शब्द सँसार WORD and WORLD: सामान्य ज्ञान
सामान्य ज्ञानकोश
गुरुवार, 27 मार्च 2014
शब्द सँसार WORD and WORLD: सामान्य ज्ञान
बुधवार, 31 अक्टूबर 2012
गुरुवार, 27 अक्टूबर 2011
शुभकामना।
२०६८ सालको शुभदिपावलीको उपलक्ष्षमा देश बिदेशमा रहनु हुने तमाम नेपालीमा हार्दिक शुभकामना ब्यक्त गर्दछौ।
गुरुवार, 6 अक्टूबर 2011
बियजादशमी एवँ दिपावलीको शुभकामना।
रविवार, 14 अगस्त 2011
कम्युनिस्ट र मानिस।
हेराल्ड जोसेफ लास्कीका अनुसार "२५ वर्षसम्म कम्युनिस्ट नहुने मानिस त्यो मानिस होइन, २५ बर्षपछि माथि पनि कम्युनिस्ट भइरहने मानिस त्यो मानिस होइन।"
रविवार, 12 जून 2011
भरियाहरू को को हुन त
मंगलवार, 17 मई 2011
जेष्ठ ०३ २०६८ को उपलक्ष्यमा।
शनिवार, 7 मई 2011
शुभकामना।
गुरुवार, 14 अप्रैल 2011
फोटो आफै बोल्दैन र?
राजनीतिमा बालबच्चाहरू प्रयोग नगर्ने भन्ने कुराको यो ठाडो उलङघन होइन र। कि अरूलाई भन्ने कुरा मात्र हो। झलनाथ खनालका बिरोधी केपी ओलीले २०६८ बैशाख १ गते केही मानिसहरू जम्मा गरी काठमाडौमा देखाएको यो बच्चा समेतको प्लेकार्ड हो। बच्चाहरू के यी र यस्तै स्वंय घोषित नेता भनाउदाहरूको हतियार बन्नु जायज छ। मानव ढालका रूपमा प्रयोग भएका यी बच्चाहरूले कहिले मुक्ति पाउने हुन। बुधवार, 13 अप्रैल 2011
नँया वर्षको शुभाम्भको अवसरमा शुभकामना।
शुक्रवार, 4 मार्च 2011
गुरुवार, 9 दिसंबर 2010
अखिलमा कुटाकुट
एमालेमा केपी वलीका गुण्डा र झलनाथका गुण्डा बिच कुटाकुट भएको खबर जताततै आएको छ।
अरूलाई गुण्डा भनेर नथाक्ने यिनीहरू अब आफू नै गुण्डागर्दीमा लागेका रहेछन्। सत्ता र भत्ताले मातेका यिनीहरू जनतालाई सधै मुर्ख बनाएर आएका छन्। सत्ता र भत्ता कै लागि अहिले पनि यो गुण्डागर्दीको आयोजना गरेको हुनुपर्दछ। यस गुण्डागर्दीमा जसले जस्लाई पछारे पनि जनतालाई केहि हुने वाला छैन्।
यसका मुख्य योजनाकारहरू उच्चस्थानमा बसेर आफ्ना आफ्ना पक्षलाई निर्देशन दिईरहेका होलान्। यीनीहरूलाई लडाएर मात्रै आफ्नो अभिष्ट पुरा हुने उनीहरूको ठहर छ जस्तो छ। के हुन्छ हेरौँ न त?
रविवार, 28 नवंबर 2010
फेरी पनि बोक्सी कै कुरा
बोक्सीको आरोपमा चरम यातना
नेपालमा महिलाको हक अधिकार भनेर चिच्याउन थालेको धेरै नै भइ सक्यो। तर पेपरहरूमा हरेक जसो खबर यस्तै बोक्सीको आरोपमा भनेर महिला माथि नै हिंसात्मक यातना गरे गराएको पाइन्छ।
अरू जस्तै यो पनि कतिपय महिलाहरूको कमाइ खाने नारा मात्र भएको छ। यिनीहरू बाँच्नलाई महिला अधिकारका कुरा गरेको पाइन्छ। ६०१ जना मध्ये सुनिन्छ १९७ जना यिनै महिला नै छन् । तर गाँउमा पिडित छन महिलाहरू नै। महिलाहरू पुरुषबाट होइन कि स्वयं महिलाबाट नै पिडित छन्।
कुनै महिलालाई पुरूषले होइन कि महिलाले नै बोक्सी भनेका हुन्छन् ।
के हो बोक्सी भनेको
हेर्दा नराम्रो भताभुङ्ग कपाल राम्रो कपडा पनि नभएको अरूले खाएको लाएको देख्दा रहर गर्ने आदि इत्यादि अवस्थाका मानिसहरूलाई नै बोक्सी भनेका होलान
यस्तै बोक्सीको आरोपमा हालसालै सप्तरीको महदेवा-३ की चकला टोलकी रामप्रसाद मण्डलकी ४५ वर्षीया श्रीमती सियादेवी मण्डललाई बोक्सीको आरोपमा चरम यातना दिएका रहेछन भन्ने कुरा थाहा लागेको छ। पेपरमा आएको छ महिला मुक्तिको कुरा गर्ने सरकारमा रहेका कम्युनिस्टहरूले यस बिषयमा केहि बोलिरहेका छैनन् सायद ति महिला उनीहरूको कुनै पनि भातृसङ्गठनमा नहुन सक्दछन्।
जे होस यस देशमा महिलाहरू बिभिन्न बहानामा अझै पनि यातना भोगिरहेकै छन्।
सोमवार, 18 अक्टूबर 2010
कम्युनिष्टको नजरमा बाल अधिकार !
