एमालेमा केपी वलीका गुण्डा र झलनाथका गुण्डा बिच कुटाकुट भएको खबर जताततै आएको छ।
अरूलाई गुण्डा भनेर नथाक्ने यिनीहरू अब आफू नै गुण्डागर्दीमा लागेका रहेछन्। सत्ता र भत्ताले मातेका यिनीहरू जनतालाई सधै मुर्ख बनाएर आएका छन्। सत्ता र भत्ता कै लागि अहिले पनि यो गुण्डागर्दीको आयोजना गरेको हुनुपर्दछ। यस गुण्डागर्दीमा जसले जस्लाई पछारे पनि जनतालाई केहि हुने वाला छैन्।
यसका मुख्य योजनाकारहरू उच्चस्थानमा बसेर आफ्ना आफ्ना पक्षलाई निर्देशन दिईरहेका होलान्। यीनीहरूलाई लडाएर मात्रै आफ्नो अभिष्ट पुरा हुने उनीहरूको ठहर छ जस्तो छ। के हुन्छ हेरौँ न त?
गुरुवार, 9 दिसंबर 2010
अखिलमा कुटाकुट
रविवार, 28 नवंबर 2010
फेरी पनि बोक्सी कै कुरा
बोक्सीको आरोपमा चरम यातना
नेपालमा महिलाको हक अधिकार भनेर चिच्याउन थालेको धेरै नै भइ सक्यो। तर पेपरहरूमा हरेक जसो खबर यस्तै बोक्सीको आरोपमा भनेर महिला माथि नै हिंसात्मक यातना गरे गराएको पाइन्छ।
अरू जस्तै यो पनि कतिपय महिलाहरूको कमाइ खाने नारा मात्र भएको छ। यिनीहरू बाँच्नलाई महिला अधिकारका कुरा गरेको पाइन्छ। ६०१ जना मध्ये सुनिन्छ १९७ जना यिनै महिला नै छन् । तर गाँउमा पिडित छन महिलाहरू नै। महिलाहरू पुरुषबाट होइन कि स्वयं महिलाबाट नै पिडित छन्।
कुनै महिलालाई पुरूषले होइन कि महिलाले नै बोक्सी भनेका हुन्छन् ।
के हो बोक्सी भनेको
हेर्दा नराम्रो भताभुङ्ग कपाल राम्रो कपडा पनि नभएको अरूले खाएको लाएको देख्दा रहर गर्ने आदि इत्यादि अवस्थाका मानिसहरूलाई नै बोक्सी भनेका होलान
यस्तै बोक्सीको आरोपमा हालसालै सप्तरीको महदेवा-३ की चकला टोलकी रामप्रसाद मण्डलकी ४५ वर्षीया श्रीमती सियादेवी मण्डललाई बोक्सीको आरोपमा चरम यातना दिएका रहेछन भन्ने कुरा थाहा लागेको छ। पेपरमा आएको छ महिला मुक्तिको कुरा गर्ने सरकारमा रहेका कम्युनिस्टहरूले यस बिषयमा केहि बोलिरहेका छैनन् सायद ति महिला उनीहरूको कुनै पनि भातृसङ्गठनमा नहुन सक्दछन्।
जे होस यस देशमा महिलाहरू बिभिन्न बहानामा अझै पनि यातना भोगिरहेकै छन्।
सोमवार, 18 अक्टूबर 2010
कम्युनिष्टको नजरमा बाल अधिकार !
युथफोर्स कम्यूनिष्टले बनाएको दस्ता हो। नामले त युथ राखेका छन् र कुनै दिन बाल फोर्सको जमात नबनाउलान भन्न सकिदैन्।
बुधवार, 13 अक्टूबर 2010
नेपालमा प्रधानमन्त्रीको चुनाव
नेपाल एउटा सानो गरीवीले अचेटेको मुलुक हो भनेर यिनै नेताले हजारौ पटक भनिसकेका हुन। यस्तो देशमा लगभग ३ दर्जन मन्त्री बनाएर प्रधानमन्त्री बनेका राजा ज्ञानेन्द्रले गरेको कुकृत्यलाई आधा सच्चियो भनि भन्दा पनि प्रधानमन्त्री पाउन असफल तत्कालीन एमालेका महासचिव यस पटक २ / २ ठाँउबाट पराजय भोग्न बाध्य भएर पनि प्रधानमन्त्री पाउन सफल भएका छन्। यिनले लगभग १३ महिना त्यो कुर्सीमा बसे र छोडेको निर्यण सुनाए पनि त्ससमा बस्ने अर्को मान्छेको चुनाव निकै पटक भइसक्यो कोहि पनि बिजय हुन सकेको छैन्।
मिलेर संबिधान बनाएर जानु पर्नेमा सत्ता स्वार्थमा लागेर जनतालाई धोका दिइरहेका छन्। चुनावको यो नाटकबाट जनता दिक्क भएका छन्। यिनीहरूमा बिश्वास गर्नु पर्ने केनै आधार छैन्। यस्तै चालचलनले यिनीहरूले नेपाली जनतालाई केही दिन सक्दछन त?
