कम्युनिज्मवारेमा लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं
कम्युनिज्मवारेमा लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं

रविवार, 14 अगस्त 2011

कम्युनिस्ट र मानिस।

हेराल्ड जोसेफ लास्कीका अनुसार "२५ वर्षसम्म कम्युनिस्ट नहुने मानिस त्यो मानिस होइन, २५ बर्षपछि माथि पनि कम्युनिस्ट भइरहने मानिस त्यो मानिस होइन।"

अगाडी पढने की ? >>

सोमवार, 3 मई 2010

सच्चा कम्युनिस्ट को ?

सवै नेता कार्यकर्ता आपसी मुठभेडमा लागिरहेको वर्तमान अवस्थामा आपसी मुठभेड त्यागी देश निर्माणमा लाग्न प्रेरित गर्नेहरू नै वास्तवमा सच्चा देशभक्त मान्न सकिन्छ । यसै सन्दर्भमा एमालेका वरिष्ठ उपाध्यक्ष कमरेड वामदेव गौतमले आफ्नै दलको नेता माधव कुमारले राजिनामा दिएर यो चालु भइ रहेको मुठभेडको अन्त्य गर्ने काममा सहयोग गर्न उपर्युक्त हुने बिचार ब्यक्त भएको छ । सच्चा देशभन्क्त राजनेताले आफ्नो र पार्टीको स्वार्थ हेर्दैन उस्ले देश र जनताको लागि सोच्दछ । एमाले पार्टीभित्र प्रधानमन्त्रीको राजिनामाको माग सहित पृथक शैलिबाट जनता र देशको हितको लागि आवाज बुलन्द गर्ने यो स्वाभिमानी समुह राष्ट्र र जनता प्रति ईमान्दार र बफादर रहेको प्रमाण हो । यसरि नै हरेक पार्टीका देशभक्त जनप्रेमी नेपालीहरुले आफ्नो राष्ट्र र जन्ताको स्वाभिमानको रक्षा गर्न सिक्नु पर्छ । देशको शान्ति र सम्बिधानलाई बिदेशीको बन्धक बनाउने काम गर्नु हुदैन ।

कमरेड वामदेवले यो आफ्नो बिचारलाई दलमा जोडदारले राख्नु पर्दछ । प्रधानमन्त्री बनाइएका माधव कुमारले पनि आफूलाई पार्टीगत तथा ब्यक्तिगत स्वार्थभन्दा माथी उठाएर समस्याको निकास दिनुमा नै उपर्युक्त हुनेछ ।

एमाओवादीहरूले घमण्ड त्याग गरि जनताले ब्यक्त गरेको सवभन्दा ठूलो दलको भुमिका निर्वाह गर्न नै उपर्युक्त हुन्छ । एमाओवादीले बिचार पुर्र्याउने कुरा के हो भने स्पष्ट बहुमत नभएको वरतमान अवस्थामा कुनै पनस काम एक्लै हुन सक्दैन । त्यसो भएकोले जुनकुनै काम पनि सहमति सहकार्य र एकताबाट नै गर्नु पर्छ । एमाओवादीले सहि जनताको पक्षमा काम गरे पनि अन्य सहयोगी दलसँग आवश्यक परामर्श भएन भने त्यो काम असफल हुन्छ । यसकारण आपसी छलफल सहमति सहकार्य हुन जरूरी छ ।

पार्टी, राज्य, सरकार, सेना, प्रहरी, हात हतियार नै नभएको, स्वचालित समाजको, त्यो उच्चतम अवस्था जसलाई साम्यवादी समाज भनेका छन को परिकल्पना गर्ने कार्ल मार्क्सका अनुयायी मान्ने कम्युनिस्टहरू अहिल्यै देखि नै पार्टीगत स्वार्थ ब्यक्तिगत स्वार्थ भन्दा माथी उठेर देशको उन्नतीका लागि समाजको बिकासका लागि साम्यवादी समाजको स्थापनार्थ इमान्दारीका साथ लगनशील भएर लाग्नु पर्ने हो त्यो भइ रहेको छैन । साँचो अर्थमा कम्युनिस्ट उनी नै हुन जसले पार्टीगत स्वार्थ ब्यक्तिगत स्वार्थ त्यागी समाजलाइ सर्वोपरी ठान्दछन् ।

