रविवार, 18 जुलाई 2010

कर्मचारीलाई प्याकेज

Pakages नेपालका जनताको काम गर्ने कर्मचारीलाई छोराछोरीको लागि आवासीय विद्यालय बनाउने भनेर प्याकेज ल्याइएको रहेछ समाचारमा पढियो। सरकारले सरकारी स्कूलमा पनि अरवौ रूपैया खर्च गरेको छ। यो के को लागि?

बरू हरेक कर्मचारीले आफ्ना बालबच्चालाई अनिवार्य रूमा सरकारी स्कूलमा पढाउने ब्यवस्था गरेदेखिन बिद्यालयको गुणस्तर पनि माथी उठ्थ्यो होला नि ? यस तर्फ किन ध्यान जान नसकेको । निजी तथा आवासीय बिद्यालय बनाउदै जाने नै हो भने किन फेरी सरकारी बिद्यालयहरू झन पछि झन बढी बढाउदै लाने? मात्र कार्यकर्ता पाल्नका लागि हो त?

कम्युनिस्टहरूको सरकारले यस बारेमा सोच्नु पर्ने होइन र ?   

अगाडी पढने की ? >>

रविवार, 11 जुलाई 2010

कम्युनिस्टहरूले कम्युनिस्टहरूलाई

एमालेका राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य छविलाल कार्कीको हत्या एमालेले भने जसरी एमाओवादीबाट भएको हो भने नेपालको कम्युनिस्ट आन्दोलनमा नराम्रो काम भएको भन्नु पर्ने हुन जान्छ । एउटा पार्टीको कार्यकर्ता अर्को पार्टीको कार्यकर्ताले हत्या गरिनुले त्यसमा पनि आफूलाई दुबैले अब्बल दर्जाको कम्युनिस्ट भनिरहेको अवस्थामा । मान्छे मार्नु नै कम्युनिस्ट हुनुको क्रान्तिकारी हुनुको पहिचान त होइन ? होइन भने किन बिचारसँग सहमत हुन नसक्नेहरू सधै पीडित छन। बिचारको स्वतन्त्रता भनेको के होला? जनताको लागि असल काम गर्नु पर्नेमा आपसमा मारकाट गरिनु प्रजातन्त्र लोकतन्त्र गणतन्त्र यी सबै तन्त्रका लागि दुरभाग्य हो।


बिश्वमा मार्क्सवादको प्रादुर्भाव भएपछि एउटै मुलुकमा पनि कैयौ कम्युनिस्ट पार्टीहरू अस्तित्वमा आएका छन् । एउटा मुलुकमा एउटै मात्र कम्युनिस्ट पार्टी हुनुपर्दछ भन्ने सोच नै त्रुटीपूर्ण छ जस्ले गर्दा एकआपसमा खिचातानी मारकाट बिचारको हत्या देखि लिएर भौतिक अस्तित्व नै समाप्त पार्ने जस्ता हिटलरी सिद्धान्तमा उन्मुख भएका कम्युनिस्टहरूले आफूले भन्ने गरेका मान्ने गरेका मार्क्सका सिद्धान्तलाई समयानुकुल अपब्याख्या नगरीकन जनताको पक्षमा बुझ्न नसक्दासम्म हत्या हिन्सा रोकिने सम्भावना कम छ । त्यसैले हत्या हिन्सा रहित सबैको बिचारको सम्मान गर्ने असल कम्युनिस्ट समुहको बिकास हुने गरी मार्क्सवादको ब्याख्या र नँया परिमार्जन हुनु पर्दछ। यसरी परिमार्जित मार्क्सवादले कम्युनिस्ट हु भन्नेहरू परिशिक्षित हुनु आवश्यक छ । होइन भने मार्क्सवादको नाममा कम्युनिस्टको नाममा जनताको नाममा एकआपसमा मारकाट गरेरै आफ्नो जीवन बिताउने छन् । जनताको स्वार्थ जस्ताको तस्तै हुनेछ केवल सुधार आफ्नो निजी भोगबिलास ऐसआराम नवसामान्तको उदय हुनेछ। जसको लक्षण देखिसकेको छ। सामान्तवादको विरोध गर्नेहरू नै नवसामान्तवादी बनेर आगाडी आउदैछन्।


अगाडी पढने की ? >>

बुधवार, 30 जून 2010

सकारात्मक कदम

प्रतिपक्षको माग अनुसार नै प्रधानमन्त्रीले राजिनामा दिएर सकारात्मक काम गरेकोमा धन्यवाद । राजिनामा दिदा सबैलाई पीडा हुनु स्वभाविकै हो । त्यसमा पनि खाइपाइ आएका दलहरूको समर्थन पनि कायमै रहेको अवस्थामा ।

राजिनामा दिदा अनपेक्षित ठाँउबाट सहयोग भएन भनेर दुखेसो बिसाउनु भएको रहेछ । वहाँले आफ्नै दलका कमरेडहरूलाई प्रहार गर्न खोजेकोमा दुःख छ ।

