पेज

रविवार, 31 जनवरी 2010

प्रजातन्त्र दिवस मान्ने रे !

पञ्चायती पाराबाट नै प्रजातन्त्र दिवस मान्दै आएका नेपालका कम्युनिस्टहरू फेरि पनि प्रजातन्त्र मान्ने भन्दै छन् । जनताको लागि यो पर जा तन्त्र सावित भैसकेको छ ।
२००७ सालमा राणाहरू माथि बिजय प्राप्त गरेपछि मान्दै आएको यो दिवस मान्न थालेको पनि ६१ बर्ष भयो । जनतालाई सास्ती बाहेक यसले केहि पनि दिन सकेको छैन । हरेक पटक जनतालाई छलकपट गरि नँया नँया नाम दिएर शहिदको संख्या बढाउने काम बाहेक नेपालका काँग्रेस र कम्युनिस्टहरूले के नै गर्दछन होला ।
जनतालाई फेरि यो दिवस मनाउने भनेर रे!
प्रजातन्त्र
आज २०६६.११.०७ का दिन हो । आज कै दिनमा राजा त्रिभुवन भारतबाट नेपाल आएका थिए । यसै दिनलाई त्यसै दिनदेखि नेपालमा प्रजातन्त्र आएको भन्दै मान्दै आएका छन् ।

शनिवार, 30 जनवरी 2010

गायत्री मन्त्र

ॐ भूर्भुवः स्वः । तत्सवितुर्वरेण्यं, भर्गो देवस्य धीमहि, धियो यो नः प्रचोदयात् ।
अर्थ
जाग्रत, स्वप्न, सुषुप्ति तीनै अवस्थामा साक्षी स्वरुप भै रक्षा गर्ने, पृथिवीमा अग्नि स्वरुपले रहने, आकाशमा वायु स्वरुपले रहने, र्स्वर्गमा सूर्य स्वरुपले रहने, (हे परमेश्वर !), समस्त विश्वमा चेतन स्वरुपले रही सत्कार्यमा प्रेरणा दिने, अनन्त कोटि ब्रह्माण्ड रचना गरेर अनन्त लीला गर्ने (हजुरको), सबैले वरण (स्वीकार) नगरी नहुने, जन्म र मरणको बीज भुटेर मुक्ति दिने, त्यो ज्योति स्वरुपको, ध्यान गरिरहन सकौं, (सधैं सम्झना गरिरहन सकौं )
जुन हजुरले,
हामी सबैको,
चित्तका वृत्तिहरुलाई,
असल कर्ममा लागिरहने प्रेरणा दिनुहोस् ।

आज माघ १६ गते ‘शहिद दिवस’

पञ्चायतीले जस्तै माघ १० देखि १६ सम्मको दिनहरूलाई शहिदको सम्मझना गरेर या भनौ काठमाण्डौमा भएका शुक्रराज शास्त्री धर्मभक्त माथेमा दसरथचन्द्र गंगालाल श्रेष्ठको सालिकहरूमा माला लगाएर मानेको स्वाङ्ग अहिलेकाहरूले पनि गरिरहेका छन् । शहिदको नाममा अरवौ नोक्सान भई सकेको छ । न त शहिदहरूको उचित सम्मान नै भएको छ । नत देशको उन्नती नै भएको छ । जो जान्छ उहि कमाउ खाऊ को सुत्रमा बाधिन्छ । पहिले पहिले कम्युनिस्टहरू भन्ने गर्दथे जुन जोगी आए पनि कानै चिरेको भनेर । आज उनीहरूलाई हामी नेपालीले भन्न परेको छ जुन जोगी आए नि कानै चिरेको भनेर ।
आज शहिदहरूको सम्मानमा यीनै शब्दहरूको साथ सम्झना गर्न चहान्छु। 

