महिलाआवाज लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं
महिलाआवाज लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं

रविवार, 28 नवंबर 2010

फेरी पनि बोक्सी कै कुरा

'बोक्सीको आरोपमा श्रीमानबाट घरबाट निकालिएपछि भवानी-६ ओसरबासकी ६३ वर्षीया रामसरा थापा दैलेख बजारस्थित गोदमघरको खुला चौरमा बस्न बाध्य भएकी हुन्।' यी बाक्यंश कुनै नेपाली पेपरमा लेखिएको समाचार हो। नेपालमा बोक्सी को आरोपमा महिलाहरू पिडित छन् भनिरहनु नपर्ने तथ्य हो। सरकारमा रहेका कम्युनिस्टहरूले किन यस्तो कुरामा केहि भन्न चाहादैनन्।

अगाडी पढने की ? >>

बोक्सीको आरोपमा चरम यातना

नेपालमा महिलाको हक अधिकार भनेर चिच्याउन थालेको धेरै नै भइ सक्यो। तर पेपरहरूमा हरेक जसो खबर यस्तै बोक्सीको आरोपमा भनेर महिला माथि नै हिंसात्मक यातना गरे गराएको पाइन्छ।
अरू जस्तै यो पनि कतिपय महिलाहरूको कमाइ खाने नारा मात्र भएको छ। यिनीहरू बाँच्नलाई महिला अधिकारका कुरा गरेको पाइन्छ। ६०१ जना मध्ये सुनिन्छ १९७ जना यिनै महिला नै छन् । तर गाँउमा पिडित छन महिलाहरू नै। महिलाहरू पुरुषबाट होइन कि स्वयं महिलाबाट नै पिडित छन्।
कुनै महिलालाई पुरूषले होइन कि महिलाले नै बोक्सी भनेका हुन्छन् ।
के हो बोक्सी भनेको
हेर्दा नराम्रो भताभुङ्ग कपाल राम्रो कपडा पनि नभएको अरूले खाएको लाएको देख्दा रहर गर्ने आदि इत्यादि अवस्थाका मानिसहरूलाई नै बोक्सी भनेका होलान
यस्तै बोक्सीको आरोपमा हालसालै सप्तरीको महदेवा-३ की चकला टोलकी रामप्रसाद मण्डलकी ४५ वर्षीया श्रीमती सियादेवी मण्डललाई बोक्सीको आरोपमा चरम यातना दिएका रहेछन भन्ने कुरा थाहा लागेको छ। पेपरमा आएको छ महिला मुक्तिको कुरा गर्ने सरकारमा रहेका कम्युनिस्टहरूले यस बिषयमा केहि बोलिरहेका छैनन् सायद ति महिला उनीहरूको कुनै पनि भातृसङ्गठनमा नहुन सक्दछन्।
जे होस यस देशमा महिलाहरू बिभिन्न बहानामा अझै पनि यातना भोगिरहेकै छन्।

अगाडी पढने की ? >>

शनिवार, 3 अप्रैल 2010

महिलाको हक अधिकार

नेपालमा महिला माथि अन्याय अत्यचार भयो भनेर भन्न थालेको धेरै भयो । आमा दिदि बहिनी हो कति बस्छौ दासी भइ सुखको सधै प्यासी बनेर गीत गाउदै गाँउ गाँउ हिडने कम्युनिस्टहरू अहिले सत्तामा पुगेका छन् । सेनाको मन्त्री समेत महिला छ त्यसमा पनि आफूलाई कम्युनिस्ट भन्ने नै छ ।

