मंगलवार, 17 मई 2011

जेष्ठ ०३ २०६८ को उपलक्ष्यमा।

आज २६५५औ बुद्ध जयन्ती। आज कै दिन २०५० सालमा एमालेका तत्कालीन महासचिव मदन कुमार भण्डारी र सङ्गठन प्रमुख जिव राज आश्रितको हत्या भएको दिन।
एकै दिन परेको यस बर्षको ३ जेष्ठ यसकारण पनि महत्वपूर्ण भयको छ।
आजै माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराइलाई उनका प्रचण्ड पक्षका कार्यकर्ता बर्तौलाले ज्यान लिने कुराको पनि जानकारी आएको छ।
हिंसा हत्याको बिरोध गर्ने अहिंसावादी बुद्धको सन्देश संसार भर फैलिरहेकोमा आफूलाई अब्बल दर्जाका कम्युनिस्ट भनेर नथाक्ने यीनीहरू सामान्य बिबादमा पनि ज्यान मार्ने सम्मका बिचार मनमा लिएर जिवन बिताइरहेका छन।
मदन कुमार भण्डारी र जिव राज आश्रितको हत्या पनि यस्तै यस्तै भावना बोकर हिडनेहरूबाट नै भएको होला।
बुद्धलाई आदिम साम्यवादी भनेर पनि यदाकदा पाइन्छ। बुद्धत्वको बिरोधमा नै आफूलाई कम्युनिस्ट भन्नेहरूले हत्या हिंसा मचाइरहेका छन्। भौतिक रूपमा मानसिक रूपमा दुवै रूपमा आफ्नो बिचारको बिरोधमा जाने चाहे त्यो मार्क्सवादी नै किन नहोस हत्या हिंसामा जाइ लागेका सयौ उदाहरण छन्। बामदेव सिपी मैनाली पुष्पलाल लगायत कैयौ कम्युनिस्टहरूलाई एकले अर्कोलाई गद्धार दलाल भ्रष्टचारी भन्दै आएको इतिहास साक्षी नै छ।
कुन कम्युनिस्ट कति पानीमा छ त भन्ने कुरा उनीहरूले गर्ने गरेका काम कर्वाहीले नै प्रष्ट हुदैन र। नाता गोता भएसम्म अन्य कसैको पनि काम हुदैन। डिकेन्द्र राजबंशीले एमालेको बल्खु दरवारमा केपी ओली भिम बहादुर रावल माधव कुमार नेपाल लगायतकाले गरेको दुर्ब्यहारका कारण गरेको आत्महत्याले नै उनीहरूको वास्तविक अनुहार देखाउदैन र।
जे होस आजको यस बुद्ध जयन्तीको अवसरमा तमाम बुद्धमार्गी लगायत नेपाल र नेपालीमा शान्तिको कामना गरौ। सबै नेता कार्यकर्ताले मुलुकको भलो चितायर काम गरून।
साथै कम्युनिस्ट चरित्र जे भए पनि आज कै दिन हत्या गरिएका नेता मदन कुमार भण्डारी प्रति पनि हार्दिक श्रद्धाञ्जली दिन चाहान्छौ।

अगाडी पढने की ? >>

शनिवार, 7 मई 2011

शुभकामना।

२०६८ को शुभबिहानीमा सम्पूर्ण देश बिदेशमा रहनुहुने दाज्यूभाई दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछौ।
यस नँया बर्षले देशमा शान्ति ल्योओस।हामीहरूमा एकता भातृत्व कायम होस। अझ बढि जोस र जाँगरबाट काम गरौ। यही शुभकामनाका शब्दहरू सबै बाडौ। 

अगाडी पढने की ? >>