शुक्रवार, 15 जनवरी 2010

कम्युनिस्टको बारेमा कस्ले के भने ? सन्दर्भ २०४८को आमचुनाव ।

एमालेका कार्यकर्ताहरू जमीन नहुनेलाई जमीन दिने घर नहुनेलाई घर दिने टेम्पो ड्राईभरलाई टेम्पो दिने र ट्याक्सी ड्राईभरलाई ट्याक्सी दिने आश्वासन दिदै हिडेका थिए । (२०४८सालको चुनावपछि केशवराज पिडालीले कुरैकुरा लेखे ।)
एमालेका कार्यकर्ताले जग्गा दिन्छौ घर कनाई दिन्छौ भनेर जनतालाई झुक्याए फटाहा कुरा गरे । त्यसरी भ्रममा परेका जनताले एमालेलाई भोट हाले ।
विश्वबाटै र खास गरेर पूर्वी यूरोपबाट कम्युनिस्टहरू भटाभट मासिदै छन् कति राम्रो कुरा ! (चट्याङ्ग मास्टर २०४८।०२।१२)
भण्डारीका मतदाताहरू चुनावपछि अब सबै मोरङ्ग र झापा फर्किसकेका छन् अस्थायी मतदाता। (जनमञ्च २०४८।०२।१६)
मेचि अञ्चलको सिमाना पश्चिम बङ्गालसँग जोडिनु र मोरङ्ग सुनसरीका जिल्लाहरू बिहार उत्तर प्रदेशसँग जोडिनु सँयोगमात्र (नभई) राजनीतिमा भूगोलको महत्व (हो) भन्ने कुरा निर्वाचन परिणामले ष्पस्ट गरेको छ । (रमेश के सी सुरूचि ०५।०२।२०४८)
काँग्रेसले शताब्दीयौँदेखि कम्युनिस्टबिरूध्द कम्युनिस्ट बिरोधीले लगाउने गरेका धर्म मान्दैनन् ६० बर्ष नाघेकालाई मार्दछन् दिदिबहिनी भन्दैनन् सम्पत्ती लुट्दछन् भन्ने जस्ता एकदमै हल्का र थोत्रा पुराना आरोपलाई दोहर्र्यानु सिवाय अरू केहि गरेनन् । जसलाई राजनीतिक रूपले आफूलाई निरन्तर सच्याउदै सुधार्दै समयानुकुल धरातलमा उभ्याउन सकेका कम्युनिस्टहरूले सजिलैसँग परास्त थरिदिए ।
काँग्रेसका मूल नेताहरूले आन्दोलनमा आफ्नो पार्टीको प्रमुख भुमिका र बामपन्थीहरूको गौण भुमिका रहेको जति सुकै दावी गरेतापनि त्यसको सत्र्चालनदेखि अहिलेसम्म जनताबिच आफ्नो क्रान्तिकारी सँघर्षशील परम्परा जोगाउन माले नै सफल भएको तथ्यलाई आन्दोलनद्वारा प्रभावित अधिकाँश जिल्ला र क्षेत्रहरूमा कम्युनिस्टहरूको सफलताले पुष्टी गरेको छ ।
काँग्रेसीहरू सत्ता मोहमा लुटपुटिए सुबिधाभोगी भए भने मालेहरू सत्तामा पुगे पनि सुख सुबिधाबाट टाढै रहन सफल रहेका देखिए । (बद्री पौडेल सा बिमर्श ०३।०२।२०४८)
कालीकोटमा एमालेले प्रतिकार समितिका अध्यक्ष प्रेम बहादुर सिँहलाई उमेदवार बनायो । जो हाम्रो पार्टीबाट निष्कासित ब्यक्ति थियो भने मुगुमा एमालेका उमेदवारले पैसा र सिक्काहरू बितरण गरेका थिए । एमालेभित्र यस्ता तत्वहरू छन् जो कम्युनिस्ट नै होइनन् । (नारायण मान विजुकुच्छे ‘रोहित’ सुरूचि २६।०२।२०४८)
विश्वभरबाट साम्यवाद उन्मूलन भइसक्यो वामपन्थीहरू प्रजातान्त्रिक शक्ति होइनन् जनआन्दोलनमा नेपाली काँग्रेसको मात्रै अहम भुमिका रहेको थियो भन्ने नेपाली काँग्रेसका नाराहरूलाई जनताले अस्वीकार गरिदिए। (अन्तराष्ट्रिय मत्र्च २०४८ असार)
मार्क्सवादलाई बुझ्न र लागु गर्ने कुरामा त्रुटी (हुनाले) जनताको अधिनायकत्व वा सर्वहारावर्गको अधिनायकत्वको सट्टामा पार्टीको अधिनायकत्व (लागु गरियो र त्यो पार्टी) सत्ताको अधिनायकत्वमा परिणत भयो । (सीपी मैनाली २०४८।०२।२९)
