शुक्रवार, 4 जून 2010

फरक बिचारको हत्या,पतनको बाटोमा

हत्या हिंसा अपहरण आदि कार्यको लागि नाम कमाएको यो पार्टीले आफ्ना समर्थकलाई समेत छोडेको छैन । रामहरि श्रेष्ठले एउटा समान्य खालको गल्ती गरेका थिए । आफुसँग भएको रकम राम्रोसँग राख्न नसक्नु भनेको रामहरिको गल्ती होइन । ल मानौ उनले रकम चोरी गर्ने लुकाउने आदि गरे रे ? के उनलाई मार्नु नै पर्छ त ? काठमाण्डौको चुनावमा निकै राम्रो सहयोग गरेका रामहरिले ज्यान सजायको पुरस्कार पाए । के अचम्मको नँया नेपाल भयो बझिनसक्नु छ ।

त्यस्तै केहि दिनदेखि भरतपुरका माओवादी कै समर्थक मानिने भक्तमान श्रेष्ठको पनि हविगत रामहरिको जस्तै होला कि ? शंका गर्ने ठाँउ फराकिलो हुदै गएको छ । आपसी बिवादले गर्दा उनको ज्यान जोखिममा पर्ने कुरा अति नै नराम्रो हो । आफूलाई कम्युनिस्ट भन्नेहरूले यस्ता गैर कम्युनिस्ट चरित्र भए गरेको थाहै पाउदैनन् र भन्दछन कि हामीले हामीभित्रको शत्रुलाई पराजय गर्यौ भनेर । यहि कारणले पनि आफूलाई कम्युनिस्ट भन्नेहरूको पतन निश्चित छ ।

विश्व कम्युनिस्ट आन्दोलनमा पनि यस्ता खालका घटनाहरू नघटेका होइनन् । समान्य खालका विवादलाई पनि तिललाई पहाड बनाएर जाईलाग्ने गरेका प्रसस्त उदाहरणहरू पाइन्छन् । संसदीय बाटो अङ्गालेको एमालेमा पनि मान्छे कै (रामहरि जस्तै) हत्या नै नगरे पनि बिचारको हत्या गरिएको छ । फरक बिचार राख्नु भनेको आफू फाँसीमा लटकिनु जस्तै हो, भएको छ, यस्तो अहुनु पर्ने हो । किन यस्तो भएको छ त ? स्वतन्त्रता स्वाभिमानी इमान्दारीता लगनशीलता ब्यक्ति र पार्टीभन्दा माथि उठेर समाजको उन्नतीमा लाग्ने प्रतिबद्धता मानव अधिकार नारी हक हित अधिकारी भन्ने कुरा कुरा मात्रै नै हुन कि ?

भक्तमान माओवादी समर्थक नै हुन मात्र फरक के थियो उनी फरक बिचारका । फरक बिचारको हत्या कम्युनिस्टहरूको चरित्र हो भन्नमा अतिशयोक्तिपूर्ण नहोला । फरक बिचारको सम्मान गर्न सक्यौ भने कम्युनिस्टहरूको भविष्य सुन्दर सुनिश्चित हुनेछ । फरक बिचारको सम्मान गर्न सिकौ असल कम्युनिस्ट बनेर बनौ ।

यससँग सम्बन्धित सामग्रीहरू पढनुहोस


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

मानिस समाजको सवैभन्दा सचेत बर्ग भएकोले (टिप्पणीहरू)आलोचनामा प्रयोग गरिने शब्दहरू सिष्ट र आलोचना गरिएको ब्यक्ति समेत प्रभाबित हुन सक्ने हुनुपर्ने हुन्छ । यस तर्फ सहभागीहरू सचेत भइ मर्यादित (भाषा) हुन अनुरोध छ साथै Massages & Comments को लागि हार्दिक धन्यवाद ।