शुभबिजया दशमी तथा शुभदिपावलीको उपलक्ष्यमा श्री दुर्गाभवानीले यिनको दिमागी समस्याको सही निदान गरिदिउन भन्ने कामनाका साथ देशमा शान्तिका आओस र योग्य इमान्दार प्रधानमन्त्री पाओस भनी कामना गर्दछौ।
शुभबिजया दशमी तथा शुभदिपावलीको शुभकामना।
२०६७ सालको बडादशै, शुभ-दिपावली, नेपाल सम्वत ११३१ तथा छठ पर्वको उपलक्ष्यमा सम्पूर्ण नेपाली तथा यसमा पाल्नु हुने मित्रहरूमा देशमा सुख शान्ती छाओस् भन्ने कामनाका साथ हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्न चाहान्छौ।
गुरुवार, 16 सितंबर 2010
सामान्य ज्ञान
- पशुपति नाथलाई मुख अष्टमीका दिन मुकुट लगाइ दिने चलन छ।
- राजा योगनरेन्द्र मल्लको मृत्यू हुँदा ३१ रानी सती गएका थिए।
- रानी पोखरीको वास्तविक नाम बिष्णुतीर्थ हो।
- नेपालको सबभन्दा ठूलो मानपदवी महेन्द्रमाला हो।
- योगी नरहरी नाथको बाल्यकालको नाम बल बिर सिँह थापा हो।
- नेपालमा सर्वप्रथम महेन्द्र प्रज्ञा पुरस्कार पाउने ब्यक्ति दौलत बिक्रम बिष्ट हुन्।
- बँगाली भाषाको सर्वश्रेष्ठ साहित्यकार रवीन्द्रनाथ टैगोर हुन्।
- ‘३० रूपैयाँको नोट’ नामक पुस्तकको लेखक हृदयचन्द्रसिँह प्रधान हुन्।
- ‘आजफेरी अर्को तन्ना फेरिन्छ’ नामक कथा रमेश विकलले लेखेका हुन्।
- दशजना लेखकहरू मिली लेखिएको एक मात्र उपन्यासको नाम ‘आकाश बिभाजित छ’ भन्ने हो।
जानकारीहरूः
- समुन्द्रको गहिराइ नाप्ने यन्त्रलाई फेदो मिटरु भनिन्छ भने ग्याँसको नाप नाप्ने यन्त्रलाई मैना मिटर भनिन्छ।
- भारतको राजधानी दिल्लीको पुरानो नाम इन्द्रप्रस्थ हो।
- शनिग्रह पृथ्वीभन्दा ६५० गुणा ठूलो छ।
- एसिया र यूरोप जोडने शहर स्तान्बुल हो।
- नेपालमा भेटनरी सर्जन पास गर्ने प्रथम ब्यक्ति मेजर दिल बहादुर खत्री हुन्।
- शँकरदेव क्याम्पसको पुरानो नाम नेशनल कलेज हो।
- काटमाडौँको घण्टाघर १०५ फिट अग्लो छ।
- विश्वमा सबैभन्दा धेरै बालमजदुरहरू भएको देश भारत हो।
- पृथ्वीबाट मँगलग्रहको दूरी ४० करोड माइल छ।
- सौर्य उर्जाबाट चल्ने फ्रिज आविस्कार गर्ने देश फ्रान्स हो।
धर्मका कुराः
- भगवान बिष्णु सुत्ने समुन्द्रलाई क्षीर सागर भनिन्छ।
- गौतमबुद्धको घोडाको नाम कन्ठक हो।
- भगवान पशुपतिनाथका पाँच मुख छन्। ती हुन् –ईशान, अघोर, बामदेव, तत्वपुरूष, सद्योजात।
- पाञ्चायन देवता भन्नाले शिव, बिष्णु, गणेश, सूर्य र देवीलाई बुझिन्छ।
- इन्द्रकी आमाको नाम बसुन्धरा हो।
के तपाईलाई थाहा छ?