अगाडी पढने की ? >>

रविवार, 14 फ़रवरी 2010

कम्युनिज्मवारेमा केही शब्दार्थ

एउटा कम्युनिस्ट हुँ भन्नेले अर्को कम्युनिस्ट हुँ भन्नेलाई लगाउने गरेका आरोप प्रत्यारोपहरूको शब्द अर्थ परिभाषालाई यँहा उल्लेख गर्न खोजिएको छ ।
संशोधनवाद: आफूलाई शुध्द मार्क्सवादी भन्नेहरूले अन्य कम्युनिस्ट हुँ भन्नेहरूलाई संशोधनवादी भन्ने गर्दछन् । उनीहरूका अनुसार संशोधनवाद भनेको मार्क्सवादको मार्क्सवादी सिध्दान्तको तोडमरोड गरि विकृत रूपमा लिनु पूंजिपति सामान्तहरूलाई बचाऊ गर्ने गरि सिध्दान्तलाई सुधार गरि यहि नै मार्क्सवाद हो भनि ब्यख्या गर्नुलाई नै संशोधनवाद भन्ने गर्दछन् । यसलाई सुधारवाद अथवा सुधारवादी पनि भनेको पाइन्छ ।
वामपंथी कम्युनिज्म या दुस्साहसवाद (उग्रवाद): कम्युनिस्टहरूले एकले अर्कोलाई लगाउने गरेको आरोपमा उग्रवाद पनि हो । उग्रवाद अनुसार ब्यक्ति आफ्नो वास्तविक शक्ति भन्दा बढि साहस गर्नु जमिन्दारको जग्गा कब्जा गर्नुपर्दछ धनि गरिवहरूलाई शोषण गरेर नै धनि भएका हुन त्यैसैले उनीहरूले जम्मा गरेको सम्पत्ती कब्जा गर्नुपर्दछ जग्गा जमिन किसानहरूलाई बाँडनु पर्दछ । नेपालको सन्दर्भमा पञ्चायती शासकहरूले हालको एमाले मध्येको एउटा ग्रुपलाई उग्रवादी भनेर कैयौँ युवाहरूलाई हत्या गरेको थियो भने २०५१ साल पछाडि माओवादीलाई काँग्रेस एमालेले उग्रवादीको आरोप लगाईरहेका छन् ।
साम्यवादः मार्क्स एङ्गेल्सका अनुसार साम्यवाद भनेको समाजको त्यो अवस्था हो जँहा मानिसहरू नैतिकवान हुन्छन् । आफ्नो काम आफैले स्वचालित रूपमा आफ्नो कर्तब्य सम्झेर गर्दछन् । कसैले कसैलाई अन्याय अत्यचार गर्दैन् । त्यस्तो अवस्थामा राज्य भन्ने नै हुदैन । सेना, प्रहरी, जेल, बन्दुक, गोली, हतियार आदि आवश्यक पर्दैन । योग्यता अनुसारको काम सवैले गर्दछन काम अनुसारको जीवन जिउनका लागि आवश्यक कुराहरू आपसी समझदारीमा बाँडेर लिनुपर्दछ भन्ने मान्यताका आधारमा साम्यवादको कल्पना गरिएको हो । मार्क्स, एङ्गेल्स, लेनिन, स्टालिन, माओ लगायत विश्वका लगभग सवै देशमा साम्यवादको कल्पनालाई अपनाउन खोजिएको थियो छ हुनेछ । तर कल्पनानुसार हुने हो वा होइन यो चाँहि अनिस्चित छ ।
साम्यवादमा नै पुग्ने ईच्छाका साथ विश्वका कम्युनिस्टहरूले मार्क्सवादमा नँया नँया कुराहरू जोडदै गएकाछन् । नेपालमा पनि कसैले बहुदलिय जनवाद त कसैले प्रचण्डपथ भनेर जोडेका छन् । जस्ले जे जोडे पनि पुग्ने ठाँउ साम्यवाद नै हो । तर कहिले ? २५० बर्ष भन्दाबढि भयो होला मार्क्सले सिध्दान्त प्रतिपादन गरेको ।