कम्युनिस्टहरूले आफ्नो बिचार सँग मेल नखानेहरूलाई प्हार बाहेक नै के गर्न सक्दछन् र ? वहाँ पनि आफूलाई कम्युनिस्ट नै भन्ने गरेको पाइएको छ ।

आलोचना गर्ने परम्परा कायम राख्नु पर्ने हो । आलोचनाले आलोचित हुने ब्यक्तिको हृदय नै परिवर्तन गराउनु पर्ने हो तर यहाँ त राजिनामामा गुनासो सुनाइयो । यो त मिलेन ।

अगाडी पढने की ? >>

मंगलवार, 29 जून 2010

कम्युनिस्ट भन्नेहरू किन आफ्नै मित्रहरूलाई दुश्मन देख्दछन्

केहि दिन अगाडी प्रधानमन्त्री बनाइएका माधव नेपाल आपफ्नै पार्टीका उपाध्यक्षलाई गोप्य सूचना पुर्र्याउने मन एकातिर तन अर्को तिर भनेर सरापेका थिए । ठीक यही रोग एमाओवादीका पुष्पकलमलाई लागेको छ । उनी पनि भन्दछन आफ्नै भन्नेहरूले घेरबन्दी गरे भनेर । जनतालाई परेको पीर मर्काको कुरा कसैले भन्न चाहादैनन् ।

जनबिरोधीहरूलाई नै तक्मा बाडेर किर्तीमान कायम गरेका आफूलाई अब्बल दर्जाको र अरू सबैलाई निकम्मा खराब काम नलाग्ने देख्ने कम्युनिस्टहरू मध्ये कै माधव नेपालले बितेका १२ महिनामा अनेकौ जनबिरोधी कामका किर्तिमान बढाएका छन् । माधव सरकार सत्तामा आएदेखि अनवरत रूपमा अनेक खालका सङघर्षहरू चलाउदै आएका एमाओवादीका नेताहरू अब चाहि आफ्नै भाइसाथीहरू जस्लाई कम्युनिस्टहरूले कामरेड कमरेड भन्ने गर्दछन माथी नै जाइलाग्ने खतरा बढेको छ एमालेमा झै ।

कमरेडहरूको लडाइ के का लागि हो ? जनताले यो विषयमा जान्न चाहान्छ कृपया बताइदिनु होस । भन्न त भन्ने गरिन्छ नागरीक सर्वोच्वताका लागि भनेर । माधव नेपालले पनि भन्ने गरेका छन् नागरीक सर्वोच्वतामा नै प्रधानमन्त्री बनेको भनेर । के हो  उनीहरूले भन्ने गरेको नागरीक सर्वोच्वता ?

सेनाको पति जस्ले जनताका सिधासाधा छोराछोरी माथी गोली चलाउछ । शहिद भनेर कसलाई भनिन्छ त ? तिनै सेना पुलिसले गोली चलाइ मारेका नेपाली आमाका छोराछोरीहरूलाई होइन र ? कि बल्खू दरवारमा आफ्नै नेता मन्त्री भएकाहरूको मुखारबिन्दुबाट उत्पन्न वाणीका कारणले शरीर त्याग गरेका कमरेड डिकेन्द्र राजबन्शी तथा यस्तै अनेकौ अपहेलित अवस्थाका कमरेडहरूलाई भनिन्छ ? यसरी जनता मार्न गोली चलाउने सेनाका पतिलाई शान्तिको लागि तक्मा बाडने नागरीक सर्वोच्वता नै होला ? कुनै दिन यस्तो थियो कि तिनै सेनाका पतिले माधव नेपाल लगायतकालाई भेटाएको भए सायद के हुन्थ्यो यसै भन्न सक्ने स्थिति छैन । तिनै जनताको सहारामा बितेका बर्षहरू बिताएका यि कम्युनिस्टहरूले अहिले आफूलाई यहासम्म पुर्र्याउने जनता होइन कि तिनै सेनाका पतिहरू हुन भन्ने ठानेर होला नागरीक सर्वोच्वता भनेर उनीहरूलाई नै बोकेर हिडेको ।

आपसी झैझडता बन्द गरेर आपसमा मिलेर जनताका दुश्मनलाई नअङ्गालेर देशको उन्नती गरून भन्ने कामना गरेका जनताहरू फेरी पनि धोका बाहेक केहि नपाउने नै भए जस्तो यिनीहरूको चर्तिकलाले देखाउदछ ।

अगाडी पढने की ? >>

सोमवार, 28 जून 2010

नेपाल प्रति भारतको कुदृष्टि

नेपाललाई सधै नै आफ्नो छत्रछायामा राख्न चाहने भारतको भित्री इच्छा पुरा नभइरहेकोले नै हालका केहि दिनहरूमा नेपाल र नेपाली बिरूद्ध जाइलागेका घटनाहरू भइरहेकाछन् । मेघालयमा नेपाली कुटिनु पिटिनु मारिनु लखेटिनु र नेपालले चुपचाप हेर्नुपर्ने उसको इच्छा एमआरपी छपाइमा बलमिचाइ सिमानाहरुमा मिच्ने काम गरेर पनि नेपालको प्रधानमन्त्रीले सिमा सम्बन्धी समस्या छैन भनेर भारत कै आवाज बोले पनि सिमानामा नेपाली भूमिलाइ डुवानमा पारी कैयौ बाँधहरू बनाएर ज्यादती गरे पनि यी र यस्ता कैयौ बिस्तारवादी कार्य गरिरहेको र चुपचाप सही मात्र रहेको बोल्न समेत नसकेको माधव नेपाल सरकारलाई एक पछि अर्को गर्दै हेपिरहेको छ । नेपालीले जताततै दुःख पाइरहेकाछन् ।