कम्युनिस्ट पार्टी भनेको जनताको अथवा सर्वहारा वर्गको अपेक्षाकृत चेतनशील ब्यक्तिहरू, जो सँगठित हुन चाहान्छन-को सँगठित सँस्था हो ।
स्तालिनसित मतभेद राख्ने नेताहरू समेत ‘शत्रुका दलाल’ भएको आशँकामा मृत्यू र निर्वासनका भागी बने । (मोदनाथ प्रश्रित २०४८।०७।०८ दृष्टी)
नेपाल में चुनाव के नतीजों से स्टीफेन सोलार्ज को बहुत हैरानी हुई होगी। अमेरिकी काँग्रेस के सदस्य सोलार्ज ने कुछ महीने पहले अपनी काठमांडू यात्रा के दौरान कहा था, ‘दुनिया भर से कम्युनिस्ट गायब हो रहे है, नेपाल भला इसका अपवाद कैसे बना रह सकता है?’ लेकिन अभि नेपाल इसका अपवाद ही सावित हो रहा है, जहाँ तक १२ मई को देश की सँसद या प्रतिनिधि सभा के लिए हुए मतदान में नेपाली कम्युनिस्ट पार्ठी-(सम्युक्त मार्क्सवादी लेनिनवादी) के ६० उम्मीदवार विजयी हुए, जबकि १९५९ में नेपाल के पहले आम चुनाव में सिर्फ चार कम्युनिस्ट ही निर्वाचित हुए थे, (१९ मई १९९१ इन्डियन पत्रिका)
भनिन्छ -आमनिर्वाचन र विवाह उस्तै उस्तै समारोह हुन । नगरि नहुने, गर्नै पर्ने, अनुत्पादक । विवाह सांस्कृतिक परम्परा स्थापित गर्न गरिन्छ भने चुनाव प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, जनवाद स्थापनार्थ त्यसलाई संस्थागत गर्न गरिने चलन छ ।
आमनिर्वाचन २०४८ (२०४७ बेशाखदेखि) को सिलसिलामा काँग्रेसीहरूले कम्युनिस्ट कार्यकर्ताहरू (१) लक्ष्मण रानामगर –पृथ्वीनगर, झापा (एमाले) (२) वसीर अहमद -रौतहट प्रजातन्त्रवादी (३) मखन पाशवान –महोत्तरी (एमाले) (४) इन्द्र थेवे –सिनाम, ताप्लेजुङ्ग (एमाले) (५) रूक्मान थेवे –सिनाम, ताप्लेजुङ्ग (एमाले) (६) दिले लोखाडी –विनायक, अझाम (एमाले) (७) मगनु नाउ –रूपन्देही (एमाले) लाई मारेर आफ्नो प्रजातन्त्र प्रस्तुत गरेका थिए ।
स्वतन्त्रताको बारेमा
स्वतन्त्रता र स्वाधिनता बाहेक बहुमूल्य बस्तु यस सँसारमा अरू केहि छैन । (हो चि मिन्ह)
समाजवाद भनेको आर्थिक समानता मात्र होइन । स्वतन्त्रताको अभावमा समाजवाद सफल हुन सक्दैन । (रोजा लक्जम्बर्ग)
रोजा लक्जम्वर्ग खास गरि मार्क्सवादी हुन । लेनिनका पनि अधिकाँश कुराहरूलाई उनले स्वीकारेकी छिन । मात्र मार्क्सवाद लेनिनवादलाई हेर्ने उनको दृष्टीकोण अलग थियो । (मदन कुमार भण्डारी, २०४८।०२।१७, सा. ने. आवाज)
यौन प्रसँग
एक पुरूषले यौन प्राप्तीको लागि प्रेम गर्दछ भने एक नारीले प्रेम प्राप्तीको लागि यौन सम्बन्ध राख्दछे ।
किशोरी राणासित हुन गएको राजा महेन्द्र, वी पी र तुलसी गिरीको त्रिपक्षिय यौन राजनीतिले गर्दा २०१७ साले घटना हुन पुग्यो । (रङगमत्र्च २०४८ साउन)
सम्बन्ध
बाबुआमाको आफ्ना सन्तानसँगको सम्बन्ध रगतको हुन्छ भने सन्तानको आफ्ना बाबुआमासँगको सम्बन्ध संस्कृतिको हुन्छ । त्यसैले भन्ने गरिन्छ होला ‘बाबुआमाको माया छोराछोरी माथि छोराछोरीको माया ढुङ्गामुढा माथि’ भनेर ।

