रविवार, 20 जून 2010

भाषा प्रयोगमा दासताको सवाल

डा तारानाथ शर्मालाई नेपाली भाषामा हिन्दी तथा अङ्ग्रेजी शब्दको प्रयोग भएकोमा निकै चिन्तित देखिनु हुन्छ । आजभन्दा ५४ बर्ष पहिले बहाँहरूले हिन्दी मानेका कतिपय शब्दहरू सायद अहिले हिन्दी नरहेर नेपाली पनि भइ सकेको हुनुपर्दछ । यस तर्फ वहाँको ध्यान गएको छैन् । त्यतिखेर नेपाली भाषाले पचाउन नसेका कतिपय शब्दहरू नेपालीः भाषामा प्रयोग हुनु आपत्ति थियो होला । आज त्यस्ता कतिपय शब्दहरू नेपाली भाषामा विलिन भइसकेका छन् तिनको प्रयोगमा आपत्ति जनाउनुको कुनै मुल्य छैन होला ।

वहाँ कै शब्दमा पनि नेपाली भाषाले नपचाउने हिन्दी र अङ्ग्रेजीका विदेशी शब्दहरूलाई मात्र नेपाली भाषामा प्रयोग नहोस भन्ने मान्यता भएको देखिन्छ । नेपाली भाषाले पचाइसकेका शब्दहरूका बिषयमा केहि आपत्ती छ जस्तो छैन् । रह्यो कुरा कुन शब्द नेपाली भाषाले पचाएको छ र कुन शब्द पचाउन सकेको छैन निर्धारण गर्ने कुरा ।

भाषाको प्रयोग गर्ने कुरालाई वहाँले दासतासँग दाज्नु भएको छ । हाम्रो नेपाली भाषामा कतिपय हिन्दी तथा अन्य भाषाहरू आएर पचिसकेका छन् । कसरी नेपाली भाषामा यसको प्रबेश भयो त ? सबैलाई थाहा भएकै कुरा हो कि नेपालीहरू कामको खोजीमा भारत लगायत विश्वका अनेकौ देशहरूमा भौतारिरहेका थिए छन जसका कारणबाट पनि नेपाली भाषामा यी वहाँहरूले भने जस्ता बिदेशी शब्दको प्रयोग हुन पुगेको होला ।

नसुहाउने किसिमले, अर्थको अनर्थ हुने गरी लक्षित पाठक तथा श्रोताले नै नबुझ्ने गरी भाषाको प्रयोग हुनुहुदैन । होइन भने भाषा भनेको मानव समुदाय बिच बिचार भावनाको आदानप्रदान गर्ने माध्यम नै हो । एक मानव समुदायले अर्को मानव समुदायलाई आफ्नो बिचार र भावना ब्यक्त गर्ने सवालमा सुद्धता स्पष्टता हुनु आवश्यक छ ।

नेपाली भाषा संस्कृति परम्परा भारतबाट प्रभावित छ नै । यसका धेरै कारणहरू हुनसक्दछन् । नेपाली भाषामा हिन्दी तथा अन्य भाषाले जसरी ठाँउ बनाएको छ राजनीतिमा पनि हाम्रा नेता भनाउदाहरू अरूको दासता स्विकार गर्न पछि नपरेको यथार्थता सबैको सामु छ नै ।

नेपाली भाषामा जसरी ‘शब्दप्रयोग, वाक्यगठन र उच्चारणजस्ता भाषाका धुक्धुकी मानिने तत्त्वहरूमा हेल्चेक्र्याइँ गर्दा नेपालीको आफ्नोपन’ नै नरहने भन्दा पनि डरलाग्दो कुरा नेपाली राजनीतिमा नेताहरू सम्पूर्ण रूपमा मित्रराष्ट्रको मुख ताक्नाले नेपाल नै नरहने हो कि भन्ने चिन्ताले ठाँउ लिदै गएको छ । यहाँ के काँग्रेस के कम्युनिस्ट जो पनि केहि समस्या पर्र्यो कि भारतमा गइ हिन्दी नबोली नहुने भएको छ । यो रोगले ग्रस्त नेपाली रजनीतिले कस्लाई कहाँ पुर्र्याउछ यसै भन्न सकिने अवस्था छैन ।

यससँग सम्बन्धित सामग्रीहरू पढनुहोस


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

मानिस समाजको सवैभन्दा सचेत बर्ग भएकोले (टिप्पणीहरू)आलोचनामा प्रयोग गरिने शब्दहरू सिष्ट र आलोचना गरिएको ब्यक्ति समेत प्रभाबित हुन सक्ने हुनुपर्ने हुन्छ । यस तर्फ सहभागीहरू सचेत भइ मर्यादित (भाषा) हुन अनुरोध छ साथै Massages & Comments को लागि हार्दिक धन्यवाद ।