हालसालै पुनः नेपाली सेनाका सरसामान पनि रोकेको समाचार आएको छ । कान्तिपुरको न्यूजप्रिन्ट रोकेकै अवस्थामा छ । भारतले नेपाललाई उसको इशारामा राख्न चाहान्छ । यो सपना पुरा नहुँदासम्म चाहे जस्तोसुकै सरकार आए पनि रहने वाला छैन भन्ने कुरा बिगतले देखाइसकेको छ ।

अगाडी पढने की ? >>

रविवार, 20 जून 2010

भाषा प्रयोगमा दासताको सवाल

डा तारानाथ शर्मालाई नेपाली भाषामा हिन्दी तथा अङ्ग्रेजी शब्दको प्रयोग भएकोमा निकै चिन्तित देखिनु हुन्छ । आजभन्दा ५४ बर्ष पहिले बहाँहरूले हिन्दी मानेका कतिपय शब्दहरू सायद अहिले हिन्दी नरहेर नेपाली पनि भइ सकेको हुनुपर्दछ । यस तर्फ वहाँको ध्यान गएको छैन् । त्यतिखेर नेपाली भाषाले पचाउन नसेका कतिपय शब्दहरू नेपालीः भाषामा प्रयोग हुनु आपत्ति थियो होला । आज त्यस्ता कतिपय शब्दहरू नेपाली भाषामा विलिन भइसकेका छन् तिनको प्रयोगमा आपत्ति जनाउनुको कुनै मुल्य छैन होला ।

वहाँ कै शब्दमा पनि नेपाली भाषाले नपचाउने हिन्दी र अङ्ग्रेजीका विदेशी शब्दहरूलाई मात्र नेपाली भाषामा प्रयोग नहोस भन्ने मान्यता भएको देखिन्छ । नेपाली भाषाले पचाइसकेका शब्दहरूका बिषयमा केहि आपत्ती छ जस्तो छैन् । रह्यो कुरा कुन शब्द नेपाली भाषाले पचाएको छ र कुन शब्द पचाउन सकेको छैन निर्धारण गर्ने कुरा ।

भाषाको प्रयोग गर्ने कुरालाई वहाँले दासतासँग दाज्नु भएको छ । हाम्रो नेपाली भाषामा कतिपय हिन्दी तथा अन्य भाषाहरू आएर पचिसकेका छन् । कसरी नेपाली भाषामा यसको प्रबेश भयो त ? सबैलाई थाहा भएकै कुरा हो कि नेपालीहरू कामको खोजीमा भारत लगायत विश्वका अनेकौ देशहरूमा भौतारिरहेका थिए छन जसका कारणबाट पनि नेपाली भाषामा यी वहाँहरूले भने जस्ता बिदेशी शब्दको प्रयोग हुन पुगेको होला ।

नसुहाउने किसिमले, अर्थको अनर्थ हुने गरी लक्षित पाठक तथा श्रोताले नै नबुझ्ने गरी भाषाको प्रयोग हुनुहुदैन । होइन भने भाषा भनेको मानव समुदाय बिच बिचार भावनाको आदानप्रदान गर्ने माध्यम नै हो । एक मानव समुदायले अर्को मानव समुदायलाई आफ्नो बिचार र भावना ब्यक्त गर्ने सवालमा सुद्धता स्पष्टता हुनु आवश्यक छ ।

नेपाली भाषा संस्कृति परम्परा भारतबाट प्रभावित छ नै । यसका धेरै कारणहरू हुनसक्दछन् । नेपाली भाषामा हिन्दी तथा अन्य भाषाले जसरी ठाँउ बनाएको छ राजनीतिमा पनि हाम्रा नेता भनाउदाहरू अरूको दासता स्विकार गर्न पछि नपरेको यथार्थता सबैको सामु छ नै ।

नेपाली भाषामा जसरी ‘शब्दप्रयोग, वाक्यगठन र उच्चारणजस्ता भाषाका धुक्धुकी मानिने तत्त्वहरूमा हेल्चेक्र्याइँ गर्दा नेपालीको आफ्नोपन’ नै नरहने भन्दा पनि डरलाग्दो कुरा नेपाली राजनीतिमा नेताहरू सम्पूर्ण रूपमा मित्रराष्ट्रको मुख ताक्नाले नेपाल नै नरहने हो कि भन्ने चिन्ताले ठाँउ लिदै गएको छ । यहाँ के काँग्रेस के कम्युनिस्ट जो पनि केहि समस्या पर्र्यो कि भारतमा गइ हिन्दी नबोली नहुने भएको छ । यो रोगले ग्रस्त नेपाली रजनीतिले कस्लाई कहाँ पुर्र्याउछ यसै भन्न सकिने अवस्था छैन ।

