शनिवार, 20 मार्च 2010

हार्दिक श्रध्दाञ्जली


भूतपूर्व प्रधानमन्त्री स्वर्गीय श्री गिरिजा प्रसाद कोइरालाको ८६ (बि.स‌. १९८१-२०६६ ) वर्षको उमेरमा, मुलुकमा शुरू भएको शान्ति प्रकृयालाई भावि सन्तानको जिम्मेवारीमा छोडी, यस सँसारबाट स्वर्गारोहण हुनुभएकोमा, यस शोकको घडीलाई शक्तीमा कदली, सच्चा देशभक्तीपूर्ण भावनाले काम गरौ, यही नै वँहा प्रतिको सच्चा हृदयले श्रध्दाञ्जली अर्पण गरेको हुनेछ भन्ने कामनाका साथ वहाँ प्रति हर्दिक श्रध्दाञ्जली अर्पण गर्दछौ ।

स्वर्गीय गिरिजा प्रसाद कोइराला प्रति हार्दिक श्रध्दाञ्जली
स्वर्गीय गिरिजा प्रसाद कोइरालाको ६० बर्षे राजनीतिक जिवनका महत्वपूर्ण घटनाहरूमा पछिला दिनहरू निकै महत्वपूर्ण छन । मेलमिलापको निति लिएर वीपी कोइराला निर्वासन त्यागी देशमा प्रवेश गरे यता कम्युनिस्ट प्रति शंकाको नजरबाट हेरिरहेकाले 'माले, मशाले, मण्डले' एकै हुन भनि घृर्णा गर्ने संबैधानिक राजतन्त्रका पक्षपाति काँग्रेस र नेता गिरिजा प्रसाद कोइराला राजा बिरेन्द्रको बंशनास हुने गरि भएको हत्याको प्रत्यक्ष अनुभव गरेका तत्कालिन अवस्थाका प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई नँया राजाको माघ १९ २०६१ सालको सत्ता आफ्नो हातमा लिने कदम पछाडी संबैधानिक राजतन्त्रको बिरूध्दमा गणतन्त्रको पक्षमा उभिन बाध्य तुल्यायो । यिनको जिवनको महत्वपूर्ण घटना मध्येको सर्वाधिक महत्वका घटना हुन ।


मेलमिलापको निति अनुसार राजासँग राष्ट्रियताको सवालमा मिलेर जाने थियो । तर राजा बिरेन्द्रको हत्या पछिका दिनहरू काँग्रेसको मेलमिलापलाई सहयोग हुने किसिमबाट नभएर पार्टीहरू लत्याउने खालका गतिबिधिका राजाबाट भएकाले देशका अन्य खास गरि कम्युनिस्टहरूसँग मेलमिलाप हुन गयो । यहि मेलमिलापको कारणबाट २४० बर्षसम्म शासन गरेको शाह बंशिय राजतन्त्र यस मुलुकबाट शासन सत्ता छोडनु पर्र्यो ।

२०६२ मार्गमा भएको १० बर्षे शशस्त्र युध्द गरिरहेको नेपालको एक कम्युनिस्टको एउटा समुहसँग १२ बुँदे सहमति गरि २०६२।६३ को सम्युक्त जनआन्दोलन शुरू गरेपछि यिनको हरेक शब्द सहमति एकता र सहकार्य हुन गएको थियो । सहमति एकता र सहकार्यबाट हरेक काम गरौ भन्दा भन्दै सम्बिधानसभाको निर्वाचनबाट बनेको सभाले नँया सम्बिधान बनाउन नपाउदै उनको २०६६ चैत्र ७ शनिवारका दिनमा स्वर्गारोहण भयो ।

स्वर्गीय गिरिजा प्रसाद कोइरालाले सहमति, एकता र सहकार्यको सन्देश भावि पिढिलाई दिएर यस सँसार छोडेका छन । हामी सवै सहमति, एकता र सहकार्यबाट नै नेपालको बिकास निर्माण गर्दै नँया नेपाल बनाउनु पर्छ । वहाँले बाँकी राखी गएका कामहरू यथासम्भव शिघ्र सम्पन्न गरेर जानुमा नै वहाँ प्रतिको वास्तविक रूपमा श्रन्ध्दाञ्ली हुन जानेछ ।

सहमति एकता र सहकार्यको लागि पार्टीगत राजनितिभन्दा माथि उठेर देशको लागि नँया नेपालको लागि सबै केहि न केहि त्याग गर्नै पर्छ । यस्तो त्याग गर्न सक्यो भने पक्कै पनि हामी बिच सहमति एकता र सहकार्य हुन सक्दछ । नेपालका सबै जसो राजनितिक पार्टीहरूले यस घडीमा आफ्नो हठ घमण्ड छोडी त्याग तपस्या गरी सहमति एकता र सहकार्य अपनाउनेछन नँया नेपाल बनाउने छन । यस्तो भावनाका साथ काम गर्र्यो भने मात्र स्वर्गीय गिरिजा प्रसाद कोइरालाको आत्माले शान्ती पाउने छ । हामी सबैको सदबुध्दी आओस । स्वर्गीय आत्माले शान्ती पाउन ।  
यससँग सम्बन्धित सामग्रीहरू पढनुहोस


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

मानिस समाजको सवैभन्दा सचेत बर्ग भएकोले (टिप्पणीहरू)आलोचनामा प्रयोग गरिने शब्दहरू सिष्ट र आलोचना गरिएको ब्यक्ति समेत प्रभाबित हुन सक्ने हुनुपर्ने हुन्छ । यस तर्फ सहभागीहरू सचेत भइ मर्यादित (भाषा) हुन अनुरोध छ साथै Massages & Comments को लागि हार्दिक धन्यवाद ।