- नेपालका ताप्लेजुङ्ग र दार्चुला जिल्लाले चीन र भारतलाई छोएको छ।
- नेपालमा सर्वप्रथम रू ५ को डलर राजा बीरेन्द्रको पालामा २०४० सालमा निक्लेको हो।
- आगो पार्न सकिने काठहरू भक्केम्लो र ऐँसेलुका हुन यसलाई प्रयोग गर्न सकिन्छ।
- मियाँलको बोटको रूखलाई कलमी गरेर नक्कली नासपाती फल्ने र यसलाई पुनः कलमी गरेमा सक्कली नासपातीको बोट भइ फल्ने हुन्छ।
- फागू खेलेर नँया बर्षको स्वागत गर्ने देश बर्मा हो।
- बिश्वमा फिनल्याण्ड देशका मानिसहरू सबैभन्दा पत्रपत्रिका पढन रूचाउँदछन्।
- गौतमबुद्धले लगाउने कपडालाई बिवर भनिन्छ।
रविवार, 1 अगस्त 2010
प्रधानमन्त्रीको चुनाव
दुई दुई पटक असफल भावि नेपालको प्रधानमन्त्री बन्ने सपना बोकेका प्रचण्ड र रामचन्द्र फेरि पनि असफल हुने निश्चित नै छ। आफ्नो असफलतालाई स्वीकारेका एमालेका माधव कुमारले प्रतावित प्रधानमन्त्रीको उमेदवारी फिर्ता लिएर बसेका छन् ।
कसले के चाहान्छ भन्ने कुरा स्पष्ट नै छ सत्ता नै उनीहरूको मुख्य बिषय हो। नेपालको सत्तामा बस्न उनीहरू चाहान्छन् तर दुई दुई पटक दुईवटा सरकार असफल भइ सकेका छन्। यो तेस्रो सरकार बन्ने छाटकाट देखिएको छैन्।
प्रधानमन्त्रीको चुनाव प्रत्यक्ष निर्वाचनबाट गरउने कि? यस बारे सोच्नु जरूरी भएको छैन र? प्रधानमन्त्रीको चुनाव प्रत्यक्ष निर्वाचनबाट गराएर देशलाई गति दिने काममा लागून। यसले नै यिनीहरूको सहि मुल्याङ्कन पनि हुनेछ।
रविवार, 18 जुलाई 2010
कर्मचारीलाई प्याकेज
नेपालका जनताको काम गर्ने कर्मचारीलाई छोराछोरीको लागि आवासीय विद्यालय बनाउने भनेर प्याकेज ल्याइएको रहेछ समाचारमा पढियो। सरकारले सरकारी स्कूलमा पनि अरवौ रूपैया खर्च गरेको छ। यो के को लागि?
बरू हरेक कर्मचारीले आफ्ना बालबच्चालाई अनिवार्य रूमा सरकारी स्कूलमा पढाउने ब्यवस्था गरेदेखिन बिद्यालयको गुणस्तर पनि माथी उठ्थ्यो होला नि ? यस तर्फ किन ध्यान जान नसकेको । निजी तथा आवासीय बिद्यालय बनाउदै जाने नै हो भने किन फेरी सरकारी बिद्यालयहरू झन पछि झन बढी बढाउदै लाने? मात्र कार्यकर्ता पाल्नका लागि हो त?
कम्युनिस्टहरूको सरकारले यस बारेमा सोच्नु पर्ने होइन र ?
