कमरेडहरु साच्चै कम्युनिष्ट समाजको सचेत बर्ग हो त? त्यसो भए ब्यक्तिगत लाञ्छना र अझ बिना कारण ब्यक्तिगत चरित्रहत्या को प्रयोग कम्युनिष्टको लागि सुहाउने कुरा हो त? पक्कै होइन होला। अझ नेपाल जस्तो देशमा नारीमाथीको गलत शब्द प्रयोग के उचित र क्रान्तिकारिता हो त? आर्यघाटका कुरा या फलानो चोर भन्ने कुरा त्यति गहिरो शब्द होइन तर बिद्या तेरो सिन्दुर खोइ फल्नो मान्छे तेरो पोइ भनेर किट्नु के क्रान्तिकारिता हो? बिना प्रमाण हाबादारी बोल्नु के प्रगतिशिल हुनु हो? अनि सुजाता कोइराला भारत तिर पोइल जा भन्ने अधिकार कसले दियो? होला सुजाता र बिद्या खराब होलान तर उनिहरुलाइ गालि गर्न सभ्य शब्द थिएनन र? अनि किन मानबताको निकृष्ट तहमा पुगेर नारा भट्याइयो कमरेडहरू?
कम्युनिस्टको नाममा देश बेचेवा राष्ट्रीयता बिरोधी कोशी गणडकी नदीनाला बेच्ने भनेर काँग्रेसलाई माले एमालेले भनेरै सत्तामा पुगेको हो । सत्तमा पुगेर उनीहरूले पनि टनकपुर बेचे अर्थात भारतलाई सुम्पे। त्यतिमात्र होइन भारतको इमान्दार आज्ञाकारी भएर आफ्नो पहिचाहन दिईरहेका छन् । असल मित्रको पहिचाहन दिने त ठिकै हो तर…………………।
भन्नुहोला भिडमा जे पनि हुन्छ भनेर। तर समाजका सभैभन्दा सचेत ब्यक्तिले यस्तो असभ्यहरूको भिड किन जम्मा गरियो ? कम्युनिष्ट पार्टीको कार्यकर्ता हुदैमा कम्युनिष्ट भइदैन । कम्युनिष्ट बन्न उच्च क्रान्तीकारी नैतिकता र संस्कारको आबस्यकता पर्छ। मनमा जे आयो त्यहि बोलेर क्रान्तिकारी भइदैन ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें
मानिस समाजको सवैभन्दा सचेत बर्ग भएकोले (टिप्पणीहरू)आलोचनामा प्रयोग गरिने शब्दहरू सिष्ट र आलोचना गरिएको ब्यक्ति समेत प्रभाबित हुन सक्ने हुनुपर्ने हुन्छ । यस तर्फ सहभागीहरू सचेत भइ मर्यादित (भाषा) हुन अनुरोध छ साथै Massages & Comments को लागि हार्दिक धन्यवाद ।