शुक्रवार, 5 फ़रवरी 2010

नँया नेपाल

कम्युनिस्ट र काँग्रेसहरूले 'नँया नेपाल' भन्न थालेको धेरै नै भयो । 'नँया नेपाल' बनाउने भनेर सयौ कार्यकर्ताहरूलाई भ्रम बाडेका थिए । आज उनीहरू सत्तामा पुगिसकेका छन् । सत्ताको स्वाद चाख्न थालेको पनि कैयौ बर्ष भई सकेको छ । हामीले देखेको 'नँया नेपाल' के हो त ?
केहि नेताहरूको नामसँग स्तम्भको नाम राखिएको छ, जस्तै: वीपी कोईराला, पुष्पलाल, गणेशमान, मनमोहन आदि । यिनैका नामबाट सडकहरूको नामाकरण गरिएको छ । पार्कहरूको नाम पनि गरिएको छ । पहिले राजाहरूको नामबाट यस्ता नामहरू राखिएको थियो भने अहिले यिनै नेताहरूका नामबाट बदलिएको छ । कँहि 'गणतान्त्रिक चोक' त 'गणतान्त्रिक हल' । साना ठाँउहरू पनि छोडिएको छैन भेटाएसम्म ।
'नँया नेपालमा' नँया कुरा के देखियो त ?
घुस, चाकडी, चाप्लुसी, बेईमानी, कसैलाई काखा त कसैलाई पाखा यी सब पुरानै बानी ब्यहोराहरू हुन । फरक के मा छ त ? पहिलेकाले यिनीहरू लगायत सोझा नेपालीलाई पाखा लगाउथे भने यिनले यिनको सम्पर्कमा नआउने एकदमै सोझा, निमुखा, गरिव नेपालीलाई पाखा लगाएका छन । जनताबाट उठाएको कर र बिदेशी कँहा गएर भिख मागेर ल्याएको रकम यिनले आफ्ना आसेपासेहरूलाई बाँडेर, आफ्ना कार्यकर्ता  भनाउदाहरूलाई पोसेर सिध्याएका छन् । के यहि हो 'नँया नेपाल'
जनताको आँखामा छारो हाल्न यिनिहरू कोहि भन्दा कम छैनन् । पञ्चायतीले, काँग्रेस र कम्युनिस्टहरूले निकै धेरै आश्वासनहरू बाडेका थिए अहिले 'आश्वासन' को ठाँउ 'प्रतिबध्दता' ले लिएको छ । के फरक छ 'आश्वासन' र 'प्रतिबध्दता' मा उस्तै होइन र ?
यससँग सम्बन्धित सामग्रीहरू पढनुहोस


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

मानिस समाजको सवैभन्दा सचेत बर्ग भएकोले (टिप्पणीहरू)आलोचनामा प्रयोग गरिने शब्दहरू सिष्ट र आलोचना गरिएको ब्यक्ति समेत प्रभाबित हुन सक्ने हुनुपर्ने हुन्छ । यस तर्फ सहभागीहरू सचेत भइ मर्यादित (भाषा) हुन अनुरोध छ साथै Massages & Comments को लागि हार्दिक धन्यवाद ।