रविवार, 11 जुलाई 2010
कम्युनिस्टहरूले कम्युनिस्टहरूलाई
एमालेका राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य छविलाल कार्कीको हत्या एमालेले भने जसरी एमाओवादीबाट भएको हो भने नेपालको कम्युनिस्ट आन्दोलनमा नराम्रो काम भएको भन्नु पर्ने हुन जान्छ । एउटा पार्टीको कार्यकर्ता अर्को पार्टीको कार्यकर्ताले हत्या गरिनुले त्यसमा पनि आफूलाई दुबैले अब्बल दर्जाको कम्युनिस्ट भनिरहेको अवस्थामा । मान्छे मार्नु नै कम्युनिस्ट हुनुको क्रान्तिकारी हुनुको पहिचान त होइन ? होइन भने किन बिचारसँग सहमत हुन नसक्नेहरू सधै पीडित छन। बिचारको स्वतन्त्रता भनेको के होला? जनताको लागि असल काम गर्नु पर्नेमा आपसमा मारकाट गरिनु प्रजातन्त्र लोकतन्त्र गणतन्त्र यी सबै तन्त्रका लागि दुरभाग्य हो।
बिश्वमा मार्क्सवादको प्रादुर्भाव भएपछि एउटै मुलुकमा पनि कैयौ कम्युनिस्ट पार्टीहरू अस्तित्वमा आएका छन् । एउटा मुलुकमा एउटै मात्र कम्युनिस्ट पार्टी हुनुपर्दछ भन्ने सोच नै त्रुटीपूर्ण छ जस्ले गर्दा एकआपसमा खिचातानी मारकाट बिचारको हत्या देखि लिएर भौतिक अस्तित्व नै समाप्त पार्ने जस्ता हिटलरी सिद्धान्तमा उन्मुख भएका कम्युनिस्टहरूले आफूले भन्ने गरेका मान्ने गरेका मार्क्सका सिद्धान्तलाई समयानुकुल अपब्याख्या नगरीकन जनताको पक्षमा बुझ्न नसक्दासम्म हत्या हिन्सा रोकिने सम्भावना कम छ । त्यसैले हत्या हिन्सा रहित सबैको बिचारको सम्मान गर्ने असल कम्युनिस्ट समुहको बिकास हुने गरी मार्क्सवादको ब्याख्या र नँया परिमार्जन हुनु पर्दछ। यसरी परिमार्जित मार्क्सवादले कम्युनिस्ट हु भन्नेहरू परिशिक्षित हुनु आवश्यक छ । होइन भने मार्क्सवादको नाममा कम्युनिस्टको नाममा जनताको नाममा एकआपसमा मारकाट गरेरै आफ्नो जीवन बिताउने छन् । जनताको स्वार्थ जस्ताको तस्तै हुनेछ केवल सुधार आफ्नो निजी भोगबिलास ऐसआराम नवसामान्तको उदय हुनेछ। जसको लक्षण देखिसकेको छ। सामान्तवादको विरोध गर्नेहरू नै नवसामान्तवादी बनेर आगाडी आउदैछन्।
बुधवार, 30 जून 2010
सकारात्मक कदम
प्रतिपक्षको माग अनुसार नै प्रधानमन्त्रीले राजिनामा दिएर सकारात्मक काम गरेकोमा धन्यवाद । राजिनामा दिदा सबैलाई पीडा हुनु स्वभाविकै हो । त्यसमा पनि खाइपाइ आएका दलहरूको समर्थन पनि कायमै रहेको अवस्थामा ।
राजिनामा दिदा अनपेक्षित ठाँउबाट सहयोग भएन भनेर दुखेसो बिसाउनु भएको रहेछ । वहाँले आफ्नै दलका कमरेडहरूलाई प्रहार गर्न खोजेकोमा दुःख छ ।
कम्युनिस्टहरूले आफ्नो बिचार सँग मेल नखानेहरूलाई प्हार बाहेक नै के गर्न सक्दछन् र ? वहाँ पनि आफूलाई कम्युनिस्ट नै भन्ने गरेको पाइएको छ ।
आलोचना गर्ने परम्परा कायम राख्नु पर्ने हो । आलोचनाले आलोचित हुने ब्यक्तिको हृदय नै परिवर्तन गराउनु पर्ने हो तर यहाँ त राजिनामामा गुनासो सुनाइयो । यो त मिलेन ।
मंगलवार, 29 जून 2010
कम्युनिस्ट भन्नेहरू किन आफ्नै मित्रहरूलाई दुश्मन देख्दछन्
केहि दिन अगाडी प्रधानमन्त्री बनाइएका माधव नेपाल आपफ्नै पार्टीका उपाध्यक्षलाई गोप्य सूचना पुर्र्याउने मन एकातिर तन अर्को तिर भनेर सरापेका थिए । ठीक यही रोग एमाओवादीका पुष्पकलमलाई लागेको छ । उनी पनि भन्दछन आफ्नै भन्नेहरूले घेरबन्दी गरे भनेर । जनतालाई परेको पीर मर्काको कुरा कसैले भन्न चाहादैनन् ।
जनबिरोधीहरूलाई नै तक्मा बाडेर किर्तीमान कायम गरेका आफूलाई अब्बल दर्जाको र अरू सबैलाई निकम्मा खराब काम नलाग्ने देख्ने कम्युनिस्टहरू मध्ये कै माधव नेपालले बितेका १२ महिनामा अनेकौ जनबिरोधी कामका किर्तिमान बढाएका छन् । माधव सरकार सत्तामा आएदेखि अनवरत रूपमा अनेक खालका सङघर्षहरू चलाउदै आएका एमाओवादीका नेताहरू अब चाहि आफ्नै भाइसाथीहरू जस्लाई कम्युनिस्टहरूले कामरेड कमरेड भन्ने गर्दछन माथी नै जाइलाग्ने खतरा बढेको छ एमालेमा झै ।
कमरेडहरूको लडाइ के का लागि हो ? जनताले यो विषयमा जान्न चाहान्छ कृपया बताइदिनु होस । भन्न त भन्ने गरिन्छ नागरीक सर्वोच्वताका लागि भनेर । माधव नेपालले पनि भन्ने गरेका छन् नागरीक सर्वोच्वतामा नै प्रधानमन्त्री बनेको भनेर । के हो उनीहरूले भन्ने गरेको नागरीक सर्वोच्वता ?