अगाडी पढने की ? >>

बुधवार, 16 जून 2010

सरकार का १ बर्षे उपलब्धीहरूः युनिटी वायससेवालाई अन्तर्राष्ट्रिय उडानको इजाजत

सरकारका प्रबक्ताले आफ्नो १ बर्षे उपलब्धीहरूको नालीबेली प्रस्तुत गरेका छन् । यो नालीबेलीमा थुप्रै कुराहरू होलान । हाँसो उठदो कुरा त के छ भने युनिटी नामक ठगीको बदनाम संस्थालाई अन्तर्राष्ट्रिय वायुसेवा उडानको स्वीकृति दिएकोलाई पनि उपलब्धीमा नै राखेका छन् । कुनै कुराको निर्णय हुनु नै उपलब्धि हव भनेर भनिन्छ भने यो भन्दा लाज लाग्ने कुरा के ने हुन सक्दछ र ? त्यसमा पनि सरकारले ठगीको नाममा कारवाही चलाइरहेको संस्थालाई । सरकारले लाखौ मानिसलाई धोका दिएर लोभ देखाएर सरकारलाई समेत कर नतिरेर जालसाक्षी गरेर अरवौ रूपिया बिदेशी बैंकमा राखेर अबैध कारोकार गरेको यस्तो संस्थालाई इजाजत दिनु गल्ती गरियो भनेर भनेर जनता सामु भन्नु पर्ने होइन र ? अझ यसका मुख्य सञ्चालकहरू नै सरकारको सम्पर्कमा आउन समेत चाहेका छैनन् ।

हामीले बिश्वास गरेका नेताहरू यस्तै नाकामहरू गरेर जनतालाई भ्रमित तुल्याएका छन् । यसमा गर्व गर्नु भनेको त जनतालाई ठगी गर्ने काममा गर्व गर्नु नै हो होइन र ? एकछिन सबैले बिचार गरौ है ।

अगाडी पढने की ? >>

सोमवार, 14 जून 2010

नयाँ संविधान तोकिएको समयमै बन्ला ?

एउटा मत सर्वेक्षणमा माथिको प्रश्नको जवाफ सोधिएको छ । यसको जवाफमा यस प्रकारको नतिजा रहेको छ।

    • बन्छ 4558 १०.२५ प्रतिशत
    • बन्दैन 37160 ८३.५८ प्रतिशत
    • थाहा छैन 2739 ६.१६ प्रतिशत
    • जम्मा मत ४४४५७ ९९.९९ प्रतिशत

यसबाट यो प्रष्ट छ कि जनतालाई संविधान बन्दैन भनेर ।

अगाडी पढने की ? >>

सोमवार, 7 जून 2010

प्रधानमन्त्री फेरिने हल्ला चलेको छ

निर्वाचन नै किन ? भन्ने प्रश्न खटकिरहेको अवस्थामा फेरि अर्को अस्विकृत प्रधानमन्त्री बन्ने भन्ने हल्लाले चल्ला पार्र्यो भने गणतन्त्रको साञ्चै बलत्कार भएको फेरि पुष्टि हुनेछ । यस्तो नाकाम किन गर्दैछन । भारतले नेपाली मारिरहेको छ कोहि कतैबाट बोल्यो भने किन बोलेको भनेर हप्काउदछ । नबोल भन्छ । नेपालका तुइन काटिन्छन । कर्मचारी हराउदछन । सिमास्तम्भ मिचिन्छ । बिदेशमा नेपाली माथि अन्याय हुन्छ । सरकार चुप लागेर बस्दछ । बोल्न थालेमा चुप लाग भनेर इशारा आउदछ। यस्तै इशाराले यो देश चलेको छ । हाम्रो हामी नेपालीको स्वार्थमा होइन कि अर्काको स्वार्थमा यसो गरिन्छ ।

आफूले भन्ने गरेका सबै कुरा झुठ हुन भनेर भनिएको पनि छैन । काम गराइको तरिका हेर्ने हो भने यस अघि गरिएका बाचाहरू केवल सत्ता आरोहणका लागि मात्र हुन भन्ने प्रसस्त आधारहरू भेटिएका छन ।

छिमेकीसँग मित्रता हुने कुरा गलत होइन तर यहा मित्रताको नाममा दासत्व स्वीकार्नु चाहिलाई मित्रता भन्न मित्रता कै उपहास होइन र ?