महिला माथी पुरूषले अन्याय गर्छ होला । त्यो पुरूषलाई सघाउने महिला नै हुन्छे । हालसालै नेपालमा सुन्तली धामी माथी अन्याय भयो । सुर्खेत र बर्दियाको सिमामा ३ जना दलित महिला माथी वलत्कार अनि हत्या भयो शिकारीको बहानामा । रक्षामन्त्री भएकी कम्युनिस्टकी मन्त्रीले आफ्ना सेनाहरूले शिकारीलाई मारेको भनेर भनिन । उनले सामान्यतया महिलाको बेदना र बाध्यता समेत ख्याल गरेको पाइएन । मन्त्री भएको घमण्डले नै होला यस्तो गरेको । के सेनाले हत्या बलत्कार गरिब नेपालीलाई मार्ने काम गरेको छैन बिगतलाई हेर्ने हो भने यो प्रष्ट नै हुन्छ । मैना सुनार १५ बर्षे वालिकालाई मार्ने काम यीनै बाट भयो । बसन्ती गुरूङ्गलाई बलत्कार गरी मार्ने कुकृत्य पनि सेनाबाट नै भयो । यस्तो वास्तविकता हुँदाहुदै महिला मन्त्रीले रक्षा मन्त्री भए भन्दैमा महिलाको हक अधिकारको सरक्षा गर्न नचाहने । कस्तो कम्युनिस्ट होला । सेनाले जे गरेपनि छुट पाउने कस्तो कम्युनिस्टहरूको नीति होला ।

महिलाको हक अधिकार सुरक्षा कस्ले गर्ने गरिव महिलाहरू के गरेर जीवन यापन गर्ने सरकारका ठेकेदार नेपालका कम्युनिस्टहरू यो कुरा किन बुझ्न चाहादैनन् । सत्ता नपाउञ्जेल सत्ताको लागि तिनै गरिव महिलाहरूलाई हक अधिकार भनेर लिएर हिडथे अहिले शिकारी भए। यो कस्तो बिडम्वना । गरिवले कसरी जिउने यो कम्युनिस्टहरूको राजमा। प्रधानमन्त्री गृह्यमन्त्री रक्षामन्त्री सवै कम्युनिस्टका । गरिव जनताको हत्या यिनै कम्युनिस्टहरूको राजमा ।  

अगाडी पढने की ? >>

बुधवार, 6 जनवरी 2010

बोक्सी आरोप

बोक्सीको आरोपमा बाराको भरतगंजसिगौल गाविस १ का कृष्णप्रसाद तिमिल्सनाले आफनी आमालाई कुटपिट गरेका छन । लामो समयदेखि बोक्सी आरोपमा दुर्ब्यहार गर्दै आएका २५ बर्षिय तिमिल्सनाले बोक्सीको आरोपमा ६१ बर्षिय आमा धर्मदेवीलाई एक साताअघि निर्घात कुटपिट गरेका हुन ।
घरमा सुतिरहेको बेला बोक्सी भन्दै राति १२ बजे छोराले एक्कासी कुटपिट गरेको धर्मदेवीले बताइन । बोक्सीको आरोपमा पहिले पहिले पनि हेला र दुव्र्यवहार गथ्र्यो यस पटक त हातपात नै गर्यो । शरिरका निल डाम र चोट देखाउदै धर्मदेवी भनिन । राति मलाई छल्न आउने बोक्सी तै होस भन्दै छाति र पेटमा मुक्क र लात्तिले हिर्काएको उनले बताइन ।
कुटपिटले बेहोस बनेकी धर्मदेवीलाई कृष्णप्रसादले घरको चोटाबाट खसाल्ने प्रयास समेत गरेका थिए । ुबार्दलीबाट खसाल्न लागेका थिए तर छिमेकीहरुले रोके छिमेकी गोकर्ण सापकोटाले बताए । सुरक्षाको लागि सो रात धर्मदेवीलाई छिमेकीको घरमा लुकाएर राख्नु परेको समेत सापकोटाले बताए ।
बोक्सी आरोपमा आमालाई कुटपिट र दुव्र्यवहार गरेको भन्दै आक्रोसित बनेका गाउँका केहीले कृष्णप्रसादलाई पनि हातपात गरेका थिए । सम्झाउन गएकालाई उल्टै गाली गलौज गर्न थालेपछि छिमेकी मध्ये केहीले कृष्णप्रसादलाई कुटपिट गरेका हुन । बोक्सी आरोपमा कृष्णप्रसादले आमालाई चार महिनादेखि दुव्र्यवहार गर्दै आएको बताइएको छ । ज्वरो आयो भने पनि बोक्सी मन्त्र लगाएर विरामी पारेको भन्दै आमालाई नै गाली गर्छ । सापकोटाले भने ।
दुई छोराकी आमा धर्मदेवी श्रीमानको मृत्यु भएपछि दुई बर्षअघिदेखि कान्छा छोरा कुष्णप्रसादसंग बस्दै आएकी छिन । अर्का छोरा शिवप्रसाद रोजगारीको क्रममा काठमाण्डौमा बस्दै आएका छन ।
यसरी महिलाहरू बोक्सीको आरोपमा दुरब्यहार हुँदा समेत नेपालका कम्युनिस्ट मन्त्रीहरू र नेतेनीहरू किन चुप लागेका होलान ।

