१२।२७ गते पनि फोरमद्वारा गरियको बन्दको यहा सामान्य प्रभाव परेको छ । बच्चाहरूले फोरमको झण्डा बोकी बाटोमा हिडने मोटरसाइकलहरू रोकी रहेको दृश्य देख्न पाइन्छ भैरहवाको बुध्दचोकमा । साँझ ७ बजे पछि फोरमका कार्यकर्ताहरू घर तर्फ गएको मौका छोपी प्रशासनले स्कटिङ्ग गरि सवारी साधन चलाएको देखिन्थ्यो । यहि मौका छोपी तिनाउ नदिबाट गिटी बालु बोक्ने टिप्परहरू तछाड मछाड गरी दौडिरहेको पनि देख्न पाइन्थ्यो ।  

अगाडी पढने की ? >>

बुधवार, 7 अप्रैल 2010

आफै नियम बनाऊ आफै उलङ्गघन गर

सार्वजनिक खरिद ऐन ०६३ सायद यिनै कम्युनिस्टहरूले बनाएको हो । अब यिनलाई त्यो नियमको कुनै ख्याल भएन ख्याल गर्नुपर्ने आवश्यकता पनि यिनले ठानेनन । भारतलाई एमआरपी छाप्न दिने निर्णय यि नियमको आधारमा होइन कि सम्बन्ध दवाव सत्ता आदाको आधारमा दिदैछन । कस्तो लाचार छ सरकार । आफे बोक्सी आफै झाक्री । ल हेर्नुहोस त्यो ऐनका दफा दफामा के छ जुन सरकारले बेवास्ता गरेको छः

एमआरपी भारतलाई छपाउन दिँदा सरकारले उल्लंघन गरेको सार्वजनिक खरिद ऐन ०६३

दफा ४: मालसामान निर्माण कार्य र सेवाको विवरण तयार पार्नुपर्ने

दफा ५: लागत अनुमान तयार पार्नुपर्ने

दफा ६: खरिद योजना तयार पार्नुपर्ने

दफा ७: खरिद कार्यको जिम्मेवारी

दफा ८: खरिद छनोट गर्नुपर्ने -मूल्यको आधारमा समेत)

दफा ९: खुला रूपमा बोलपत्र आह्वान गरी खरिद गर्नुपर्ने

दफा ११: बोलपत्र प्रक्रिया

दफा १३: बोलपत्रसम्बन्धी कागजात तयार पार्नुपर्ने

दफा १४: बोलपत्र आह्वान

दफा १५: अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वान गर्नुपर्ने

दफा २१: बोलपत्र जमानत

दफा २२: बोलपत्र खोल्ने

दफा २३: बोलपत्र परीक्षण

दफा २४: बोलपत्रउपर कारबाही हुने

दफा २५: बोलपत्र मूल्यांकन

दफा २६: -१) -२) बोलपत्र अस्वीकृत गर्ने वा खरिद कारबाही रद्द गर्ने

दफा २७: बोलपत्र स्वीकृति र खरिद सम्झौता

दफा ३२: प्रस्ताव खोल्ने

दफा ३६: प्रस्ताव अस्वीकृत गर्ने वा खरिद कारबाही रद्द गर्ने

दफा ४०: सिलबन्दी दरभाउपत्रसम्बन्धी व्यवस्था

दफा ४१: सोझै खरिदसम्बन्धी व्यवस्था

दफा ५२: (१) (२) खरिद सम्झौता र सोका सर्तहरू

दफा ५९: खरिद सम्झौता अन्त्य र सोको उपचार

दफा ६१: सार्वजनिक खरिद कार्यमा संलग्न पदाधिकारीको आचरण

यो सरकारका अगाडि राष्ट्रीयता जनतालाई झुक्याउने जालमात्र सवित भएको छ । कम्युनिस्टहरूले धेरै पहिले देखि राष्ट्रीयताको वारेमा भारतको विरोध गर्दै आएका थिए त्यो त नाटक मात्र पो रहेछ काँग्रेस भारत विना बाँच्न नै सक्दैन उसलाई भन्नु केहि छैन ।

अगाडी पढने की ? >>

सोमवार, 5 अप्रैल 2010

'यस्ता शब्दहरू शब्दकोशबाट नहटुन्जेल प्रयोग भइरहन सक्छन्'

मन्त्रीको कुकृत्य लुकाउन शब्दकोशलाई पनि दोष दिन मिल्छ र यस्ता मन्त्री पालेर बस्ने प्रधनमन्त्रीलाई के भन्ने । खुब अनुसासनको कुरा गरी नथाक्नेले एउटा जावो अश्लिल बोल्नेलाई कारवाही गरेर देखाउन नसक्नेले के देशमा बिकास निर्माण र उन्नती गर्ने छन् होला । गर्छन होला उहि अश्लिलताको ।