अगाडी पढने की ? >>

शुक्रवार, 4 जून 2010

फरक बिचारको हत्या,पतनको बाटोमा

हत्या हिंसा अपहरण आदि कार्यको लागि नाम कमाएको यो पार्टीले आफ्ना समर्थकलाई समेत छोडेको छैन । रामहरि श्रेष्ठले एउटा समान्य खालको गल्ती गरेका थिए । आफुसँग भएको रकम राम्रोसँग राख्न नसक्नु भनेको रामहरिको गल्ती होइन । ल मानौ उनले रकम चोरी गर्ने लुकाउने आदि गरे रे ? के उनलाई मार्नु नै पर्छ त ? काठमाण्डौको चुनावमा निकै राम्रो सहयोग गरेका रामहरिले ज्यान सजायको पुरस्कार पाए । के अचम्मको नँया नेपाल भयो बझिनसक्नु छ ।

त्यस्तै केहि दिनदेखि भरतपुरका माओवादी कै समर्थक मानिने भक्तमान श्रेष्ठको पनि हविगत रामहरिको जस्तै होला कि ? शंका गर्ने ठाँउ फराकिलो हुदै गएको छ । आपसी बिवादले गर्दा उनको ज्यान जोखिममा पर्ने कुरा अति नै नराम्रो हो । आफूलाई कम्युनिस्ट भन्नेहरूले यस्ता गैर कम्युनिस्ट चरित्र भए गरेको थाहै पाउदैनन् र भन्दछन कि हामीले हामीभित्रको शत्रुलाई पराजय गर्यौ भनेर । यहि कारणले पनि आफूलाई कम्युनिस्ट भन्नेहरूको पतन निश्चित छ ।

विश्व कम्युनिस्ट आन्दोलनमा पनि यस्ता खालका घटनाहरू नघटेका होइनन् । समान्य खालका विवादलाई पनि तिललाई पहाड बनाएर जाईलाग्ने गरेका प्रसस्त उदाहरणहरू पाइन्छन् । संसदीय बाटो अङ्गालेको एमालेमा पनि मान्छे कै (रामहरि जस्तै) हत्या नै नगरे पनि बिचारको हत्या गरिएको छ । फरक बिचार राख्नु भनेको आफू फाँसीमा लटकिनु जस्तै हो, भएको छ, यस्तो अहुनु पर्ने हो । किन यस्तो भएको छ त ? स्वतन्त्रता स्वाभिमानी इमान्दारीता लगनशीलता ब्यक्ति र पार्टीभन्दा माथि उठेर समाजको उन्नतीमा लाग्ने प्रतिबद्धता मानव अधिकार नारी हक हित अधिकारी भन्ने कुरा कुरा मात्रै नै हुन कि ?

भक्तमान माओवादी समर्थक नै हुन मात्र फरक के थियो उनी फरक बिचारका । फरक बिचारको हत्या कम्युनिस्टहरूको चरित्र हो भन्नमा अतिशयोक्तिपूर्ण नहोला । फरक बिचारको सम्मान गर्न सक्यौ भने कम्युनिस्टहरूको भविष्य सुन्दर सुनिश्चित हुनेछ । फरक बिचारको सम्मान गर्न सिकौ असल कम्युनिस्ट बनेर बनौ ।

अगाडी पढने की ? >>

गुरुवार, 3 जून 2010

एउटा तक्मा ज्ञानेन्द्रलाई राखिदिनुहोस नि!

माधव कुमार जी

जनआन्दोलनका खलनायक रुक्मांगद कटवाल, कुवेरसिंह राना, दुर्जकुमार राईलगायतलाई विभूषण दिँदा विभूषणको मात्र अपमान होइन, जनआन्दोलनका नायक र सहिदहरूको नै घोर अपमान भएको छ । त्यसैले एउटा तक्मा ज्ञानेन्द्रजीलाई पनि राखि दिनु होस नि ! यसो गरे कसो होला ।

अगाडी पढने की ? >>

रुपन्देही बन्द !

आज रूपन्देही बन्द छ । कारण एमाओवादीका अवधराज्यका सदस्य सपाटु यादवको हत्या ।

हत्या हिंसा आतङ्ग लुटपाट अपहरण जस्ता कामहरू कसैले पनि राम्रो मान्दैन् । तर पनि भइरहेको छ । यसलाइ रोक्ने तर्फ कसैको ध्यान गएको छैन् ।

सरकारमा रहुञ्जेलसम्म बन्द बन्दै गरौ भनेर पनि भनेको पाइयो तर फेरि बन्द भइ रहेको छ ।

रूपन्देही जिल्लाका एमाओवादी कार्यकर्ताको हत्या भएर बन्द गरिएकोमा जनताले शास्ती भोग्नु कँहासम्म ठिक छ त ? मुलुकमा जति पनि नराम्रा कामहरू हुन्छन् त्यसले जनताले दुःख पाउदछन् । कार्यकर्ता हत्याको बिरोध जनतालाई दुःख दिएर होइन जनतालाई शास्ती नकटाइकनै गरिनु पर्दछ ।

मर्ने मान्छे सदाको लागि मरे भने जनताले शास्ती भोगाएर उपलब्धी नै के हुन्छ र ? बरू सरकारसँग छानबिनका लागि अन्य उपायहरू अपनाउन सकिन्छ । सरकारले पनि यी र यस्ता हत्या हिँसा अपहरण आदि घटनाहरूमा सत्य तथ्य पत्ता लगाइ दोषीमाथि समयमा नै कारवाही अगाडी बढाउनुपर्दछ ता कि थप क्षति नहोस । मुक दर्शक भएर रमितेको रूपमा सरकारको उपस्थितीले घटनाले भयाभवको रूप लिने तर्फ सजक हुनु जरूरी छ ।

