सरकारका प्रबक्ताले आफ्नो १ बर्षे उपलब्धीहरूको नालीबेली प्रस्तुत गरेका छन् । यो नालीबेलीमा थुप्रै कुराहरू होलान । हाँसो उठदो कुरा त के छ भने युनिटी नामक ठगीको बदनाम संस्थालाई अन्तर्राष्ट्रिय वायुसेवा उडानको स्वीकृति दिएकोलाई पनि उपलब्धीमा नै राखेका छन् । कुनै कुराको निर्णय हुनु नै उपलब्धि हव भनेर भनिन्छ भने यो भन्दा लाज लाग्ने कुरा के ने हुन सक्दछ र ? त्यसमा पनि सरकारले ठगीको नाममा कारवाही चलाइरहेको संस्थालाई । सरकारले लाखौ मानिसलाई धोका दिएर लोभ देखाएर सरकारलाई समेत कर नतिरेर जालसाक्षी गरेर अरवौ रूपिया बिदेशी बैंकमा राखेर अबैध कारोकार गरेको यस्तो संस्थालाई इजाजत दिनु गल्ती गरियो भनेर भनेर जनता सामु भन्नु पर्ने होइन र ? अझ यसका मुख्य सञ्चालकहरू नै सरकारको सम्पर्कमा आउन समेत चाहेका छैनन् ।
हामीले बिश्वास गरेका नेताहरू यस्तै नाकामहरू गरेर जनतालाई भ्रमित तुल्याएका छन् । यसमा गर्व गर्नु भनेको त जनतालाई ठगी गर्ने काममा गर्व गर्नु नै हो होइन र ? एकछिन सबैले बिचार गरौ है ।