रविवार, 18 जुलाई 2010

कर्मचारीलाई प्याकेज

Pakages नेपालका जनताको काम गर्ने कर्मचारीलाई छोराछोरीको लागि आवासीय विद्यालय बनाउने भनेर प्याकेज ल्याइएको रहेछ समाचारमा पढियो। सरकारले सरकारी स्कूलमा पनि अरवौ रूपैया खर्च गरेको छ। यो के को लागि?

बरू हरेक कर्मचारीले आफ्ना बालबच्चालाई अनिवार्य रूमा सरकारी स्कूलमा पढाउने ब्यवस्था गरेदेखिन बिद्यालयको गुणस्तर पनि माथी उठ्थ्यो होला नि ? यस तर्फ किन ध्यान जान नसकेको । निजी तथा आवासीय बिद्यालय बनाउदै जाने नै हो भने किन फेरी सरकारी बिद्यालयहरू झन पछि झन बढी बढाउदै लाने? मात्र कार्यकर्ता पाल्नका लागि हो त?

कम्युनिस्टहरूको सरकारले यस बारेमा सोच्नु पर्ने होइन र ?   

अगाडी पढने की ? >>

रविवार, 11 जुलाई 2010

कम्युनिस्टहरूले कम्युनिस्टहरूलाई

एमालेका राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य छविलाल कार्कीको हत्या एमालेले भने जसरी एमाओवादीबाट भएको हो भने नेपालको कम्युनिस्ट आन्दोलनमा नराम्रो काम भएको भन्नु पर्ने हुन जान्छ । एउटा पार्टीको कार्यकर्ता अर्को पार्टीको कार्यकर्ताले हत्या गरिनुले त्यसमा पनि आफूलाई दुबैले अब्बल दर्जाको कम्युनिस्ट भनिरहेको अवस्थामा । मान्छे मार्नु नै कम्युनिस्ट हुनुको क्रान्तिकारी हुनुको पहिचान त होइन ? होइन भने किन बिचारसँग सहमत हुन नसक्नेहरू सधै पीडित छन। बिचारको स्वतन्त्रता भनेको के होला? जनताको लागि असल काम गर्नु पर्नेमा आपसमा मारकाट गरिनु प्रजातन्त्र लोकतन्त्र गणतन्त्र यी सबै तन्त्रका लागि दुरभाग्य हो।


बिश्वमा मार्क्सवादको प्रादुर्भाव भएपछि एउटै मुलुकमा पनि कैयौ कम्युनिस्ट पार्टीहरू अस्तित्वमा आएका छन् । एउटा मुलुकमा एउटै मात्र कम्युनिस्ट पार्टी हुनुपर्दछ भन्ने सोच नै त्रुटीपूर्ण छ जस्ले गर्दा एकआपसमा खिचातानी मारकाट बिचारको हत्या देखि लिएर भौतिक अस्तित्व नै समाप्त पार्ने जस्ता हिटलरी सिद्धान्तमा उन्मुख भएका कम्युनिस्टहरूले आफूले भन्ने गरेका मान्ने गरेका मार्क्सका सिद्धान्तलाई समयानुकुल अपब्याख्या नगरीकन जनताको पक्षमा बुझ्न नसक्दासम्म हत्या हिन्सा रोकिने सम्भावना कम छ । त्यसैले हत्या हिन्सा रहित सबैको बिचारको सम्मान गर्ने असल कम्युनिस्ट समुहको बिकास हुने गरी मार्क्सवादको ब्याख्या र नँया परिमार्जन हुनु पर्दछ। यसरी परिमार्जित मार्क्सवादले कम्युनिस्ट हु भन्नेहरू परिशिक्षित हुनु आवश्यक छ । होइन भने मार्क्सवादको नाममा कम्युनिस्टको नाममा जनताको नाममा एकआपसमा मारकाट गरेरै आफ्नो जीवन बिताउने छन् । जनताको स्वार्थ जस्ताको तस्तै हुनेछ केवल सुधार आफ्नो निजी भोगबिलास ऐसआराम नवसामान्तको उदय हुनेछ। जसको लक्षण देखिसकेको छ। सामान्तवादको विरोध गर्नेहरू नै नवसामान्तवादी बनेर आगाडी आउदैछन्।


अगाडी पढने की ? >>