अगाडी पढने की ? >>

मंगलवार, 1 जून 2010

माधव नेपालद्वारा फेरी अर्को किर्तिमान कायम

जनबिरोधी कार्य गरेर नथाकेका नेपाका प्रत्रानमन्त्री नेपालले फेरी अर्को किर्तिमान कायम गरेका छन् । के हो त्यो काम । जनआन्दोलन जस्ले उनलाई प्रत्रानमन्त्रीको पदमा पदोन्नती गराएको थियो । के ज्ञानेन्द्रले माग गरेको निवेदन कै भरमा प्रधानमन्त्री हुने सपना देखेका आफुलाई कम्युनिस्ट भन्न पछि नपर्ने माधव नेपाल जनआन्दोलन सफल नभएको भए उनी यो पदमा आरोहण गर्न सफल हुने थिए त ?
आफूले टेकेर आएको धरातल नै भुलेर धरातल नै भत्काउने कार्य गरेका नेपालका नेपालले जनता उनलाई आवश्यक छैन जस्तो छ । उनी जनतालाई अनावश्यक बस्तु ठान्दछन् ।
हरूवा भडुवाहरू नै हावी भएर आएकाले हाल जनआन्दोलन बिरोधीहरूले पुरस्कार पाउदछन् पदवी पाछन् सोझा जनता सधै पिडा बाहेक केहि नपाउने प्रष्ट भैसकेको छैन र ?
तपाईहरू पनि पदक कस्ले पाउदछ त भनेर जानकारी चाहानुहुन्छ भने बुझीराख्नु आवश्यक छ । आसेपासे नाता गोता भष्ट्रचारी जनता बिरोधी एमाले काँग्रेसलाई नजीकबाट चिनेजानेका कमरेड र जय नेपाल भन्नेहरू । जनता बिरोधी नवसामान्तीहरू मार्क्सवादीको नाममा नवसामान्तीहरू । जे कुरा उनीहरूले बिरोध गरेर जनता उतारेका थिए ठिक त्यहि कुरा यिनीहरूले गरिरहेका छन् । यसकारण यीनीहरू नवसामान्तीहरू नै हुन । ब्यवहारले यस्तै देखाउदछ । ब्यवहारले जे देखादछ त्यसलाई बिश्वास गर्नु के हाम्रो अपराध हो त ?

अगाडी पढने की ? >>

शनिवार, 29 मई 2010

गणतन्त्र दिवस

आजभन्दा २ बर्ष अगाडि २०६५जेष्ठ १५ गते नेपालमा राजतन्त्र समाप्त भएको घोषणा गरिएको थियो । त्यहि दिनको सम्झनामा गणतन्त्र आएको भनेर दिवस मान्ने गरेका छन् । गणतन्त्रको घोषणा गर्दै २ बर्षभित्र गणतन्त्रलाई मान्यता दिने संबिधान बनाउने भनेर संबिधान सभा पनि बनाइयो । दलहरू आपसी खिचातानी र सत्ता लिप्सामा नफसेको भए २०६७ जेष्ठ १४ मा नँया गणतन्त्रलाई संस्थापन गर्ने संबिधान बन्थ्यो । तर बन्यो १ बर्ष म्याद थप्ने काम मात्र । संबिधान बन्ने निश्चतता अझै बनेको छैन ।

२०६७ जेष्ठ १४ मा संबिधान बनाउछौ भनेर लागेका एमाले काँग्रेस र एमाओवादीहरूले यस्तो असहज स्थिति आउछ भन्ने सोचेका थिएनन् । यी दूरदर्शी पनि थीएनन् । आफ्नो खाइपाइ आएको सुबिधा संबैधानिक रूपमा समाप्त हुने भइ आत्तएका यीनीहरू रातारात गरी सहमतिको लागि सहमति गरेकाछन् । यो सहमतिले न त माधव कुमारले राजिनामा नै दिन्छन् । नत माओवादी सरकारमा गएर राष्ट्रीय सरकारको रूम नै दिन्छ । यसको लागि पुनः अर्को यस्तै खालको सहमति आवश्यक छ ।

भूतपूर्व लडाकुको ब्यस्थापन समुचित रूपमा हुने द्वन्दकालमा भए गरेका अन्याय अत्याचार जग्गा कब्जाको न्यायोचित समाधान पार्टीहरू निशस्त्रीकरणको सवाललाई कसरी समाधान गर्ने भन्ने बिषयमा यस अगाडी भए गरेका लगभग १४ वटा सहमति सहकार्यका दस्तावेजहरू कार्यन्वन मुख्य कुरा हो । संबिधानसभाको निर्वाचनले देखाएको उपस्थितीलाई पनि ध्यान दिएर समस्या समाधान गर्नुपर्नेमा दलहरू आआफ्नै स्वार्थमा लगनशील छन् । यो लगनशीलता पार्टीगत स्वार्थभन्दा माथि उठेर राष्ट्रीय स्वार्थमा लगाउन सकेमा मात्र गणतन्त्रको शिशुको उद्धार हुनेछ । यस तर्फ कसैको ध्यान नगएकोले नेपाली जनताले खुशी हुने अवस्था अन्यौलमा नै छ ।