अगाडी पढने की ? >>

शुक्रवार, 15 जनवरी 2010

कम्युनिस्टको बारेमा कस्ले के भने ? सन्दर्भ २०४८को आमचुनाव ।

एमालेका कार्यकर्ताहरू जमीन नहुनेलाई जमीन दिने घर नहुनेलाई घर दिने टेम्पो ड्राईभरलाई टेम्पो दिने र ट्याक्सी ड्राईभरलाई ट्याक्सी दिने आश्वासन दिदै हिडेका थिए । (२०४८सालको चुनावपछि केशवराज पिडालीले कुरैकुरा लेखे ।)
एमालेका कार्यकर्ताले जग्गा दिन्छौ घर कनाई दिन्छौ भनेर जनतालाई झुक्याए फटाहा कुरा गरे । त्यसरी भ्रममा परेका जनताले एमालेलाई भोट हाले ।
विश्वबाटै र खास गरेर पूर्वी यूरोपबाट कम्युनिस्टहरू भटाभट मासिदै छन् कति राम्रो कुरा ! (चट्याङ्ग मास्टर २०४८।०२।१२)
भण्डारीका मतदाताहरू चुनावपछि अब सबै मोरङ्ग र झापा फर्किसकेका छन् अस्थायी मतदाता। (जनमञ्च २०४८।०२।१६)
मेचि अञ्चलको सिमाना पश्चिम बङ्गालसँग जोडिनु र मोरङ्ग सुनसरीका जिल्लाहरू बिहार उत्तर प्रदेशसँग जोडिनु सँयोगमात्र (नभई) राजनीतिमा भूगोलको महत्व (हो) भन्ने कुरा निर्वाचन परिणामले ष्पस्ट गरेको छ । (रमेश के सी सुरूचि ०५।०२।२०४८)
काँग्रेसले शताब्दीयौँदेखि कम्युनिस्टबिरूध्द कम्युनिस्ट बिरोधीले लगाउने गरेका धर्म मान्दैनन् ६० बर्ष नाघेकालाई मार्दछन् दिदिबहिनी भन्दैनन् सम्पत्ती लुट्दछन् भन्ने जस्ता एकदमै हल्का र थोत्रा पुराना आरोपलाई दोहर्र्यानु सिवाय अरू केहि गरेनन् । जसलाई राजनीतिक रूपले आफूलाई निरन्तर सच्याउदै सुधार्दै समयानुकुल धरातलमा उभ्याउन सकेका कम्युनिस्टहरूले सजिलैसँग परास्त थरिदिए ।
काँग्रेसका मूल नेताहरूले आन्दोलनमा आफ्नो पार्टीको प्रमुख भुमिका र बामपन्थीहरूको गौण भुमिका रहेको जति सुकै दावी गरेतापनि त्यसको सत्र्चालनदेखि अहिलेसम्म जनताबिच आफ्नो क्रान्तिकारी सँघर्षशील परम्परा जोगाउन माले नै सफल भएको तथ्यलाई आन्दोलनद्वारा प्रभावित अधिकाँश जिल्ला र क्षेत्रहरूमा कम्युनिस्टहरूको सफलताले पुष्टी गरेको छ ।
काँग्रेसीहरू सत्ता मोहमा लुटपुटिए सुबिधाभोगी भए भने मालेहरू सत्तामा पुगे पनि सुख सुबिधाबाट टाढै रहन सफल रहेका देखिए । (बद्री पौडेल सा बिमर्श ०३।०२।२०४८)
कालीकोटमा एमालेले प्रतिकार समितिका अध्यक्ष प्रेम बहादुर सिँहलाई उमेदवार बनायो । जो हाम्रो पार्टीबाट निष्कासित ब्यक्ति थियो भने मुगुमा एमालेका उमेदवारले पैसा र सिक्काहरू बितरण गरेका थिए । एमालेभित्र यस्ता तत्वहरू छन् जो कम्युनिस्ट नै होइनन् । (नारायण मान विजुकुच्छे ‘रोहित’ सुरूचि २६।०२।२०४८)
विश्वभरबाट साम्यवाद उन्मूलन भइसक्यो वामपन्थीहरू प्रजातान्त्रिक शक्ति होइनन् जनआन्दोलनमा नेपाली काँग्रेसको मात्रै अहम भुमिका रहेको थियो भन्ने नेपाली काँग्रेसका नाराहरूलाई जनताले अस्वीकार गरिदिए। (अन्तराष्ट्रिय मत्र्च २०४८ असार)
मार्क्सवादलाई बुझ्न र लागु गर्ने कुरामा त्रुटी (हुनाले) जनताको अधिनायकत्व वा सर्वहारावर्गको अधिनायकत्वको सट्टामा पार्टीको अधिनायकत्व (लागु गरियो र त्यो पार्टी) सत्ताको अधिनायकत्वमा परिणत भयो । (सीपी मैनाली २०४८।०२।२९)