युथफोर्स कम्यूनिष्टले बनाएको दस्ता हो। नामले त युथ राखेका छन् र कुनै दिन बाल फोर्सको जमात नबनाउलान भन्न सकिदैन्।
बुधवार, 13 अक्टूबर 2010
नेपालमा प्रधानमन्त्रीको चुनाव
नेपाल एउटा सानो गरीवीले अचेटेको मुलुक हो भनेर यिनै नेताले हजारौ पटक भनिसकेका हुन। यस्तो देशमा लगभग ३ दर्जन मन्त्री बनाएर प्रधानमन्त्री बनेका राजा ज्ञानेन्द्रले गरेको कुकृत्यलाई आधा सच्चियो भनि भन्दा पनि प्रधानमन्त्री पाउन असफल तत्कालीन एमालेका महासचिव यस पटक २ / २ ठाँउबाट पराजय भोग्न बाध्य भएर पनि प्रधानमन्त्री पाउन सफल भएका छन्। यिनले लगभग १३ महिना त्यो कुर्सीमा बसे र छोडेको निर्यण सुनाए पनि त्ससमा बस्ने अर्को मान्छेको चुनाव निकै पटक भइसक्यो कोहि पनि बिजय हुन सकेको छैन्।
मिलेर संबिधान बनाएर जानु पर्नेमा सत्ता स्वार्थमा लागेर जनतालाई धोका दिइरहेका छन्। चुनावको यो नाटकबाट जनता दिक्क भएका छन्। यिनीहरूमा बिश्वास गर्नु पर्ने केनै आधार छैन्। यस्तै चालचलनले यिनीहरूले नेपाली जनतालाई केही दिन सक्दछन त?
शुभबिजया दशमी तथा शुभदिपावलीको उपलक्ष्यमा श्री दुर्गाभवानीले यिनको दिमागी समस्याको सही निदान गरिदिउन भन्ने कामनाका साथ देशमा शान्तिका आओस र योग्य इमान्दार प्रधानमन्त्री पाओस भनी कामना गर्दछौ।
शुभबिजया दशमी तथा शुभदिपावलीको शुभकामना।
२०६७ सालको बडादशै, शुभ-दिपावली, नेपाल सम्वत ११३१ तथा छठ पर्वको उपलक्ष्यमा सम्पूर्ण नेपाली तथा यसमा पाल्नु हुने मित्रहरूमा देशमा सुख शान्ती छाओस् भन्ने कामनाका साथ हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्न चाहान्छौ।
गुरुवार, 16 सितंबर 2010
सामान्य ज्ञान
- पशुपति नाथलाई मुख अष्टमीका दिन मुकुट लगाइ दिने चलन छ।
- राजा योगनरेन्द्र मल्लको मृत्यू हुँदा ३१ रानी सती गएका थिए।
- रानी पोखरीको वास्तविक नाम बिष्णुतीर्थ हो।
- नेपालको सबभन्दा ठूलो मानपदवी महेन्द्रमाला हो।
- योगी नरहरी नाथको बाल्यकालको नाम बल बिर सिँह थापा हो।
- नेपालमा सर्वप्रथम महेन्द्र प्रज्ञा पुरस्कार पाउने ब्यक्ति दौलत बिक्रम बिष्ट हुन्।
- बँगाली भाषाको सर्वश्रेष्ठ साहित्यकार रवीन्द्रनाथ टैगोर हुन्।
- ‘३० रूपैयाँको नोट’ नामक पुस्तकको लेखक हृदयचन्द्रसिँह प्रधान हुन्।
- ‘आजफेरी अर्को तन्ना फेरिन्छ’ नामक कथा रमेश विकलले लेखेका हुन्।
- दशजना लेखकहरू मिली लेखिएको एक मात्र उपन्यासको नाम ‘आकाश बिभाजित छ’ भन्ने हो।
जानकारीहरूः
- समुन्द्रको गहिराइ नाप्ने यन्त्रलाई फेदो मिटरु भनिन्छ भने ग्याँसको नाप नाप्ने यन्त्रलाई मैना मिटर भनिन्छ।
- भारतको राजधानी दिल्लीको पुरानो नाम इन्द्रप्रस्थ हो।
- शनिग्रह पृथ्वीभन्दा ६५० गुणा ठूलो छ।
- एसिया र यूरोप जोडने शहर स्तान्बुल हो।
- नेपालमा भेटनरी सर्जन पास गर्ने प्रथम ब्यक्ति मेजर दिल बहादुर खत्री हुन्।