गणतन्त्रको आजको अवस्थामा फेरी पनि सहमति सहकार्य एकता कायम रहोस । आपसी मेलमिलाप बढोस । यहि शुभकामना यस दिवसमा गरौ ।

अगाडी पढने की ? >>

गुरुवार, 27 मई 2010

गौतमबुद्धको जन्मस्थान लुम्बिनी

आज २५५४औ बुद्ध जन्मदिन ।
लुम्बिनीमा देशबिदेशबाट मानिसहरू जम्मा भएका थिए । सदा झै भाषण गरेर जन्मदिन मनाए ।
भन्न त भनिन्छ राजनैतिक अस्थिरताका कारण लुम्बिनीको बिकास भएन भनेर । बुद्धको जन्म भारतमा भएको भनेर पनि भनेको पाइएको छ । सरकारमा पसेका कम्युनिस्ट र काँग्रेसले यस बिषयमा केहि बोल्न चनाहादैनन् ।किन होला ?
सहि कुरामा बोल्न पनि डराउने किन ?  नेपालमा गौतम बुद्धको जन्म भएको हो भनेर कमाइ खाने भाडोको रूपमा रहेको लुम्विनी रहेको छ । आज भन्दा ३२ वर्ष अगाडी जनताको ११ बिघा जग्गा अधिग्रहण गरी  राजाको पञ्चायले  बनाइएको हो ।
आज गौतम बुद्धको जन्म मनाउने क्रममा मान्छेहरू जम्मा गरेर सरकारी रकमको दरुपयोग भएको छ । यस्तै किसिमले हरेक वर्ष रकमको दरूपयोग भइ रहेको छ । लुम्बिनीको नाममा अरवौको लुट मचाइरेका छन् । यो परम्परा गणतन्त्र घोषणा गरेर बनेको सरकारले पनि कायम राखेकोमा नेपाली दुःखित छन् ।

अगाडी पढने की ? >>

जताततै नेपाली अपहेलित

मेघालयबाट नेपाली खेदिएका खेदियै छन् । मदन तामाङ्ग पनि नेपाली मूलका भारतिय हुन जस्को हत्या भएको छ । अब त नेपाल भूभीमा नै पसि भारतिय प्रहरीले नेपाली मार्न थाललेको छ । नेपालको सरकार चुपचाप बसिरहेको छ मानौ बेखवर छ ।

भुटानबाट नेपाल मूलका नेपालीहरू खेदिएको दशकौ भएको छ । दुःख शास्तीको कुनै हिसाव किताब छैन । नेपालका सिमाहरूमा भारतियहरू आएर दुःख दिने क्रम रोकिएकोछैन । सरकारमा गएको एमालेको नेता के गरेर सत्तामा हालीमुहाली गर्ने हो ध्यान त्यति मै छ । जनताले कहाँ के कष्ट पाएका छन् कुनै चासो छैन् । नेपाली भएकै कारण भारत भुटान तथा अन्य देशहरूमा दुःख पाइरहेका नेपाली मूलका मानिसहरूको पक्षमा एक शब्द पनि नेपालका प्रधानमन्त्रीसँग छैन् ।

देश तथा बिदेश जँहा पनि नेपालीमा अन्याय हुनु भनेको नेपालीको मनमा चोट पुग्नु पर्ने हो तर त्यस्तो संवेदनशीलता यो गणतन्त्रवाला सरकारले महशुश गर्न सकेको छैन् । नेपाली हुनुमा गर्व गर्नुमा सरकारका मन्त्री रहेका छैनन् । सवैलाई थाहा भएकै कुरा हो कि एमाले नामक कम्युनिस्ट सत्तामा नजादैको अवस्थामा भारतको निकै जनतालाई उचालेको हुन्थ्यो । तर सत्तामा पुगेपछि यी सव बिर्सेर भारतले ज् गरे पनि केहि प्रतिक्रिया समेत दिन चाहादैन किन होला ? यसको एउटै जवाफ सत्ताको स्वादमा देश दुनिया सवैलाई बिर्सेर स्वार्थ नै हो ।

बिस्तारवादी भनेर नथाकेको एमाले किन आजकल भारतको कसैले विरोध गरेमा रिसाउछ । जनता जनार्दन मरेर विहाल भएको देख्न चाहने यो सरकारका प्रधानमन्त्री लगायतकाहरूलाई हामीले के भनेर भन्ने ?

