सुस्वास्थ्य लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं
सुस्वास्थ्य लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं

रविवार, 14 फ़रवरी 2010

ए निगेटिभ र बी पोजेटिभ भनेको के होला ?

सबैको रगत उस्तै हो भने पनि चिकित्सा विज्ञानमा मानव शरीरमा पाइने रगत एक अर्कामा ठ्याक्कै मिल्दैन । रगतको रातो रक्तकोषमा पाइने प्रोटिनमा हुने फरकले गर्दा यस्तो हुन्छ । रक्त समुहको वर्गीकरण गर्दा ABO System सवैभन्दा महत्वपूर्ण हो र यस अनुसार मानव रगत A, B, AB तथा O समुह हुन्छ । ब्यक्तिको रगत जुन समुहको हुन्छ, त्यसैको नाम दिइन्छ । त्यसै गरी प्रसुति सेवामा Rh (Rhesus) हुनु नहुनु महत्वपूर्णा हुन्छ । रक्त प्रकारमा Rh factor छ भने त्यसलाई Rh­­­­­+ve (Rh Positive) र छैन भने Rh-ve (Rh Negative) भनिन्छ । मानौं कसैको रगत A समुहको छ र Rh factor छैन भने त्यसलाई A-ve (A Negative)भनिन्छ । त्यसैगरी B समुहको छ र Rh factor छ भने B+ve (B Positive) भन्ने गरिन्छ ।

अगाडी पढने की ? >>