२०६८ सालको शुभदिपावलीको उपलक्ष्षमा देश बिदेशमा रहनु हुने तमाम नेपालीमा हार्दिक शुभकामना ब्यक्त गर्दछौ।
बृहस्पतिवार, 27 अक्तूबर 2011
बृहस्पतिवार, 6 अक्तूबर 2011
बियजादशमी एवँ दिपावलीको शुभकामना।
रविवार, 14 अगस्त 2011
कम्युनिस्ट र मानिस।
हेराल्ड जोसेफ लास्कीका अनुसार "२५ वर्षसम्म कम्युनिस्ट नहुने मानिस त्यो मानिस होइन, २५ बर्षपछि माथि पनि कम्युनिस्ट भइरहने मानिस त्यो मानिस होइन।"
रविवार, 12 जून 2011
भरियाहरू को को हुन त
मंगलवार, 17 मई 2011
जेष्ठ ०३ २०६८ को उपलक्ष्यमा।
शनिवार, 7 मई 2011
शुभकामना।
बृहस्पतिवार, 14 अप्रैल 2011
फोटो आफै बोल्दैन र?
राजनीतिमा बालबच्चाहरू प्रयोग नगर्ने भन्ने कुराको यो ठाडो उलङघन होइन र। कि अरूलाई भन्ने कुरा मात्र हो। झलनाथ खनालका बिरोधी केपी ओलीले २०६८ बैशाख १ गते केही मानिसहरू जम्मा गरी काठमाडौमा देखाएको यो बच्चा समेतको प्लेकार्ड हो। बच्चाहरू के यी र यस्तै स्वंय घोषित नेता भनाउदाहरूको हतियार बन्नु जायज छ। मानव ढालका रूपमा प्रयोग भएका यी बच्चाहरूले कहिले मुक्ति पाउने हुन। बुधवार, 13 अप्रैल 2011
नँया वर्षको शुभाम्भको अवसरमा शुभकामना।
शुक्रवार, 4 मार्च 2011
बृहस्पतिवार, 9 दिसम्बर 2010
अखिलमा कुटाकुट
एमालेमा केपी वलीका गुण्डा र झलनाथका गुण्डा बिच कुटाकुट भएको खबर जताततै आएको छ।
अरूलाई गुण्डा भनेर नथाक्ने यिनीहरू अब आफू नै गुण्डागर्दीमा लागेका रहेछन्। सत्ता र भत्ताले मातेका यिनीहरू जनतालाई सधै मुर्ख बनाएर आएका छन्। सत्ता र भत्ता कै लागि अहिले पनि यो गुण्डागर्दीको आयोजना गरेको हुनुपर्दछ। यस गुण्डागर्दीमा जसले जस्लाई पछारे पनि जनतालाई केहि हुने वाला छैन्।
यसका मुख्य योजनाकारहरू उच्चस्थानमा बसेर आफ्ना आफ्ना पक्षलाई निर्देशन दिईरहेका होलान्। यीनीहरूलाई लडाएर मात्रै आफ्नो अभिष्ट पुरा हुने उनीहरूको ठहर छ जस्तो छ। के हुन्छ हेरौँ न त?
रविवार, 28 नवम्बर 2010
फेरी पनि बोक्सी कै कुरा
बोक्सीको आरोपमा चरम यातना
नेपालमा महिलाको हक अधिकार भनेर चिच्याउन थालेको धेरै नै भइ सक्यो। तर पेपरहरूमा हरेक जसो खबर यस्तै बोक्सीको आरोपमा भनेर महिला माथि नै हिंसात्मक यातना गरे गराएको पाइन्छ।
अरू जस्तै यो पनि कतिपय महिलाहरूको कमाइ खाने नारा मात्र भएको छ। यिनीहरू बाँच्नलाई महिला अधिकारका कुरा गरेको पाइन्छ। ६०१ जना मध्ये सुनिन्छ १९७ जना यिनै महिला नै छन् । तर गाँउमा पिडित छन महिलाहरू नै। महिलाहरू पुरुषबाट होइन कि स्वयं महिलाबाट नै पिडित छन्।
कुनै महिलालाई पुरूषले होइन कि महिलाले नै बोक्सी भनेका हुन्छन् ।
के हो बोक्सी भनेको
हेर्दा नराम्रो भताभुङ्ग कपाल राम्रो कपडा पनि नभएको अरूले खाएको लाएको देख्दा रहर गर्ने आदि इत्यादि अवस्थाका मानिसहरूलाई नै बोक्सी भनेका होलान
यस्तै बोक्सीको आरोपमा हालसालै सप्तरीको महदेवा-३ की चकला टोलकी रामप्रसाद मण्डलकी ४५ वर्षीया श्रीमती सियादेवी मण्डललाई बोक्सीको आरोपमा चरम यातना दिएका रहेछन भन्ने कुरा थाहा लागेको छ। पेपरमा आएको छ महिला मुक्तिको कुरा गर्ने सरकारमा रहेका कम्युनिस्टहरूले यस बिषयमा केहि बोलिरहेका छैनन् सायद ति महिला उनीहरूको कुनै पनि भातृसङ्गठनमा नहुन सक्दछन्।
जे होस यस देशमा महिलाहरू बिभिन्न बहानामा अझै पनि यातना भोगिरहेकै छन्।