अगाडी पढने की ? >>

शनिवार, 3 अप्रैल 2010

महिलाको हक अधिकार

नेपालमा महिला माथि अन्याय अत्यचार भयो भनेर भन्न थालेको धेरै भयो । आमा दिदि बहिनी हो कति बस्छौ दासी भइ सुखको सधै प्यासी बनेर गीत गाउदै गाँउ गाँउ हिडने कम्युनिस्टहरू अहिले सत्तामा पुगेका छन् । सेनाको मन्त्री समेत महिला छ त्यसमा पनि आफूलाई कम्युनिस्ट भन्ने नै छ ।

महिला माथी पुरूषले अन्याय गर्छ होला । त्यो पुरूषलाई सघाउने महिला नै हुन्छे । हालसालै नेपालमा सुन्तली धामी माथी अन्याय भयो । सुर्खेत र बर्दियाको सिमामा ३ जना दलित महिला माथी वलत्कार अनि हत्या भयो शिकारीको बहानामा । रक्षामन्त्री भएकी कम्युनिस्टकी मन्त्रीले आफ्ना सेनाहरूले शिकारीलाई मारेको भनेर भनिन । उनले सामान्यतया महिलाको बेदना र बाध्यता समेत ख्याल गरेको पाइएन । मन्त्री भएको घमण्डले नै होला यस्तो गरेको । के सेनाले हत्या बलत्कार गरिब नेपालीलाई मार्ने काम गरेको छैन बिगतलाई हेर्ने हो भने यो प्रष्ट नै हुन्छ । मैना सुनार १५ बर्षे वालिकालाई मार्ने काम यीनै बाट भयो । बसन्ती गुरूङ्गलाई बलत्कार गरी मार्ने कुकृत्य पनि सेनाबाट नै भयो । यस्तो वास्तविकता हुँदाहुदै महिला मन्त्रीले रक्षा मन्त्री भए भन्दैमा महिलाको हक अधिकारको सरक्षा गर्न नचाहने । कस्तो कम्युनिस्ट होला । सेनाले जे गरेपनि छुट पाउने कस्तो कम्युनिस्टहरूको नीति होला ।

महिलाको हक अधिकार सुरक्षा कस्ले गर्ने गरिव महिलाहरू के गरेर जीवन यापन गर्ने सरकारका ठेकेदार नेपालका कम्युनिस्टहरू यो कुरा किन बुझ्न चाहादैनन् । सत्ता नपाउञ्जेल सत्ताको लागि तिनै गरिव महिलाहरूलाई हक अधिकार भनेर लिएर हिडथे अहिले शिकारी भए। यो कस्तो बिडम्वना । गरिवले कसरी जिउने यो कम्युनिस्टहरूको राजमा। प्रधानमन्त्री गृह्यमन्त्री रक्षामन्त्री सवै कम्युनिस्टका । गरिव जनताको हत्या यिनै कम्युनिस्टहरूको राजमा ।  