- शँकरदेव क्याम्पसको पुरानो नाम नेशनल कलेज हो।
- काटमाडौँको घण्टाघर १०५ फिट अग्लो छ।
- विश्वमा सबैभन्दा धेरै बालमजदुरहरू भएको देश भारत हो।
- पृथ्वीबाट मँगलग्रहको दूरी ४० करोड माइल छ।
- सौर्य उर्जाबाट चल्ने फ्रिज आविस्कार गर्ने देश फ्रान्स हो।
धर्मका कुराः
- भगवान बिष्णु सुत्ने समुन्द्रलाई क्षीर सागर भनिन्छ।
- गौतमबुद्धको घोडाको नाम कन्ठक हो।
- भगवान पशुपतिनाथका पाँच मुख छन्। ती हुन् –ईशान, अघोर, बामदेव, तत्वपुरूष, सद्योजात।
- पाञ्चायन देवता भन्नाले शिव, बिष्णु, गणेश, सूर्य र देवीलाई बुझिन्छ।
- इन्द्रकी आमाको नाम बसुन्धरा हो।
के तपाईलाई थाहा छ?
- नेपालका ताप्लेजुङ्ग र दार्चुला जिल्लाले चीन र भारतलाई छोएको छ।
- नेपालमा सर्वप्रथम रू ५ को डलर राजा बीरेन्द्रको पालामा २०४० सालमा निक्लेको हो।
- आगो पार्न सकिने काठहरू भक्केम्लो र ऐँसेलुका हुन यसलाई प्रयोग गर्न सकिन्छ।
- मियाँलको बोटको रूखलाई कलमी गरेर नक्कली नासपाती फल्ने र यसलाई पुनः कलमी गरेमा सक्कली नासपातीको बोट भइ फल्ने हुन्छ।
- फागू खेलेर नँया बर्षको स्वागत गर्ने देश बर्मा हो।
- बिश्वमा फिनल्याण्ड देशका मानिसहरू सबैभन्दा पत्रपत्रिका पढन रूचाउँदछन्।
- गौतमबुद्धले लगाउने कपडालाई बिवर भनिन्छ।
रविवार, 1 अगस्त 2010
प्रधानमन्त्रीको चुनाव
दुई दुई पटक असफल भावि नेपालको प्रधानमन्त्री बन्ने सपना बोकेका प्रचण्ड र रामचन्द्र फेरि पनि असफल हुने निश्चित नै छ। आफ्नो असफलतालाई स्वीकारेका एमालेका माधव कुमारले प्रतावित प्रधानमन्त्रीको उमेदवारी फिर्ता लिएर बसेका छन् ।
कसले के चाहान्छ भन्ने कुरा स्पष्ट नै छ सत्ता नै उनीहरूको मुख्य बिषय हो। नेपालको सत्तामा बस्न उनीहरू चाहान्छन् तर दुई दुई पटक दुईवटा सरकार असफल भइ सकेका छन्। यो तेस्रो सरकार बन्ने छाटकाट देखिएको छैन्।
प्रधानमन्त्रीको चुनाव प्रत्यक्ष निर्वाचनबाट गरउने कि? यस बारे सोच्नु जरूरी भएको छैन र? प्रधानमन्त्रीको चुनाव प्रत्यक्ष निर्वाचनबाट गराएर देशलाई गति दिने काममा लागून। यसले नै यिनीहरूको सहि मुल्याङ्कन पनि हुनेछ।
रविवार, 18 जुलाई 2010
कर्मचारीलाई प्याकेज
नेपालका जनताको काम गर्ने कर्मचारीलाई छोराछोरीको लागि आवासीय विद्यालय बनाउने भनेर प्याकेज ल्याइएको रहेछ समाचारमा पढियो। सरकारले सरकारी स्कूलमा पनि अरवौ रूपैया खर्च गरेको छ। यो के को लागि?
बरू हरेक कर्मचारीले आफ्ना बालबच्चालाई अनिवार्य रूमा सरकारी स्कूलमा पढाउने ब्यवस्था गरेदेखिन बिद्यालयको गुणस्तर पनि माथी उठ्थ्यो होला नि ? यस तर्फ किन ध्यान जान नसकेको । निजी तथा आवासीय बिद्यालय बनाउदै जाने नै हो भने किन फेरी सरकारी बिद्यालयहरू झन पछि झन बढी बढाउदै लाने? मात्र कार्यकर्ता पाल्नका लागि हो त?
कम्युनिस्टहरूको सरकारले यस बारेमा सोच्नु पर्ने होइन र ?


