शुक्रवार, 23 अप्रैल 2010

आज बैशाख ११ गते लोकतन्त्र दिवस ?

२०६३ साल बैशाख ११ गते तत्कालिन राजा ज्ञानेन्द्रले दलहरूले ड्राफ्ट गरि दिएको बक्तब्य दलहरूको भनाइमा कमा पनि नबिगारी संशोधन नगरि पढेको दिन । यस दिनलाई त्यसपछि सत्ता सम्हालेका दलहरूले लोकतन्त्रको दिन भनेर भन्न थालेकँ हुन । आज २०६३ सालको त्यहि दिन हो ।
नेपालमा प्रजातन्त्रको नाममा लोकतन्त्रको नाममा अहिले आएर गणतन्त्रको नाममा समेत दिवस मनाएर कर्मचारी लगायतकालाई बिदा दिने गरेका छन् । यहि सार्वजनिक बिदा गरेर नै दिवस उनीहरूको दिमागमा धुमधामसँग मनाएको अर्थ लगाउदछन् ।
यी यस्ता दिवसले जनताको मन छुने काम गरेको फाइएको छैन । यस्ले मुलुकलाई थप पिडा मात्र दिएको छ । कहिले प्रजातन्त्र त कहिले लोकतन्त्र त कहिले गणतन्त्र शास्ती मात्र भोग्न बाध्य छौ हामी जनताहरू ।
मार्क्सवादका नाममा समाजवादका नाममा जनतालाई पिडा मात्र दिएर नेपालका दलहरूले आफ्नो अयोग्यता राम्रोसँग देखायका छन् ।गाँसवासकपास भन्ने कुरा यिनीहरूले भन्न छोडेका छन् । शिक्षा स्वास्थ्य रोजगारी पनि यिनीहरूको शब्दकोशबाट हटिसकेको छ । छलकपट जालझेल तानातान हानाहान यिनीहरूका दैनिक क्रियाकलाप हुदैगएका छन् ।
नेपालमा साच्चै प्रजातन्त्र आएको भए लोकतन्त्रको लागि पुःन लडनु पर्दैनथ्यो होला । लोकतन्त्र साँचो अर्थमा भएको भए गणतन्त्रको घोषणा नै किन हुनु पर्दथ्यो । जनतालाई प्रजातन्त्र लोकतन्त्र गणतन्त्र भन्दा पहिला गाँसवासकपास चाहियो खान चाहियो लाउन चाहियो बस्ने बाँस चाहियो । जाजरकोटमा आज पनि जनताहरू पखालाले ज्यान गुमाउन बाध्य छन् । सिमानामा आज पनि जनताहरू असुरक्षित छन् । दिनदिनै हत्या हिँसा बढिरहेको छ । यि कुराको ग्यारन्टी भयमात्र प्रजातन्त्र लोकतन्त्र गणतन्त्रको अर्थ हुन्छ । यसको औचित्य हुन्छ । जनताको लागि जँहा सुरक्षा हुन्छ शान्ती हुन्छ जँहा गाँसवासकपासको ब्यवस्था हुन्छ त्यहि नै उनीहरूको लागि प्रजातन्त्र लोकतन्त्र गणतन्त्र हुन्छ ।
त्यैसैले नेपालमा प्रजातन्त्र लोकतन्त्र गणतन्त्र नभइ भ्रमतन्त्र छ । यहि भ्रमदिवस मनाइरहेका छन् । दलहरू भ्रान्ती छरिरहेका छन् । जनता दिक्क छन् । फेरि के को बहानामा आन्दोलन गर्ने हो भनेर ।  जय हो भ्रान्तितन्त्र ! 
यससँग सम्बन्धित सामग्रीहरू पढनुहोस


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

मानिस समाजको सवैभन्दा सचेत बर्ग भएकोले (टिप्पणीहरू)आलोचनामा प्रयोग गरिने शब्दहरू सिष्ट र आलोचना गरिएको ब्यक्ति समेत प्रभाबित हुन सक्ने हुनुपर्ने हुन्छ । यस तर्फ सहभागीहरू सचेत भइ मर्यादित (भाषा) हुन अनुरोध छ साथै Massages & Comments को लागि हार्दिक धन्यवाद ।