पेज

मंगलवार, 29 जून 2010

कम्युनिस्ट भन्नेहरू किन आफ्नै मित्रहरूलाई दुश्मन देख्दछन्

केहि दिन अगाडी प्रधानमन्त्री बनाइएका माधव नेपाल आपफ्नै पार्टीका उपाध्यक्षलाई गोप्य सूचना पुर्र्याउने मन एकातिर तन अर्को तिर भनेर सरापेका थिए । ठीक यही रोग एमाओवादीका पुष्पकलमलाई लागेको छ । उनी पनि भन्दछन आफ्नै भन्नेहरूले घेरबन्दी गरे भनेर । जनतालाई परेको पीर मर्काको कुरा कसैले भन्न चाहादैनन् ।

जनबिरोधीहरूलाई नै तक्मा बाडेर किर्तीमान कायम गरेका आफूलाई अब्बल दर्जाको र अरू सबैलाई निकम्मा खराब काम नलाग्ने देख्ने कम्युनिस्टहरू मध्ये कै माधव नेपालले बितेका १२ महिनामा अनेकौ जनबिरोधी कामका किर्तिमान बढाएका छन् । माधव सरकार सत्तामा आएदेखि अनवरत रूपमा अनेक खालका सङघर्षहरू चलाउदै आएका एमाओवादीका नेताहरू अब चाहि आफ्नै भाइसाथीहरू जस्लाई कम्युनिस्टहरूले कामरेड कमरेड भन्ने गर्दछन माथी नै जाइलाग्ने खतरा बढेको छ एमालेमा झै ।

कमरेडहरूको लडाइ के का लागि हो ? जनताले यो विषयमा जान्न चाहान्छ कृपया बताइदिनु होस । भन्न त भन्ने गरिन्छ नागरीक सर्वोच्वताका लागि भनेर । माधव नेपालले पनि भन्ने गरेका छन् नागरीक सर्वोच्वतामा नै प्रधानमन्त्री बनेको भनेर । के हो  उनीहरूले भन्ने गरेको नागरीक सर्वोच्वता ?

सेनाको पति जस्ले जनताका सिधासाधा छोराछोरी माथी गोली चलाउछ । शहिद भनेर कसलाई भनिन्छ त ? तिनै सेना पुलिसले गोली चलाइ मारेका नेपाली आमाका छोराछोरीहरूलाई होइन र ? कि बल्खू दरवारमा आफ्नै नेता मन्त्री भएकाहरूको मुखारबिन्दुबाट उत्पन्न वाणीका कारणले शरीर त्याग गरेका कमरेड डिकेन्द्र राजबन्शी तथा यस्तै अनेकौ अपहेलित अवस्थाका कमरेडहरूलाई भनिन्छ ? यसरी जनता मार्न गोली चलाउने सेनाका पतिलाई शान्तिको लागि तक्मा बाडने नागरीक सर्वोच्वता नै होला ? कुनै दिन यस्तो थियो कि तिनै सेनाका पतिले माधव नेपाल लगायतकालाई भेटाएको भए सायद के हुन्थ्यो यसै भन्न सक्ने स्थिति छैन । तिनै जनताको सहारामा बितेका बर्षहरू बिताएका यि कम्युनिस्टहरूले अहिले आफूलाई यहासम्म पुर्र्याउने जनता होइन कि तिनै सेनाका पतिहरू हुन भन्ने ठानेर होला नागरीक सर्वोच्वता भनेर उनीहरूलाई नै बोकेर हिडेको ।

आपसी झैझडता बन्द गरेर आपसमा मिलेर जनताका दुश्मनलाई नअङ्गालेर देशको उन्नती गरून भन्ने कामना गरेका जनताहरू फेरी पनि धोका बाहेक केहि नपाउने नै भए जस्तो यिनीहरूको चर्तिकलाले देखाउदछ ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

मानिस समाजको सवैभन्दा सचेत बर्ग भएकोले (टिप्पणीहरू)आलोचनामा प्रयोग गरिने शब्दहरू सिष्ट र आलोचना गरिएको ब्यक्ति समेत प्रभाबित हुन सक्ने हुनुपर्ने हुन्छ । यस तर्फ सहभागीहरू सचेत भइ मर्यादित (भाषा) हुन अनुरोध छ साथै Massages & Comments को लागि हार्दिक धन्यवाद ।