शनिवार, 8 मई 2010

शान्ति र्र्यालीको गलत ब्याख्या

मुलुकका शान्तिप्रेमी ब्यक्तिहरूद्वारा आयोजना गरिएको देशब्यापी शान्ति र्र्यालीको गलत अर्थ लगाइएको छ । आमहडतालको बिरोधमा अथवा सरकारको समर्थन नगरिइएको यो शान्ति र्र्याली दुवै पक्षले आफ्नो पक्षमा ब्याख्या गरेका छन् । वास्तवमा चालु रहेको आमहडतालले जनताको जनताको जीवन झन पछि झन कष्टकर बन्दै गएको थियो । यस्तो अवस्थामा गणतन्त्रवादी शक्तिहरू एकआपसमा मिलेर सत्ता चलाउन भन्ने मान्यता सवैको रहेको छ । तर यो नभइरहेकोमा सवैतिर चिन्ताको बिषय भएको छ । यी सव कुराको सन्दर्भमा नै देशका उध्दोगी ब्यपारी बुध्दीजिवी कलाकार आदि प्रबुध्द बर्गले सवैले मिलेर यस गणतन्त्रलाई स्थापित गर देशमा बिध्यमान समस्याहरू समाधान गर भनेर सरकारको समर्थन वा भनौ आमहडतालको बिरोधमा यो र्र्याली थिएन ।

तर सरकारमा बस्नेहरूले तथा आमहडतालमा बस्नेहरू दुवैले यसलाई आआफ्नो इच्छा अनुसार ब्याख्या गरेर पुःन एकअर्कालाई होच्याउने काम हुन थालेको छ । सरकारी पक्षले यसलाई आफ्नो बिजय र आमहडताल गर्नेहरूको पराजयको रूपमा लिनु र आमहडतालका पक्षधरले आफ्नो बिरोधमा र्र्याली निकाली सरकारको सहयोगी बनेको आरोप लगाउनु ।

आमहडताल फिर्ता पछाडि देशमा सहजस्थिति बन्ला भन्ने कल्पना सायद कल्पना मात्र हुनेछ जस्तो लागिरहेको छ । यसलाई बिजय र पराजय ठान्नु दुरभाग्य हो । सहमति सहकार्य एकताको बाधक यो प्रबृतिलाई आआफ्नो  दिमागबाट हटाउन सकेमा मात्र देशको कल्याण हुनेछ ।

यससँग सम्बन्धित सामग्रीहरू पढनुहोस


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

मानिस समाजको सवैभन्दा सचेत बर्ग भएकोले (टिप्पणीहरू)आलोचनामा प्रयोग गरिने शब्दहरू सिष्ट र आलोचना गरिएको ब्यक्ति समेत प्रभाबित हुन सक्ने हुनुपर्ने हुन्छ । यस तर्फ सहभागीहरू सचेत भइ मर्यादित (भाषा) हुन अनुरोध छ साथै Massages & Comments को लागि हार्दिक धन्यवाद ।