कम्युनिस्ट पार्टी भनेको जनताको अथवा सर्वहारा वर्गको अपेक्षाकृत चेतनशील ब्यक्तिहरू, जो सँगठित हुन चाहान्छन-को सँगठित सँस्था हो ।
स्तालिनसित मतभेद राख्ने नेताहरू समेत ‘शत्रुका दलाल’ भएको आशँकामा मृत्यू र निर्वासनका भागी बने । (मोदनाथ प्रश्रित २०४८।०७।०८ दृष्टी)
नेपाल में चुनाव के नतीजों से स्टीफेन सोलार्ज को बहुत हैरानी हुई होगी। अमेरिकी काँग्रेस के सदस्य सोलार्ज ने कुछ महीने पहले अपनी काठमांडू यात्रा के दौरान कहा था, ‘दुनिया भर से कम्युनिस्ट गायब हो रहे है, नेपाल भला इसका अपवाद कैसे बना रह सकता है?’ लेकिन अभि नेपाल इसका अपवाद ही सावित हो रहा है, जहाँ तक १२ मई को देश की सँसद या प्रतिनिधि सभा के लिए हुए मतदान में नेपाली कम्युनिस्ट पार्ठी-(सम्युक्त मार्क्सवादी लेनिनवादी) के ६० उम्मीदवार विजयी हुए, जबकि १९५९ में नेपाल के पहले आम चुनाव में सिर्फ चार कम्युनिस्ट ही निर्वाचित हुए थे, (१९ मई १९९१ इन्डियन पत्रिका)
भनिन्छ -आमनिर्वाचन र विवाह उस्तै उस्तै समारोह हुन । नगरि नहुने, गर्नै पर्ने, अनुत्पादक । विवाह सांस्कृतिक परम्परा स्थापित गर्न गरिन्छ भने चुनाव प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, जनवाद स्थापनार्थ त्यसलाई संस्थागत गर्न गरिने चलन छ ।
आमनिर्वाचन २०४८ (२०४७ बेशाखदेखि) को सिलसिलामा काँग्रेसीहरूले कम्युनिस्ट कार्यकर्ताहरू (१) लक्ष्मण रानामगर –पृथ्वीनगर, झापा (एमाले) (२) वसीर अहमद -रौतहट प्रजातन्त्रवादी (३) मखन पाशवान –महोत्तरी (एमाले) (४) इन्द्र थेवे –सिनाम, ताप्लेजुङ्ग (एमाले) (५) रूक्मान थेवे –सिनाम, ताप्लेजुङ्ग (एमाले) (६) दिले लोखाडी –विनायक, अझाम (एमाले) (७) मगनु नाउ –रूपन्देही (एमाले) लाई मारेर आफ्नो प्रजातन्त्र प्रस्तुत गरेका थिए ।
स्वतन्त्रताको बारेमा
स्वतन्त्रता र स्वाधिनता बाहेक बहुमूल्य बस्तु यस सँसारमा अरू केहि छैन । (हो चि मिन्ह)
समाजवाद भनेको आर्थिक समानता मात्र होइन । स्वतन्त्रताको अभावमा समाजवाद सफल हुन सक्दैन । (रोजा लक्जम्बर्ग)
रोजा लक्जम्वर्ग खास गरि मार्क्सवादी हुन । लेनिनका पनि अधिकाँश कुराहरूलाई उनले स्वीकारेकी छिन । मात्र मार्क्सवाद लेनिनवादलाई हेर्ने उनको दृष्टीकोण अलग थियो । (मदन कुमार भण्डारी, २०४८।०२।१७, सा. ने. आवाज)
यौन प्रसँग
एक पुरूषले यौन प्राप्तीको लागि प्रेम गर्दछ भने एक नारीले प्रेम प्राप्तीको लागि यौन सम्बन्ध राख्दछे ।
किशोरी राणासित हुन गएको राजा महेन्द्र, वी पी र तुलसी गिरीको त्रिपक्षिय यौन राजनीतिले गर्दा २०१७ साले घटना हुन पुग्यो । (रङगमत्र्च २०४८ साउन)
सम्बन्ध
बाबुआमाको आफ्ना सन्तानसँगको सम्बन्ध रगतको हुन्छ भने सन्तानको आफ्ना बाबुआमासँगको सम्बन्ध संस्कृतिको हुन्छ । त्यसैले भन्ने गरिन्छ होला ‘बाबुआमाको माया छोराछोरी माथि छोराछोरीको माया ढुङ्गामुढा माथि’ भनेर ।