सेनाको पति जस्ले जनताका सिधासाधा छोराछोरी माथी गोली चलाउछ । शहिद भनेर कसलाई भनिन्छ त ? तिनै सेना पुलिसले गोली चलाइ मारेका नेपाली आमाका छोराछोरीहरूलाई होइन र ? कि बल्खू दरवारमा आफ्नै नेता मन्त्री भएकाहरूको मुखारबिन्दुबाट उत्पन्न वाणीका कारणले शरीर त्याग गरेका कमरेड डिकेन्द्र राजबन्शी तथा यस्तै अनेकौ अपहेलित अवस्थाका कमरेडहरूलाई भनिन्छ ? यसरी जनता मार्न गोली चलाउने सेनाका पतिलाई शान्तिको लागि तक्मा बाडने नागरीक सर्वोच्वता नै होला ? कुनै दिन यस्तो थियो कि तिनै सेनाका पतिले माधव नेपाल लगायतकालाई भेटाएको भए सायद के हुन्थ्यो यसै भन्न सक्ने स्थिति छैन । तिनै जनताको सहारामा बितेका बर्षहरू बिताएका यि कम्युनिस्टहरूले अहिले आफूलाई यहासम्म पुर्र्याउने जनता होइन कि तिनै सेनाका पतिहरू हुन भन्ने ठानेर होला नागरीक सर्वोच्वता भनेर उनीहरूलाई नै बोकेर हिडेको ।
आपसी झैझडता बन्द गरेर आपसमा मिलेर जनताका दुश्मनलाई नअङ्गालेर देशको उन्नती गरून भन्ने कामना गरेका जनताहरू फेरी पनि धोका बाहेक केहि नपाउने नै भए जस्तो यिनीहरूको चर्तिकलाले देखाउदछ ।
सोमवार, 28 जून 2010
नेपाल प्रति भारतको कुदृष्टि
नेपाललाई सधै नै आफ्नो छत्रछायामा राख्न चाहने भारतको भित्री इच्छा पुरा नभइरहेकोले नै हालका केहि दिनहरूमा नेपाल र नेपाली बिरूद्ध जाइलागेका घटनाहरू भइरहेकाछन् । मेघालयमा नेपाली कुटिनु पिटिनु मारिनु लखेटिनु र नेपालले चुपचाप हेर्नुपर्ने उसको इच्छा एमआरपी छपाइमा बलमिचाइ सिमानाहरुमा मिच्ने काम गरेर पनि नेपालको प्रधानमन्त्रीले सिमा सम्बन्धी समस्या छैन भनेर भारत कै आवाज बोले पनि सिमानामा नेपाली भूमिलाइ डुवानमा पारी कैयौ बाँधहरू बनाएर ज्यादती गरे पनि यी र यस्ता कैयौ बिस्तारवादी कार्य गरिरहेको र चुपचाप सही मात्र रहेको बोल्न समेत नसकेको माधव नेपाल सरकारलाई एक पछि अर्को गर्दै हेपिरहेको छ । नेपालीले जताततै दुःख पाइरहेकाछन् ।
हालसालै पुनः नेपाली सेनाका सरसामान पनि रोकेको समाचार आएको छ । कान्तिपुरको न्यूजप्रिन्ट रोकेकै अवस्थामा छ । भारतले नेपाललाई उसको इशारामा राख्न चाहान्छ । यो सपना पुरा नहुँदासम्म चाहे जस्तोसुकै सरकार आए पनि रहने वाला छैन भन्ने कुरा बिगतले देखाइसकेको छ ।
रविवार, 20 जून 2010
भाषा प्रयोगमा दासताको सवाल
डा तारानाथ शर्मालाई नेपाली भाषामा हिन्दी तथा अङ्ग्रेजी शब्दको प्रयोग भएकोमा निकै चिन्तित देखिनु हुन्छ । आजभन्दा ५४ बर्ष पहिले बहाँहरूले हिन्दी मानेका कतिपय शब्दहरू सायद अहिले हिन्दी नरहेर नेपाली पनि भइ सकेको हुनुपर्दछ । यस तर्फ वहाँको ध्यान गएको छैन् । त्यतिखेर नेपाली भाषाले पचाउन नसेका कतिपय शब्दहरू नेपालीः भाषामा प्रयोग हुनु आपत्ति थियो होला । आज त्यस्ता कतिपय शब्दहरू नेपाली भाषामा विलिन भइसकेका छन् तिनको प्रयोगमा आपत्ति जनाउनुको कुनै मुल्य छैन होला ।
वहाँ कै शब्दमा पनि नेपाली भाषाले नपचाउने हिन्दी र अङ्ग्रेजीका विदेशी शब्दहरूलाई मात्र नेपाली भाषामा प्रयोग नहोस भन्ने मान्यता भएको देखिन्छ । नेपाली भाषाले पचाइसकेका शब्दहरूका बिषयमा केहि आपत्ती छ जस्तो छैन् । रह्यो कुरा कुन शब्द नेपाली भाषाले पचाएको छ र कुन शब्द पचाउन सकेको छैन निर्धारण गर्ने कुरा ।