अगाडी पढने की ? >>

रविवार, 23 मई 2010

वार्ता बैठक निश्कर्षविहीन

माओवादी-एमाले एमाले माओवादी माओवादी काँग्रेस काँग्रेस एमाले एमाले काँग्रेस काँग्रेस माओवादी वार्ता बैठक हरेक पटक निश्कर्षविहीन । सुन्दा सुन्दा पनि दिक्क । वार्तामा नै नेपाल र नेपालीले किर्तीमान कायम गरेको छ । निश्कर्षविहिनताको यो श्रृंखला कहिलेसम्ममा टुङ्गिने हो केहि थाहा छैन ।

जनतालाई माछो माछो भ्यागुतो बनाइरहेका छन् । कहिलेसम्म यो पिडा सहने हो नेपालीले । यहि मौका छोपी अनेकन ठगहरूले बिभिन्न बाहानामा अन्य उपायहरू लगाएर ठगी रहेका छन् ।

अगाडी पढने की ? >>

सरकारले ठगहरू पालेको छ

यत्रोबिधि रकम उठाएर सर्वसाधारण ठग्ने युनिटीलाई सरकारमा बस्नेहरूले सम्रक्षरण दिएर पालेकाछन् ।

अबैध काम गरेर हिजोका दिनहरूमा एउटा साधारण साइकलमा समेत हिडन नसक्नेहरू अहिले चिल्ला कारहरूमा सवार देखिन्थे । शंकाको बिषय थियो कि यी सब गतिबिधिबाट।

युनिटीका ठगहरुबाट रकम अशुल गरि सर्वसाधारण उपलब्ध गराउने काममा सरकारले तदारूक्ता देखाउन सक्नुपर्दछ ।

अगाडी पढने की ? >>

गुरुवार, 20 मई 2010

unity-life INT’L LTD ठगहरूको कम्पनी

AB119729 र AB225670 दूइवटा कार्डबाट ठगेकोले यीनिहरूलाई उम्कन दिनु हुदैन। सरकारले समयमा निगरानी राख्न नसक्नु ठूलो कमजोरी हो । अब यस कम्पनीको जायजेथा नियन्त्रण गरेर सदस्यहरूलाई शेयर सदस्यको रूपमा कयम गरेर बैंक फानान्स वा इन्सुरेन्स अस्पताल आदिमा नियमानुसार बनाउनु पर्छ ।
सरकारका धेरै कर्मचारीहरूको रकम यस्मा जम्मा छ । नियमकानून जान्ने कर्मचारीहरू यस्तो प्रलोभनमा फस्नु भनेको लाजमर्दो कुरा हो । कर्मचारी अरूभन्दा लोभिपापी भएकोले पनि यस्तो भएको हो । उनीहरूका सस्ता आकर्षणमा फस्न पुग्ने रकम देशको कुने कुनामा नहुने यसले गर्दा शङका अझ बढाएको छ ।
नेटवर्कको नामाम ठगहरूको बिगबिगी रहेको छ । यसलाई सरकारले मुकदर्शक बनेर हेर्नु हुदैन।
साथीभाईको नाममा यी ठगहरूले सबभन्दा नजीकबाट हामीलाई ठगेका छन् । मलाई ठग्ने रोमलाल गिरी हुन्। उनी पहिले कृषि बिकास बैंकमा काम गरेका थिए । त्यहिबाट हाम्रो चिनाजानी भएको हो ।

अगाडी पढने की ? >>

मंगलवार, 18 मई 2010

स्वतन्त्रता छ त ?

कम्युनिस्टहरूको स्वाभिमान हुनुको कुनै अर्थ छैन स्वतन्त्र बिचारको पनि मान्यता छैन मानौ यिनीहरू कसैका दासहरू नै हुन । अनुसाशनको नाममा यही दासता स्वीकार्नु नै उनीहरूको पार्टी जीवन हो । यसलाई कमरेडहरूले राम्रै बुझेको हुनु पर्दछ । सत्ता र शक्तिमा रहेका कमरेडहरूले फरक बिचार राख्ने कमरेडहरूलाई आफ्नो दास बनाउन पाएकोमा निकै प्रफुल्ल हुन्छन । यो कुकार्य एमालेमा मात्र होइन सवै नामधारीहरूमा हुन्छ ।

कमरेडलाई एमालेमा फरक बिचार राखेकै कारण सत्ताधारी माधव नेपालले 'सरकार बनेदेखि नै पार्टीका सूचना माओवादीसमक्ष पुर्‍याउने र सरकार ढाल्न माओवादीले बनाएका योजनामा सामेल हुनेहरूलाई छानबिन गरी कारबाही गर्नुपर्ने बताएका थिए । 'सरकार गठनकै वेलादेखि सरकार ढाल्न पार्टीको जिम्मेवार तहमा बस्ने नेताबाट प्रयास हुँदै आएको छ,' 'पार्टी समाप्त पार्न खोज्ने त्यस्ता गतिविधिको छानबिन गरी कारबाही गर्नुपर्छ ।' भन्न पुगेका छन । मानौ बामदेवको एमालेको जीवनमा कुनै भुमिका नै छैन ।

त्यसकारण यो दासतालाई के भनेर चित्त बुझाउने ? उनले तोकेर नै किटानसाथ भनिनै सके अब के को छानविन ? छानविन त पत्ता नलागेको कुरामा गर्ने होइन र ?

अगाडी पढने की ? >>