अगाडी पढने की ? >>

युएमएलमा अलपत्र भएकाहरूः

पहिलो कुरा त वहाँ (प्रदिप नेपाल) ले 'आफूलाई एमालेभित्र अहिलेको राजनीतिक अलपत्रताको स्थानमा बस्नुपर्ने भनेर आफू एमालेभित्र चित्तबुझ्दो ठाँउ नपाएर वा भनौ भने जस्तो नभएर यस खालको जानकारी गराउनु भएको छ । जानकारीको लागि धन्यवाद । मलाई लाग्छ प्रदीप नेपाल एमालेको ठूलो नै मान्छे हो । अरू कतिपयले अनुसाशन तोडेको आरोपमा आफ्नो पार्टी नै त्याग्नु परेको उदाहरण यहा उल्लेख गर्नु आवश्यक ठान्दिन । अनावश्यक लम्वाई मात्र हुनेछ । त्यस्तोले यस्तो ‘अलपत्रता’ को कुरा निकाल्नु हास्यास्पद मात्र हो कि ?
अर्को कुरा छ साम्यवादको । मैले बुझेको साम्यवाद भनेको वहाँले भने जस्तै ‘निरन्तर परिवर्तित भइरहने प्रक्रियाबाट समाज, त्यो ठाँउमा पुग्नेछ, जहाँ न कुनै राजनीतिक पार्टी रहन्छन न कुनै सरकार । सरकार नभएपछि राज्यका सीमाहरू (सेना, पुलिस, जेल, नेल, हतियार, तेरो, मेरो, त, म, सानो, ठूलो ) भत्किन्छन र एउटा समुन्नत समाजको निर्माण भएको हुनेछ भन्ने मार्क्सले गरेको कल्पना नै हो । यस अनुसार हुनको लागि हरेक अत्यन्त अनुसाशित, इमान्दार, नैतिकवान, जिम्मेवार, विस्वासी हुनु आवश्यक छ । तब मात्र यो कल्पना साकार हुन सक्दछ ।
तेस्रो कुरा यो साम्यवाद अथवा साम्यवादी समाजको प्राप्तीका लागि कम्युनिस्ट पार्टी बनाउनु पर्ने आवश्यकता छ भन्ने कुरा । कम्युनबाट कम्युनिस्ट भएको हो । पेरिस कम्युन नै कम्युनिस्ट पार्टीको जननी हो । मार्क्स एंगेलेसले यही पेरिस कम्युनलाई आधार बनाएर कम्युनिस्ट पार्टीको घोषणापत्र लेखेर कम्युनिस्ट पार्टीको निर्माण गर्ने सैध्दान्तिक आधार तयार गरेका हुन । साम्यवादको कल्पना लिएर अगाडि आएको यस्तो संस्थामा आपसी बिस्वास, इमान्दारीता, उच्च नैतिकता आदि सदगुण हुनु पर्थ्यो; शुरूदेखि नै शङ्का, अबिस्वास, घृर्णा, आफूमात्र ठिक अरू बेठिक, एउटै पार्टी, एउटै सिध्दान्त बोकेकाहरू पनि आपसमा ससाना बहानामा बैरभाव राख्ने, झिना मसिना विवाद झिकेर आफ्नो तर्क पुष्टी गर्ने, नभए गध्दार, बदमास, फलानाको पुच्छर दलाल आदि भनेर नँया पिढिलाई मार्क्सवाद सिकाउने यिनै कम्युनिस्टहरू नै साम्यवाद ल्याउने भनेर नेपालमा २००७ साल देखि नै लागिरहेका छन् ।
चौथो कुरा हो ‘नेपालका धेरै बुध्दीजीवीले कम्युनिस्ट पार्टी चिनेकै छैनन्’ नचिनेकै कारणाले उनीहरूले ‘साम्यवादलाई कम्युनिस्ट पार्टीको शासन भनेका रहेछन’ । कम्युनिस्ट पार्टीलाई चिन्ने क्रममा ‘स्वयं बहुसंख्यक कम्युनिस्ट नेतासमेत अलमलमा छन्’ भन्ने कुराले ‘म ठिक, अरू सवै बेठिक’ भन्ने कम्युनिस्टहरूको चारिकत्रिकता प्रष्टयाएको छ, होइन र?
पाँचौ कुरा हो हतियारको । भौतिकवाद, बर्ग सङ्गघर्ष, द्वन्दवाद, शोषण, शोषण विहिन समाज जस्ता शब्दावलीहरू सायद मार्क्सवादको उदयपछि मात्र भन्न थालिएका होला । सर्वहारा वर्गको उन्मुक्तिका लागि सर्वहारा वर्ग पक्षधरहरू जम्मा भएर शोषकको बिरूध्दमा क्रियाकलाप गर्नका लागि बनाइएको संघ नै कम्युनिस्ट पार्टी हुन सक्दछ । त्यसले आफ्नो मुक्तिको लागि हातहतियार भएको सत्ताधारी वर्गसंग लडनको लागि हतियार नै उठाउनु पर्छ भन्ने मान्यता नेपालका सत्ताधारी कम्युनिस्टहरूको नजरमा पुरानो मान्यता हुन पुगेको छ । त्यसैले उनीहरू विना हिचकिहाट भन्दछन ‘ज्यानमारा बन्दुक कांग्रेसले पनि उठाएकै हो, माओवादीले पनि उठाएकै हो’ सत्य कुरा लुकाउने पनि गरिन्छ। हामीले पनि सर्वहारा वर्गको उन्मुक्ति कै लागि हतियार उठाएका थियौ भन्न ‘लाज’ मान्दैछन् । सत्यता लुकाउन चाहान्छन् । कस्लाई थाहा छैन र ? झापा आन्दोलनको वारेमा । २०२७।२८ साल देखि लगातार हतियार लिएर हिडेकाहरू आज सत्तामा पुगेका छन् । हो सत्ता बाहिर हुँदा जस्तो हतियार उठाउने कुरा नगरी देश निर्माण, बिकास, सिर्जनाका भाषा तथा ब्यवहार गर्नुपर्ने हो । त्यो पनि नगरी झूठको खेति गरि जनतालाई भ्रमजालमा फसाएका छन ।
अन्तिम कुरा प्रजातान्त्रिक समाजवाद र समाजवादी प्रजातन्त्रको । पहिलो नेपाली काँग्रेसको र दोस्रो नेकपाएमालेको । आफू ठिक अरू बेठिक । आफ्नो वादलाई जिन्दावाद अरूको वादलाई मुर्दावाद । ठिकै भनेका छन ‘शोषणविहीन समाजको भाषण यो दुनियाँमा कसले गरेको छैन र ?’ अरू जे गरेको छ ठिक त्यहि आफूले पनि गरेकोमा प्रष्ट पारेका छन । यो सम्म सत्य बोलेकोमा धन्यवाद ।

अगाडी पढने की ? >>