भाषाको प्रयोग गर्ने कुरालाई वहाँले दासतासँग दाज्नु भएको छ । हाम्रो नेपाली भाषामा कतिपय हिन्दी तथा अन्य भाषाहरू आएर पचिसकेका छन् । कसरी नेपाली भाषामा यसको प्रबेश भयो त ? सबैलाई थाहा भएकै कुरा हो कि नेपालीहरू कामको खोजीमा भारत लगायत विश्वका अनेकौ देशहरूमा भौतारिरहेका थिए छन जसका कारणबाट पनि नेपाली भाषामा यी वहाँहरूले भने जस्ता बिदेशी शब्दको प्रयोग हुन पुगेको होला ।
नसुहाउने किसिमले, अर्थको अनर्थ हुने गरी लक्षित पाठक तथा श्रोताले नै नबुझ्ने गरी भाषाको प्रयोग हुनुहुदैन । होइन भने भाषा भनेको मानव समुदाय बिच बिचार भावनाको आदानप्रदान गर्ने माध्यम नै हो । एक मानव समुदायले अर्को मानव समुदायलाई आफ्नो बिचार र भावना ब्यक्त गर्ने सवालमा सुद्धता स्पष्टता हुनु आवश्यक छ ।
नेपाली भाषा संस्कृति परम्परा भारतबाट प्रभावित छ नै । यसका धेरै कारणहरू हुनसक्दछन् । नेपाली भाषामा हिन्दी तथा अन्य भाषाले जसरी ठाँउ बनाएको छ राजनीतिमा पनि हाम्रा नेता भनाउदाहरू अरूको दासता स्विकार गर्न पछि नपरेको यथार्थता सबैको सामु छ नै ।
नेपाली भाषामा जसरी ‘शब्दप्रयोग, वाक्यगठन र उच्चारणजस्ता भाषाका धुक्धुकी मानिने तत्त्वहरूमा हेल्चेक्र्याइँ गर्दा नेपालीको आफ्नोपन’ नै नरहने भन्दा पनि डरलाग्दो कुरा नेपाली राजनीतिमा नेताहरू सम्पूर्ण रूपमा मित्रराष्ट्रको मुख ताक्नाले नेपाल नै नरहने हो कि भन्ने चिन्ताले ठाँउ लिदै गएको छ । यहाँ के काँग्रेस के कम्युनिस्ट जो पनि केहि समस्या पर्र्यो कि भारतमा गइ हिन्दी नबोली नहुने भएको छ । यो रोगले ग्रस्त नेपाली रजनीतिले कस्लाई कहाँ पुर्र्याउछ यसै भन्न सकिने अवस्था छैन ।
बुधवार, 16 जून 2010
सरकार का १ बर्षे उपलब्धीहरूः युनिटी वायससेवालाई अन्तर्राष्ट्रिय उडानको इजाजत
सरकारका प्रबक्ताले आफ्नो १ बर्षे उपलब्धीहरूको नालीबेली प्रस्तुत गरेका छन् । यो नालीबेलीमा थुप्रै कुराहरू होलान । हाँसो उठदो कुरा त के छ भने युनिटी नामक ठगीको बदनाम संस्थालाई अन्तर्राष्ट्रिय वायुसेवा उडानको स्वीकृति दिएकोलाई पनि उपलब्धीमा नै राखेका छन् । कुनै कुराको निर्णय हुनु नै उपलब्धि हव भनेर भनिन्छ भने यो भन्दा लाज लाग्ने कुरा के ने हुन सक्दछ र ? त्यसमा पनि सरकारले ठगीको नाममा कारवाही चलाइरहेको संस्थालाई । सरकारले लाखौ मानिसलाई धोका दिएर लोभ देखाएर सरकारलाई समेत कर नतिरेर जालसाक्षी गरेर अरवौ रूपिया बिदेशी बैंकमा राखेर अबैध कारोकार गरेको यस्तो संस्थालाई इजाजत दिनु गल्ती गरियो भनेर भनेर जनता सामु भन्नु पर्ने होइन र ? अझ यसका मुख्य सञ्चालकहरू नै सरकारको सम्पर्कमा आउन समेत चाहेका छैनन् ।
हामीले बिश्वास गरेका नेताहरू यस्तै नाकामहरू गरेर जनतालाई भ्रमित तुल्याएका छन् । यसमा गर्व गर्नु भनेको त जनतालाई ठगी गर्ने काममा गर्व गर्नु नै हो होइन र ? एकछिन सबैले बिचार गरौ है ।
सोमवार, 14 जून 2010
नयाँ संविधान तोकिएको समयमै बन्ला ?