अगाडी पढने की ? >>

शुक्रवार, 11 दिसंबर 2009

महिला हक, अधिकार र सुरक्षाका कुरा

विगत तीन महिनाभित्र नेपालका ३ जना महिला बिषयलाई लिएर निकै चर्चा चलेको छ । ति महिलाहरुमा सुन्तली धामी, करिमा वेगम र टीका बिष्ट हुन । पेशाको हिसाबले तिनै जना अलग अलग ठाँउमा छन । महिला हक अधिकार र सुरक्षाको हिसाबले यिनीहरू चर्चा रहेकाछन् ।
सुन्तली धामी एक महिला प्रहरी हुन । जसलाई आफूसंग कार्यरत अन्य हाकिमहरूले मासुमा लठ्ठयाउने बिष खुवाई सामुहिक बतात्कार गरे भनेर उपचार गराउदै छन । पिडकहरू खुलेआम वर्दी मै कार्यरत छन् । गृहयमन्त्री उनलाई ‘चरित्रहिन’ हुन भन्दछन् । चरित्रहिनको अर्थ के हो? चरित्रहिनले पुलिसमा काम पाउने? नपाउने के हो? चरित्रहिन भन्ने कुरा कसरी मापन गर्ने? के भए चरित्रहिन हुने? के नभए चरित्रवान हुने? के महिला भएकै कारणले उनी चरित्रहिन हुन पुगेकी हुन? कि महिला मात्र चरित्रहिन किन हुन्छन? उनलाई बलात्कार गर्ने पुरूष चरित्रवान रे? कसरी भए होलान? कम्युनिस्टहरू त मन्त्री नहुदा निकै महिला, हक, अधिकारको कुरा गरेर तिनै महिलाहरूलाई ‘जागरण’ गराउदै हिडथे; मन्त्री भएपछि ति महिलाहरू ‘चरित्रहिन’ हुन पुगेछन् । किन यस्तो भए होला? कि कम्युनिस्टहरू नै ‘चरित्रहिन’ भएर त होइन?
अर्को यस्तै महिला कै कुरा छ उनी भने शक्तिशाली हुन मन्त्री हुन। उनले सरकारको कर्मचारीलाई चार चटकन चडकाइन। किन? आफ्नो सम्मान नगरेकोले अनि आरोप लगाइन ‘शान्ति सुरक्षा पनि राम्रो छैन’ भनेर । कँहा, कँहा शान्ति सुरक्षा बिग्रेको छ? कँहा कसरी शान्ति सुरक्षा ब्यवस्थित गर्नुपर्छ? निर्देशन दिने हो कि चार चटकन चढकाए भनेर त्यसलाई बहादुरीका साथ लिने? कम्युनिस्टका प्रधानमन्त्रीले कुनै कारवाही नगर्नु भनेर कारवाही गर्ने निकायलाई भन्ने? के उनी प्रधानमन्त्री नभएको भए कति जना सोझा जनतालाई ‘जागरण’ गराएर आन्दोलनको आँधिबेहरी नै ल्याउथे होला?
तेस्रो नम्बर की महिला हुन टिका बिष्ट । उनलाई नकावधारीले दिउँसै लगभग मारेर छोडे । किन यसो गरे? फरक बिचार राख्ने जो कोहि पनि अपमानको जिवन जिउनु पर्छ कि? कि कम्युनिस्टहरूले फरक बिचार ‘मन एकातिर तन अर्कोतिर’ भन्दै मार्ने हो? होइन भने हत्याका श्रृखलाहरू एकपछि अर्को गर्दै बढने किन बढिरहेको छ त? फरक बिचारले पनि उचित ठाँउ पाउने, उनीहरूको पनि सम्मान हुने, हत्या, हिंसा, अपमानको संस्कृतिको अन्त्य हुन्छ त?
गृहयमन्त्रीले आफ्नो गृहयमन्त्रालयलाई प्रयोग गरेर के माथि उल्लिखित महिलाहरु सम्बन्धी अपराधको न्यायोचित छिनोफानो गर्न सक्दछन् ? पिडितलाई न्याय दिलाउन सक्दछन? आफ्नो मातहतको मन्त्रालयकी महिला कर्मचारी सुन्तली धामी माथी भएको सामुहिक बलात्कारको घटनालाई उनी केहि गर्न चाहादैनन् । उल्टो ‘चरित्रहिन’ को आरोप लगाउदछन । के चरित्रहिनलाई जवर्जस्ती गर्न पाइन्छ? यसको न्यायोचित छानविन गर्नुको बदलामा उनी अर्की महिला माथी अन्याय गर्न पुगेकाछन । अपमानजनक काजफिर्ता गरिएको छ । करिमा वेगमलाई कारवाहीको त कुरा छोडौ, पिडितलाई नै सरूवा गरिएको छ । किन यसो गरियो? जनतालाई जानकारी दिनु आवश्यक ठान्दैनन् किनभने कम्युनिस्टको नजरमा जनता भनेका उनीहरूका ‘दास’ हुन उनीहरूले भनेको मान्ने, होइन भने मार्ने!
यस्तो अवस्थामा के टिका बिष्टलाई आक्रमण गर्नेले सजाय पाउन सक्छ? नकाव नै नलगाएका अपराधी त खुलेआम घुमिरहेकाछन भने नकाव लगाउनेलाई के, कसरी, कुन आधारमा समाउने, छानविन गर्ने? कुनै आशा गर्ने ठाँउ छ त?