गुरुवार, 14 जनवरी 2010

आज माघी पर्व ।

२०६६ साल माघ १ गते माघी पर्वको उपलक्ष्यमा सम्पूर्ण थारू समुदायमा सुःख शान्ति तथा सम्बृध्दीको हार्दिक शुभकामना  ।

बुधवार, 6 जनवरी 2010

बोक्सी आरोप

बोक्सीको आरोपमा बाराको भरतगंजसिगौल गाविस १ का कृष्णप्रसाद तिमिल्सनाले आफनी आमालाई कुटपिट गरेका छन । लामो समयदेखि बोक्सी आरोपमा दुर्ब्यहार गर्दै आएका २५ बर्षिय तिमिल्सनाले बोक्सीको आरोपमा ६१ बर्षिय आमा धर्मदेवीलाई एक साताअघि निर्घात कुटपिट गरेका हुन ।
घरमा सुतिरहेको बेला बोक्सी भन्दै राति १२ बजे छोराले एक्कासी कुटपिट गरेको धर्मदेवीले बताइन । बोक्सीको आरोपमा पहिले पहिले पनि हेला र दुव्र्यवहार गथ्र्यो यस पटक त हातपात नै गर्यो । शरिरका निल डाम र चोट देखाउदै धर्मदेवी भनिन । राति मलाई छल्न आउने बोक्सी तै होस भन्दै छाति र पेटमा मुक्क र लात्तिले हिर्काएको उनले बताइन ।
कुटपिटले बेहोस बनेकी धर्मदेवीलाई कृष्णप्रसादले घरको चोटाबाट खसाल्ने प्रयास समेत गरेका थिए । ुबार्दलीबाट खसाल्न लागेका थिए तर छिमेकीहरुले रोके छिमेकी गोकर्ण सापकोटाले बताए । सुरक्षाको लागि सो रात धर्मदेवीलाई छिमेकीको घरमा लुकाएर राख्नु परेको समेत सापकोटाले बताए ।
बोक्सी आरोपमा आमालाई कुटपिट र दुव्र्यवहार गरेको भन्दै आक्रोसित बनेका गाउँका केहीले कृष्णप्रसादलाई पनि हातपात गरेका थिए । सम्झाउन गएकालाई उल्टै गाली गलौज गर्न थालेपछि छिमेकी मध्ये केहीले कृष्णप्रसादलाई कुटपिट गरेका हुन । बोक्सी आरोपमा कृष्णप्रसादले आमालाई चार महिनादेखि दुव्र्यवहार गर्दै आएको बताइएको छ । ज्वरो आयो भने पनि बोक्सी मन्त्र लगाएर विरामी पारेको भन्दै आमालाई नै गाली गर्छ । सापकोटाले भने ।
दुई छोराकी आमा धर्मदेवी श्रीमानको मृत्यु भएपछि दुई बर्षअघिदेखि कान्छा छोरा कुष्णप्रसादसंग बस्दै आएकी छिन । अर्का छोरा शिवप्रसाद रोजगारीको क्रममा काठमाण्डौमा बस्दै आएका छन ।
यसरी महिलाहरू बोक्सीको आरोपमा दुरब्यहार हुँदा समेत नेपालका कम्युनिस्ट मन्त्रीहरू र नेतेनीहरू किन चुप लागेका होलान ।

सोमवार, 4 जनवरी 2010

शहिदको सपनाहरूः

नेताहरूले देशको लागि मर्ने मानिस शहिद हुन्छ भनेर भनेको धेरै नै भयो । शहिदको सपना साकार पार्छौ भन्न थालेको पनि धेरै नै भयो तर न शहिदको सपना नै साकार भयो न देशको उन्नती नै भयो भयो के भने नेताहरूको सपना साकार भयो । उनीहरूका छोराछोरी बिदेशमा पढने भए । गरिबीबाट माथि उठे । धनि भए ।