शुक्रवार, 26 फ़रवरी 2010

सङ्घियताको सवालः भाषा वा भूभाग दुवै होइन

२०६२।६३ को आन्दोलन पछि संघियताको चर्चा चलिरहेको छ । यो देशलाई १४ अञ्चल ७५ जिल्ला ४००० गाबिस र त्यतिकै वडाहरूमा चिनिएको नेपाल अब संघहरूमा बाडिन्छन् । एक देशलाई प्रशासनिक कामकाजलाई सरलिकरण गर्न शान्तिसुरक्षा कायम गर्न आदि आदि कारणबाट ससाना ईकाईमा देशको भूभागलाई छुट्टयाइन्छ होला ।

यसरी अलग अलग गर्नुको अर्थ देशको बिकास नै हो । बिकास देशको प्रत्येक भागमा बराबर पुगोस भनेर नै एउटा देशलाई ससाना अचल जिल्ला गाँऊ प्रान्त क्षेत्र आदिमा प्रशासनिक बिभाजन गरिन्छ । यो बिभाजनको आधार के हुन सक्दछ त ।
मुलुकमा अहिले कतै जातियताको नाममा प्रान्तहरू बनाइदैछ त कतै एक मधेशको कुरा गरिदैछ । मधेश पहाड तराई र जातियताको आधारमा यो मुलुकको प्रशासनिक बिभाजन उपयुक्त छैन ।
केहि दिन यता ब्रहामणहरू जागेका छन् । जातको नाममा राज्यको नामाकरण गरि एककिसिमले बिभाजन गरेको जस्तो देखिएको र जातिगत आधारमा देशलाई संधियतामा लैजानु कतिसम्म उचित अनुचित हो त्यसबारे निकै चर्चा छ । के हो त यो जात भनेको
सामान्यतया एउटा निश्चित भाषा बोल्ने मानव समुदायलाई जात भन्न सकिन्छ । यसलाई कुनै भूभागसँग जोडेर हेर्न सकिन्छ त सकिन्न होला । पहिले पहिले सायद कुनै भूभागमा कुनै जात बिशेषको बसोबास थियो होला तर आजको दुनियामा कुनै भूभागमा खास जात बिशेषको क्षेत्र भन्न उपयुक्त हुदैन । जातको हिसाव किताव भूभागसँग होईन भाषासँग जोडेर हेर्दा राम्रो हुन्छ होला ।
पक्कै पनि यस मुलुकलाई प्रशासनिक बिभाजन गरि बिकासको लहर गाँउ गाँउसम्म पुर्र्याउनुपर्दछ । योजना र अवसर राजधानी र ठुला शहर बजारमा केन्द्रित गरिनुहुदैन । यो प्रशासनिक बिभाजनको आधार के हुन सक्दछ त भाषा वा भूभागको आधार बिभाजन गरेर अन्य भाषा वा भूभागमाथि अन्याय गर्नुहुदैन ।
सवै जाति सवै भाषा तथा भूभागको बिकास निर्माण हुने गरि बैज्ञानिक बिभाजन गरिनु पर्दछ । जँहा सवै भेषभूषाका मानिसहरूले समान अवसरको सदुपयोग गर्न सकुन ।
४ वर्ण ३६ जातको साझा फूलवारी भनेर भनिन्थ्यो । अहिले यो जातको सङ्ख्या १०० भन्दा बढि हुन गएको छ । एउटै जातमा पनि तलमाथीको भेदभाव छ ।
मानिस ठूलो जातले हुदैन भनेर लक्ष्मी प्रसाद देवकोटा असल ज्ञान दिएकै हुन । यस्तो भए ता पनि आज पनि जातको भेदभाव कायमै छ ।
कम्युनिस्ट तथा काँग्रेसले पनि जातभातको बखेडाबाट उम्कन चाहान्छन् । सैदान्तिक रूपमा उनीहरू मानिसको जात हुदैन सवै एक हो । स्त्री र पुरूष दुई शारिरीक भिन्नता नै मुख्य कुरा हो ।
मानिस मानिसमा समानता छ त्यसैले नै मानिसले मानिसलाई मानिस हो भनेर चिन्दछ । त्यस्तै असमानताहरू पनि छन् । असमानताले नै एक मानिसलाई अर्को मानिससँग फरक तुल्याएको छ । एकले अर्कोलाई चिनजान गर्न सक्दछ । यदि यो असमानता नभइदिएको भए के हुन्थ्यो होला एकछिन कल्पना गरौ त । तपाई जस्तै मान्छे सवै भईदिएको भए कसरी पहिचान हुन्छ ।
एउटै जात बिशेषमा पनि भूभाग अनुसार भाषाको भिन्नता पाइन्छ । तराईका मानिसहरू पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मको भेषभूषालाई हेर्ने हो भने लगभग एककिसिमको छ । भोजपुर भक्तपुर काठमाण्डौ पाल्पा प्यूठानका नेवारहरू जात एउटै भए पनि उनीहरूले भाषा पनि एउटै भएता पनि भिन्नता पाइन्छ । यस्तै हरेक मानव समुदायको भाषामा केहि न केहि भिन्नता रहेकै छ ।
यसकारण बन्न लागेको गणतन्त्र नेपालको सम्बिधानमा सङ्घियताको सम्रचना भाषा वा भूभागलाई मूख्य आधार बनाएर वा भनौ जातियताको आधार गर्नु हुदैन । सवै जातजाति भाषाभाषी भूभागको साझा फूलवारीको रूपमा यसको चित्तबुझ्दो बिभाजन होस । यो बिभाजनले देशको आर्थिक बिकास निर्माण गरोस । आपसी एकता अझ बलियो बनाओस । सांस्कृतिक रूपमा पनि देश अझ धनि होस । देशको प्रशासनिक राजनीतिक बिकास निर्माणका कामको लागि देशलाई ससाना इकाइमा बिभाजन गर्नैपर्छ ।
यससँग सम्बन्धित सामग्रीहरू पढनुहोस


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

मानिस समाजको सवैभन्दा सचेत बर्ग भएकोले (टिप्पणीहरू)आलोचनामा प्रयोग गरिने शब्दहरू सिष्ट र आलोचना गरिएको ब्यक्ति समेत प्रभाबित हुन सक्ने हुनुपर्ने हुन्छ । यस तर्फ सहभागीहरू सचेत भइ मर्यादित (भाषा) हुन अनुरोध छ साथै Massages & Comments को लागि हार्दिक धन्यवाद ।