शुभकामना / सन्देश / श्रध्दाञ्जली लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं
शुभकामना / सन्देश / श्रध्दाञ्जली लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं

गुरुवार, 6 अक्टूबर 2011

बियजादशमी एवँ दिपावलीको शुभकामना।

२०६८ सालको बिजयादशमी एवँ दिपावलीको उपलक्ष्यमा सम्पूर्ण देशबासी तथा ब्लगप्रेमीहरूमा हार्दिक शुभकामना ब्यक्त गर्न चाहान्छौ। यस वर्पले नेपाल र नेपालीको उत्तरोत्तर प्रगति देशमा शान्ति समयमा नै संबिधान निर्माणको कार्य भइ देश बिकास तर्फ अघि बढोस।नेताहरूको सदबुद्धी आओस । श्री दुर्गा भवानीले हामी सबैको रक्षा गरून। यहि कामना गरौ।

अगाडी पढने की ? >>

मंगलवार, 17 मई 2011

जेष्ठ ०३ २०६८ को उपलक्ष्यमा।

आज २६५५औ बुद्ध जयन्ती। आज कै दिन २०५० सालमा एमालेका तत्कालीन महासचिव मदन कुमार भण्डारी र सङ्गठन प्रमुख जिव राज आश्रितको हत्या भएको दिन।
एकै दिन परेको यस बर्षको ३ जेष्ठ यसकारण पनि महत्वपूर्ण भयको छ।
आजै माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराइलाई उनका प्रचण्ड पक्षका कार्यकर्ता बर्तौलाले ज्यान लिने कुराको पनि जानकारी आएको छ।
हिंसा हत्याको बिरोध गर्ने अहिंसावादी बुद्धको सन्देश संसार भर फैलिरहेकोमा आफूलाई अब्बल दर्जाका कम्युनिस्ट भनेर नथाक्ने यीनीहरू सामान्य बिबादमा पनि ज्यान मार्ने सम्मका बिचार मनमा लिएर जिवन बिताइरहेका छन।
मदन कुमार भण्डारी र जिव राज आश्रितको हत्या पनि यस्तै यस्तै भावना बोकर हिडनेहरूबाट नै भएको होला।
बुद्धलाई आदिम साम्यवादी भनेर पनि यदाकदा पाइन्छ। बुद्धत्वको बिरोधमा नै आफूलाई कम्युनिस्ट भन्नेहरूले हत्या हिंसा मचाइरहेका छन्। भौतिक रूपमा मानसिक रूपमा दुवै रूपमा आफ्नो बिचारको बिरोधमा जाने चाहे त्यो मार्क्सवादी नै किन नहोस हत्या हिंसामा जाइ लागेका सयौ उदाहरण छन्। बामदेव सिपी मैनाली पुष्पलाल लगायत कैयौ कम्युनिस्टहरूलाई एकले अर्कोलाई गद्धार दलाल भ्रष्टचारी भन्दै आएको इतिहास साक्षी नै छ।
कुन कम्युनिस्ट कति पानीमा छ त भन्ने कुरा उनीहरूले गर्ने गरेका काम कर्वाहीले नै प्रष्ट हुदैन र। नाता गोता भएसम्म अन्य कसैको पनि काम हुदैन। डिकेन्द्र राजबंशीले एमालेको बल्खु दरवारमा केपी ओली भिम बहादुर रावल माधव कुमार नेपाल लगायतकाले गरेको दुर्ब्यहारका कारण गरेको आत्महत्याले नै उनीहरूको वास्तविक अनुहार देखाउदैन र।
जे होस आजको यस बुद्ध जयन्तीको अवसरमा तमाम बुद्धमार्गी लगायत नेपाल र नेपालीमा शान्तिको कामना गरौ। सबै नेता कार्यकर्ताले मुलुकको भलो चितायर काम गरून।
साथै कम्युनिस्ट चरित्र जे भए पनि आज कै दिन हत्या गरिएका नेता मदन कुमार भण्डारी प्रति पनि हार्दिक श्रद्धाञ्जली दिन चाहान्छौ।

