सोमवार, 17 मई 2010

बाघ र स्याल दुवै मान्छेहरू होइनन्

मुलुकमा ‘बाघको छालामा स्याल रजाई’ भनेको ठीकै रहेछ ।  प्रधानमन्त्री बनाइएका माधव कुमारले आफूलाई बाघ भएको घोषणा गरेका छन । मुलुकमा बाघले मान्छेहरू माथि रजाइ चलाएको छ । त्यो पनि कस्तो बाघ भने स्वयघोषित ‘शालीनतायुक्त’ । ‘अरूले तपाइ भन्नु कता हो कता आफै मपाइ’ भएको नमूना होइन र ?
केहि समय पहिले उन कै दलकी एक बिद्याले आफ्नै अध्यक्षलाई ‘गद्यालाई धोएर गाँई’ नभएको गुनासो गरेकी थिइन । यसबाट पनि के प्रष्ट हुन्छ भने उनको दल पनि पशुहरूले चलाएको छ । गद्या भने पनि र गाई भने पनि दुवै पशुहरू नै हुन, अहिले माधवले भनेका बाघ वा स्याल पनि पशु जाति कै हुन । अ यी दुइ भनाइमा केहि भिन्नता चाहि छ । त्यो हो एउटा घरपालुवा जनावर जस्लाई पशु भनिन्छ भने अर्को जङ्गली जनावर । हो जङ्गली जनावरलाई सरकारले नै हेर्नका लागि चिडियाखानामा राख्ने चलन छ ।
आफूलाई ‘कम्युनिस्ट’ भन्ने गरेका छन् । कम्युनिस्टहरूले भौतिकतामा बिस्वास हुन्छ भनेर सुनिएको थियो । तर त्यसका नेताहरू बनेकाले ‘गद्यालाई धोएर गाई बनेन’ भनेर चिन्ता लिनु अचम्मको कुरा होइन र ?
जे हो यस देशमा जनावरहरूले पशुहरुले मानवजाती माथि शासनसत्ता चलाइरहेका रहेछन् । हामी जनताले यी पशुहरूलाई यी जनावरहरूलाई तह लगाउनु पर्नेमा यिनीहरूले हामी माथी शासन गरेका छन् । यसकारण त देशको बिकास नभएर बिनास तर्फ उन्मुख छ । धन्य हो ।
यससँग सम्बन्धित सामग्रीहरू पढनुहोस


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

मानिस समाजको सवैभन्दा सचेत बर्ग भएकोले (टिप्पणीहरू)आलोचनामा प्रयोग गरिने शब्दहरू सिष्ट र आलोचना गरिएको ब्यक्ति समेत प्रभाबित हुन सक्ने हुनुपर्ने हुन्छ । यस तर्फ सहभागीहरू सचेत भइ मर्यादित (भाषा) हुन अनुरोध छ साथै Massages & Comments को लागि हार्दिक धन्यवाद ।