अगाडी पढने की ? >>

बुधवार, 9 दिसंबर 2009

कब्जा

“सामन्त तथा दलाल नोकरशाही पुँजीपति वर्गको राज्यसत्ता शान्तिपूर्ण र वैधानिक तरिकाबाट कब्जा गरेर यिनीहरूको हैसियत समाप्त गरी नेपालको राष्ट्रिय स्वतन्त्रता अखण्डता र सार्वभौम सत्ताको रक्षा गर्नु हो ।“
यँहा निर प्रयोग गरिएको कब्जा शब्दले बैधानिक शब्दको खिल्ली उडाएको छ । बैधानिक तरिकाबाट गरिने हरेक काम “कब्जा” हुन सक्दैन । कब्जा त जबर्जस्ती हुने कुरा हो । माथिको वाक्यमा कब्जाको सट्टा हस्तान्त्रण उपयुक्त हुन सक्दछ ।
कम्युनिष्टहरूले खेत कस्को जोत्नेको घर कस्को पोत्नेको जमिन्दार वर्ग गाँउका किसानहरूको शोषण गरि जमिन्दार भएको हो त्यसैले जमिन्दारको जमिन खोसेर किसानलाई बाडनुपर्छ भन्ने मान्यताका आधारमा गरिने कृयाकलाप अन्तरगत जमिन्दारको जग्गामा किसानलाई बसाल्ने काम नै कब्जाको अर्थमा लिन सकिन्छ । खासगरिकन कम्युनिष्टहरुले प्रचलनमा ल्याएको शब्दको बास्तविक अर्थ शोषित बर्गले शोषक बर्गको सम्पत्ति जबर्जस्ती खोस्नु पर्छ शोषक बर्गको अधिनायकत्वको ठाँउमा शोषित गरिब किसान बर्गको अधिनायकत्व कायम गर्नु पर्ने मर्क्सवादीय चिन्तनका आभारमा कब्जा गर्ने भन्ने शैलिको बिकास भएको हो ।
यिनै मान्यताहरू आम जनतामा जनचेतना उकास्ने जागरण गराउने नाउमा कम्युनिस्टहरू विगत कालमा गाउ गाउमा गई किसानहरूलाई जागरण गराएका थिए । आज कतिपयले भन्न थालेका छन कि जमिन्दारको सम्पत्ति कब्जा गर्ने होइन किनेर लिनुपर्छ सित्तैमा लिनुहुदैन। यस्ता कुराले उनीहरुले वसगतमा गर्दै आएका बाचाबन्धन झुठ सवित हुन पुगिराखेका छन ।
केहि कम्युनिस्टहरू पुरानै मान्यतामा छन। केहि भने नँया मान्यताका नाममा आफूले पहिले जनताका माझ गरेका बाचाबन्धन तोडदै छन् । आपूहरूको नेतृत्वको सरकार बन्दा पनि गरिव जनताको कल्याण हुने काम नगरि जनताबाट उठाएको कर र बिदेशीको सामु भिख मागेर ल्याएको रकम दुरपयोग गरि महँगा महँगा गाडीमा चढने सरकारी सम्पत्तिको चरम दुरपयोग गर्ने कार्य गरिरहेका छन् ।

अगाडी पढने की ? >>