२०६८ सालको शुभदिपावलीको उपलक्ष्षमा देश बिदेशमा रहनु हुने तमाम नेपालीमा हार्दिक शुभकामना ब्यक्त गर्दछौ।
नेपाल र नेपालीको सम्बन्धमा उपलब्ध विविध सामग्रीहरु यसमा हुनेछ । राजनितिक गतिविधि घटना दुर्घटनाहरू खासगरिकन कम्युनिस्टहरूका सम्बन्धमा उल्लेखनिय सामग्री समावेश हुनेछ ।
पेज
▼
गुरुवार, 27 अक्तूबर 2011
गुरुवार, 6 अक्तूबर 2011
बियजादशमी एवँ दिपावलीको शुभकामना।
२०६८ सालको बिजयादशमी एवँ दिपावलीको उपलक्ष्यमा सम्पूर्ण देशबासी तथा ब्लगप्रेमीहरूमा हार्दिक शुभकामना ब्यक्त गर्न चाहान्छौ। यस वर्पले नेपाल र नेपालीको उत्तरोत्तर प्रगति देशमा शान्ति समयमा नै संबिधान निर्माणको कार्य भइ देश बिकास तर्फ अघि बढोस।नेताहरूको सदबुद्धी आओस । श्री दुर्गा भवानीले हामी सबैको रक्षा गरून। यहि कामना गरौ।
रविवार, 14 अगस्त 2011
कम्युनिस्ट र मानिस।
हेराल्ड जोसेफ लास्कीका अनुसार "२५ वर्षसम्म कम्युनिस्ट नहुने मानिस त्यो मानिस होइन, २५ बर्षपछि माथि पनि कम्युनिस्ट भइरहने मानिस त्यो मानिस होइन।"
रविवार, 12 जून 2011
भरियाहरू को को हुन त
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले माओवादीप्रति उदार भए एमाले समाप्त हुने बताएका छन् । एमाले बरिष्ठ नेता नेपालले माओवादीको भरिया नहुन...
1. एमाले सिध्याए यो कुरा साँचो हो। तर कस्ले भन्ने बिषयमा बिवाद हुन सक्दछ। स्पष्ट नीति स्पष्ट दृष्टिकोण नै नभएको कारणले एमाले सिध्एको हो।कहिले काँग्रेसको भरिया त कहिले माओवादीको भरिया। अरूलाई भरिया बनाउने दाउमा रहेको एमाले आफै भरिया बनेर बिश्वमा चकित पारेकोछ।
2. पहिला पहिला पुच्छर भने भन्थ्ये। कहिले पुषेपलाललाई त कहिले मनमोहनलाई।पुच्छर भन्दा भनदै आफू नै कसैको पु्छर भएको महशुश गरेर होला नँया शब्दको थालनी गरेको भरिया भनेर। भरिया पनि त मान्छै नै हो। सबै मान्छेहरू माधव नेपाल जस्तै करिष्ठ त हुदैनन् नि। कि कसो?
3. एमाले भरियाहरूको कम्पनी हो कि। भरियाहरू पनि त मानिस नै होइनन् र? भूमिगतकालमा तिनै भरियाहरू कहाँ पनि कैयो दिनसम्म सेल्टर बनाएर बस्नु भएको कमरेडले बिर्सनु भो कि क्या हो। भरियाहरुको के बुद्धि हुदैन बिबेक हुदैन मन मष्तिस्क हुदैन ज्ञान ध्यान हुदैन कि। पहिले पहिले कम्युनिस्ट पार्टी भनेको हेपाहा मजदुर किसान ज्यामी भरिया समाजका तल्लो वर्ग पिल्सिएका वर्गहरूको हो भनेको सुनेको थिए। कमरेडले यी कुरा बिर्सनु भयो कि कसो ?
