बुधवार, 6 जनवरी 2010

बोक्सी आरोप

बोक्सीको आरोपमा बाराको भरतगंजसिगौल गाविस १ का कृष्णप्रसाद तिमिल्सनाले आफनी आमालाई कुटपिट गरेका छन । लामो समयदेखि बोक्सी आरोपमा दुर्ब्यहार गर्दै आएका २५ बर्षिय तिमिल्सनाले बोक्सीको आरोपमा ६१ बर्षिय आमा धर्मदेवीलाई एक साताअघि निर्घात कुटपिट गरेका हुन ।
घरमा सुतिरहेको बेला बोक्सी भन्दै राति १२ बजे छोराले एक्कासी कुटपिट गरेको धर्मदेवीले बताइन । बोक्सीको आरोपमा पहिले पहिले पनि हेला र दुव्र्यवहार गथ्र्यो यस पटक त हातपात नै गर्यो । शरिरका निल डाम र चोट देखाउदै धर्मदेवी भनिन । राति मलाई छल्न आउने बोक्सी तै होस भन्दै छाति र पेटमा मुक्क र लात्तिले हिर्काएको उनले बताइन ।
कुटपिटले बेहोस बनेकी धर्मदेवीलाई कृष्णप्रसादले घरको चोटाबाट खसाल्ने प्रयास समेत गरेका थिए । ुबार्दलीबाट खसाल्न लागेका थिए तर छिमेकीहरुले रोके छिमेकी गोकर्ण सापकोटाले बताए । सुरक्षाको लागि सो रात धर्मदेवीलाई छिमेकीको घरमा लुकाएर राख्नु परेको समेत सापकोटाले बताए ।
बोक्सी आरोपमा आमालाई कुटपिट र दुव्र्यवहार गरेको भन्दै आक्रोसित बनेका गाउँका केहीले कृष्णप्रसादलाई पनि हातपात गरेका थिए । सम्झाउन गएकालाई उल्टै गाली गलौज गर्न थालेपछि छिमेकी मध्ये केहीले कृष्णप्रसादलाई कुटपिट गरेका हुन । बोक्सी आरोपमा कृष्णप्रसादले आमालाई चार महिनादेखि दुव्र्यवहार गर्दै आएको बताइएको छ । ज्वरो आयो भने पनि बोक्सी मन्त्र लगाएर विरामी पारेको भन्दै आमालाई नै गाली गर्छ । सापकोटाले भने ।
दुई छोराकी आमा धर्मदेवी श्रीमानको मृत्यु भएपछि दुई बर्षअघिदेखि कान्छा छोरा कुष्णप्रसादसंग बस्दै आएकी छिन । अर्का छोरा शिवप्रसाद रोजगारीको क्रममा काठमाण्डौमा बस्दै आएका छन ।
यसरी महिलाहरू बोक्सीको आरोपमा दुरब्यहार हुँदा समेत नेपालका कम्युनिस्ट मन्त्रीहरू र नेतेनीहरू किन चुप लागेका होलान ।
यससँग सम्बन्धित सामग्रीहरू पढनुहोस


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

मानिस समाजको सवैभन्दा सचेत बर्ग भएकोले (टिप्पणीहरू)आलोचनामा प्रयोग गरिने शब्दहरू सिष्ट र आलोचना गरिएको ब्यक्ति समेत प्रभाबित हुन सक्ने हुनुपर्ने हुन्छ । यस तर्फ सहभागीहरू सचेत भइ मर्यादित (भाषा) हुन अनुरोध छ साथै Massages & Comments को लागि हार्दिक धन्यवाद ।