अगाडी पढने की ? >>

शनिवार, 7 मई 2011

शुभकामना।

२०६८ को शुभबिहानीमा सम्पूर्ण देश बिदेशमा रहनुहुने दाज्यूभाई दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछौ।
यस नँया बर्षले देशमा शान्ति ल्योओस।हामीहरूमा एकता भातृत्व कायम होस। अझ बढि जोस र जाँगरबाट काम गरौ। यही शुभकामनाका शब्दहरू सबै बाडौ। 

अगाडी पढने की ? >>

बुधवार, 13 अप्रैल 2011

नँया वर्षको शुभाम्भको अवसरमा शुभकामना।

भोलिदेखि शुरू हुने नँया वर्ष २०६८ शुभारम्भको अवसरमा देश बिदेशमा रहनु हुने नेपाल र नेपाली सस्कृतिसँग परिचित तमाम दाज्यू भाई दिदिबहिनीहरूमा नँया वर्षले जोश जाँगर उत्पन्न गरून भन्ने कामनाका साथ उत्तरोत्तर प्रगतिको लागि सफल बनोस भनि हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछौ। साथै नेपालको कुरा गर्दा २०६८ साल नँया संबिधान घोषणा हुने भएकोले सबै आशावादी हुनु स्वभाविक नै हो। त्यो कुरा पुरा होस। देशमा शान्ति छावोस। बिकाश निर्माणका कामहरू होउन। नँया वर्षले सबैलाई सदबुद्धि प्रदान गरून। दिमागले काम नगरेको भए पनि यी शब्दहरू पढेर सहि दिमाग होस यहि कामनाका साथ नँया वर्ष शुभ होस हामी सबैको लागि। 

अगाडी पढने की ? >>

शुक्रवार, 4 मार्च 2011

कृष्ण प्रसाद भट्टराईप्रति हार्दिक श्रद्धाञ्जली।।

भूतपूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको ८७ वर्षको उमेरमा निधन हुन गएकोमा वहाले २०३६ २०४६ पछिका परिवर्तनमा देश र देशवासीमा गरेको सेवाप्रति सस्मरण गर्दै वँहाको आत्माले शान्ति पाओस भन्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै  शोकाकुल देशवासीमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछौ।

अगाडी पढने की ? >>

बुधवार, 13 अक्टूबर 2010

शुभबिजया दशमी तथा शुभदिपावलीको शुभकामना।

२०६७ सालको बडादशै, शुभ-दिपावली, नेपाल सम्वत ११३१ तथा छठ पर्वको उपलक्ष्यमा सम्पूर्ण नेपाली तथा यसमा पाल्नु हुने मित्रहरूमा देशमा सुख शान्ती छाओस् भन्ने कामनाका साथ हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्न चाहान्छौ।

अगाडी पढने की ? >>

सोमवार, 17 मई 2010

मदन आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

२०५० जेठ ३ गते पोखराबाट चितवनका लागि गाडिमा सवार मदन आश्रित चितवनको दासढुङ्गामा रहस्यमय मृत्यूमा परी भौतिक शरीर त्याग गरेको आज १७ बर्ष पुग्यो । त्यसवेला भनिएको थियो टनकपुरको कारणले उनको शरीर जोखिममा पर्र्यो भनेर । आज वहाँ कै दल तथा बहुदलिय जनवादको नाममा हालिमुहाली चलिरहेको छ । हत्याका एक मात्र साक्षी अमर लामाले पनि देह त्याग गरि सकेका छन् । उनको वर्षको यसै अवसरमा बल्खुदरवारमा स्मृति सभा हुने गर्दछ । एमालेका कम्युनिस्टहरू उनको गुणगान पनि गाउने गर्दछन् ।

हत्याराहरू पत्ता लगाइ सत्यतथ्य जनसमक्ष ल्याउने काम अधुरै छ । गृह्य मन्त्री पनि भए प्रधानमन्त्री पनि भए । कहिले होला जनताको इच्छा पुरा हुने । आजकाल त यो कुरा कसैले पनि भनेको पाइदैन् । उनको गुणगान गाइन्छ हत्या गर्नेलाई लुकाइन्छ ।

यसै अवसरमा उनीहरूको सम्झनामा श्रद्धाञ्जलीका यी शब्दहरू ब्यक्त गरिएको छ ।

अगाडी पढने की ? >>

शुक्रवार, 9 अप्रैल 2010

नव वर्षारम्भको शुभकामना !