Top of Form
Bottom of Form
मंगलवार, 17 मई 2011
जेष्ठ ०३ २०६८ को उपलक्ष्यमा।
आज २६५५औ बुद्ध जयन्ती। आज कै दिन २०५० सालमा एमालेका तत्कालीन महासचिव मदन कुमार भण्डारी र सङ्गठन प्रमुख जिव राज आश्रितको हत्या भएको दिन।
एकै दिन परेको यस बर्षको ३ जेष्ठ यसकारण पनि महत्वपूर्ण भयको छ।
आजै माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराइलाई उनका प्रचण्ड पक्षका कार्यकर्ता बर्तौलाले ज्यान लिने कुराको पनि जानकारी आएको छ।
हिंसा हत्याको बिरोध गर्ने अहिंसावादी बुद्धको सन्देश संसार भर फैलिरहेकोमा आफूलाई अब्बल दर्जाका कम्युनिस्ट भनेर नथाक्ने यीनीहरू सामान्य बिबादमा पनि ज्यान मार्ने सम्मका बिचार मनमा लिएर जिवन बिताइरहेका छन।
मदन कुमार भण्डारी र जिव राज आश्रितको हत्या पनि यस्तै यस्तै भावना बोकर हिडनेहरूबाट नै भएको होला।
बुद्धलाई आदिम साम्यवादी भनेर पनि यदाकदा पाइन्छ। बुद्धत्वको बिरोधमा नै आफूलाई कम्युनिस्ट भन्नेहरूले हत्या हिंसा मचाइरहेका छन्। भौतिक रूपमा मानसिक रूपमा दुवै रूपमा आफ्नो बिचारको बिरोधमा जाने चाहे त्यो मार्क्सवादी नै किन नहोस हत्या हिंसामा जाइ लागेका सयौ उदाहरण छन्। बामदेव सिपी मैनाली पुष्पलाल लगायत कैयौ कम्युनिस्टहरूलाई एकले अर्कोलाई गद्धार दलाल भ्रष्टचारी भन्दै आएको इतिहास साक्षी नै छ।
कुन कम्युनिस्ट कति पानीमा छ त भन्ने कुरा उनीहरूले गर्ने गरेका काम कर्वाहीले नै प्रष्ट हुदैन र। नाता गोता भएसम्म अन्य कसैको पनि काम हुदैन। डिकेन्द्र राजबंशीले एमालेको बल्खु दरवारमा केपी ओली भिम बहादुर रावल माधव कुमार नेपाल लगायतकाले गरेको दुर्ब्यहारका कारण गरेको आत्महत्याले नै उनीहरूको वास्तविक अनुहार देखाउदैन र।
जे होस आजको यस बुद्ध जयन्तीको अवसरमा तमाम बुद्धमार्गी लगायत नेपाल र नेपालीमा शान्तिको कामना गरौ। सबै नेता कार्यकर्ताले मुलुकको भलो चितायर काम गरून।
साथै कम्युनिस्ट चरित्र जे भए पनि आज कै दिन हत्या गरिएका नेता मदन कुमार भण्डारी प्रति पनि हार्दिक श्रद्धाञ्जली दिन चाहान्छौ।
शनिवार, 7 मई 2011
शुभकामना।
२०६८ को शुभबिहानीमा सम्पूर्ण देश बिदेशमा रहनुहुने दाज्यूभाई दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछौ।
यस नँया बर्षले देशमा शान्ति ल्योओस।हामीहरूमा एकता भातृत्व कायम होस। अझ बढि जोस र जाँगरबाट काम गरौ। यही शुभकामनाका शब्दहरू सबै बाडौ। गुरुवार, 14 अप्रैल 2011
फोटो आफै बोल्दैन र?
राजनीतिमा बालबच्चाहरू प्रयोग नगर्ने भन्ने कुराको यो ठाडो उलङघन होइन र। कि अरूलाई भन्ने कुरा मात्र हो। झलनाथ खनालका बिरोधी केपी ओलीले २०६८ बैशाख १ गते केही मानिसहरू जम्मा गरी काठमाडौमा देखाएको यो बच्चा समेतको प्लेकार्ड हो। बच्चाहरू के यी र यस्तै स्वंय घोषित नेता भनाउदाहरूको हतियार बन्नु जायज छ। मानव ढालका रूपमा प्रयोग भएका यी बच्चाहरूले कहिले मुक्ति पाउने हुन।
बुधवार, 13 अप्रैल 2011
नँया वर्षको शुभाम्भको अवसरमा शुभकामना।
भोलिदेखि शुरू हुने नँया वर्ष २०६८ शुभारम्भको अवसरमा देश बिदेशमा रहनु हुने नेपाल र नेपाली सस्कृतिसँग परिचित तमाम दाज्यू भाई दिदिबहिनीहरूमा नँया वर्षले जोश जाँगर उत्पन्न गरून भन्ने कामनाका साथ उत्तरोत्तर प्रगतिको लागि सफल बनोस भनि हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछौ। साथै नेपालको कुरा गर्दा २०६८ साल नँया संबिधान घोषणा हुने भएकोले सबै आशावादी हुनु स्वभाविक नै हो। त्यो कुरा पुरा होस। देशमा शान्ति छावोस। बिकाश निर्माणका कामहरू होउन। नँया वर्षले सबैलाई सदबुद्धि प्रदान गरून। दिमागले काम नगरेको भए पनि यी शब्दहरू पढेर सहि दिमाग होस यहि कामनाका साथ नँया वर्ष शुभ होस हामी सबैको लागि।