अगाडी पढने की ? >>

गुरुवार, 10 दिसंबर 2009

महिलाको सम्बन्धमा

नेपालमा कम्युनिस्टको प्रधानमन्त्री र गृहमन्त्री समेत भएको र आफूलाई पक्का 'कम्युनिस्ट' भन्ने दलित, महिला, पिछडा, सुकुम्बासी, मेहनतकस जनताको हिमायती भन्नेले अछाम (जो गृहमन्त्रीको गृहिजल्ला पनि हो)मा आफ्नै प्रहरी कर्मचारीबाट बतात्कृत महिलाको पिडाको न्यायोचित काम नगरेर उल्टो अर्की महिला कर्मचारी पार्वती थापा माथी अन्याय गर्न पुगे । जनतालाई सहि सुचना दिन पनि चाहेनन् ।
त्यस्तै कैलालीको डुँडेझारीमा सुकुम्बासी जनतालाई पुलिस लगाई नरसँहार गरे । महिला केटा केटीको चिलविल पारे । कम्युनिस्टको मन्त्रीले गर्ने यो भन्दा नाकाम के हुन सक्दछ र?
देशका बिभिन्न ठाँउहरूमा महिला माथी बतात्कार बोक्सीको आरोपमा अमानविय कार्य गर्ने अनि उल्टो पिडितलाई नै गाँउ निकाला गर्ने जस्ता कृयाकलापमा गृहमन्त्रीले खै ध्यान दिएको?

अगाडी पढने की ? >>