सदा झै २०६६ साल वित्न थालेको छ । २०६६ साल कति बडो राम्रो पनि भएको होला । धेरैलाई यो अनिष्ठ नै भयो । २०६६ सालले हामीलाई बिदा गर्दै छ र २०६७ सालले स्वागत गर्न तम्सिरहेको छ । यस अवसरमा सम्पूर्ण देश बिदेशमा रहनु हुने शुभचिन्तक ईष्टमित्र दाज्यू भाई दिदि बहिनी र सम्पूर्ण नेपालीमा शुख शान्ति समुन्नतीको कामना गर्दै २०६७ सालले नँया जोस जाँगर र उत्साह थपोस भन्ने कामना गर्दै हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

अगाडी पढने की ? >>

बुधवार, 24 मार्च 2010

कानू सान्याल प्रति श्रध्दाञ्जली

उनको आत्माले शान्ति पाओस! हार्दिक श्रध्दाञ्जली ।

 clip_image001कानू सान्याल एक मार्क्सवादी लेनिनवादी नेता थिए । उनी भारतको नक्सलवाडी जिल्लामा जमिन्दारको बिरूध्द आन्दोलन गरेर आएका थिए । भारतको गणतन्त्र सरकारले उनका साथी चारू मजुमदारलाइ मारेका थिए । पछिल्लो समयमा उनी बिरामी भइ सहाराहिन हुन पुगेका थिए होलान सायद यही कारणले उनले ७८ बर्षको उमेरमा आफूलाई हत्या गरे । यो दुखद् समाचारले हामीलाई दुखित बनाएको छ । एउटा मार्क्सवादीले जीवनदेखि हार मानेर आफूलाई हत्या गर्ने सम्मको अवस्थामा आई पुग्नुले बाँकी मार्क्सवादीलाई आफ्नो जीवन शैली र बिचारमा केहि त्रुट्टी छ कि ? भौतिकतामा बढि बिश्वास गर्ने कम्युनिस्टहरूलाई आफू स्वयंलाई हत्या गर्नुले दुनियाका कम्युनिस्टहरू आफ्नो ब्यवहार गलत छ यसलाई सुधार्नु पर्छ भन्ने सन्देश त दिन खोजेका होइनन उनले ।
'नक्सलादवाद' शब्द माथि उनको घोर आपत्ती थियो किनभने नक्सलवाडीमा जुन आन्दोलन भयो त्यो एउटा ठाँउको नाम थियो; त्यो कुनै वाद थिएन यदि वादको खोजी गर्ने हो भने त्यहा मार्क्सवाद, लेनिनवाद र माओत्सेतुङ्ग थियो । रूसमा क्रान्ति भएको थियो कसैले त्यसलाई रूसीवाद भनेन ? रूसीवादी पनि भनेन । त्यसैले नक्सलादवाडीमा जुन आन्दोलन भयो त्यो नक्सलादवादी होइन कि मार्क्सवादी लेनिनवादी माओत्सेतुङ्ग बिचारले भएको आन्दोलन थियो ।

अगाडी पढने की ? >>

शनिवार, 20 मार्च 2010

हार्दिक श्रध्दाञ्जली


भूतपूर्व प्रधानमन्त्री स्वर्गीय श्री गिरिजा प्रसाद कोइरालाको ८६ (बि.स‌. १९८१-२०६६ ) वर्षको उमेरमा, मुलुकमा शुरू भएको शान्ति प्रकृयालाई भावि सन्तानको जिम्मेवारीमा छोडी, यस सँसारबाट स्वर्गारोहण हुनुभएकोमा, यस शोकको घडीलाई शक्तीमा कदली, सच्चा देशभक्तीपूर्ण भावनाले काम गरौ, यही नै वँहा प्रतिको सच्चा हृदयले श्रध्दाञ्जली अर्पण गरेको हुनेछ भन्ने कामनाका साथ वहाँ प्रति हर्दिक श्रध्दाञ्जली अर्पण गर्दछौ ।