एउटा मत सर्वेक्षणमा माथिको प्रश्नको जवाफ सोधिएको छ । यसको जवाफमा यस प्रकारको नतिजा रहेको छ।
- बन्छ 4558 १०.२५ प्रतिशत
- बन्दैन 37160 ८३.५८ प्रतिशत
- थाहा छैन 2739 ६.१६ प्रतिशत
- जम्मा मत ४४४५७ ९९.९९ प्रतिशत
यसबाट यो प्रष्ट छ कि जनतालाई संविधान बन्दैन भनेर ।
सोमवार, 7 जून 2010
प्रधानमन्त्री फेरिने हल्ला चलेको छ
निर्वाचन नै किन ? भन्ने प्रश्न खटकिरहेको अवस्थामा फेरि अर्को अस्विकृत प्रधानमन्त्री बन्ने भन्ने हल्लाले चल्ला पार्र्यो भने गणतन्त्रको साञ्चै बलत्कार भएको फेरि पुष्टि हुनेछ । यस्तो नाकाम किन गर्दैछन । भारतले नेपाली मारिरहेको छ कोहि कतैबाट बोल्यो भने किन बोलेको भनेर हप्काउदछ । नबोल भन्छ । नेपालका तुइन काटिन्छन । कर्मचारी हराउदछन । सिमास्तम्भ मिचिन्छ । बिदेशमा नेपाली माथि अन्याय हुन्छ । सरकार चुप लागेर बस्दछ । बोल्न थालेमा चुप लाग भनेर इशारा आउदछ। यस्तै इशाराले यो देश चलेको छ । हाम्रो हामी नेपालीको स्वार्थमा होइन कि अर्काको स्वार्थमा यसो गरिन्छ ।
आफूले भन्ने गरेका सबै कुरा झुठ हुन भनेर भनिएको पनि छैन । काम गराइको तरिका हेर्ने हो भने यस अघि गरिएका बाचाहरू केवल सत्ता आरोहणका लागि मात्र हुन भन्ने प्रसस्त आधारहरू भेटिएका छन ।
छिमेकीसँग मित्रता हुने कुरा गलत होइन तर यहा मित्रताको नाममा दासत्व स्वीकार्नु चाहिलाई मित्रता भन्न मित्रता कै उपहास होइन र ?
