गुरुवार, 10 दिसंबर 2009

अराजनितिक नाराको कुसंस्कृति

पत्रकार टिका बिष्टलाई सांघातिक आक्रमण गरि मरणासन्न तुल्याएको खबर सुनेर स्तब्त पार्र्यो । उनको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै आक्रमणकारी अपराधीहरू पत्ता लगाई तुरून्त गरी कारवाही गरियोस भन्ने कामना गर्दै देशमा परम्पराको रूपमा चलेको गलत राजनितिक कुसंस्कारको सबैले बेलैमा सच्याउनु आवश्यक भएको महशुश गर्नुपर्दछ ।
विगत कालमा पनि यस्ता खालका नाराहरू लागे कै हो । 'फलानो चोर, देश छोड' , 'आर्यघाटले के भन्छ, फलानोलाई ले भन्छ' , 'कोशी गण्डकी बेच्ने' ,'देशद्रोही' , 'दलाल' , 'गध्दार' , 'फलानोको पुच्छर' ,'मन एकातिर शरीर अर्कोतिर' आदि आरोप प्रत्यारोप खासगरि आफूलाई 'कम्युनिस्ट' भन्नेहरूले लगाउने गरेकाछन् ।
यस्तै नारा घन्काउने होडमा रूकुममा माओवादीले 'फलानो चोर, देश छोड' , 'फलानोको सिन्दुर खोई, फलानो तेरो पोई' भन्ने जस्ता अराजनितिक नारा लगाएकोमा पत्रकार टिकाले 'किन चाहियो माओवादीलाई फलानोको सिन्दुर' यहि टिपोटलाई निँहू बनाएर आक्रमण गरी पत्रकारको हत्या प्रयास भएको हो भने देशमा धेरै नराम्रो परम्पराको बिकास भएको भन्नै पर्छ। नेताहरूले बेलैमा यस्ता खालका कुपरम्परा, कुसंस्कारलाई हटाउन सकेनै भने बिकृतिले समाजलाई गलत बाटोमा लैजान्छ। त्यो बाटोले अन्ततोगत्वा आफैलाई नसिध्द्याउला भन्न सकिन्न । त्यसकारण बेलैमा सजग हुनु आवक्कयक छ ।
कसैको बिरोध गर्नु प्रजातान्त्रिक अधिकार हो, प्रजातान्त्रिक अधिकारको सदुपयोग गर्नुपर्दछ न कि दुरूपयोग । अराजनितिक नारा लगाएर कसैको ब्यक्तिगत मामलामा चरित्रसंग खेलवाड गर्नु प्रजातन्त्रको नै चरम दुरूपयोग हो । आफ्नो अधिकारको सदुपयोग अर्काको अधिकारको अन्त्य गरेर गरिने कार्य एक शोषण नै हो, अत्यचार हो, अन्याय हो, त्यो सहेर बस्ने कुरा हुन सक्दैन ।
यससँग सम्बन्धित सामग्रीहरू पढनुहोस


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

मानिस समाजको सवैभन्दा सचेत बर्ग भएकोले (टिप्पणीहरू)आलोचनामा प्रयोग गरिने शब्दहरू सिष्ट र आलोचना गरिएको ब्यक्ति समेत प्रभाबित हुन सक्ने हुनुपर्ने हुन्छ । यस तर्फ सहभागीहरू सचेत भइ मर्यादित (भाषा) हुन अनुरोध छ साथै Massages & Comments को लागि हार्दिक धन्यवाद ।