स्वर्गीय गिरिजा प्रसाद कोइराला प्रति हार्दिक श्रध्दाञ्जली
स्वर्गीय गिरिजा प्रसाद कोइरालाको ६० बर्षे राजनीतिक जिवनका महत्वपूर्ण घटनाहरूमा पछिला दिनहरू निकै महत्वपूर्ण छन । मेलमिलापको निति लिएर वीपी कोइराला निर्वासन त्यागी देशमा प्रवेश गरे यता कम्युनिस्ट प्रति शंकाको नजरबाट हेरिरहेकाले 'माले, मशाले, मण्डले' एकै हुन भनि घृर्णा गर्ने संबैधानिक राजतन्त्रका पक्षपाति काँग्रेस र नेता गिरिजा प्रसाद कोइराला राजा बिरेन्द्रको बंशनास हुने गरि भएको हत्याको प्रत्यक्ष अनुभव गरेका तत्कालिन अवस्थाका प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई नँया राजाको माघ १९ २०६१ सालको सत्ता आफ्नो हातमा लिने कदम पछाडी संबैधानिक राजतन्त्रको बिरूध्दमा गणतन्त्रको पक्षमा उभिन बाध्य तुल्यायो । यिनको जिवनको महत्वपूर्ण घटना मध्येको सर्वाधिक महत्वका घटना हुन ।


मेलमिलापको निति अनुसार राजासँग राष्ट्रियताको सवालमा मिलेर जाने थियो । तर राजा बिरेन्द्रको हत्या पछिका दिनहरू काँग्रेसको मेलमिलापलाई सहयोग हुने किसिमबाट नभएर पार्टीहरू लत्याउने खालका गतिबिधिका राजाबाट भएकाले देशका अन्य खास गरि कम्युनिस्टहरूसँग मेलमिलाप हुन गयो । यहि मेलमिलापको कारणबाट २४० बर्षसम्म शासन गरेको शाह बंशिय राजतन्त्र यस मुलुकबाट शासन सत्ता छोडनु पर्र्यो ।

२०६२ मार्गमा भएको १० बर्षे शशस्त्र युध्द गरिरहेको नेपालको एक कम्युनिस्टको एउटा समुहसँग १२ बुँदे सहमति गरि २०६२।६३ को सम्युक्त जनआन्दोलन शुरू गरेपछि यिनको हरेक शब्द सहमति एकता र सहकार्य हुन गएको थियो । सहमति एकता र सहकार्यबाट हरेक काम गरौ भन्दा भन्दै सम्बिधानसभाको निर्वाचनबाट बनेको सभाले नँया सम्बिधान बनाउन नपाउदै उनको २०६६ चैत्र ७ शनिवारका दिनमा स्वर्गारोहण भयो ।

स्वर्गीय गिरिजा प्रसाद कोइरालाले सहमति, एकता र सहकार्यको सन्देश भावि पिढिलाई दिएर यस सँसार छोडेका छन । हामी सवै सहमति, एकता र सहकार्यबाट नै नेपालको बिकास निर्माण गर्दै नँया नेपाल बनाउनु पर्छ । वहाँले बाँकी राखी गएका कामहरू यथासम्भव शिघ्र सम्पन्न गरेर जानुमा नै वहाँ प्रतिको वास्तविक रूपमा श्रन्ध्दाञ्ली हुन जानेछ ।

सहमति एकता र सहकार्यको लागि पार्टीगत राजनितिभन्दा माथि उठेर देशको लागि नँया नेपालको लागि सबै केहि न केहि त्याग गर्नै पर्छ । यस्तो त्याग गर्न सक्यो भने पक्कै पनि हामी बिच सहमति एकता र सहकार्य हुन सक्दछ । नेपालका सबै जसो राजनितिक पार्टीहरूले यस घडीमा आफ्नो हठ घमण्ड छोडी त्याग तपस्या गरी सहमति एकता र सहकार्य अपनाउनेछन नँया नेपाल बनाउने छन । यस्तो भावनाका साथ काम गर्र्यो भने मात्र स्वर्गीय गिरिजा प्रसाद कोइरालाको आत्माले शान्ती पाउने छ । हामी सबैको सदबुध्दी आओस । स्वर्गीय आत्माले शान्ती पाउन ।  