शुक्रवार, 4 जून 2010
फरक बिचारको हत्या,पतनको बाटोमा
हत्या हिंसा अपहरण आदि कार्यको लागि नाम कमाएको यो पार्टीले आफ्ना समर्थकलाई समेत छोडेको छैन । रामहरि श्रेष्ठले एउटा समान्य खालको गल्ती गरेका थिए । आफुसँग भएको रकम राम्रोसँग राख्न नसक्नु भनेको रामहरिको गल्ती होइन । ल मानौ उनले रकम चोरी गर्ने लुकाउने आदि गरे रे ? के उनलाई मार्नु नै पर्छ त ? काठमाण्डौको चुनावमा निकै राम्रो सहयोग गरेका रामहरिले ज्यान सजायको पुरस्कार पाए । के अचम्मको नँया नेपाल भयो बझिनसक्नु छ ।
त्यस्तै केहि दिनदेखि भरतपुरका माओवादी कै समर्थक मानिने भक्तमान श्रेष्ठको पनि हविगत रामहरिको जस्तै होला कि ? शंका गर्ने ठाँउ फराकिलो हुदै गएको छ । आपसी बिवादले गर्दा उनको ज्यान जोखिममा पर्ने कुरा अति नै नराम्रो हो । आफूलाई कम्युनिस्ट भन्नेहरूले यस्ता गैर कम्युनिस्ट चरित्र भए गरेको थाहै पाउदैनन् र भन्दछन कि हामीले हामीभित्रको शत्रुलाई पराजय गर्यौ भनेर । यहि कारणले पनि आफूलाई कम्युनिस्ट भन्नेहरूको पतन निश्चित छ ।
विश्व कम्युनिस्ट आन्दोलनमा पनि यस्ता खालका घटनाहरू नघटेका होइनन् । समान्य खालका विवादलाई पनि तिललाई पहाड बनाएर जाईलाग्ने गरेका प्रसस्त उदाहरणहरू पाइन्छन् । संसदीय बाटो अङ्गालेको एमालेमा पनि मान्छे कै (रामहरि जस्तै) हत्या नै नगरे पनि बिचारको हत्या गरिएको छ । फरक बिचार राख्नु भनेको आफू फाँसीमा लटकिनु जस्तै हो, भएको छ, यस्तो अहुनु पर्ने हो । किन यस्तो भएको छ त ? स्वतन्त्रता स्वाभिमानी इमान्दारीता लगनशीलता ब्यक्ति र पार्टीभन्दा माथि उठेर समाजको उन्नतीमा लाग्ने प्रतिबद्धता मानव अधिकार नारी हक हित अधिकारी भन्ने कुरा कुरा मात्रै नै हुन कि ?
भक्तमान माओवादी समर्थक नै हुन मात्र फरक के थियो उनी फरक बिचारका । फरक बिचारको हत्या कम्युनिस्टहरूको चरित्र हो भन्नमा अतिशयोक्तिपूर्ण नहोला । फरक बिचारको सम्मान गर्न सक्यौ भने कम्युनिस्टहरूको भविष्य सुन्दर सुनिश्चित हुनेछ । फरक बिचारको सम्मान गर्न सिकौ असल कम्युनिस्ट बनेर बनौ ।
गुरुवार, 3 जून 2010
एउटा तक्मा ज्ञानेन्द्रलाई राखिदिनुहोस नि!
माधव कुमार जी
जनआन्दोलनका खलनायक रुक्मांगद कटवाल, कुवेरसिंह राना, दुर्जकुमार राईलगायतलाई विभूषण दिँदा विभूषणको मात्र अपमान होइन, जनआन्दोलनका नायक र सहिदहरूको नै घोर अपमान भएको छ । त्यसैले एउटा तक्मा ज्ञानेन्द्रजीलाई पनि राखि दिनु होस नि ! यसो गरे कसो होला ।
रुपन्देही बन्द !
आज रूपन्देही बन्द छ । कारण एमाओवादीका अवधराज्यका सदस्य सपाटु यादवको हत्या ।
हत्या हिंसा आतङ्ग लुटपाट अपहरण जस्ता कामहरू कसैले पनि राम्रो मान्दैन् । तर पनि भइरहेको छ । यसलाइ रोक्ने तर्फ कसैको ध्यान गएको छैन् ।
सरकारमा रहुञ्जेलसम्म बन्द बन्दै गरौ भनेर पनि भनेको पाइयो तर फेरि बन्द भइ रहेको छ ।
रूपन्देही जिल्लाका एमाओवादी कार्यकर्ताको हत्या भएर बन्द गरिएकोमा जनताले शास्ती भोग्नु कँहासम्म ठिक छ त ? मुलुकमा जति पनि नराम्रा कामहरू हुन्छन् त्यसले जनताले दुःख पाउदछन् । कार्यकर्ता हत्याको बिरोध जनतालाई दुःख दिएर होइन जनतालाई शास्ती नकटाइकनै गरिनु पर्दछ ।
मर्ने मान्छे सदाको लागि मरे भने जनताले शास्ती भोगाएर उपलब्धी नै के हुन्छ र ? बरू सरकारसँग छानबिनका लागि अन्य उपायहरू अपनाउन सकिन्छ । सरकारले पनि यी र यस्ता हत्या हिँसा अपहरण आदि घटनाहरूमा सत्य तथ्य पत्ता लगाइ दोषीमाथि समयमा नै कारवाही अगाडी बढाउनुपर्दछ ता कि थप क्षति नहोस । मुक दर्शक भएर रमितेको रूपमा सरकारको उपस्थितीले घटनाले भयाभवको रूप लिने तर्फ सजक हुनु जरूरी छ ।