“कम्युनिस्ट, क्रान्तिकारी” हुनका लागि के कसैको ज्यान लिनु पर्दछ । के कसैको ज्यान लिइएन भने त्यो ‘क्रान्तिकारी’ होइदैन, ‘कम्युनिस्ट’ होइदैन । जनयुध्दको नाममा धेरैले अनाहकमा ज्यान गुमाइसकेका थिए भने उनीहरू शान्ति प्रक्रिया आइसकेपछि पनि ज्यान गुमाउने क्रम रोकिएको छैन । यो कहिलेसम्ममा रोकिन्छ । यसको जवाफ हालमा प्रचण्डले तथा उनको एमाओवादीले दिनु पर्दछ । जवाफ मात्र होइन उनले यो कुकर्मलाई समयमा नै सच्याउनु पर्दछ । होइन भने जनता मार्ने कार्यकर्ताले कुनै दिन प्रचण्ड तथा अरूहरूलाई पनि तारो बनाउन सक्दछन् ।
हत्या हिंसा आतंक धम्की चन्दा करकाप जवर्जस्ती नै “मार्क्सवाद” हो भने यि कम्युनिस्टहरूलाई तिरस्कार गर्नु बाहेक नेपाली जनताको अगाडी अरू केहि उपाय छैन, होइन भने यिनीहरू सवैले जनता सताउने, चन्दाको नाममा हत्या हिंसा जवर्जस्ती गर्ने काम जुनकुनै बाहानामा पनि गरिनु हुदैन ।
सत्ता नपाउन्जेल ‘सत्ता प्राप्त गर्नका लागि’ भन्ने सत्तामा पुगेपछि अब के का लागि यस्ता क्रियाकलाप हुन्छ त ? सत्तामा पुगेपछि गरिब जनताको सबकुछ ठीक पार्छौ भन्नेहरूले अहिले पनि गरिब जनताको कुनै काम नगरि खाली तिनै गरिबहरूलाई सताउने काम भइरहेको छ । कति दिनसम्म यिनको झूठलाई पत्याइरहने ? आफूलाई ‘कम्युनिस्ट’, ‘गरिबको पक्षधर’, ‘सर्वहारावादी’ भन्नेहरुले सोच्ने बेला आएन र?
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें
मानिस समाजको सवैभन्दा सचेत बर्ग भएकोले (टिप्पणीहरू)आलोचनामा प्रयोग गरिने शब्दहरू सिष्ट र आलोचना गरिएको ब्यक्ति समेत प्रभाबित हुन सक्ने हुनुपर्ने हुन्छ । यस तर्फ सहभागीहरू सचेत भइ मर्यादित (भाषा) हुन अनुरोध छ साथै Massages & Comments को लागि हार्दिक धन्यवाद ।