अगाडी पढने की ? >>

रविवार, 7 मार्च 2010

अन्तराष्ट्रिय नारी दिवस

०८ मार्चलाई विश्वले अन्तराष्ट्रिय नारी दिवसको रूपमा मान्दै आएको १०० बर्ष पुगेको छ । नारीहरू पनि पुरूष समान हुन समान कामको समान ज्याला मतदानमा अधिकार आदि समानताका मान्यताहरू बोकेका नारी आन्दोलनले उठाउदै आएका बिषयहरू हुन ।
हाम्रो मुलुकमा नारीले नारीलाई नै अन्याय गरेका प्रसस्त उदाहरणहरू छन् । कतिपय नारीपक्षधर नेतृहरू नारी माथी पुरूषले अन्याय गरेको छ भन्ने भ्रममा परेको पाइन्छ । हो नारी माथी पुरूषले अन्याय गरेको छ । विवेक गुमाएको छ । यो काममा एउटी नारी माथी पुरूषलाई अन्याय गर्न सहयोग गर्ने भुमिका अर्की नारीले नै गरेकी हुन्छे । उसले म जस्तै नारी हो उसलाई परेको दुःख मलाई जस्तै नै हो भन्ने सोच नभई सहयोगी बन्छे । एउटि नारी माथी सौता बनेर आउने । महिलालाई यौनब्यवसायमा लगाउने काम कतिपय ठाँउमा नारीहरूले नै गरेको पाइन्छ ।
नारी दिवसको यस अवसरमा नारी तथा पुरूष यस्ता कुकर्म गर्नेहरूलाई सहि बाटोमा ल्याउने उनीहरूलाई सजाय गर्ने काममा सफलता मिलोस हामी सफल होऊ यहि नै शुभकामना ।

अगाडी पढने की ? >>

शनिवार, 27 फ़रवरी 2010

होली पर्वको शुभकामना

यस पर्वलाई मित्रताको पर्वको रूपमा मनाऊ सभ्यता र सुसस्कृतिको परिचय दिऊ यहि नै शुभकामना सम्पूर्ण होलीप्रेमीहरूमा ।

अगाडी पढने की ? >>

रविवार, 14 फ़रवरी 2010

प्रेम दिवसको सन्दर्भमा

प्रेम भनेर यस दिवस मनाउने चलन सायद हाम्रो परम्परा होइन होला । जे भए पनि हाम्रो नेपाल र हामी नेपालीमा यस दिनको निकै चलन चलिसकेको छ खास गरिकन पढेलेखेका शहरिया युवा पिढीमा ।
यो संसार एक किसिमको प्रेममा नै अडिरहेको छ जस्तो लाग्दछ। बुवा आमा दाज्यू भाई दिदि बहिनी छरछिमेकी साथीभाई इष्टमित्र परिवारमा एकआपसमा माया प्रेम हुन्छ । आत्मियता हुन्छ।
आजभोली हामीकँहा चलेको राजनितिक कुसँस्कारले हामीबिचको प्रेम प्रेम नरहेर शत्रुतामा परिणत भएको पनि देखिन लागेको छ । प्रेम दिवसले हामी सवैलाइ मित्रताको सन्देश दिन सफल होस यहि शुभकामना ।

अगाडी पढने की ? >>

गुरुवार, 14 जनवरी 2010

आज माघी पर्व ।

२०६६ साल माघ १ गते माघी पर्वको उपलक्ष्यमा सम्पूर्ण थारू समुदायमा सुःख शान्ति तथा सम्बृध्दीको हार्दिक शुभकामना  ।

अगाडी पढने की ? >>

गुरुवार, 31 दिसंबर 2009

शुभकामनाहरूः

सम्पूर्ण हाम्र पाठकहरू, शुभचिन्तकहरु र हाम्रो देशलाई माया गर्ने सम्पूर्ण देश बिदेशमा रहनुहुने नेपाली दाजूभाई दिदी बहिनीहरुमा नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना । नयाँ वर्ष २०१० आगमन सुरु हुदै छ। यसले सम्पूर्णमा सुःख शान्तीको सन्देश दिन सकोस भन्ने कामना गर्दछु ।

अगाडी पढने की ? >>